अख्तियारले सुरु गर्यो निशुल्क हटलाइन सेवा, १०७ मा फोन गरेर उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी गर्न चाहने सेवाग्राहीका लागि निशुल्क हटलाइन सेवा सुरु गरेको छ । आयोगका सचिव राजन खनालले हटलाइन सेवा १०७ को अनावरण गरेका छन् । यो हटलाइनमा सेवाग्राहीले आफ्ना गुनासो तथा भ्रष्टचारसँग सम्बन्धित उजुरी टिपाउन सक्नेछन् । त्यसलाई तत्काल सम्बोधन गर्ने आयोगले जनाएको छ । भ्रष्टाचार विरुद्ध उजुरी गर्न कुनै पनि बेला यो सेवा गर्न सकिने सचिव खनालले बताए । यो सेवाले सेवाग्राहीको आयोगसम्मको पँहुच बढाउन मद्दत पुग्ने उनले बताए । ‘कतिपय सेवाग्राहीले हामीलाई फोनमा उजुरी टिपाउदा ब्यालेन्स सकिएर बिचमै काटिने गरेका छन् । आयोगको अनलाईन सेवा र फोन नम्बर पनि थाहा नभएको गुनासो आउनेगरेको छ,’ उनले भने, ‘यो निशुल्क टेलिफोन सेवाले त्यस्ता समस्याको समाधान गर्नेछ ।’ यस सेवाको जानकारीका लागि सेवाप्रदायकको ढोकामा टास्ने आयोगले जनाएको छ ।
टाटाद्धारा सोल्टी होटललाई हाईलिफ्ट्स च्याम्प हस्तान्तरण
काठमाडौं । सिप्रदी टे«डिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिप्mटस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले साउन ३२ गते बुुधबार राजधानीमा सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे । कम्पनीका अनुसार उक्त गाडी हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ । टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्पस् अन्तराष्ट्रिय सुरक्षा मापदण्ड अनुुसार तयार गरिएको दावी कम्पनीले गरेको छ । तीन हजार केजी सम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडि चलाउन र मर्मत गर्न निकै नै सजिलो रहेको छ । गाडिको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ । साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा स्याण्डवीच कम्प्रेस्ड प्यानल ले खानामा ताजापन कायम नै राख्ने छ । कम्पनीका अनुसार यसमा जडान गरिएको पिटिओ, डिसी मोटर ह्याण्ड पम्प, सहजताको लागि क्यामेरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुुलनामा फरक र उत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ । यसमा जडान गरिएको सबै सामाग्रीहरु बिश्वसनियताको लागि परिक्षण गरिएको र कडारुपमा गुुणस्तर नियन्त्रण भएकाले गर्दा यो च्याम्प सर्वोत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ ।
प्रधानमन्त्रीलाई संसदको सुझाव-मोदीसँग बाँध व्यवस्थापनबारे छलफल गर्नुस
काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बाँध व्यवस्थापन र सञ्चालनबारे छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएको छ । बिहिबार बसेको अर्थ समितिले बैठकले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका क्रममा बाँधहरुको व्यवस्थापन र सञ्चालनबारे छलफल गर्न सुझाव दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए । ‘नेपालका विभिन्न नदीहरुमा बाँधिएका बाँधको यथोचित र उपयुक्त ढंगले संचालन गरी आगामी दिनमा डुबान, बाढि र कटानको समस्या आउन नदिन सम्माननीय प्रधामन्त्रीज्यूको भारत भ्रमणको समयमा मित्र राष्ट्र भारतसँग दुई पक्षीय वार्ता र कुटनीतिक पहलको माध्यमबाट ती समस्याहरुको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिने’, समितिले आफ्नो निर्णयमा भनेको छ । त्यस्तै, समितिले विपद् व्यवस्थापन विधेयकलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ । प्राकृतिक विपद्हरुको यथोचित नियन्त्रण र व्यवस्थापनको काममा सहजता ल्याउन पनि बिधेयक संसदमा पेश गरेर तत्काल पास गराउने व्यवस्था गरिनुपर्ने अवस्था रहेको सभापति ज्वालाले बताए । बैठकमा सांसदहरुले विपद व्यवस्थापनका लागि राज्यले बिधेयक तत्काल पास गरेर एकिकृत संरचनाको निर्माण गर्नुपर्ने धारणा राखेका थिए । नेपाल भारत सिमा नाका आसपास निर्माण गरिएका बाँधहरुले नेपाली भूभाग डुबानमा परेको भन्दै त्यस्ता बाँध भत्काउनुपर्ने माग गरेका थिए । सिँचाई मन्त्रालयले कोशी, गण्डक र टनकपुर बाँधका ढोकाहरु सञ्चालन सम्बन्धी स्वामित्व नेपाली प्राबिधिकको पहुँच स्थापित गराउन प्रधानमन्त्री देउवालाई १० बुँदे सुझाव दिईसकेको छ । सिँचाई मन्त्रालयले बाँधका ढोका समयमै खुल्ला गर्न नपाउँदा नेपाल तर्फ धेरै भूभाग डुबानमा परेको बताउँदै ढोकाका चावी नेपाली प्राबिधिकहरुलाई पनि उपलब्ध गराउनुपर्ने धारणा बनाएको हो ।
सिद्धार्थ बैंकको शाखा ताप्लेजुङ्ग, बेशीसहर र जोरपाटीमा
काठमाडौ । सिद्घार्थ बैंकले बिहीबार ३ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकले हाल देशभर ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीआएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । आर्थिक वर्ष ०७३÷०७४ को आषाढ मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकको निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६६ अर्ब ६ करोड रुपैयाँ छ ।
ट्वाइलेट, क्याण्टिन र रंगमा उर्जा मन्त्रीको चासो, कुलमानलाई १० दिनको अल्टिमेटम
काठमाडौं । ‘नेपाल विद्युत प्राधिकरणका काउण्टरमा ट्वाइलेट छैनन्, उपभोक्ता बस्ने बेञ्च छैन, फोहर फ्याँक्ने डस्टविन छैन, भित्तामा कर्मचारीले पान खाएर थुकेका छन, यो सब के हो ? यो कहिले सुध्रन्छ ?’, उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार नेपाल विद्युत प्राधिकरणको ३२ औं बार्षिकोत्सव समारोहमा भने । उनी यतिमै रोकिएनन अझै अगाडी बढ्दै भने–ट्वाइटेटमा केमिकल हाल्न नसक्ने, पान खाएर थुकेको भित्तामा रंग लगाउन नसक्ने ? काउण्टरमा पानी राख्न नसक्ने ? अब १० दिन भित्रै म अनुगमनमा आउँछु, त्यतिबेला सफा ट्वालेट, सफा भित्ता र काउण्टरमा खानेपानीको व्यवस्था हुनुपर्छ, नत्र कारवाही हुन्छ ।’ मन्त्रि शाहीले प्राधिकरणका कार्यालयहरुमा प्राय सबै कोठामा क्याण्टिन राखिएको पनि आपक्ति जनाएए । उनले आक्रोसित हुँदै अघि थपे–प्रत्येक कोठामा क्याण्टिन किन चाहियो ? प्राधिकरणको कम्पाउण्डको एउटा कुनामा व्यवस्थित ढंगले क्याटिन राख्नुस, कोठा कोठाका क्याण्टिन हटाउनुस ।’ उनले प्राधिकरणका बारेमा गुनासो गर्न नागरिकका लागि मन्त्रालयले हटलाईन सेवा आरम्भ गर्न लागेको बताउँदै त्यसमा उजुरी आएमा प्राधिकरणका कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि दिए ।‘मन्त्रालयमा तीन वटा हटलाइन सेवा आरम्भ गर्दैछौं, त्यसमा नागरिकले गुनासो नगरुन, त्यहाँ गुनासो आउनु भनेको प्राधिकरणका लागि दुर्भाग्यको बिषय बन्छ’, मन्त्री शाहीले भने । उनले विद्युतको व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार कायम नहुने भन्दै निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न तयार हुनुपर्नेमा पन िजोड दिए । ‘विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार सधैँ रहदैन, नीजी कम्पनीले २ रुपैंयाँमा बिजुली दिन्छु भन्यो भने प्राधिकरणले प्रतिष्पर्धा गर्न सक्छ ? अब त्यसका लागि तयार भएस बस्नुस ।’, मन्त्री शाहीको भनाई थियो । उनले ट्रान्सफर्मर पड्किएको खण्डमा सम्बन्धीत फाँट र कार्यालयका प्रमुखलाई कारवाही गर्ने पनि चेतावनी दिए । ‘अब ट्रान्सफर्मर पड्कियो भने सम्बन्धीत कार्यालयका प्रमुखलाई कारवाही हुन्छ, उनले जिम्मेवारी लिनु पर्छ किन ट्रान्सफर्मर पड्कियो भनेर’, मन्त्री शाहीको भनाई थियो ।
टेलिकमकको नेटवर्कबाट१ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान
काठमाडौं । बाढी पीडितको उद्धार तथा राहतका लागि नेपाल टेलिकमकको नेटवर्कबाट १ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान भएको छ । बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पु¥याउन साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको टेलिकमकी प्रवत्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै टेलिकमको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको उनले बताइन् । विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ । विभागले आवश्यकता अनुसारको संख्यामा आफै एसएमएस पठाउन सक्ने गरी व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ । पुर्वमा ९१ प्रतिशत सञ्चार सेवा सुचारु भएको उनले जानकारी दिइन् ।
बिजुलीको तार भूमिगत गर्न ग्लोबल टेण्डर आव्हान, रत्नपार्कका तार अब जमिन मूनि
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा वितरण प्रणालीलाई भुमिगत र अटोमेसन गर्न तयारी थालेको छ । राजधानीको रत्पार्क वितरण केन्द्रलाई भूमिगत लाइनबाट विद्युत वितरण र अटोमेसन गर्न प्राधिकरणले बिहीबार अन्तराष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ । बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याँक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिल्वालले जानकारी दिए । यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । यसमा एडीबीले १५ अर्ब रुपैयाँ बढी (१५ करोड अमेरिकी डलर) ऋण दिन सहमति जनाएको छ । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुनुका, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकशित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ । अनुसार काठमाडौ उपत्यका र देशका प्रमुख शहरहरुमा वितरण प्रणाली सुदृढीकरण गर्न दिर्घकालीन गुरुयोजना तयार भैरहेको छ । भूमिगत लाइन विस्तारको काम अघि बढाउन प्राविधिक तयारी भईरहेको समेत उनले बताए । २ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।
नबिल ब्यालेन्स फण्ड-१ले ४२ प्रतिशत नगद लाभांश दिने, भदौ ११ गते बुक क्लोज
काठमाडौं । नबिल म्युचल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड-१ ले आफ्ना इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ ११ गते फण्डको इकाई दर्ता किताब बन्द(बुक क्लोज) हुने छ । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।