विकासन्युज

बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ

काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो । विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए । १५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । के के छन् नयाँ फिचर ? टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ । चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए। यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।

बाढीपिडित बालबालीकालाई धुर्मुस सुन्तलीको सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको टोलिले सोमबार बाढीले पिडित सप्तरीका बिभिन्न ६ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको छ । राहत बितरणमा धुर्मुसले भयमुक्त र सुरक्षित रहनको लागि सबैलाई मनोरञ्जन प्रदान गदैं उक्त सामाग्री बितरण गरे । ‘बालबालिका भविष्यका कर्णधार हुन्’ भावुक मुद्रामा धुर्मुसले भने ‘उनिहरुलाई हेरबिचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यसखाले शैक्षिक सामाग्री बितरण गरेका हौं ।’ धुर्मुस सुन्तली फाउण्डेशनले सप्तरीमा रहेको आधारभुत बिद्यालय, रमपुरामल्हनियाँ, सप्तरी, रामराजानकी राष्ट्रिय प्राथमिक बिद्यालय, दलवा रमपुरामल्हनियाँ, राष्ट्रिय प्राथमिक बिद्यालय, रमपुरामल्हनियाँ, लिल्जा ठाकुर प्राथमिक बिद्यालय, हनुमान नगर, आधारभुत बिद्यालय, गोवरगाढा र राष्ट्रिय प्राथमिक बिद्यालय, हनुमाननगर गरि ६ वटा सरकारी बिद्यालयमा अध्ययन गर्ने १ हजार बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बितरण गरेको उक्त सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश छन् । यसअघि पनि फाउण्डेशनले बाढीले डुवानमा परेर घरबार बिहिन हुन पुगेका तराईका बासिन्दाहरुका लागि बिभिन्न राहतका प्याकेज बितरण गरेको थियो । अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत बितरण गरिसकेको छ । फाउण्डेशनले बर्दिवास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ्, झापा, सर्लाही, रौतहट, बारा लगायतका स्थानमा खाध्यान्न, लत्ताकपडा तथा औषधी बितरण गरेको हो । धुर्मुसले आफै खटेर १२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बरावरको राहत सामाग्री बितरण गरिसकिएको जानकारी दिएका छन् ।धुर्मुसले अब आफ्नो अभियान राहत सँगसँगै स्वास्थ्य, शिक्षा, सरसफाई र पुर्नवासमा सहयोगी बन्ने रहेको बताएका छन् । बाढीका कारण धेरै स्थानका खानेपानीका पाईपहरु फुटेको, पिडितहरुले दुषित पानी पिउनुपर्ने अवस्था रहेको र जसका कारण झाडापखाला, रुघाखोकी जस्ता भाईरल रोग लाग्न सक्ने, सर्प र लामखुट्टेको टोकाई त्यहाँका बासीन्दाहरुको मुख्य समस्या भएको भन्दै अब उनिहरुको लागी अभियान चलाउने धुर्मुसको भनाई छ । धुर्मुस सुन्तली फाउण्डेशनले बाढीका कारण अस्वस्थ बनेका पिडितहरुलाई अस्पतालमा भर्ना गरि उपचार समेत गराईरहेको छ । निरन्तर बर्षा भईरहेको समयदेखी अहिलेसम्म आफुनै राहत बितरणमा खटिरहेका धुर्मुस पिडितहरुको पिडा देखेपछि आफुलाई निकै भावुक बनाएको बताउँछन् ।  

पिजिएम मिट सम्पन्न, एभ ट्रेडिङले बाँड्यो कार र मोटरसाइकल

काठमाडौं । गल्फ लुव्रिकेन्ट्सको नेपालस्थित आधिकारीक विक्रेता नेपाल ल्युव आयल र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेको छ । सो अवसरमा आर्थिक वर्ष २०७३/७४ मा सवैभन्दा धेरै गल्फ लुव्रिकेन्ट्स विक्री वितरण गर्ने विक्रेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कार अभि ट्रेड लिंकका संचालक गोबिन्द काफ्लेले सुजुकिको अल्टो कार, एस एण्ड एस अटोका सुजन श्रेष्ठले बुलेट ३५० सि सिको वाईक, र धनश्रि अटो केयरले होण्डा एभिएटर पाएका थिए । उनीहरुलाई उक्त कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । दुई सय भन्दा वढि रिटेलरको सहभागि रहेको उक्त कार्यक्रम नेपाल लुव आयलका शिव तिवारीले संचालन गरेका थिए । गल्फ लुव्रिकेन्टले नेपाली वजारमा आफुलाई अग्र स्थानमा रहेको दाबी गर्दै आएको छ । उक्त कार्यक्रममा अतिथि नेपाल निर्माण व्यवसाहि महासंघका वरिष्ट उपाध्यक्ष (कार्यभार अध्यक्ष) विष्णु भाई श्रेष्ठ, नेपाल हेभी इक्यिुपमेन्टका व्यवसाहि महासंघका उपाध्यक्ष उमाकान्त शर्मा, नेपाल अटो मेकानिक्स व्यवसयी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने, एभ ट्रेडिङका संचालक मधुसूदन सिग्देल, नेपाल ल्युव आयल लिमिटेडका सहायक म्यानेजर दिवाकर मिश्रको उपस्थिति थियो । साथै विभिन्न अटो मेकानिक्स व्यवसायीहरुको सहभागिता थियो ।

कुश्मा–बलेवा यान्त्रिक पुलले अठार प्रतिशत लाभांश बाँड्ने

पर्वत । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । उक्त लिमिटेडले आव २०७३/७४ मा ९० लाख ४७ हजार ३९४ रुपैयाँ मुनाफा वितरण गर्न लागेको हो । लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि ९० करोड ४७ हजार रुपैयाँ मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । “यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उनले भने । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो । पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिए । पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि १ सय १४ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।रासस

चक्रपथ चौडा पार्ने काममा तीव्रता

काठमाडौं । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् । विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ धर्का तान्ने, बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ । यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए । “उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ”, खनालले भने । सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन् । रासस

ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि हुने, मोबाइल खरिदमा ७० प्रतिशत सम्मको छुट

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने भएको छ । कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको एक्स्पो आयोजना गर्न लागेको हो । उक्त एक्स्पो यहि भदौ १६ गतेदेखि भदौ २६ गतेसम्म आयोजना हुने भएको छ । कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ । ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् । त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । कम्पनीका अनुसार कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ । नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ताम्राकार कम्लेक्समा एउटा मोबाइल किन्दा अर्को उपहार

काठमाडौं । राजधानीको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सले दशैं तिहारको अवसरमा मेला आयोजना गरी ग्राहकवर्गलाई एउटा मोबाइल किन्दा अर्को उपहार उपहार दिने भएको छ । मोबाइल खरिदमा ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ । ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंक लगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको ताम्राकार मोबाइल बजारले जनाएको छ । ताम्राकार मोबाइल कम्प्लेक्समा प्रवेशसँगै लक्की ड्रमा समाबेश हुन पाइने र जसका लागि कुपन भर्नुपर्ने ब्यवस्था समेत मिलाइने भएको छ । मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ । हरेक वर्ष जस्तो यो वर्ष पनि दशैंदेखि तिहारसम्म हरेक दिन लक्की ड्र मार्फत क्यास ब्याक र हरेक दिनको लक्की ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ । मोबाइल मेला अबधिभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ लगायत सबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने कम्पनीले जानकारी दिएको छ ।  

सेयर बजारमा ९ अंकको गिरावट, ९० करोड ९३ लाखको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ । बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको ९.९९, हिमालयन डिष्टीलरीको ९.९६ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । आइतबार उत्पादनमूलक र विकास बैंक समूहको परिसूचक क्रमशः २७ र ६ अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचकम भने ४५ अंकले ओरालो लागेको छ । त्यस्तै, सोमबार कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।