बजेट सक्न सरकारी अधिकारीको विदेश भ्रमणमा लर्को, शिक्षाका मात्रै १९ उच्च अधिकारीले सके ८० लाखले बजेट
काठमाडौं । आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् । विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् । कतिपय जाने तयारीमै छन् । बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अस्टेलिया भ्रमणमा पठाईदैछ । कान्तिपुर दैनिकबाट ।
भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा
काठमाडौं । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच मंगलबार भारतिय राजदुत मन्जित सिहं पुरीको प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै भारतिय राजदुत पुरीले भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराएका छन् । क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटीले भित्र्याएको छ भने भबिष्यमा देशै भरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन् ।
उपत्यकामा सवारी चलाउँदा ख्याल गर्नुस, ट्राफिक सर्भिलेन्स भेइकलले समाउला
काठमाडौं । उपत्यका भित्र सवारी चलाउँदै हुनुहुन्छ भने अब थप होसियार हुनुस् । ट्राफिक नियम उल्लघंन गर्दा तपाईलाई जुनसुकै बेला ट्राफिक सर्भिलेन्स भेइकलले समाउन सक्छ । किन की अब उपत्यकाको सवारी व्यवस्थापनमा अत्याधुनिक प्रबिधी भित्रिन लागेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले २ करोड रुपैंयाँमा अत्याधुनिक ट्राफिक सर्भिलेन्स भेइकल ल्याउन लागेको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार एक साताभित्रै टाटा कम्पनीले निर्माण गरेका २ वटा ट्राफिक सर्भिलेन्स भेइकल ल्याइँदैछ । ‘एक साताभित्रै २ वटा भ्यान आउँदैछन, भ्यानको टाउकोमा ३६० डिग्री घुम्ने अत्याधुनिक सिसिटीभी हुन्छ, जसले एक किलोमिटर टाढाको दृश्यलाई कैद गरेर ट्राफिक व्यवस्थापनमा सहयोग गर्छ’, प्रवक्ता मल्लले भने । माइक्रो भन्दा केहि ठुलो र मिनिबस भन्दा केहि सानो भ्यानमा पाँच÷सात जना ट्राफिक प्रहरी बसेर सवारी आवागमनको नियमन गर्नेछन् । भ्यान भित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन सहित एयर कण्डिनरको सुबिधा पनि हुनेछ । अधिक मात्रामा ट्राफिक नियम उल्लघंन हुने उपत्यकाका बिभिन्न सडकमा यी भ्यानले गस्ती र निगरानी गर्नेछन् । दिगो शहरी विकास परियोजनाको २ करोड सहयोगमा महाशाखाले २ वटा आधुनिक भ्यान किनेर उपत्यकाको ट्राफिक व्यवस्थापनमा परिक्षण गर्न लागेको हो । यो परिक्षण सफल भएमा उपत्यका बाहिरका अन्य ठुला शहरहरुमा पनि विस्तार गरिने प्रवक्ता मल्लले बताए । हालसम्म भने ट्राफिक कन्ट्रोल रुमबाटै राजधानीको ट्राफिक व्यवस्थापनको अनुगमन हुँदै आएको थियो ।
अरुण फाइनान्सलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डकाे अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण फाइनान्सलाई १०० प्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । मंगलबार बोर्डले कम्पनीलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । सो मात्राको हकप्रद निष्काशन गर्न कम्पनीले आफ्नो बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
विपद् उत्थानशील विकास नीति तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौँ । व्यवस्थापिका-संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन सरकारलाई पुनःनिर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले २०७२ सालको भूकम्प पछिको पुनःनिर्माण लगायत विषयमा बसेका विभिन्न बैठकले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन दिएको निर्देशन कार्यान्वयन नभएकाले उक्त नीति यथाशीघ्र ल्याउन गृह, अर्थ र सिँचाइ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई पुनःनिर्देश दिएको हो । बैठकले हालैको अविरल वर्षाका कारण सप्तरीको तिलाठी लगायत मुलुकका विभिन्न ठाउँमा देखिएका बाढी, डुबान र पहिरो पीडितको लागत सङ्कलन गर्न, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीपहिरो र डुबानबाट प्रभावित बस्तीलाई समयमै स्थानान्तरण गर्न, जल प्रकोपबाट उत्पन्न समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने तटबन्ध निर्माण लगायत कार्यलाई युद्धस्तरमा गर्न निर्देशन दिएको छ । बैठकले बाढीपहिरो, डुबान जस्ता क्षति न्यूनीकरण गर्न जोखिमयुक्त बस्तीलाई पूर्वसचेत गराउन सावधानीका सूचक ९एसएमस प्रणाली, ‘वार्निङ साइरन’लगायत सूचकको व्यवस्था मिलाउन, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धतिअनुरुप आवश्यक पूर्वतयारी एवम् सावधानी सहितको कार्ययोजना तत्काल बनाउन, उद्धार लगायत कार्यका लागि हेलिकप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्य सामग्री, औषधि लगायत राहत सामग्री तथा उद्धारजन्य उपकरण तयारी अवस्थामा राख्न ती मन्त्रालय तथा योजना आयोगलाई निर्देशन दिएको छ । भारतले नेपाल तर्फको आफ्नो सिमानामा निर्माण गरेका भौतिक संरचनाका कारण तराईका अधिकांश स्थान/बस्ती डुबानमा परेको देखिएकाले अन्तर्राष्ट्रिय मूल्य मान्यता एवम् कानून बमोजिम सो सम्बन्धमा कूटनीतिक पहल गरी आपसी सहमतिमा दीर्घकालीन रुपमा समस्याको समाधान खोज्न समितिले प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको छ । समितिले बैठकमा योजना आयोगका उपाध्यक्ष र सदस्य, ती मन्त्रालयका सचिव, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक लगायत सम्बद्ध पदाधिकारीलाई छलफलमा बोलाएको थियो । रासस
सिटिजन्स बैंकद्धारा ७३० भूकम्प पिडित परिवारलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित भूकम्प पिडितलाई नगद वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स.मा गत असार २० देखि २२ गतेसम्म तीन दिने नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकले ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको छ ।
बजारमा ९९ करोडको सेयर कारोबार, नबिल बैंकको मात्रै २४ करोडको प्रमोटर सेयर बिक्री
काठमाडौं । मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ । मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक क्रमशः ३५, १५ र १३ अंकले उकालो लागेका छन् । बजारमा दुई बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.६२ प्रतिशतले वृद्धि भएका छन् । उता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य करिब ९.०९ प्रतिशतले घटेको छ ।
डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह
काठमाडौं। होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैंकको मौद्रिक नीतिले राहत प्रदान गरेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए । होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले होेटललाई सेवा सम्पादन तथा पर्यटक पाहुनाका लागि सहज हुने बताउँछन् । उनले रकमको हिसाबले थोरै देखिए पनि नीतिगत सुरुवात भएको र यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन थप पहल गरिने बताए । होटलले अहिलेसम्म ग्राहकलाई सटही सुविधा नदिए पनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुविधा दिँदै आएका थिए । अब भने होटलमा बसेका ग्राहकलाई थोरै डलर भए पनि बैङ्क वा मनी एक्सचेञ्ज मै गएर साट्नुपर्ने बाध्यता हटेको छ । “बारम्बारको आग्रहपछि राष्ट्र बैङ्कले ठूलो निर्णय लिएको छ, यसले होटल व्यवसायमात्र नभई पर्यटन क्षेत्रमै सकारात्मक सन्देश पुगेको छ, अब डलर सटही कसरी व्यवस्थापन गर्नेबारे राष्ट्र बैङ्कले परिपत्र गर्नेछ,” शाहले भने । मौद्रिक नीतिअनुसार इजाजत प्राप्त होटलले आफ्नो सेवा बिक्री गर्दामात्र सटही दिन सक्ने व्यवस्था रहेकामा अब उप्रान्त होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिनेछ । भारत भ्रमणमा जानेलाई भारु एक लाखसम्म नगद प्रदान गर्ने व्यवस्था रहेकामा बिरामीबाहेक अन्य विभिन्न प्रयोजनका लागि जाँदा भारु ५० हजारभन्दा बढीको सटही सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैङ्किङ उपकरणमार्फत सटही प्रदान गर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । विदेशी मुद्रा सटही सम्बन्धमा अनौपचारिक कारोबारलाई नियन्त्रित गर्ने प्रयोजनका लागि प्रचार–प्रसार बढाउँदै देशका पर्यटकीय तथा मुद्रा सटही कारोबार हुने विभिन्न स्थानमा विदेशी मुद्रा इजाजतप्राप्त संस्थाबाट मात्र साट्नु पर्ने व्यवस्थालाई प्रभावकारी बनाउने जनाइएको छ । उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न जोड दिएको मौद्रिक नीतिले पर्यटन उद्योगलाई अघिल्लो वर्ष झैँ यस वर्ष पनि उच्च प्राथमिकता दिएको छ । आर्थिक सर्वेक्षण २०७३७/४ अनुसार आव २०७३/७४ को प्रथम आठ महिनासम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरका होटल संख्या १२० पुगेको छ । सोही अवधिमा तारास्तरबाहेकका पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या ९८५ पुगेको छ भने तारास्तरका होटलको संख्या १० हजार ७१ तथा पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या २८ हजार १७१ पुगेको छ । रासस