म्यादी प्रहरीले आन्दोलन गर्ने, स्थायी बनाउन माग
काठमाडौं । म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन । उक्त कार्यक्रममा करिब डेढ सयको हाराहारीमा म्यादीहरु सहभागी भएका थिए । अहिलेका म्यादीहरु प्रहरीमा जागिर गर्न योग्य हुनुका साथै सरकारले भएका सरकारले म्यादीलाई प्रहरी सरहको तालिम र रासन भत्ता समेत दिईसकेको कारण अब म्यादीलाई प्रहरीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । यदि सरकारले तत्काल आफूहरुका माग पुरा नगरेर देशभरका म्यादी प्रहरीहरुलाई संगठित गर्ने भन्दै संयोजक थापाले यसका लागी तयारी भएर बस्न कार्यक्रममा सहभागी म्यादीहरुलाई निर्देशन समेत दिए । सरकारले स्थानीय तहको निर्वाचनका लागी गत बैशाखमा देशभरमा म्यादी प्रहरीमा भर्ना लिएको थियो ।
कोरियन विद्युतिय कार नेपाली बजारमा, मूल्य आधा करोड
काठमाडौं । कोरियाली मोटर निर्माता कम्पनी कियाका विद्युतिय कार नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल मल्टि ट्रेडिङ इन्टरप्राइजेज प्रालिले कियाको विद्युतिय कार नेपाली बजारमा भित्र्याएको हो । सोल इभी सेगमेन्टमा २ वटा विद्युतिय कारको मूल्य ५६ लाख र ५८ लाख तोकिएको छ । विद्युतिय कारसँगै कम्पनीले किया मोटरको नयाँ शोरुमको उद्घाटन पनि गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुरिद घिमिरेले सोल इभी मोटरर्स अन्य मोटरको तुलनामा धेरै आरामदायी भएको बताए ।“बजारमा धेरै खालका मोटर छन, त्यसमा पनि विद्युतिय मोटरहरु केहि छन तीमध्ये सोल छुट्टै बिशेषता र सुबिधा भएको कार हो”, अध्यक्ष घिमिरेले भने । नेपाल आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकाले विद्युतिय सवारी साधनको माग बढ्ने अनुमान सहित नयाँ कार भित्र्याएको उनले बताए ।“पेट्रोलियम इन्धनको अभाव भैरहने हाम्रो मुलुकमा विद्युतिय सवारी साधनको राम्रो सम्भावना छ, यसले देशलाई आत्मनिर्भर पनि बनाउनेछ भन्ने विश्वास लिएका छौं”, घिमिरले भने । किया मोटर कोरियाको पुरानो मोटर उत्पादक कम्पनी हो । कियाका विद्युतिय कार भारतमा भन्दा पहिले नेपाली बजारमा उपलब्ध गराएको पनि उनले बताए । यी विद्युतिय गाडीलाई घरमै चार्ज गरेर गुडाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ५ वर्ष पछि मोटर चार्ज गर्नको लागि दुर्गम तथा टाढाको ठाउँमा पनि चार्जीङ स्टेशनको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।
एशियन लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ । इन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष १० अर्ब रुपैयाँ र लगानी ९५४ करोड रुपैयाँ रहेको छ । साथै, यस कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।
एनआइडिसीको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा एनआइडिसी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । यस बैंक राष्ट्रिय वाणिञ्य बैंकसँग मर्ज हुँदै छ । सोही कारण सोमबार एनआइडिसीको सेयर कारोबार बन्द भएको हो ।
सहकारीको बचत दुई अर्ब २१ करोड
पाल्पा। जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३/७४ मा दुई अर्ब २१ करोड पाँच लाख ८४ हजार रुपैयाँ रकम बचत गरेका छन् भने दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । सहकारीले लिएको ऋण १२ करोड १९ लाख ७२ हजार रुपैयाँ, कोष रकम १७ करोड ३२ लाख ४६ हजार रुपैयाँ र शेयर पूँजी ३० करोड १९ लाख ६८ हजार रुपैयाँ रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए । आव २०७२/७३ मा सहकारीले एक अर्ब ४४ करोड १४ लाख ५६ हजार रुपैयाँ रकम बचत र एक अर्ब ६५ करोड ७१ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेका थिए । सहकारीले लिएको ऋण रकम ११ करोड ६५ लाख आठ हजार रुपैयाँ , कोष रकम पाँच करोड ९६ लाख २९ हजार रुपैयाँ र शेयर पूँजी २१ करोड ५३ लाख ४८ रुपैयाँ रहेको प्रमुख बोहोराले बताए । जिल्लामा हाल बचत गर्ने शेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । ८७ हजार ४०५ शेयर सदस्यमध्ये ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष छन् । आव २०७२/७३ मा ७१ हजार ४११ जना शेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा २९१ वटा सहकारी दर्ता भएपछि बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक गरी जम्मा २९१ वटा सहकारी पुगेका छन् । अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी संस्था दर्ता भएका छन् । २०७२÷७३ मा २७१ वटा सहकारी सञ्चालन भएका थिए । यहाँ सञ्चालित सहकारीले रु ६० करोडभन्दा बढी कारोबार गर्न सफल भएका छन् । बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् । सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् । रासस
बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति
नवलपरासी । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ । बाढीले करिब ७७ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ । खाद्यान्न बालीमा ६७ करोड ८७ लाख रुपैयाँ, तरकारीमा चार करोड २६ लाख रुपैयाँ र माछामा पाँच करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताए । बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ । सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रतापपुरमा चार करोड २१ लाख ३३ हजाररुपैयाँ, पाल्हीनन्दनमा २५ करोड ९२ लाख ५४ हजार रुपैयाँ, विनयी त्रिवेणीमा ३४ लाख १० हजार रुपैयाँ, सुस्तामा २४ करोड एक लाख ७५ हजार रुपैयाँ बराबरको उपज क्षति भएको छ । यस्तै रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार रुपैयाँ, बर्दघाटमा ५८ लाख ४१ हजार रुपैयाँ र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको कृषि उपज क्षति भएको हो । रासस
काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः ६ कम्पनीले बनाउँदैछन आर्थिक र प्राबिधिक प्रस्ताव
काठमाडौं । काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनीले यतिबेला आर्थिक र प्राबिधिक प्रस्ताव धमाधम तयार पारिरहेका छन् । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा आवेदन दिएका १५ कम्पनीबाट छानिएका ६ वटा कम्पनीले आर्थिक तथा प्राबिधिक प्रस्ताव तयारी थालेका हुन् । ‘छनौटमा परेका ६ वटा कम्पनीसँग सम्भाव्यता अध्ययनको आर्थिक र प्राबिधिक प्रस्ताव मागेका छौं, उनीहरु यतिबेला धमाधम प्रस्ताव तयार पार्ने अभियानमा छन’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उपाध्यायका अनुसार आगामी सेप्टेम्बर ७ तारिखका दिन ती कम्पनीहरुले शिलबन्दी गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव पेश गर्नेछन् । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइनेछ । त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । यी हुन सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनी
सानिमा बैंक र पाटन हस्पिटल बिच सम्झौता, उपचारका लागि आर्थिक सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु २०,००००)सम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ । बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटल संग यो सम्झौता गरेको हो ।