विकासन्युज

सप्तकोशी डेभलपमेन्टले जारी गर्यो २७ लाख कित्ता हकप्रद, असार ३० देखि आवेदन खुला

काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको छ । यो बैंकले निकाले एक सय रुपैयाँ प्रतिकित्ता यो हकप्रद सेयरको यही असार ३० देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । यसको आवेदन दिन बैंकका कार्यालय, एनएमबी क्यापिटल लिमिटेड र एमएमबी बैंकका तोकिएको शाखाबाट आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

ज्योति विकास बैंकले ३३ लाख कित्ता सेयर लिलामीमा बेच्दै, असार २८ भित्रै प्रस्ताव दिनुपर्ने

काठमाडौं । ज्योति विकास बैैंकले साधारणतर्फ र संस्थापकको गरी ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १७१ कित्ता सेयरको लिलामी गर्दै छ । यो बैंकले यही असार २१ देखि २८ भित्र गोप्य शिलवन्दी पेश गर्न पनि आग्रह गरेको छ । यसको सेयर लिन कम्तिमा एक सय रुपैयाँमा गोप्य शिलबन्दीबाट प्रस्ताव पेश गर्नुपर्ने छ । यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रद सेयरबाट विक्री नभएका सेयरको लिलामी गर्न लागेको हो । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

८८ फाइनान्स ३३ मा झरे, मर्जर सहमति अनुसार गए १५ वटा मात्रै हुने

काठमाडौं । वित्तीय बजारमाा प्रतिस्पर्धा गर्न नसकेपछि फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि फाइनान्स कम्पनीहरु यो बाटो लागेको हुन् । मुलुकभर २ वर्षअघिसम्म ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले झरेर ३३ वटामा आइपुगेका छन् । यसमध्येको धेरैजसो कम्पनीले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेका छन् । अहिलेसम्म मर्जर र एक्विजिशनमा जाने निर्णय गरेका फाइनान्स कम्पनी त्यस अनुसार गए १५ वटामा झर्ने देखिन्छ । नागरिक दैनिकबाट ।

स्थानीय तहले आन्तरिक ऋण उठाउन पाउने

काठमाडौं । केन्द्र सरकारले उठाउँदै आएको आन्तरिक ऋण अब स्थानीय तहले पनि उठाउने पाउने भएका छन् । सरकारले कानूनी व्यवस्था गरेरै यो सुविधा दिएको हो । स्थानीय तहलाई दिने ससर्त तथा निसर्त अनुदान, स्थानीय तहको आन्तरिक आय र प्राकृतिक स्रोतबापतको रोयल्टीभन्दा थप बजेट आवश्यक परे आन्तरिक ऋण उठाउन पाउने व्यवसथा हुन लागेको हो । सरकारले केही समयअघि व्यवस्थापिका संसद्मा पेश गरेको अन्तर सरकारी वित्त व्यवस्थापन सम्वन्धमा बनेको विधेयकको मस्यौदामा स्थानीय तहले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट ।

स्वीकृती नलिएका अवैध खानी प्रहरी सेटिङमा, स्थानीयको गुनासो सुन्ने कोही भएन

ललितपुर । लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरुको आवाज चौकीमा पनि सुनिन्छ । विना स्वीकृति चलिरहेका यी उद्योगहरु रोक्न न चापागाँउ प्रहरीले प्रयास गरेको छ । न त टीकाभैरव प्रहरीले नै । यी दुई बृत्त र चौकीमात्रै होइन, महानगरिय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि उस्तै मौन छन् । सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । कान्तिपुर दैनिकबाट ।

मेलम्चीको पाइपमा वाग्मतीको पानी, सुन्दरीजलमा पनि यही पानी प्रयोग

काठमाडौं । राजधानीमा विछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरुको चेकजाँचका लागि वाग्मतीको पानी प्रयोग गरिने भएको छ । पाइप लाइनमा चुहावट छ कि छैन भनेर परीक्षणका लागि बर्षातको समयमा वाग्मतीमा बढ्ने पानीलाई प्रशोधन गरी प्रयोग गर्ने तयारी गरिएकोहो । मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिने छ । आयोजनका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले वाग्मतिबाट पानी ल्याई प्रशोधन गरेर प्रयोग गरिने बताए । त्यसको लागि नदीबाट ६० एमएमका २ वटा पाइपमा पानी ल्याई प्रशोधन केन्द्रमा पानी संकलन गरिनेछ । संकलनपछि प्रशोधन गरेर उक्त पानी विछ्याईका पाइपद्वारा विभिन्न स्थानमा रहेको पानी पोखरीमा पुर्याइने छ । पोखरीबाट विछ्याईका पाइपमा पानी पठाई वितरण गरिने उनले बताए । उक्त प्रक्रिया असारदेखि सुरु भएर कात्तिक मिहनासम्म जारी रहनेछ । कान्तिपुरमा दैनिकबाट ।

हातले बम समातेर फाल्ने ‘हवल्दार एकाएक हिरो’, गृहमन्त्रीले गरे पुरस्कार दिने घोषणा

काठमाडौं । हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले दाङमा साहसी काम गर्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी दिएका थिए । गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् । दाङको तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । तर, नेपाल प्रहरीका साहसी हवल्दार रानाले त्यो बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए । आफ्नो ज्यानको पर्वाह नगरी बम टिपेर फाल्ने साहस देखाएकोमा उनको वाहवाही भएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा गरेका थिए ।

निर्वाचनमा देखिएयो यस्तो रमाइला र अनौठा घटना​

काठमाडौं । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले स्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए । आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो । रमाइला र अनौठा घटना​ – आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा जम्मा दुई मत खसेको छ । – दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन । – ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो । – अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो । बझाङमा स्थगित बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो। रुपन्देहीको कोटीभीमाई गाउँपालिका- १ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ । तिङलामा शून्य मतदान सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका- ६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् । अन्नपूर्ण पोस्टबाट ।