लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या
सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । आइतबार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतबार विभिन्न विमान कम्पनीले गरी १६ वटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् । पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए । अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ । बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरै पटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउँछन् । लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाइ कामसमेत भएको छैन । रासस
श्री एयरलायन्सको काठमाडौँ–धनगढी हवाई उडान शुरु
कैलाली, १९ भदौ । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । साेमबारबाट थपिएकोे उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए । उहाँले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिए । यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताए । यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् । सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ । विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ । रासस
हाइड्रोजन बमसँगै उछालियो सुनको भाउ, मूल्य १० महिनायताको उच्चतम विन्दुमा
काठमाडौं । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेसँगै सुनको भाउ ह्वात्तै उकालो लागेको छ । उक्त परीक्षणपछि विश्व युद्धको खतराबढेपछि सुनको भाउ १० महिनाकै उच्चतम बिन्दुमा पुगेको छ । उत्तर कोरियाको छैठौं सफल आणविक परीक्षणले युद्ध निम्त्याउने संशय बढेपछि लगानीकर्ता ‘सेफ हेभन’ मानिने सुनमा आकर्षित भएका छन्, जसले सुनबजार उकालो लागेको हो । रोयटर्सका अनुसार गत नोभम्बर ९ मा प्रति औंस १३३६ डलर पुगेको थियो । सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १० अमेरिकी डलरले बढेर प्रति औंस १३३५ डलर पुगेको छ । सुनको भाउ आइतबार प्रति औंस १३२५ अमेरिकी डलर थियो । उत्तर कोरियाले छैठौं हाइड्रोजन बम सफल परीक्षण गरेपछि सुनको भाउ १३५० डलर सम्म पुग्ने अनुमान गरिएको छ । गत मंगलबार पहिलो सफल आणविक परीक्षण सँगै सुनको भाउ एक हजार रुपैयाँले उकालो लाग्यो । यद्यपी विहिबारसम्म उत्तर कोरिया- अमेरिका बीच वार्ता हुने हल्ला बाहिर आएपछि सुनको भाउ घटेको थियो । तर आइतबार उत्तर कोरियाले छैठौं हाइड्रोजन बमको विष्फोट गराएको छ । उत्तर कोरियाले आणविक बम परीक्षण गरेदेखि सुनको भाउमा उकालो लाग्ने क्रम रोकिएको छैन । उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको बिबिसीले जानकारी दिएको छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बैठकबसेपछि अमेरिकी रक्षा सचिव जिम म्याटिसले रोयटर्ससँग कुरा गर्दै भने, ‘सम्पूर्ण सैन्य विकल्पबारे जानकारी गराउन राष्ट्रपतिले निर्देशन दिएका छन् ।’ नेपाली बजारमा उत्तर कोरियाले आणविक बम परिक्षण गरेपछि सुनको भाउ उकालो लागिरहेको छ । सोमबार सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले बढेको छ । अमेरिका-उत्तर कोरिया बीच वार्ता हुने हल्लापछि सुनको भाउ घटेको थियो । तर ती हल्लालाई चिर्दै उत्तर कोरियाको शक्तिशाली बम परिक्षणले सुन बजारमा तहल्का मच्चाएको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तराष्ट्रिय बजार सुनको भाउ प्रति औंस १२३० सम्म झर्ने धेरैको अनुमान थियो । तर आइबारको अन्तिम कारोबार प्रति औंस १३३५ अमेरिकी डलर पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५६ हजार आठ सय रुपैयाँ सम्म पुगेको सुनको भाउ सोमबार ५७ हजार रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले अनुसार केहि दिनमै सुनको भाउ १३५० डलर पुग्ने अनुमान गरेका छन् । त्यस अनुसार नेपालमा सुनको भाउ प्रति तोला ५८ हजार रुपैयाँसम्म पुग्न सक्ने शाक्यले बताए । परीक्षणपछि पनि सुनको भाउ जुनस्तरसम्म बढ्नुपर्ने हो त्यती धेरे नबढेको शाक्यले बताए । सुनको भाउलाई डलरको भाउले केहि हदसम्म नियन्त्रणमा लिएको उनले बताए । उनले भने, ‘आइतबार १०२.७५ मूल्य रहेको डलर सोमबार १०२.६० पुगेको छ ।’
गोद्रेजले ल्यायो दशैं तिहारको अवसरमा नगद छुटको अफर
काठमाडौं । गोद्रेज ब्राण्डले दशैं तिहारको उपलक्ष्यमा नगद छुट अफर ल्याएकोे छ । यो नगद छुट अफर गोद्रेजका सम्पूर्ण घरायसी सामाग्री रेफ्रिजेरेटर, वासिनमेसीन र माइक्रो ओभन खरीदमा प्राप्त गर्न सकिने छ। यो गोद्रेज ब्राण्डमा रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाइमा पर्दै आएको थियो र अहिले आएर गोद्रेजका वासिनमेसीन, माइक्रो ओभन र अन्य घरायसी सामाग्रीहरु पनि रोजाइमा पर्न थालेका छन । नेपालका लागि गोद्रेज ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ । साथै, यो योजना भादौ १९गते देखि नेपाल भरि सिमित अवधिसम्म लागु गरेको जानकारी दिएको छ ।
महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले महत्वपूर्ण सूचना लुकाएर लगानीकर्तालाई जोखिममा फसाएको छ । नोक्सानमा रहेको यस कम्पनीले नाफा देखाएर सर्वसाधारण लगानीकर्तालाई सडकमा पुर्याउने काम गरेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतलाई लत्याउँदै नोक्सानमा रहेको कम्पनीले नाफामा गएको भ्रामक वित्तीय विवरण सार्वजनिक गरेको पाईएको छ । अन्ततः बीमा समितिले लेखापरीक्षकले औल्याएको कैफियत अनुसार पुर्नबीमाबाट नआएको रकम बराबर प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनी थचक्क भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा करिव ५ करोड नाफा देखाएको कम्पनीले बीमा समितिको अनुसार प्रोभिजन गर्दा वासलात नोक्सानमा देखिने भएपछि २०७४ असार मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छैन । बीमा समितिको निर्देशन अनुसारको वित्तीय विवरण र नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसारको सेयर लगानीकर्ता सम्बन्धि महत्वपूर्ण सूचनाहरु कम्पनीले लुकाएको छ । ३५ दिनभित्र सार्वजनिक गर्नु पर्ने महत्वपूर्ण वित्तीय विवरण तथा लगानीकर्तालाई दिनुपर्ने सूचना कम्पनीले ५५ दिन वित्दा पनि प्रकाशित गरेको छैन । प्रमुख कार्यकारी अधिकृत शेखर बराल यस विषयमा जिज्ञाशा राख्दा कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सोध्न सुझाव दिए । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले फोन उठाएनन् । उनीको मोवाईल नम्बर ९८५१०२९३५३ मा विकासन्युजबाट पटक पटक फोन गर्दा, एसएमएस इन्क्वाइरी गर्दा रेस्पोन्स गरेनन् । चौधरी ग्रुपको पहलमा नियुक्ती पाएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बराल सोझै चौधरी ग्रुपप्रति उत्तरदाही बनेको र अध्यक्ष श्रेष्ठलाई अटेर गर्ने गरेकोले श्रेष्ठ अध्यक्ष पद छोड्ने मुडमा रहेको स्रोतले बतायो । सिटीस्केपको ५३ करोड बीमा दावीमा २५ करोड एड्भान्स भुक्तानी गरेको यस कम्पनीले पुर्नबीमाबाट पाउनु पर्ने करिव ३४ करोड रुपैयाँ लिन सकेको छैन । लेखापरीक्षकले उक्त रकम बराबर प्रोभिजन गर्न दिएको सुझावलाई वेवास्ता गर्दै कम्पनी सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी लगानीकर्तालाई सोझै फसाउने काम गरेको देखिएको छ । सञ्चालक समिति र व्यवस्थापन समितिको चलखेलमा कम्पनीको सेयर मूल्यमा चलखेल गरिएको पाईएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीको सेयर मूल्य विगत ८ महिनामा ७४८ देखि १६८० रुपैयाँसम्ममा कारोबार भएको छ । यस अवधिमा सेयर बजार बढीमा २० प्रतिशत मात्र उतार चडाव आएको छ भने यूनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२४ प्रतिशतसम्म बृद्धि भएको छ । पछिल्लो समय कम्पनीको खराव अवस्थाबारे गाईगुई हल्लाले कम्पनीको सेयर मूल्य घट्न थालेको छ । गत विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १४६० रुपैयाँमा किनबेच भएको छ । यस कम्पनीको सञ्चालक समिति र व्यवस्थापन समितिले कतिसम्म घटिया काम गरेका छन् भने प्रमोटर सेयरलाई साधारण सेयर भनेर झुक्याएर सर्वसाधारणलाई बेचेका छन् । र, नियमनकारी निकायहरुले दिएको निर्देशनहरु अवज्ञा गर्दै आएका छन् । सम्बन्धित समाचारहरू युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द
सिटिजन्स बैंकको नयाँ शाखा पाल्पाको छहरामा
काठमाडौं । सिटीजन्स बैंकले ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ । साे शाखाकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरु गरेका छन् । छहारा शाखाको उ्घाटन सँगै सिटीजन्सकाे ६० वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले भैरव नवदिप माध्यामिकलाइ १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको जाकारी दिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्दश्यले अन्य स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।
८८ किलो सुनसहित तस्कर मनोज अधिकारी पक्राउ
काठमाडौं । प्रहरीले ८८ किलो तस्करीको सुन बरामद गरेको छ । प्रहरीले सोमबार बिहान काठमाडौंको जोरपाटीबाट ८८ किलो अबैध सुनसहित मनोज अधिकारीलाई पक्राउ गरेको हो । प्रहरीले सुनसँगै भन्सार छलेर ल्याइएको केहि थान मोबाइल सेटहरु पनि बरामद गरेको जनाएको छ । सुन, मोबाइल रसुवागढी नाकाबाट नेपाल भित्रिएको हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३ दिन भित्रमा नै ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा लिन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ९एसइमई लोन० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि ग्राहकलाई छिटो सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलार्ई उत्पादनशिलतामा बृद्धि प्रेरित गर्नेे उद्देश्यले बैंकले कर्जा लिने समय घटाएको हो । यो कर्जा लिन चाहने ग्राहकवर्गले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्नेछन् । लक्षित ग्राहकले यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १ सय १२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख रुपैयाँदेखि देखि ५ करोड रुपैयाँसम्म ऋण दिने जानकारी दिएको छ ।