विकासन्युज

घर आँगनमै स्थानीय सरकारः यी हुन् वडा कार्यालयले गर्ने ४१ काम

काठमाडौं । मुलुकका सात वटै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । जन निर्वाचित प्रतिनिधीले नागरिकका काम धमाधम सुरु गरिसकेका छन् । स्थानीय निर्वाचनसँगै नागरिकका समस्या सुन्ने सरकार आफ्नै आँगन छेउमै पुगेको अनुभूति पनि गर्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको विधेयकलाई संसदको विकास समितिले पास गरेर संसदमा पेश गरिसकेको छ । ऐनको अभावमा स्थानीय तहलाई काम गर्न केहि असहजता आएको देखिन्छ । स्थानीय तहको सबै भन्दा तल्लो इकाईका रुपमा रहने वडा कार्यालयहरुले गर्ने कामहरुको ठुलै सूचि ऐनको विधेयकमा समेटिएको छ । तपाईको वडा कार्यालयले के के काम गर्छ, थाहा छ ? यी हुन वडा कार्यालयले गर्ने ४१ वटा काम  १) बाल उद्यानको व्यवस्था गर्ने, (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल ववकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने, (३) पुस्तकालय, वाचनालय, सामदुायिक ध्यान केन्द्र, बाल क्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने, (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने, (५) खोप सेवा कायक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने, (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने, (७) वडा तहमा स्वास्थ्य सचेतना विकास तथा स्वास्थ्य सूचना कायक्रमको सञ्चालन गर्ने, (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने, (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने, (१०) वडास्तरीय सामदुायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गणुस्तर नियमन, (११) घरबाट निकास हनुे फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफार्ई ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने, (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवद्र्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमखुीकरण गर्ने, (१३) कृषि बीउ विजन, मल तथा औषधीको माग सङ्कलन गर्ने, (१४) कृषिमा लाग्ने रोगहरूको वववरण सङ्कलन गर्ने, (१५) पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन, (१६) वडाभरिको चरन संरक्षण तथा व्यवस्थापन गर्ने, (१७) स्थानीय समदुायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गर्ने, गराउने, (१८) स्थानीय मौलिकता झल्कने साँस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने, (१९) वडाभरि खेलकुद पूर्बाधारको विकास गर्ने, (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने, गराउने, (२१) वडा भरिको वाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, (२२) वडाभरिका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने, (२४) घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने, (२५) वडाभरि घरेलु उद्योगको प्रवद्र्धन गर्ने, (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सङ्कलन तथा संरक्षण गर्ने, (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने, (२८) सामाजिक सरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने, (२९) वडालाई बालमैत्री बनाउने, (३०) वडाभरि आधुनिक तथा सामाजिक रुपमा पछाडी परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समदुायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने, (३१) विभिन्न समदुायकाबिच सामाजिक सद्भाव र सौहार्दता कायम गर्ने, (३२) बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने, (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने, (३४) असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने, (३५) असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, (३६) सडक बालबालिकाको उद्धार र पुनस्थापनाको लागि लगत सङ्कलन गर्ने, (३७) वडाभरिको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक बिविधताको संरक्षण र प्रवद्र्धन गर्ने, (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली बिस्तार गर्ने गराउने, (३९) वडालाई वातावरणमैत्री बनाउने, (४०) प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासन जस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने, गराउने, (४१) वडाभरि घरबास पयर्टन (होम स्टे) कार्यक्रम प्रवद्र्धन गर्ने ।

निर्वाचन आयोगको मर्यादा र गरिमा बढ्ने काम गर्न निर्देशन, किन हुँदैछ मंसिरमा निर्वाचन ?

काठमाडौं । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले संवैधानिक अंगका रुपमा रहेको आयोगको मर्यादा, अस्तित्व र गरिमा खस्कने काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आगामी मंसिरमा हुने निर्वाचनमा खटिने मतदाता शिक्षा मुख्य प्रशिक्षकका लागि सञ्चालित तालीमको बिहीबार यहाँ उद्घाटन गर्दै उनले अघिल्लो निर्वाचनमा आयोगले सबैभन्दा आलोचना खेपेको मतदाता शिक्षामा भएको कमजोरीलाई सच्याउने ढंगबाट जिम्मेवारी बहन गर्न सुझाव दिए । सचिव पौड्यालले भने, “तपार्इंहरुले दिने प्रशिक्षणबाट आयोगको सफलता वा असफलता निर्भर गर्छ । मतदाता शिक्षा प्रदान गर्दा यो कस्तोखाले निर्वाचन हो, हामीले कस्तो सरकार गठनका लागि भोट हाल्दै छौँ, अघिल्लोभन्दा यो निर्वाचनमा मतपत्रको ढाँचा फरक छ, बदर नहुने गरी स्पष्ट ढंगबाट मतदातालाई मतदान गर्न सक्ने गरी बुझाउन आवश्यक छ ।” स्थानीय तहको निर्वाचनमा पदअनुसार लगभग १२ प्रतिशत मत बदर भएको थियो । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि २० हजारको संख्यामा खटिने मतदाता शिक्षा कार्यकर्ताले मत खेर जान नदिन प्रत्येक मतदाताको घरदैलोमा मतदाताबाट आउन सक्ने प्रश्न एवं जिज्ञासाको स्पष्टरुपमा उत्तर दिन सक्नु पर्ने बताए । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीको सन्दर्भमा मतदाता नामावली यकिन भइसकेको, समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ कार्य शुरु भइसकेको, जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गर्नाका साथै तालीम र प्रशिक्षण पनि शुरु गरिसकेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता, उम्मेदवार तथा मतदातालाई सुसूचित गर्न यसपटक मतदाता शिक्षा निम्ति आयोगले विभिन्न सञ्चारमाध्यमबाट जानकारीमूलक सामग्रीको उत्पादन तथा प्रचारप्रसार गर्नाका साथै नमूना मतदान, अन्तक्र्रियाजस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । केका लागि हुँदैछ मंसिरमा निर्वाचन आगामी मंसिरमा हुने निर्वाचन मुलुकमा राजनीतिक परिवर्तन भएपछि संघीय संरचनाको ढाँचा बमोजिम संविधानले निर्दिष्ट गरेअनुरुप केन्द्रीय सरकार र प्रदेश सरकार गठनका साथै संघीय संसद् र प्रदेश व्यवस्थापिका गठनका लागि हो । स्थानीय तहको निर्वाचनबाट यसअघि नै स्थानीय तहको सरकारको गठन भइसकेको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीबाट १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी जम्मा २७५ सदस्य चुनिने छन् । त्यस्तै, सात वटा प्रदेशसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० जना र सात वटै प्रदेशबाट समानुपातिकतर्फ चयन भएका २२० समेत गरी जम्मा ५५० सदस्य निर्वाचित हुने छन् । सोही क्रममा मुलुक संघीय ढाँचामा प्रवेश गरेपछि संघीयताको कार्यान्वयन गर्ने सिलसिलामा आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैसाथ दुई चरणमा हुँदैछ । पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्ला र दोस्रो चरणमा पहाडी र तराईका गरी ४५ जिल्लामा निर्वाचन हुनेछ । कस्तो हुनेछ मतपत्र मतदातालाई सरल र सहज होस् भन्ने हेतुले निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि निर्धारित निर्वाचन चिह्नहरु रहने छन् भने सोही पानाको तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि निर्धारण गरिएका निर्वाचन चिह्न रहने गरी मतपत्रको बनाइएको छ । मतदाताले आफूलाई मन परेको प्रतिनिधिसभा सदस्यका लागि माथिल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा मत संकेत गर्नु पर्ने छ भने प्रदेशसभा सदस्यका लागि तयार भएको तल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा स्वस्तिक चिह्न लगाउनुपर्छ । मत बदर नहोस् भन्नाका लागि मतदाताले चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी सजगता अपनाएर मत संकेत गर्नु पर्ने हुन्छ समानुपातिक निर्वाचन प्रणालीतर्फ सात प्रकारका मतपत्रको व्यवस्था भई मतपत्र छपाइ कार्य पनि शुरु भइसकेको छ । रासस

उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन, यस वर्ष मात्रै २०० बाच्छी बिक्री

चितवन । चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताए । जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भन्दै उनले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिए । चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो । गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ । चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । चितवनबाट सिन्धुलीमा मात्रै २०० बाच्छी बिक्री चितवनबाट सिन्धुली जिल्लामा मात्रै झण्डै २०० गाईका बाच्छी बिक्री भएको छ । सिन्धुली जिल्ला पसु सेवा कार्यालयले संस्थागतरूपमै किसानलाई गाई खरिदमा अनुदान दिएर चितवनबाट लगेको हो । एउटा गाई खरिद गरेर लाने किसानलाई कार्यालयले रु १० हजार अनुदान दिने गरेको पशु सेवा कार्यालय प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए । चितवनको पशु सेवा कार्यालयका प्रमुख भएर सिन्धुली जानुभएका कार्कीले चितवनका किसानसँग समन्वय गरेर गाई खरिद गरेका हुन् । “सिन्धुलीमा सम्भावना भएर पनि गाईपालन न्यून छ, उत्पादनले जिल्लामै पुग्दैन, डा कार्कीले भने, आफू चितवनमा पनि काम गरिसकेकाले उन्नत गाई ल्याउन सिफारिस गरेको हुँ ।” । गत वर्ष चितवनबाट सिन्धुलीमा १८९ वटा बाच्छी लगिएको र तीनको बीमा गराएर आवश्यक प्राविधिक सहयोगसमेत गरिएको छ ।

तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न शीर्ष नेताको निर्देशन

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । सोहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न बुधबार दुई वटा कार्यदल गठन गरिएको थियो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुई वटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएका हुन् । संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाई समेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताहरूले निर्देशन गरेका नेता गंगा श्रेष्ठले जानकारी दिए । समितिमा एमालेको तर्फबाट नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका तर्फबाट नेता गंगा श्रेष्ठ रहेका छन् । सहमतिअनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा लक्ष्मी देवकोटा छने । रासस

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जनालाई

स्वीडेन । सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ । पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो । उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो । “यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरङ्गसम्वन्धि खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले जनाए। पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले भने, पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए । उनले गुरुत्वाकर्षण तरङ्गलाई लिएर योगदान दशकौदेखि योगदान गर्नुहुने वैज्ञानिकहरूको प्रशंसा गरेका छन् । विसले थपे, “साच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो ।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ । रासस

चीनद्धारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण शुरु, ३८० मिटर अग्लो हुने

चीन । चीनले अहिलेसम्म संसारकै ‘सबभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी गराएकोे छ । यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ । सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ । रासस

१ करोड ६२ लाख कित्ता एफपीओ बजारमा आउँदै, हेर्नुस कसको कति ?

काठमाडौं । नेपालको पुँजी बजारमा ३ कम्पनीले थप निष्कासन (एफपीओ) ल्याउने भएका छन् ।  एनएमबी बैंक, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रिमियम मूल्यमा १ करोड ६१ लाख ५५ हजार ७२८ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एफपीओको मूल्य भने तय भएको छैन् । बोर्डले ३ वटै कम्पनीको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । एनएमबी बैंकले १ करोड १४ लाख १५ हजार १६३, बीपीसीले ४० लाख ८१ हजार र प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबी बैंकले चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । बैंकको हाल ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी छ । एफपीओ निष्कासन र बोनस सेयरबाट उसले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउदै छ । यस्तै बीपीसीले ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना बनाउनका लागि लगानी जुटाउन एफपीओ निष्कासन गर्न लागेको हो । बीपीसीले कात्तिकसम्म एफपीओ ल्याउने जानकारी दिएको छ । बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । यस्तै, प्रिमियरले पनि चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल उसको चुक्तापुँजी ४४ करोड ८५लाख रुपैयाँ छ । आउदो असारसम्म प्रिमिरले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउदै छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि कम्पनीहरुले निष्कासन गर्न लागेको हुन् । चालु आर्थिक वर्ष सुरु भएपछि नेपाल ग्रामीण विकास बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गरिसकेको छ । गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १ हजार ४२४, नेपाल एसबीआई बैंकले ९७१, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले १ हजार २९० र पोखरा फाइनान्स लिमिटेडले प्रतिकित्ता २२० रुपैयाँमा एफपीओ निष्कासनको अनुमति पाएका थिए ।    

भारतमा सोलार प्रविधिको बिजुली सस्तियो, प्रतियुनिट २.६४ भारु

नयाँदिल्ली । भारतमा वायु उर्जा शक्तिको मूल्यमा गिरावट आएको छ । सरकार स्वामित्वको सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले गरेको प्रतिस्पर्धामा प्रतियुनिट २.६४ भारुमा सोलार कम्पनीले बिजुली बिक्री गर्ने प्रस्ताव गरेका छन् । बिहीबार बिहान प्रतिस्पर्धा गर्दा सोलारको बिजुलीको भाउ सस्तो हुन पुगेको हो । यो हालसम्म कै सर्वाधिक सस्तो मूल्य रहेको लाइभमिन्ट अनलाइनले जानकारी दिएको छ । रिन्यु पावर भेन्चर्स प्रालि र अरेन्ज सिरोन्ज वाइन्ड पावरले प्रतियुनिट २.६४ भारुमा २५० मेगावाट बिजुली बेच्ने सम्झौता गरेका छन् । यस्तै भारतकै वाइन्ड इन्फास्टक्चर सर्भिसेज लिमिटेड र ग्रीन इन्फ्रा इनर्जी लिमिटेडले प्रतियुनिट २.६५ भारुमा २५० मेगावाट बिजुली बेच्ने प्रस्ताव गरेका थिए । यसैगरी आदनी ग्रीन इन्र्जी लिमिटेडले पनि ५० मेगावाट बिजुली प्रतियुनिट २.६५ भारुमा बेच्न प्रस्ताव गरेको थियो । यो मुल्य औसत भन्दा धेरै कम भएको छ । कोइलाबाट बिजुली उत्पादन गर्दे आएको एनटीपीसी लिमिटेडले प्रतियुनिट ३.२० पैसा भारुमा बिजुली बेच्ने प्रस्ताव गरेको थियो । सोलार मोडलस्लको मूल्य ८० र टर्वाइनको मूल्य २० प्रतिशत घटेपछि लागत सस्तो पर्न गई सोलारबाट उत्पादन हुने ऊर्जाको मूल्य घटेको लाइभमिन्टले उल्लेख गरेको छ । भारतले २०२२ को अन्त्यमा १ लाख ७५ हजार मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । भारतले ६० हजार मेगावाट वायु उर्जा उत्पादन गरेको छ । विन्ड इन्डिपेन्डेन्ट पावर प्रस्युडर्स एसोसीएसनको अनुसार उर्जा खरिदमा राज्यले महशुलको चाप बढाएको छ । लबी ग्रुपको अनुसार यो मुद्दाले नदेखिएको सम्पत्ति एनपीएसले २० हजार करोड भारतीय उर्जा क्षेत्रमा भारतीय बैंक कोष प्रोजेक्टको लागि सम्बन्धित निकायले उल्यख्य चासो नदिएको हुनाले रोकेको छ । यो लक्ष्य प्राप्तिको लागि नविकरणीय उर्जामन्त्री राजकुमार सिंहले २० हजार मेगावाट उर्जा उत्पादन गर्ने र सोलार पावरको ठेक्का भने डीसेम्बरसम्मा स्थिगित गर्ने बताए ।