एकैदिन पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्सको बोनस नेप्सेमा सूचिकृत
काठमाडौं । शुक्रबार मात्रै पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्स करपोरेसन(नेपाल)को बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको हो । त्यस्तै, सोही दिन लाइफ इन्स्योरेन्स करपोरेसनको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।
एसबीआई बैंकले ल्यायो प्रिमियम बचत खाता योजना, लकर सुबिधामा ५० प्रितिशत छुट
काठमाडौं । नेपाल एसबीआई बैंकले ‘सेभ टुढे फर बेटर टुमरो’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । बैंकले धैरै पैसा जम्मा गर्ने ग्राहकलाई लक्षित गरी यस योजना ल्याएको हो । उक्त योजना अन्तर्गत ग्राहकले लकर सुबिधामा ५० प्रतिशत छुट समेत पाउने छन् । साथै, ग्राहकले रेमिटन्यास चार्जमा ५० प्रतिशत छुट र रियल टाइम ग्रस सेटलमेन्टमा कमिसन पाउने बैंकले जनाएको छ । त्यस्तै, भरत यात्रा कार्ड(बिवाईसी) कार्डमा पनि बैंकले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी, ग्राहकले बैंकको नेपाल एसबीआई भिसा डेबिट कार्ड र डिम्याट खाता पनि नि:शुल्क खोल्न सक्नेछन् । यसका साथै बैंकले ग्राहकलाई आकर्षक रेटमा ब्याज दिने बैंकले जनाएको छ ।
होटल एभरेष्ट बिक्री भएको भन्ने हल्लालाई चिर्दै व्यवस्थापनले भन्यो बेच्ने योजना छैन
काठमाडौं । पाँचतारे होटल एभरेष्ट इन्टरनेसनल लिमिटेड बिक्री नहुने भएको छ । व्यवस्थापनले बिक्रीका लागि चलाइएको हल्लामा सत्यता नभएको जानकारी दिदै होटल बिक्री गर्ने योजना नरहेको स्पष्टपारेको छ । विनासकारी भूकम्पले गर्दा क्षति भइ सञ्चालनमा आउन नसकेको भन्दै व्यवस्थापनले होटल बिक्रीको कुनै निर्णय नभएको जानकारी गराएको छ । होटल बेच्ने कुनै योजना नरहेको पनि व्यवस्थापनले भनेको छ । भूकम्पपछि होटल बन्द अवस्थामा छ । होटल नयाँवानेश्वरमा छ ।
नेपालको संविधान: शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात-प्रधानमन्त्री देउवा
न्यूयोर्क, अमेरिका । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन् । ’ संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भने– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’ यसै विश्वविद्यालयमा उहाँले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गरेका िथए । नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उहाँले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गरे। शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउदै प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो भने । उहाँले भने – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।” सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उहाँले स्मरण दिलाए प्रधानमन्त्री देउवाले भने– “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राख्छ ।” “परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उनले । विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उल्लेख गरे। सन् २००६ मा सरकार र माओवादी विद्रोहीबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्रोहीले सबै निर्वाचनमा भाग लिएको र सरकारको नेतृत्वसमेत गरेको स्मरण दिलाउँदै उनले भने, ‘‘सन् २००८ मा नेपाली जनताले समावेशी चरित्रको संविधानसभालाई चुनेको र त्यसैले २४० वर्षको राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो ।’’ सन् २०१५ को दोस्रो संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक तथा समावेशी संविधान जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘‘त्यसले शान्ति प्रक्रियालाई टुंग्याएको र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि ग¥यो ।’’
राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुल्यो
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकले ५७१ जनाका लागि जागिर खुलेको हो । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सहायक कर्मचारीदेखि मुख्य प्रबन्धकसम्मका पदमा ५७१ जनालाई जागिर खुलाएको हो । नेपाल टेलिकमले पनि सहायक अधिकृतदेखि उप प्रवन्धकसम्मका पदमा ३८ जनालाई जागिर खुलाएको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सूचना प्रविधि एक जना, उप प्रबन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रबन्धक लेखा १६ जना, सहायक प्रबन्धक (कृषि) ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक खजाञ्ची ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको हो । नेपाल टेलिकम पनि १७ जना बरिष्ठ इन्जिनियर, ४ जना सहायक स्तरका अधिकृत र ११ जना प्राबिधक माग गरेको हो । बाणिज्य बैंकमा जागिर खान चाहनेले असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने टेलिकममा असोज ६ गतेदेखि ३० दिनभित्रमै आवेदन दिइसक्नुपर्नेछ ।
ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता हकप्रद सेयर असोज २३ देखि
काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंककको हकप्रद सेयरका लागि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ ।
माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, २० महिनामा बिजुली उत्पादन हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु ) सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम बिहीबार सम्पन्न भएको हो । सुरुङको लम्बाई ४ किलोमिटर छ । ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले बिहीबार सुरुङ खन्ने काम सकेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । आयोजनाको सिभिलअन्र्तगतको जटिल काम सकिएको उनले जानकारी दिए । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न हुने जोशीले बताए । हाल सिभिल निर्माणमा ८५ प्रतिशत प्रगति भएको छ । यस्तै हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल उपकरण आपूर्ति हुन लागेको जोशीले बताए । उनकाअनसार समग्रमा आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको र आउदो ३ महिनामा आयोजनाको प्रगति ८५ प्रतिशत पुग्ने जोशीको दावी छ । आयोजनाको पहिरो व्यवस्थापन र ५ किलोमिटर लामो सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाले सडक मर्मतको काम सुस्त गतिमा गर्दा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । आयोजनालाई बजेटको अभाव चाइना एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसंगको ऋणको समय सकिएर साँवा ब्याज तिर्ने समय सुरु भएपछि उसले ऋणको म्याद थप गर्न इन्कार गरेपछि १५ महिनादेखि ठेकेदार र परामर्शदाताले भुक्तानी नपाएको जोशी बताउछन् । काम हुदै जादा भूकम्पले आयोजनामा ठुलो क्षति पुर्याएपछि काम बन्द भई आयोजना सम्पन्न हुनुअघि नै कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय आएपछि थप समस्या आएको हो । १५ महिनादेखि आयोजनाले पैसा पाएको छैन् । ठेकेदार चाइना गेजुवा र परामर्शदाता नर्थवेस्ट हाइड्रोले काम गरिरहेका छन् । ऋणको म्याथ थप्ने विषयमा अर्थ मन्त्रालय र एक्जिम बैंकबीच समझदारी भएको सुनिएको जोशीले जानकारी दिए । उनले चाँडै पैसा आउनेमा आशावादी भएको बताउछन् । यता सरकारले ऋण म्याद ५ वर्ष थपगर्न एक्जिम बैंकलाई पुनः अनुरोध गरिसकेको छ । सरकारले आगामी सन् २०२१ सम्मका लागिकर्जाको म्यादथप्न प्रस्ताव गरेको हो । निर्धारित समयममा आयोजनाको काम नसकिएपछि सरकारले फेरि दुई वर्ष म्याद थपको तयारी गरेको छ । २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार चाइना गेजुवाले ४ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्यादथपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार पारिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
खुकुरी कक्टेल्समा निश्चल गुरुङको लेभल ३ डेजा भुमा प्रस्तुत
काठमाडौं । निश्चल गुरुङ, जो अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरिसकेका मिक्सोलोजिस्ट हुन्, उनी यही असोज ३ गते लेभल ३ मा आयोजना गरेको एक विशेष साँगीतिक सन्ध्या एवं भेटघाटका लागि हाल काठमाडौं आएका थिए । दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा स्वरुप निश्चलले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराएका छन् । साँगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका अलावा यस कार्यक्रममा रम कक्टेल्सको बारेमा जान्ने र यसको रसास्वा दनका साथै अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए । खुकुरी कक्टेल्सले आफ्ना पारखी उपभोक्ताहरु र साझेदारहरुलाई खुकुरी कक्टेल्सको रुपमा बिल्कुलै नयाँ अनुभव संगाल्ने मौका दिएको थियो । खुकुरी कक्टेल्स रमको नेपाली परम्परागत स्वादको एक उत्सवहो र ककटेल्सका पारखीहरुको जोशिलो आकाँक्षालाई यसले एक अद्भूत स्वाद प्रदान गर्दै उत्साहित तुल्याएको थियो ।