६ प्रतिशत ब्याज दिने गरी सिटिजन बैंकले ल्यायो गोल्डेन वचत योजना
काठमाडौं । सिटिजन बैंकले गोल्डेन वचत योजना ल्याएको छ । बैंकले ६ प्रतिशत ब्याज दर दिने गरी वचत योजना ल्याएको हो । मासिक ६ प्रतिशत ब्याज भुत्तानी गर्ने बैंकले जनाएको छ । न्युनतम् ५ सय रुपैयाँमा खाता खोल्न, मोवाइल बैकिङलगायत सबै सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
जलविद्युत र सडक बनाउन अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग दिदै, बिहीबार अमेरिकामा सम्झौता हुने
काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गर्ने भएको हो । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ । अमेरिकी कंग्रेसमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विष्लेषण गर्दे यो रकम स्वीकृति गरेको हो । यो सहयोग रकम मध्ये १५ अर्ब रुपैयाँ भन्दा बढी ३ सय किलोमिटर लामो ४ सय केभी उच्च भोल्टेजको प्रसारणलाइन निर्माणमा खर्च हुने नेपालस्थित एमसीसीको कार्यलयले जनाएको छ । यसका लागि आयोजना छनौट भइसकेका छन् । यस्तै सडक निर्माण र पुराना सडक र पुल मर्मतका लागि पनि रकम खर्च हुने छ । सडक आयोजना छनौट भइसकेको एमसीसी कार्यलयले जनाएको छ । सहयोग सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अर्थका अधिकारी अमेरिका पुगिसकेका छन् । सहयोग सम्बन्धि सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थमन्त्री कार्की र अमेरिकाका उपविदेशमन्त्री जोहन जे सुल्भियानले हस्ताइक्षर गर्ने कार्यक्रम तय भएको एमसीसीले जनाएको छ । अमेरिकाले दिएपछि अपुग रकम नेपालले थप्ने सहमति भएको छ । नेपालले करिव १३ अर्ब रुपैयाँ थप्ने संभावना छ । सम्झौता भएको ५ वर्षभित्र आयोजनाको काम सम्पन्न हुनुपर्ने छ । नत्र रकम फिर्ता जाने छ ।
टाइम फर्मास्युटिकलको औषधी न्युन गुणस्तर, फिर्ता लैजान विभागको निर्देशन
काठमाडौं । नवलपरासीको मुकुन्दपुरमा रहेको टाइम फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तर पाइएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधीको नमुना परीक्षण गर्दा टाइमले उत्पादन गरेको जिलिपाइड २ जिलिम्प्राइड ट्यावेलेट न्युन गुणस्तरको भएको विभागले जानकारी दिएको छ । विभागले औषधी बिक्री रोक्का गरी तुरुन्त फिर्ता लैजान टाइमलाई भनेको छ । औषधी पसललाई सो कम्पनीको औषधी बिक्री वितरण नगर्न विभागले भनेको छ । न्युन गुणस्तर हुनुको विवरण एक साताभित्र पेश गर्न विभागले टाइमलाई निर्देशन दिएको छ । टाइमले उत्पादन गरेको सो औषधीको डिजुलुसन परीक्षण असफल भएको विभागले जानकारी दिएको छ ।
दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म पाइने, ४० अर्ब वितरण हुने
काठमाडौं । दशैलाई लिक्षित गरेर नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न थालेको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएको नोट व्यवस्थापन विभागले जानकारी दिएको छ । राष्ट्र बैंकको सटही काउन्टरबाट ५, १०, २० ५० र १०० का नयाँ नोट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नोट सटही हुने छ । दशैलाई ४० अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् । यस्तै उपत्यका बाहिर जिल्लास्थित राष्ट्र बैंकको शाखा कार्यलबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
एनआईबीएल समृद्धि फन्डले लाभाँश लिन बोलायो, १८ प्रतिशत वितरण गर्ने
काठमाडौं । एनआईबीएल समृद्धि फन्ड १ ले लाभाँश लिन लगानीकर्तालाई बोलाएको छ । फन्डले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत प्रतिफल दिने भएको छ । फन्डको प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । प्रतिफल लिन एनआईबीएलको लाजिम्पाटबाट हरेक दिन बिहान साढे ९ देखि दिउसो ३ बजेसम्म वितरण गर्ने जनाएको छ ।
गोर्खाज फाइनान्सले ४ लाख कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्दै, असोज २२ भित्र आवेदन दिनुपर्ने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले बिक्री नभएको ४ लाख २४ हजार ४२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न बुधबार बोलपत्र आब्हान गरेको छ । फाइनान्सले जेठ १ गतेदेखि असार ११ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि फाइनान्सले लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । असोज २२ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडमा दरखास्त दिन फाइनान्सले भनेको छ ।
कैलाश विकास बैंकले ल्यायो व्यत्तिगत कर्जा योजना, तुरुन्त पाइने
काठमाडौं । कैलाश विकास बैंकले व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको छ । चाडवाडको अवसर पारेर बैंकले छोटो अवधिका व्यक्तिगत कर्जा दिने योजना ल्याएको हो । बैंकले लगानी विविधिकरण योजनाअन्र्तगत व्यक्तिगत कर्जा योजना ल्याएको जानकारी दिएको छ । अविश्वसियन ब्याजदरमा पर्सनल लोन योजना ल्याएको छ । छिट्टो पाउने र छोटो अवधिका लागि ल्याएको बैंकले जनाएको छ ।
दुई सय जना पाईलट एक्कासी विदामा बसेपछि १०० उडान रद्द, विश्वका धेरै उडान प्रभावित
बर्लिन । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् । चालकहरूले छोटो समयमा सूचना दिई विदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए । विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको सज्ञा दिँदै भनेका छन्, “चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको छ ।” यस घटनाले विमान कम्पनीको ख्यातिमाथि समेत प्रभाव परेको उले बताए । उनले भने, “यसरी हामीले केही मात्र कर्मचारी तथा चालकदलका सदस्यलाई रोजगारीको सुरक्षा गर्नसकिने हुन्छ ।” चालकदलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने बताए । जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् । एअर बर्लिनले कम्पनी बर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्चदिन रोकेपछि कर्मचारीको तलवसमेत दिइएको छैन । एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ । रासस