विकासन्युज

एनसीसी बैंकको सेयर कारोबार खुलाउने प्रयास विफल, सीडीएसको प्रश्नः ५८ लाख कित्ता सेयर कसको ?

काठमाडौं । अदालतमा जारी विवादको टुङ्गो नलागेसम्म एनसीसी बैंकको सेयर कारोबार बन्द रहने भएको छ । एनसीसी बैंकले एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरी एनसीसी बैंकको सेयर कारोबार खुला गर्न गरेको प्रयास विफल भएको छ । सोमबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले एनसीसी बैंकको प्रस्ताव अस्वीकार गर्दै एपेक्स र एनसीसी बैंकको सेयर छुट्याउन नसकिने जनाएको छ । सीडीएसले बैंकलाई औपचारिक पत्र लेखेर अलग अलग सेयर कारोबार सम्भव नभएको जवाफ दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई बताए । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत सबै कम्पनीहरुको सेयरको डिजिटल लगत तथा तथ्याङ्क सुरक्षित राख्ने र कारोबार अनुसार तथ्याङ्क अध्यावधिकको काम गर्दै आएको सीडीएस एण्ड क्लियरिङ आफ्नो रेकर्डमा एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड नरहेको र उसको सेयर सम्बन्धी कुनै पनि तथ्याङ्क नरहेको स्पष्ट पारेको छ । ‘एनसीसी बैंकसहित चार विकास बैंकले सबै विधि र प्रक्रिया पुरा गरी हामी मर्ज भयौं, एउटै संस्था भयौं भनेर आएपछि उनीहरुको माग अनुसार सीडीएसले सेयर एउटै बैंकको नाममा मिसाई सक्यो’ सीडीएसका प्रमुख कार्यकारी अधिकृत गुम्ताले भने–‘अब मर्ज पूर्वको अवस्थामा जसरी सेयर अलग गर्न सकिदैन र अलग हिसाव बनाउन पनि सकिदैन ।’ अदालतले जे फैसला गरेपनि मर्ज भई चार महिना सेयर कारोबार भएको कम्पनीको सेयर अलग गर्न प्राविधिक र व्यवहारिक हिसावले सम्भव नभएको उनले प्रष्ट पारे । ‘मर्जपछि करिव चार महिना सेयर कारोबार भएको छ । त्यसअवधिमा ५८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भईसकेको ेछ । अब त्यो कसरी छुट्याउने ? कसले किनेको सेयर एनसीसी बैंकको, कसले किनेको सेयर एपेक्सको ? कसले कुन बैंकको सेयर बेच्यो भनेर कसरी छुट्याउने ?’ गुप्ताले भने–‘पानी, दुध, चिनी र चियापत्ती मिसाएर चिया बनाई आधा खाईसकेपछि पानी दुध, चिनी र चियापत्ती पहिलेको जस्तै अलग अलग र पहिलेको अवस्थामा राख्न सकिदैन ।’ र, याे पनि एनसीसी बैंकको सेयर कारोबार रोक्का, एपेक्सको खराव कर्जाले सबै सेयरधनी मर्कामा

राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो । श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले असार १ गते राष्ट्रपति भण्डारीसँग भेट्नाका साथै उनको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । राष्ट्रपति भण्डारीका सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत कार्यक्रम आयोजना गर्नेछन् । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने मन्त्रालयको विज्ञप्तिमा उल्लिखित छ । राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । रासस

यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेता घोषित, नीतिले जितिन् यामाहा फेस अफ फेसिनो टाइटल

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ । पोखराकी अलिना लामिछाने गुरुङ यो कन्टेस्टकी विजेता हुन सफल भएकी हुन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ पुरस्कारस्वरुप प्राप्त गरेकी छिन् । मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् । यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र डा रविना देशराज श्रेष्ठ, निलम चन्द र ओशिमा बानुको निर्णायक मण्डलले दिएको अंकमार्फत शाह फेस अफ फेसिनो बनेकी हुन् । मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लकी ड्रमार्फत एक लाख ४० हजार आठ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको विजेताको नाम निकालेकी हुन् । यो लकी ड्रको प्रत्यक्ष प्रसारण यामाहाको आधिकारिक फेसबुक पेजमा गरिएको थियो । लकी ड्र कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी तथा यामाहा मोटरसाइकलका लागि नेपालको ब्रान्ड एम्बेसेडर शरद भेषावकर पनि उपस्थित थिए । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म संचालन भएको थियो । एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरुप प्रदान गर्नेछ । फेसिनो रेट्रो स्टाइल लुक्स भएको प्रिमियम स्कुटर हो जसले आफूलाई ‘सुपर मोडेल स्कुटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यसमा प्याटेन्टेड ब्लु कोर टेक्नोलोजी भएको एक सय १३ सीसीको एअर कुल्ड इन्जिन जडान गरिएको छ । यो प्रविधिले फेसिनोलाई लुक्समा मात्र होइन पर्फमेन्समा समेत उत्कृष्ट बनाएको छ ।

ग्लोबल आइएमई बैंकले पनि निःशूल्क आस्वा सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् । यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत शेयरमा आवेदन गर्न ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैंकका रहेको छ । यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन् ।

नागरिक लगानी कोषले वाईडबढी एयरबस खरिदको लागि १२ अर्ब ऋण दिने

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच वाईडबढी एयरबस (ए३३०-२००) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न ऋण दिने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् । नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ । उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक सम्वृद्धि, रोजगारी सृजना, पर्यटन क्षेत्रमा थप बिकास हुने आशा कोषले गरेको छ ।

जननिर्वाचित प्रतिनिधिको तलब सुबिधा विवादः मुख्य सचिव भन्छन् ३६६३९ जनालाई रोजगारी दिन लागेका होइनौं

काठमाडौं ।‘३६ हजार ६ सय ३९ जनाले रोजगारी पाउने गरि निर्वाचित प्रतिनिधिहरुको तलब सुबिधा तोकिनु हुन्न र हामी जनप्रतिनिधिलाई रोजगारी दिने पक्षमा पनि छैनौं’, सोमबार व्यवस्थापिका संसदको विकास समिति बैठकमा मुख्य सचिव डा.सोमलाल सुवेदीले बोलेको वाक्यांश हो यो । इन्फोग्राफिक्स: सेन्टर फर मिडिया रिसर्च नेपाल त्यस्तै, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पनि भने–‘गाडी भाडामा लिने देखि आफु खुसी खर्च गर्ने परिपाटी बढेको छ, यहाँ स्थानिय तहलाई बदनाम गराउने षडयन्त्र भैरहेको देखिन्छ ।’ उनले एउटा जिल्लाको सिडियोले मासिक एक लाख ५० हजारमा गाडी भाडामा लिन लगाएर जनप्रतिनिधिलाई चढ्न लगाएको पनि बताए ।‘म जिल्ला र सिडिओको नाम लिन चाहान्न तर सिडिओले स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएर मासिक एक लाख ५० हजार दस्तुर तिरेर गाडी भाडामा लिन लगाएछन्, अहिले त्यहि गाडी निर्वाचित प्रतिनिधीले चढिरहेका छन, त्यो रकम सिधै बेरुजुमा पर्छ, यस्तो कामले स्थानिय तहलाई बदनाम गराउँछ ।’ स्थानिय विकास मन्त्रालयका सचिव थपलियाले पुरानो घट्ना पनि सम्झिन भ्याए । ‘बिरगञ्जमा २०५४ सालका जनप्रतिनिधिले एक महिनामा ३४ वटा बैठक राखेर भत्ता पचाएको पनि देखियो, त्यसपछि हामीले महिनामा ३ वटा मात्रै बैठक राख्न सकिने व्यवस्था गरेका थियौं’, थपलियाले भने । उनले अहिलेका प्रतिनीधिमध्ये जनताको सेवामा पुर्णकालिन रुपमा खटिनेलाई निश्चित तलबको व्यवस्था गर्ने र अरुलाई भत्ता दिने बताए । उता, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले सेवा सुबिधाका नाममा जनप्रतिनिधिहरुको मान मर्दन गरिएको भन्दै आपक्ति जनाए ।‘सेवा सुबिधाको बहसले हामी जनप्रतिनिधिहरुको मान मर्दन भएको छ, हामीलाई अपमानित गर्न खोजिँदैछ, हामीलाई सुबिधाको लालच छैन’, जिसीले भने । सचिव थपलियाले भने स्थानिय तहका प्रमुख र उप प्रमुख तथा वडा अध्यक्षहरुलाई निश्चित तलब सुबिधा दिने तयारी गरिएको जानकारी दिए ।‘पुरै समय जनताका लागि बिताउनुपर्ने प्रतिनिधिलाई थोरै तलब दिने कुरा भएको छ, त्यस्तो प्रस्तावको फाइल अर्थ मन्त्रालय पठाएका छौं तर अन्तिम निर्णय गरिएको छैन’, थपलियाले भने ।

मेघौली सेराईलाई रोव रिपोर्टस् वेस्ट अफदि वेस्ट अवार्ड

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजीहोटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७ को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो । यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाका कारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापित उक्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको छ । ‘नेपाली पर्यटन उद्योगकालागि यो विशिष्ट सम्मानहो । मेघौली सेराईमार्फत् हामीले नेपालकालागि यो सम्मान प्राप्त गर्नमा योगदान गर्न सकेकोमा म प्रशन्न छु’, चौधरी ग्रुपका कार्यकारी निर्देशक एवं सिजीहोटल्स एण्ड रिसोर्टका प्रवन्ध निर्देशक राहुल चौधरीले भने, ‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ । आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं ।’ ‘मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस्को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ । ताज ग्रुपले उच्चस्तरका गन्तब्यहरुको सिर्जना गर्दै आईरहेको छ जसमा मेघौली सेराई पनि एक हो जहाँजंगल सफारीको अद्भुत् आनन्दलिन सकिन्छ । यो रिसोर्ट जंगल सफारीका शौखिनहरुकालागि उत्कृष्ट गन्तब्य हो’, ताज होटल, प्यालेस, रिसोर्ट, सफारीका अपरेशन भाईस प्रेसिडेन्ट रोहित खोसलाले भने । प्रवन्ध निर्देशक चौधरीले हस्पिटालिटी क्षेत्रमा ताजसँग आफ्नो ग्रुपको साझेदारी विशेष महत्वको रहेको बताए । ताज र सिजीहोटल्स एण्ड रिसोर्टको साझेदारीमा विश्वकै उत्कृष्ट होटल एवं जंगल सफारी रिसोर्टहरु संचालित छन् ।

भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गर्न आग्रह

काठमाडौं । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पुर्याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए । सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो । रासस