कोकाकोलाले ल्यायो दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’अभियान
काठमाडौं । कोकाकोला नेपालले दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’ अभियान ल्याएको छ । यो अभियान मंगलबारदेखि सुरु भएर असोज ३० गतेसम्म चल्नेछ । कोकाकोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् । यी लेबलहरु नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यी प्याकहरुले उपभोक्तालाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ । अभियानको नाम जस्तै कोका–कोलाले सबै परिवारका सदस्यहरुलाई कोका–कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्ने कम्पनीले बताएको छ । कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिँहले भने,‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई ‘‘परिवार’’सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं । यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका–कोला उपहारको रुपमा प्रदान गर्नेछन् ।’
टिकापुरमा हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम सञ्चालन
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कैलालीको टिकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सुविधा सहितको नयाँ शोरुम “जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड” शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’
नेपालमै बन्यो बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर, मूल्य ३ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर निर्माण भएको छ । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ ‘ विषयमा अध्ययनरत पाँच जना विद्यार्थीले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन् । स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा अपांगता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको ह्विल चियरलाई लियोपार्ड नाम दिइएको छ । ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ह्विलचियर सार्वजनिक गरेका छन् । ह्विल चियर निर्माणको लगानी सात लाख रुपैयाँ रहेको छ । यो ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनुपर्ने बाध्यता हट्ने विद्यर्थीको दाबी छ । यो ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैया सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए । युवा ईन्जिनियरहरुको कामको प्रशंसा गर्दै मन्त्री राणाले यस्तो खाले ह्विलचियरको प्रवर्द्धनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याए । के छ विशेषता ? नेपालमा चलन चल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विल चियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए। ह्विल चियरमा व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । यो ह्विल चियर उकालोमा पनि चढ्न सक्ने बिशेषता रहेको ईन्जिनियर परियारले जानकारी दिए । ह्विल चियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । यसलाई राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि ईन्जिनियरहरुले दाबी गरेका छन् ।
महालक्ष्मी बैंकका सीईओ रमेशकुमार भट्टराईको राजीनामा, महालक्ष्मी लाइफमा सीईओ बन्दै
काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले राजीनामा गरेका छन् । आउदो कात्तिक १ गतेबाट लागू हुने गरी उनले राजीनामा गरेका हुन् । भट्टराई लामो समयदेखि बैकिङ र बीमा क्षेत्रमा सक्रिय छन् । स्रोतका अनुसार उनी खुल्ने प्रक्रियामा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुने सम्भावना छ । यसअघि उनले नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भई काम गरेको थिए ।
तराई डुबानः पौने २ अर्बको दाबी, कुन कम्पनीमा कति ?
काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१ करोड ९ लाख ६७ हजार ८ सय १५ रुपैंयाको दावी परेको हो । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने दावीको विवरण अझै बुझाएका छैनन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार अग्नी, मोटर र इञ्जिनियरिङ तर्फ ४६० वटा संख्याका लागि एक अर्ब ७५ करोड ३९ लाख ३ हजार २ सय १५ रुपैंयाँको दावी परेको छ । त्यस्तै, बाली तथा पशुधन तर्फ ७० वटाको संख्यामा ५ करोड ७० लाख ६६ हजार ६ सय रुपैंयाँको दावी परेको छ । सबै भन्दा धेरै नेशनल इन्स्योरेन्स कम्पनीमा ५६ करोड ८४ लाखको दावी परेको छ भने सबै भन्दा थोरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा २२ लाखको मात्रै दावी परेको छ । कुन बीमा कम्पनीमा कति पर्यो दावी ?
कलर्सको मोबाइल खरिदमा १०० प्रतिशत क्यास ब्याक अफर, साथमा आकर्षक उपहारपनि
काठमाडौं । कलर्स मोबाइलले चाडपर्वलाई लक्षित गरेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर सुरु गरेको छ । प्राइड मोबाइल सिरिजहरु पि४५, पि५५ सेल्फि र पि७० सेल्फियुको खरीदमा यो योजना लागू गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ जसले १०० प्रतिशत नगदफिर्ताका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यी फोन रहेका क्यामराका कारण उत्कृष्ट रहेको कम्पनीको दाबी छ । पि ४५ र पि५५ दुवैको फ्रण्ट कुयामरा दुई मेगापिक्सलको छ भने रियर क्यामरा ५ मेगापिक्सल को रहेको छ । त्यस्तै पि७० सेल्फियुको दुवै साइडमा ८ मेगापिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको कम्पनीले जानकारी दिएको छ । ‘यो पर्व मय अवसरमा कलर्स मोबाइल आफ्ना ग्राहकलाई उनीहरुकाआफन्तजनसँगको सामिप्यतालाई आत्मीयबनाउन उनीहरुसँग उत्कृष्ट गुणस्तरको फोनमार्फत् कुराकानी गराउन खुशीका रँगीनपलहरुलाई क्यामरामा कैद गरेर वर्षैांसम्मत्यसको सम्झना गराइ राख्ने चाहना राख्छ । यसैले हामी यो उपहार योजनाका साथ उपस्थित भएका छौं, यसबाट हामी ग्राहकलाई भरपूर लाभलिन र उत्कृष्ट गुणस्तरको क्यामरा जडित मोबाइलफोनलाई आफ्नो बनाउनहुन अनुरोध गर्दछौं, ‘ टेलिटकप्रा.लि.कासिइओ सञ्जयअग्रवालले बताए । कलर्स मोबाइल नेपाली मोबाइलको बजारमा यसको आविष्कार–उन्मुख फोनहरु, सुपथ मुल्य र बिक्रीपछिको सर्भिसकालागिचिरपरिचित रहँदै आएको कम्पनीले जानकारी दिएको छ।
बिहीबार ५ अर्ब ऋणपत्र निश्कासन हुदै, २०८९ भदौ २३ गते साँवा फिर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोलबाट निश्कासन गर्ने भएको छ । १५ वर्ष अवधिको विकास ऋणपत्र वि.स २०८९ भदौ २३ गते साँवा फिर्ता हुने छ । बोलकबोलबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइने छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । जसमध्ये विकास ऋणपत्र बिक्रीबाट मात्रै ७२ अर्ब रुपैयाँ उठाइने राष्ट्र बैंकले जनाएको छ ।
चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्यो, ७५ प्रतिशत होटल बुकिङ
काठमाडौं । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए । होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताउनुभयो । जुन अहिलेसम्मकै बढी हो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन् । नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ । दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन् । आगामी अक्टोबर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाहको ठम्याइ छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो छ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै छ लाख पर्यटक नेपाल आएका छन् । छ महिनाको मात्रै विवरण हेर्दा चार लाख ६० हजार ३०४ पर्यटक आएका छन् । सन् २०१६ को छ महिनाको अवधिमा तीन लाख ५९ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को छ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै चीनबाट सन् २०१७ को छ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ को छ महिनामा अमेरिकाबाट ४१ हजार ६९१, बेलायतबाट २७ हजार ४४४ र श्रीलंकाबाट १९ हजार ७२९ पर्यटक आएका छन् । उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ । अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन् । नयाँ चार हजार बेड थपिँदैछन् । रासस