विकासन्युज

सिटिजन्स बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र

काठमाडौं । सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३९४ रुपैयाँ रहने छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ले २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ ले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५६ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।

समयमै वार्षिक नविकरण शुल्क बुझाउन सूचिकृत कम्पनीलाई बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीलाई वार्षिक नविकरण शूल्क बुझाउन निर्देशन दिएको छ । चालु आवको वार्षिक सूचिकरण नविकरण शूल्क प्रत्येक आवको आश्विन मसान्तसम्ममा बुझाउने पर्ने नियम अनुसार बोर्डले निर्देशन दिएको हो । सूचिकृत कम्पनीले आफ्नो चुक्ता पुँजी अनुसार वार्षिक सूचिकरण नविकरण शूल्क बोर्डले तोकेकै समयमै काठमाडौंको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१००००७७५ मा जम्मा गर्न सक्नेछन् । साथै, कम्पनीले यस बैंकको जुनसुकै शाखा कार्यालयहरुमा जम्मा गरी सक्कल बैंक भौचर तत्काल पठाउन सक्ने बोर्डले जनाएको छ । नेप्सेमा सूचिकृत कम्पनीले बोर्डले तोकेको समय भित्र नविकरण शूल्क नबुझाएमा सोही कम्पनीको सेयर कारोबार रोकिने नेप्सेले जनाएको छ । बुझाउनु पर्ने शूल्क:

नाडा अटो शोमा अफरको प्रतिश्पर्धाः के के ल्याउँदैछन् व्यवसायीले उपभोक्ता तान्ने योजना ?

काठमाडौं । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०१७ मा सवारी साधनका आधिकारिक बिक्रेताहरुले सवारी साधनमा आक्रामक अफरहरु ल्याएका छन्। एकै ठाँउमा धेरै ग्राहकहरुको भीड लाग्ने भएकाले कम्पनीले विभिन्न अफर ल्याएका हुन्। विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन्। ‘एकै थलोमा धेरै ग्राहकहरु भेला हुने यो सुवर्ण अवसर हो,’ नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष अनजन कुमार श्रेष्ठले भने। महिन्द्राको सुनदेखि गाडीसम्मको अफर महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ२० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ । डाट्सनको बिमा सुविधादेखि बम्पर उपहार डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको नि:शुल्क बीमा, एक्सचेन्ज सुविधा, नि:शुल्क एक्सेसरिज् तथा लक्की-ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडि-गो ल्याएको छ । डि लाइफस्टायलको उपहारमा आइफोनदेखि देखि सामसङका मोबाइल डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ । फोर्डको क्यासमा क्यास अफर फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । यमाहाको एक लाख रुपैयाँ पुरस्कार यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ ।  

ङादी ग्रुप पावरले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव पारित गरेको हो । नियामक निकाय र वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले चुक्तापुँजी बढाउने भएको छ । बोसन सेयर बितरणपछि कम्पनी ३० प्रतिशत चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बोनस सेयर बितरणपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ५४ लाख रुपैयाँ पुग्ने छ । यसपछि हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।  

देवः विकास बैंकको १८ प्रतिशत लाभांश

काठमाडौं । देवः विकास बैंकले १८ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ ।  बैंकले गत आवमा गरेको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाले स्वीकृति गरेपछि मात्र लाभांश वितरण गर्ने बैंकले जनाएको छ । चुक्तापुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । आउदो साधारणसभासम्म बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।  

एनसीसी बैंकमा अर्को कानुनी लफडा, सञ्चालक समितिको निर्वाचन प्रक्रिया रद्द

काठमाडौं । विभिन्न वहानामा कार्यकाल लम्व्याउँदै आएको एनसीसी बैंक सञ्चालक समिति आफ्नो कार्यकाल फेरी पनि लम्व्याउन सफल भएको छ । ‘जे जे बहुन बराजु सोही सोही स्वाहा’ भने झै सञ्चालक समिति भदौ ६ गते सञ्चालक समितिले गरेको निर्णयलाई भदौ १६ गते हुने साधारणसभाले अनुमोदन गरेमा वर्तमान सञ्चालक समितिको आयु अर्को साधारणसभा नभएसम्मको लागि लम्बिने भएको छ । असार २७ गते बैंक सञ्चालक समितिको बैठकले भदौ १६ गते साधारणसभा गर्ने र ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीले साधारणसभा सम्बन्धि सूचना प्रकाशित गरेको थियो । बैंकले निर्वाचन अधिकृतमा सुरेश पौडेललाई नियुक्ती दिएको थियो । निर्वाचन अधिकृतले निर्वाचनको आन्तरिक प्रक्रिया अगाडि बढाएका पनि थिए । उनले आफ्नो पारिश्रमिक पनि लिईसकेको छन् । तर भदौ ६ गते बैंक सञ्चालक समितिले निर्वाचनको सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ । सञ्चालक समिति निर्वाचन गर्ने विषयमा कानुनी विवाद आएकोले निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐन आएपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका आधारमा आगामी साधारणसभामा प्रस्ताव गरिएको निर्वाचन सम्बन्धि कार्यक्रम स्थगित गर्नु परेको उनले बताए । बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा ९ जना सञ्चालक समितिको व्यवस्था रहेकोले सेयरधनीले ९ पदको निर्वाचन माग गरेको तर बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनमा ७ जनाको मात्र सञ्चालक समिति हुने व्यवस्था भएकोले सोहि विषयमा सेयरधनीबीच विवाद सिर्जना भएको एक सञ्चालकले बताए । ‘विवादको विषय ठूलो होइन । सेयरधनी मिलेका भए सबै प्रक्रिया मिलाएर सञ्चालक समितिको निर्वाचन गर्न सकिने थियो । सेयरधनीबीच एकले अर्कोलाई सञ्चालक बन्न कसरी रोक्ने भनेर कानुनी सिङ्ग समाउन थालेपछि राष्ट्र बैंकको अन्तिम परिपत्रलाई आधार मानेर निर्वाचन स्थगित गरिएको हो’ ती सञ्चालकले भने । नयाँ ऐनअनुसार ७ जनाको सञ्चालक समिति निर्वाचन गर्न वाधा पर्ने अवस्थामा त्यसअघि नै साधारणसभा गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न राष्ट्र बैंकले सबैं बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको उनले बताए । यस पटकको साधारणसभामा प्रबन्ध पत्र र नियावली संशोधन गरी ७ जना सञ्चालक हुने व्यवस्था गर्ने र अर्को साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्ने तयारी भएको न्यौपानेले बताए । बैंकका साधारण सेयरधनीले भने वर्तमान सञ्चालक समिति मर्जपछिको अन्तरिम सञ्चाक समिति भएको र मर्जपूर्व भएको सहमति अनुसार यसै साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्नु पर्र्नेमा जोड दिएका छन् । मर्जको प्रक्रिया र वर्तमान काम चलाउ सञ्चालक समिति विरुद्ध उत्रेको एनबी समूह पनि हाललाई यहि सञ्चालक समितिलाई निरन्तरता दिन सहमत भएको स्रोतको दावी छ । एनबी समूहलाई हकप्रद सेयरमा लगानी गर्न सञ्चालक समितिले सहयोग गर्ने र हकप्रद सेयर निष्काशन प्रक्रिया सम्पन्न नभएसम्म अहिलेको सञ्चालक समितिलाई एनबी समूहले सहयोग गर्ने आन्तरिक सहमति भएको स्रोतले बतायो ।

कात्तिकमा बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपीओ, कति पर्ला मूल्य ?

काठमाडौं । दुई जलविद्युत आयोजना निर्माण गर्न बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले कात्तिकसम्म थप निश्कासन (एफपीओ) ल्याउने भएको छ । धितोपत्र बोर्डबाट यो महिनाभित्र एफपीओ निश्कासनका लागि बीपीसीले स्वीकृति पाउँदै छ । बोर्डबाट स्वीकृत पाएपछि निश्कासनको प्रक्रिया सुरु गर्ने बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । एफपीओ सबै बिक्रि नभए अण्डर राइटरले खरिद गर्नुपर्ने प्रावधान भएकाले यस विषयमा टुङगो लाग्न बाँकी रहेको उनले जानकारी दिए । कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बीपीसीले गत चैतको पहिलो साता एफपीओ निश्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए ।  धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले १ सय मेगावाटको तल्लो मनाङ मस्र्याङदी र साढे ८ मेगावाटको चिनोखोला आयोजना अघि बढाउँदैछ । तल्लो मनाङको उत्पादन अनुमतिपत्र लिने क्रममा छ । चिनोको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा छ । यस्तै, कम्पनीले चुक्तापुँजी पनि बढाउँदैछ । हाल कायम रहेको २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पु¥याउने तयारी बीपीसीको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।