सिनर्जी फाइनान्सको वार्षिक साधारणसभा कात्तिक १७ गते, के के छन् विशेष प्रस्ताव?
काठमाडौं । सिनर्जी फाइनान्सको १९औं वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । सभामा कम्पनीले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउने प्रयोजनको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो । वार्षिक साधारणसभा प्रयोजनको लागि असोज २७ गतेदेखि कात्तिक १७ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । त्यस्तै, नेप्सेमा असोज २६ गतेसम्म कारोबार भएका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
२० रुपैयाँ नोटमा गम्भीर त्रुटी, राष्ट्र बैंक भन्छ-थाहा छैन
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका बेला निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा गम्भीर त्रुटी (बलण्डर) देखिएको छ । राष्ट्र बैंकले ०७२ सालमा छापेको तर गत दशैंमा निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा रुपैयाँ बीस दीर्घ लेखिनु पर्नेमा ह्रस्व अर्थात रुपैयाँ बिस लेखिएको छ । नयाँ नोटमा गभर्नर डा. चीरन्जीवि नेपालको हस्ताक्षर छ । यसअघि तत्कालिन गभर्नर डा. युवराज खतिवडाले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोटमा रुपैयाँ बीस दीर्घ लेखिएको छ । राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले २० रुपैयाँ नोटमा त्रुटी भएको बारे अनविज्ञता प्रकट गरे । उनले आफुले बुझेर मात्र जानकारी दिने बताए । पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री गम्भीर त्रुटी भएको बताउछन् । “नोटको डिजाइन गर्ने बेलामा भाषाविद् पनि राखिएको हुन्छ” उनले भने “कसका कारण त्रुटी हुन गयो यसको अनुसन्धान हुनुपर्छ । नोटमा गल्ती लेख्न पाइँदैन ।”
मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
जापान । रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गौला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो । गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाललाई जापानवासी नेपालीले छुट्टाछुट्टै रुपमा सहयोग गरेका हुन् । गोरखाका गुरुङलाई विभिन्न संघ संस्थाबाट उठाएको रकममा थपेर तमु धींले तीन लाख ७८ हजार ९०५ जापानीयान सहयोग गरेको जनाएको छ । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराई अरेवाका ५३ वर्षीय भुसाललाई पौदी समाज जापानले एक लाख ३८ हजार ७४५ जापानीयान सहयोग गरेको हो । गुल्मीका भुसाल बचाउ दुई सातासम्म चलेको अभियानबाट संकलन भएको रकम पौदी सेवा समाज जापानका अध्यक्ष गोविन्द भुसालमार्फत पीडितसम्म पुर्याइएको छ । त्यस्तै घान्द्रुक समाज, पञ्चासे र जिफान तथा तमु धीं जापानले संयुक्तरुपमा गुरुङ बचाउ अभियानमार्फत रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पुर्याइएको छ । भुसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भुसालको मिर्गौला प्रत्यारोपणमा व्यक्ति पाए पनि ५० लाख रुपैयाँ खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । रासस
फुटबल स्टार रोनाल्डो चढ्छन् ३० करोड रुपैयाँ पर्ने ‘बुगाटी काइरन’, यस्तो छ फिचर्स
लण्डन । खेल जगतका सूपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई सुहाँउदो सूपरकार किनेका छ्न् ।महंगा कारका शौखिन ‘फुटबलस्टार’ क्रिस्टियानो रोनाल्डोले शानदार कार ‘बुगाटी काइरन’ किनेका हुन् । यो कारको मूल्य करिब ३० करोड रुपैयाँ (२१ लाख ५० हजार पाउण्ड स्टर्लिङ) रहेको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा आफ्नो नयाँ कारको भिडियो सेयर गरेका छन् । भिडियोमा रोनाल्डोलाई बुगाटो काइरन ड्राइभ गरिरहेको देख्न सकिन्छ । रोनाल्डो आफ्नो छोराका साथमा कार चलाइरहेका छन् । स्पिड र पावरमा बुगाटी निकै अगाडी छ । ✈️ A post shared by Cristiano Ronaldo (@cristiano) on Sep 28, 2017 at 12:24pm PDT रियल म्याड्रिड क्लब बाट नै वार्षिक २ करोड पाउण्ड कमाउने रोनाल्डोका लागि २१.५ लाख पाउण्ड खर्च गर्नु समूद्रमा एक थोपा पानी सरह हो । यो कारलाई बुगाटी वेरनको ठाँउमा ल्याइएको हो । बुगाटी काइरन अहिलेसम्मकै सबैभन्दा तेज उत्पादन भएको कम्पनीको दाबी छ । यो गाडी वेरनभन्दा धेरै लामो, चौडा र अग्लो रहेको छ । वेरनभन्दा १५५ किलो बढी यसको तौल रहेको छ । https://www.instagram.com/p/BZl9v6YFStc/ काइरनमा ८ लिटरको डब्लू १६ इञ्जिन लगाइएको छ । यो इञ्जिनमा चारवटा टर्बोचार्जर्स राखिएको छ । यसमा फोर ह्विल ड्राइभ सिस्टम राखिएको छ । यो गाडीको इञ्जिनमा ७ स्पिड ड्युल क्लच गीयरबक्स जोडिएको छ । https://www.instagram.com/p/BZx78l3FrZT/ यो कारलाई ०-१०० किलोमिटर प्रति घण्टा स्पिड लिन मात्र २.५ सेकेन्ड लाग्छ । यो कारको १५० वटा अर्डर भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यो पावरफुल सुपर कार ५ सय युनिटसम्म उत्पादन गर्नेछ ।
स्टार लाइफले बदल्यो नाम, अब प्रभु लाइफका नामबाट कारोबार
काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो । भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले नाम परिवर्तनका लागि बीमा समितिमा अनुमति मागेको थियो । समितिको अनुमतिपछि कम्पनीले नाम परिवर्तन गरेर प्रभु इन्स्योरेन्स काम गरेको हो ।
तीन बर्षमा पनि जिएमआरले माथिल्लो कर्णालीका लागि लगानी जुटाउन सकेन, म्याद थप्ने तयारीमा लगानी बोर्ड
काठमाडौ । सरकारले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन नसकेपछि जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडको म्याद थपको तयारी गरेको छ । सरकारको कारणले १५ महिनाभन्दा बढी समय आयोजनाको काममा ढिलाइ हुन गएको निश्कर्ष निकाल्दै लगानी बोर्डले जीएमआरको म्याद थपको तयारी गरेको हो । भूकम्प र नाकावन्दीपछि थप गरेको समय कम भएको र सरकारले वनको जग्गा उपलब्ध गराउन ढिलाइ गरेकाले भन्दै पुनः म्याद थप्ने निष्कर्र्षमा बोर्ड पुगेको हो । सरकारले बनको जग्गा उपलब्ध गराइसकेको छ । आगामी सञ्चालक समिति बैठकमा म्याद थप प्रस्ताव पेश हुने बोर्ड स्रोतले विकास न्युजलाई बतायो । बोर्डले गरेको आन्तरिक मूल्याँकनले पनि १५ महिना सरकारको कारणले ढिलाइ हुन गएको ठहर गर्दे म्याद थप गर्न शिफारिश गरेको स्रोतको भनाई छ । कति समय थप्ने भन्ने निर्णयमा नपुगेको जानकारी दिदै स्रोतले भन्यो “प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बोर्ड बैठकले म्याद थपको निर्णय गर्ने छ ।” ३ वर्षमा पनि जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली बनाउन लगानी जुटाउन असफल भएको छ । गत असोज २ गते नै जीएमआरले पाएको थप समय सकिएको छ । उसले ७ महिनाअघि नै लगानी जुटाउन नसक्ने भन्दै म्याद थपका लागि लगानी बोर्डमा निवेदन दिएको थियो । लगानी बोर्डसंग भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार जीएमआरले आगामी सन् २०२१ को अन्त्यमा सम्पन्न गरी सन् २०४६ मा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । जीएमआरको टोलीले भूकम्प र नाकावन्दीपछि थप गरेको समय कम भएको र सरकारले वनको जग्गा र अन्य काममा ढिलाइ गरेकाले पुनः म्याद थप्नु पर्ने प्रस्ताव राखेको छ । कावु बाहिरको अवस्था (फोर्समेजर) रहेको भन्दै समय थप्नु पर्ने उसले जिकिर गरिरहेको छ । म्याद थप्न पनि बोर्डलाई नैतिक संकट देखिएको छ । जीएमआर र बोर्डबीच सन् २०१४ मा भएको पीडीए अनुसार आउदो असोज २ गते अर्थात सेप्टेम्बर १८ सम्म माथिल्लो कर्णालीका लागि लगानी जुटाउनु पर्ने उल्लेख छ । सरकारले वनको जग्गा उपलब्ध नगराएको र विद्युत व्यापार सम्झौता (पीटीए) भन्दा फरक ढंगले भारतको विद्युत नियमन आयोगले कार्य्विधि ल्याएका कारण बिजुलीको बजार निश्चित गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन नसकेको जिकिर जीएमआरले गरेको छ । जीएमआरले लगानी जुटाउन नसके पनि जग्गा अधिग्रहणका लागि रकम वितरणको काम सुरु गरेको छ । निजी जग्गा खरिदका लागि प्रतिरोपनी ८ लाख ९५ हजार रुपैयाँ मुआब्जा निर्धारण गरे वितरण थालेको छ । सुरुमा १ खर्ब १५ अर्ब रुपैयाँ अनुमानित लागत तय गरेपनि आयोजनाको काममा भएको ढिलाइले लागत बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । जीएमआरले नेपाललाई १२ प्रतिशत निःशुल्क बिजुली अर्थात १०८ मेगावाट दिएपछि बाँकी रहेको ५ सय मेगावाट बिजुली बेच्न बंगलादेश सरकार र ३ सय मेगावाट बिजुली बिक्रीका लागि भारतको एनभीभीएन विद्युतव्यापार कम्पनीसंग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । आयोजना प्रभावितका लागिपुर्नबास र पुर्नस्थापन (आरएपी) कार्यक्रम तयार भएको छ । आयोजना बनाउन ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी परिचालन हुने लगानी संरचना तयार गरिएको छ । जीएमआरले आधादर्जन अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भने पनि हालसम्म उनीहरुबाट आशयपत्र लिने बाहेक ऋण सम्झौताको अवस्थामा पुगेको छैन् ।
अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने
काठमाडौं । अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने सम्भावना बढेको छ । बिहिबार राती आफ्नै घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रुसमा आयोजना हुने विश्व कप खेल्न नपाउने अवस्थामा अर्जेन्टिना पुगेको हो । १७ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना छैठो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको पेरु भने गोल अन्तरका कारण पाँचौं स्थानमा छ । अब अर्जेन्टिनाले आफ्नो अन्तिम छनौट खेल इक्वेडरसँग खेल्दैछ । सो खेल जितेपनि रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गर्न भने अर्जेन्टिनाले अन्य टोलीहरुको खेलको नजिता कुर्नुपर्नेछ । दक्षिण अमेरिकी समुहबाट ब्राजिलले रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गरिसकेको छ ।
कम्पनीको क्षमता बढाउन फोर्डको नयाँ रणनीति, १४ अर्ब डलर खर्च कटौती गर्ने
बिबिसी, न्युयोर्क । अमेरिकाको बहुराष्ट्रिय गाडी निर्माण कम्पनी फोर्ड मोटर्सले खर्च कटौती गरेर कम्पनीको क्षमता विस्तार गर्ने भएको छ । फोर्डका सञ्चालक जीम ह्याकेटले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी बनाउन १४ अर्ब डलर खर्च कटौतीको योजना सार्वजनिक गरेका छन् । उनले खर्च कटौती गरेर कम्पनीको क्षमतामा विस्तार गर्ने बताएका छन् । विभिन्न स्वचालीत उत्पादनको प्रकृयामा यो रकम बराबरको खर्च कटौती हुने उनले जानकारी दिएका छन् । ह्याकेटका अनुसार परम्परागत कारलाई एसयुभी’एस तथा ट्रक सेग्मेन्टका गाडीले विस्थापित गर्नेछ । विद्युुतीय उर्जा तथा प्राविधिक सेवाका क्षेत्रमा लगानी गर्न सकिने उनले जानकारी दिएका छन् । ह्याकेटले १०० दिनको समिक्षापछि यस्तो निश्कर्ष निकालेका हुन् । उनी गत मेमा मार्क फिल्डलाई विस्थापन गरी प्रमुख कार्यकारीको जिम्मेबारी लिएका हुन् । जसको तीन वर्षको कार्यकाल अत्यन्तै राम्रो थियो । त्यो समयमा कम्पनीहरु २ वर्षसम्म धेरै नै फाइदामा गएको इतिहास छ, तर सेयर मुल्य भने धरै घटेको थियो । अन्य कम्पनीका तुलनामा फोर्डले गति लिन नसकेकोमा लगानीकर्ताको भनाई छ । कम्पनीले प्रतिष्पर्धामा आउन स्वचालित कारमा लगानी गर्नुपर्ने देखिएको उनको ठहर छ ।‘हामीले प्रविधि सम्बन्धी कम्पनी नियालिरहेका छौं । हामी आफ्नो तर्फबाट कम्पनीका लागि आवश्यकता अनुसार अनुभवहरुको सदुपयोग गर्न तत्पर छौं’, ह्याकेटले भने । गत मंगलबार न्यू्योर्कमा लगानीकर्तासँगको बैठकमा बोल्दै उनले कम्पनीलाई विभिन्न बाधा अड्चनबाट सुरक्षित राख्न दुरुस्त राख्न आवश्यक रहेको बताएका छन् । कम्पनीको उत्पादन प्रकृयालाई सहज र स्वचालित ढंगले अघि बढाउने र एसयुभी तथा ट्रक जस्ता सफल उत्पादनमा ७ अर्ब डलर लगानी गर्ने उनले सुनाए । फोर्डले परम्परागत कारलाई छोडेर पिकअप र एसयुभिमा जोड दिने भएको हो । यसले आफ्ना गाडीलाई प्रविधीमैत्री बनाउने रणनीति तयार पारेको छ । ‘बिल्ट विथ कनेक्टीभीटी’ अवधारणा अनुसार फोर्डले यसका ९० प्रतिशत गाडीलाई सन् २०२० सम्ममा बिक्री गर्ने योजना बनाएको छ । कारमा भएको सहज सुविधाले उपभोक्ताको ब्राण्डसँगको आकर्षण बढाउने कम्पनीको दाबी छ । आगामी दिनमा कम्पनीले नयाँ किसिमका व्यवसायसँग सम्बन्धित गाडीहरुमा लगानी गर्नेछ । कम्पनीले वर्षको अन्ततिर उत्पादन विस्तार गर्ने उद्देश्यले प्यासेन्जर सेग्मेन्टका गाडीहरु सञ्चालनमा ल्याएको थियो । यसले भारत, चीन लगायतका मुलुकमा पनि साझेदारी गरिरहेको छ । यद्यपी ब्रेक्जीट र पाउण्डमा आएको गिरावटका कारण युरोपमा सञ्चालन गर्नका लागि भने कम्पनी अझै सशंकित देखिएको छ ।