विकासन्युज

पर्वतारोहण संघमा दुईपक्षिय प्रतिस्पर्धा हुँदै, कस्ले मार्ला एनएमएको अध्यक्षमा बाजी ?

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)मा दुई वर्षिय नयाँ कार्यसमितिको लागि आज शनिबार निर्वाचन भइरहेको छ । बिहान ८ बजेटबा सुरु भएको एनएमए निर्वाचा साँझ ५ बजेसम्म हुने भएको छ । अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न एक हजार ३९ मतदातालाई अगाडि सारेर जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको गरी दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्वमा चयन हुन दुवै समूहले आआफ्नो प्यानल बनाएर चुनावी कार्यक्रममा होमिएका छन् । व्यवासायीबीचको प्रतिस्पर्धा चुनाव जितेपछि गर्ने योजना र एजेन्डाले निर्धार गर्ने भन्दै आफ्नो पक्षमा माहोल बनाउँन ल्याएका एजेन्डाको निर्णयको मैदानमा दुबै पक्ष पुगिसकेका छन् । जिम्बा शेर्पा र सन्तवीर लामा निर्वाचनमा शेर्पालाई नेपाली काँग्रेसनिकट नेपाल पर्यटन व्यवसायी सघ, नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ छ भने लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छन् । निर्वाचन एनएमएको आर्थिक स्रोतका भरपर्दो माध्यम हिमालको आरोहण जोगाउँने कि खोस्ने भन्ने एजेण्डा अगाडि सार्ने पक्षबीचको लडाई भएको शेर्पाले बताएका छन् । उनले भने म एनएमएको रोयल्टी खोस्नुहुन्न भन्ने पक्षमा रहेको छु, अर्को पक्षका साथिहरु रोयल्टी खोस्नुपर्छ भन्ने पक्षबाट लविङ गरेर आएकोले उनको भनाइ छ । लामाले भने एनएमएको आर्थिक स्रोत बढाउने पक्ष पनि खोज्ने तर एउटै आयस्रोतमा मात्रै भर नपर्ने गरी योजना बनाउनुपर्छ भनेर तर्क दिएको बताए । उनले भने हामीले संस्थालाई बलियो बनाउने हो एउटै स्रोतले पुग्दैन भनेको हौ रोयल्टी खोस्ने एजेण्डा कसैको पनि होइन । रोयल्टी खोस्नबाट बचाउँदै संस्थाको छवि सुधार्ने एजेण्डा छ जिम्माजाङ्बु शेर्पा पर्यटन क्षेत्रमा शुद्धिकरणको आवश्यकता महशुस गर्दै मैले आफ्नो उम्मेदवारी दिएको हुँ । एनएमएको नेतृत्वमा पहिलोपटक जाँदा यो संस्था विवादित अवस्थामा थियो । त्यतिबेला दुई वर्षसम्म मुद्दा मामिलामा समय खर्चिनुप¥यो । एनएमएको अस्तित्व जोगाउनको लागि नै मैले दुई वर्ष योगदान गरे । त्यसपछि जिल्ला प्रशासन कार्यालयको आदेशपछि निर्वाचन गरेर नयाँ कार्यसमिति मेरै अध्यक्षतामा चयन भयो । कार्यकालमा विधान संशोधन गराई असन्तुष्ट पक्षलाई समेत समेटेर संघलाई विवादरहित बनाई हालको कार्यसमितिलाई मैले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको हुँ । तत्कालिन अबधिमा विवादै विवादमा रहेको र मुद्दा मामिला झेल्नुपर्दा आफूले संस्थाको दीर्घकालिन हितका निम्ति बनाएको एजेन्डा र योजना कार्यान्वयन गर्न नपाएको हुँदा पुनः नेतृत्वको दावेदारी पेश गरेको हुँ । मैले अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतारोहण संघको छवि उच्च पार्न पनि अगाडि सारेको हुँ । पर्वतीय पर्यटनमा लागेका व्यवसायीहरु र आरोहीले यो कुरा बुझ्नु नै हुनेछ । संघको छविमाथि प्रश्न उठाउन चाहनेलाई सबैले खबरदारी गर्नु पर्छ । तपाईले भनेजस्तै अबको निर्वाचन भनेको पिक खोस्न चाहने समूह र पिक बचाउने समूहबीचको लडाँई हो भन्ने मेरो पनि बुझाई हो । म र मेरो टीम एनएमएको पीक जोगाउँनपर्छ भनेर लागेका छौ । अर्को टीम जसले एनएमएको पीक खोस्न खोज्यो उसैको आडमा एनएमएको नेतृत्व खोज्दै छ । जसले एनएमएको पीक खोस्न खोज्दै छ, उसैलाई एनएमएको साँचो दिन खोजिदै छ । यसलाई रोक्न पनि मेरो उमेदवारी आवश्यक परेको हो । आर्थिक स्रोत बढाउँने एजेन्ण्डा पहिलो हो सन्तबीर लामा एनएमएमा सदस्यबाट प्रवेश गरेर प्रथम उपाध्यक्षसम्मको जिम्मेवारी लिएको व्यक्ति हुँ । मैले विगत १२ वर्षदेखि एनएमएमा सधै आफ्नो जिम्मेवारी र दायित्वलाई सकारात्म रुपमा पूरा गर्ने तथा सफल बनाउन सके । यसैले अव पर्वतीय पर्यटनको प्रवद्र्धन र विकास गर्न संस्थाले मेरो नेतृत्व खोज्यो । मैले यस अघि पूरा गरेको जिम्मेवारीलाई हेरेर पनि व्यवासायीले मलाई नै उमेदवारको रुपमा अगाडि बढ्न दिएको सुझावलाई मैले स्वीकार गरेको हुँ । यो संस्थाभित्र पुग्न र पुगेपछि आफूभए ठीक अरु भए बेठीक भन्ने प्रथा छ त्यो हटाउने छु । सिस्टम भएको र सिस्टमले चल्ने सस्था बनाउने छु । रोयल्टीको लागि कहिले यता र कहिले उता लाने सरकारी प्रयास भएको छ । यो प्रयास निरंकुश मानिसिकताले भएको हो । हिमाल र हिमाली क्षेत्रमै काम गर्ने यो संस्थाले उठाउने रोयल्टी संस्थाकै हुनुपर्छ । सरकराले दिएको पीक चलाउने अधिकार एनएमएकै हो । यसले आफ्नो अधिककारलाई पूर्ण प्रयोग गर्ने संस्था हुने छ । जुन विषयको लागि रोयल्टी संकलन भएको हो सोही क्षेत्रमा खर्च गर्ने काम हुन्छ । पीक जोगाउने र उपयुक्त ठाँउमा खर्चनै प्रमुख एजेण्डा बोकेको उमेद्वार पनि हुँ । पीक खोसाउने र आफ्नो स्वार्थको लागि काम गर्ने व्यक्ति तथा समूहले लगाएको आरोप हो । एनएमएको प्रमुख आम्दानी जोगाउने, नेपाल सरकारको निर्णयको विरोध गर्ने र अदालतको ढोका ढकढक गरेर यसलाई फिर्ता ल्याउने व्यक्ति पनि म नै हुँ । हाम्रो टीमले गरेको प्रयासले नै रोयल्टी टिकीरहेको छ । आरोप लगाउने व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि भनेको विषय मात्रै हो । म ग्यारेन्टी गर्न सक्छु की एनएमएको रोयल्टी बचाउँने व्यक्ति म नै हुँ ।  

१ हजार रुपैयाँ पकाएपछि सदनबाट सांसद गायव, हाजिरमा ४७७ सदनमा ९७ मात्रै

काठमाडौं । आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसदको बैठक २ दिनको लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भएपनि कोरम यकिन गर्दा ९७ जना संसदमात्रै फेला परेका थिए । हाजिर गरेर ३८० सांसद वेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन । सांसदहरुले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेवापत १ हजार रुपैयाँ भत्ता पाउँछन् । गणपुरक संख्या नपुग्दा संबैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेन । सांसदहरु हाजिर गरेर हिडिपछि महत्वपपूर्ण विधेयक पारित हुन सकेन । गोरखापत्र दैनिकबाट ।

गच्छदारको घोषणा: चुनाव जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने 

काठमाडौं  । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्। साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन्। सो बैठकमा सहभाभी एक नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसदलाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन दिएका थिए। ‘पुरस्कार भनेर पैसा दिने कुरा त गर्नु भएन तर सांसद भएकालाई मन्त्रीमा सिफारिस गर्ने र मन्त्री नभएका पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने अध्यक्षको आशय थियो,’ बैठकमा सहभागी सांसद योगेन्द्र चौधरीले भने,‘ अध्यक्षज्यूले आआफ्नो क्षेत्रमा चुनाव नजिताउने नेताहरूलाई कारबाहीस्वरूप घटुवा गर्ने पनि बताउनुभएको थियो। नागरिक दैनिकबाट ।

राजनीतिमा जम्न नसकेको नेपाली कलाकार, कलाकारित र राजनीति दुबैमा डुलमुले बन्दै

काठमाडौं । गणतन्त्र स्थापनासँगै कलाकारहरुमा राजनीतक मोह बढ्दै गइरहेको छ । पछिल्ला १० वर्षमा नेपाली कलामा जमेका कलाकार राजीनिमा किन जम्न सकेनन त ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु । -कोमल वली, गायिका तथा राप्रापा नेतृ​ कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ । -चेतन सापकोटा, संगीतकार​ दलहरूले प्रयोग मात्र गरे कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् । – बद्री पंगेनी, लोकदोहोरी गायक​ विकास र निकासका लागि हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । -राधिका हमाल, लोकगायिका स्थापित नेतृ बन्छु कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु । कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु । –रेखा थापा, नायिका तथा नेतृ, राप्रपा नयाँ पत्रिका दैनिकबाट ।

सडकको खाल्डाखुल्डी पुर्नमा झारा टराई, भिआइपीको आँखा पर्ने खाल्डा मात्र पुरिए

काठमाडौं । प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् । कतैकतै सरकारी निकायका भिआपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ । आम सर्वसाधारण हिड्ने सडककको खाल्डाखुल्डी जस्ताको तस्तै छ । भीआईपीका आँखा पर्ने र सिहंदरबारबाट वरपरका खाल्डा मात्रै पुर्ने काम भएको छ । प्रधानमन्त्रीको निर्देशनले काठमाडौंका सीमीत मूल सडकको मात्रै सिमित खाल्डा पुरेको देखिएको छ भने बाँकी प्रगति भएको छैन । नागरिक दैनिकबाट ।

देशैभरको सडक विस्तारमा अदालतको अवरोध, अधिकांश सडकको प्रगति शून्य

काठमाडौं । सडक विभागका पाँचवटा डिभिजनले काठमाडौं उपत्यकामा विस्तार गरिरहेको सडकको काम रोकिनुमा अदालतको आदेशपछि स्थानीयको अवरोध मात्र होइन, अन्तरनिकाय समन्वय अभाव पनि देखिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीका अनुसार विद्युत्का पोल, ट्रान्सफर्मर, टेलिफोन क्याबिनेट, टेलिफोन म्यानहोल, स्ट्रिट लाइट, रूख, घरटहरा, पर्खाल, खानेपानी ट्यांकी तथा ढलको समस्या समाधान नभएका कारण पनि सडक विस्तारमा अवरोध भएको हो। यद्यपि, जहाँ काम गर्न मिल्छ त्यो ठाउँमा गरिएको केसीले बताए। युटिलिटिजु हटाउन नसक्दा कलंकी नागढुंगा साढे १२ किमिको सडकमा मुस्किलले पाँच किमि खुला छ। त्यो पनि ठाउँ(ठाउँमा खुला रहेको र बीचमा घर परेकाले पनि ‘युटिलिटिज हटाउन नसक्दा अवरोध भइरहेको छ। सडक विभागअन्तर्गत नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, जिल्ला वन कार्यालय, उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलागयत निकायले सडक अवरोध नहटाउँदा पनि काम हुन नसकेको उल्लेख छ। स्थानीयले घर भत्काउँदा घरको मात्र होइन, जग्गाको पनि क्षतिपूर्ति माग गरेका छन्। उपत्यका नगर विकास प्राधिकरण ऐन २०४५ ले सडकको केन्द्रबाट ११ मिटर दायाँ(बायाँ बनेका घर भत्काउने अधिकार दिएको छ घरहरुमा यस्तो समस्या यही नियममा टेकेर प्राधिकरणले सडक विभागले निर्माण गर्ने उपत्यकाका मूल सडकको ‘साइट क्लियरु गर्न घर भत्काउने गरेको छ। प्राधिकरणले भने मापदण्डविपरीत बनेको कुनै पनि घरको क्षतिपूर्ति नदिने र कुनै घरपरिवार विस्थापित हुने भए घरको र सुकुम्बासी नै हुने अवस्थामा भने जग्गाको पनि क्षतिपूर्ति दिने गरेको जनाइएको छ। यी सडकमध्ये अधिकांशको ठेक्का लागिसकेको छ। ठेक्का लागेपछि कानुनी प्रावधानअनुसार नै ठेकेदारले १० प्रतिशत रकम परिचालन खर्चका रूपमा पाउने गरेका छन्। यो रकम पाएका तर कामै अगाडि बढाउन नपाएका कारण पनि उपत्यकाका केही सडकको प्रगति शून्य रहेको पनि उल्लेख छ। एउटै ठेकेदारले धेरैवटा ठेक्का लिने र समयमै काम नगर्नु समस्याका कारण साइट क्लियर भएका ठाउँमा पनि अपेक्षाअनुसार काम हुन नसकेको विभागले जनाएको छ। काठमाडौंबाहेक भक्तपुर र ललितपुरमा पनि अन्तरनिकाय समन्वय अभावले सडक विस्तारमा अवरोध भएको सम्बन्धित जिल्लाका डिभिजन सडक कार्यालयको भोगाइ छ। अन्नपूर्ण पोस्टबाट ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने भएको छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको सो कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । “ धुर्मुस सुन्तली फाउण्डेशन ” का फाउण्डर तथा सिटीएक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस ) र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारमा रहेका नेपालीहरुसंग फेसबुक पेजमार्फत प्रत्यक्ष कुराकानी गर्दै उक्त घोषण गरिएको हो । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन काबेली विकास बैंकको र मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले काबेली विकास बैंककोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४८३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७०४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८४९ रुपैयाँ रहने भएको छ ।