विकासन्युज

तीन दिने हुन्डाई एक्स्चेञ्ज भोलिदेखि काठमाडौंमा शुरु

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि अन्तर्गत काठमांडौको नक्सालमा तीन दिने हुन्डाई एक्स्चेञ्ज कार्यक्रम शुरु हुँदैछ । उक्त कार्यक्रम बिहिबार देखि जेठ २० गते, शनिबार सम्म संचालन  हुँदैछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र “आफ्नो सवारी साधनले नै भुक्तानी गरौँ” भन्ने नाराका साथ, आफ्नो सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गराई नयाँ हुन्डाई गाडी लग्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेञ्च क्याम्प संचालन गरिने भएको छ । सो एक्स्चेञ्ज कार्यक्रममा हुन्डाईले आफ्नो ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन, एक्स्चेञ्ज बोनस र स्पट फाइनान्स एण्ड इन्स्योरेन्स हरेक गाडीको बिक्री सँगै प्रदान गर्र्ने भएको छ । साथै उक्त कार्यक्रममा हुन्डाई ग्राहकहरूका लागि गाडीको निःशूल्क चेक-अप, टेष्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित छन । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये लक्कि ड्र मार्फत तिन जना भाग्यशाली ग्राहकलाई कुलप्याड कुल एक स्मार्ट फोन प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले सो हुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

नयाँ महिन्द्रा केयूभी१०० गाडी नेपाली बजारमा, विभिन्न ६ रंगहरुमा उपलब्ध

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एस्यूभी महिन्द्रा केयूभी१०० (द यंग एस्यूभी)गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ केयूभी१०० ले आकर्षक एस्यूभी स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ । उक्त गाडीले ग्राहकहरुलाई उत्कृष्ट डिजाइन, आरामदायी झनै बढि इन्टिरियर स्पेश, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याब्याक गाडीको मूल्यमा एस्यूभी गाडीको अनुभव प्रदान गराउने कुरामा कम्पनी विश्वस्त छ । यी स्टाइलिश गाडीहरु पर्ल ह्वाइट, एक्वामेराइन, ड्याजलिङ सिल्भर, फ्ल्यामबोएन्ट रेड, फाइरी ओरेन्ज तथा डिजाइनर ग्रे का आकर्षक रंगहरुमा बजारमा उपलब्ध हुनेछन् ।

नयाँ स्टक एक्सचेञ्ज रोक्न अर्थमन्त्रीलाई नेप्सेको स्मृति पत्र, यस्ता छन् नेप्सेका १५ तर्क

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने नेपाल धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थमन्त्रीलाई स्मृति पत्र बुझाएको छ । नेप्सेले आफ्नो वर्तमान अवस्था, नेपालको पुँजी बजार र अन्तराष्ट्रिय मान्यताहरुलाई समेत अघि सार्दै नयाँ स्टक एक्सचेञ्ज कम्पनी आवश्यक नरहेको दावी गरेको छ । नेप्सेले आफ्ना २७ जना कर्मचारीलाई अघि सारेर अर्थमन्त्री समक्ष स्मृति पत्र बुझाउन लगाएको हो । भारत, चीन लगायतका ठुला पुँजी बजार भएका मुलुकमा २ वटा मात्रै स्टक कम्पनी रहेको तथा पाकिस्तान, बंगलादेशमा पनि एउटा मात्रै स्टक कम्पनी रहेकाले नेपालमा अर्काे स्टक कम्पनी आवश्यक नरहेको बताएको छ । त्यस्तै, नेप्सेको आधुनिकीकरणको प्रक्रिया समेत द्रुतगतिमा अघि बढिरहेको बताउँदै नयाँ स्टक कम्पनीले नेपालको पुँजी बजारलाई थप समस्यामा पार्ने दावी पनि नेप्सेल गरेको छ । यस्ता छन नयाँ स्टक कम्पनी रोक्ने नेप्सेका तर्क १) दुई वटा स्टक एक्सचेन्ज एउटा बाट दुइटा बनाउने प्रक्रियामा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी सम्पत्ति (नेप्से) जोखिममा पर्ने निश्चित छ । २) नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन ? नेप्से अन्तर्रािष्ट्रिय स्तरको भएन भन्ने आरोप निराधार हो । ३) सेयर कारोबार र भिडियो गेम सेयर कारोबारलाई भिडियो गेम खेलेजत्तिकै सजिलो बनाउन खोजिएको हो वा नेप्सेले त्यत्तिकै सहजता उपलब्ध गराउनुपर्छ भन्न खोजिएको हो भने त्यो असम्भव कुरा हो । ४) नेप्सेको निजीकरण हालसालै सार्वजनिक भएको वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल स्टक एक्सचेन्जको निजीकरण गर्ने विषय उल्लेख छ । नेप्सेको निजीकरण गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समयसीमा सहित तोकिएको छ । उक्त रणनीति अनुरुप नेप्सेको निजीकरण प्रक्रिया कहाँ पुग्यो भन्ने सार्वजनिक जानकारीमा आएको छैन । ५) छिमेकीको उदाहरण भारतमा दुई वटा र चीनमा चार वटा स्टक एक्सचेन्जहरु छन् नेपालमा किन एउटा मात्रै भन्ने प्रश्न गर्ने गरिन्छ । हाम्रो सन्दर्भमा यो प्रश्न कत्ति पनि मेल खादैन । ६) अर्थतन्त्रको आवश्यकता अर्को स्टक एक्सचेन्ज चाहियो भन्नेहरुले यसलाई अर्थतन्त्रको आवश्यकताको रुपमा प्रस्तुत गर्न खोजेका छन् । यो तथ्यलाई मोड्न खोजिएको दुष्प्रयास मात्र हो । ७) स्टक एक्सचेन्जहरुको एकीकरण लहर स्टक एक्सचेन्जहरुको एकीकरण विश्वव्यापी लहर हो । हामीकहाँ भने उल्टो गंगा बगाउन खोजिएको छ । ८) नेप्से र सेबोनको सम्बन्ध नेप्सेले सेबोनलाई टेरेन भन्ने आधारमा अर्को एक्सचेन्ज ल्याउन खोेजिएको हो भने त्यसले विकृति विसंगतिलाई थप मलजल गर्नेछ । ९) स्टक एक्सचेन्ज विशिष्ट व्यवसाय स्टक एक्सचेन्ज सञ्चालन बैंक, बिमा जस्तै वित्तीय कारोबार गर्ने वा वस्तु वा सेवा प्रदान गर्ने सामान्य व्यवसाय होइन् । १०) प्रतिस्पर्धाका लागि समान धरातल निजी क्षेत्रबाट अर्को स्टक एक्सचेन्ज ल्याएर प्रतिस्पर्धा गराउने सोच हो भने प्रतिस्पर्धाका लागि समान धरातल उपलब्ध हुनुपर्छ । नेप्से सरकारी स्वामित्वमै रहँदा निजी क्षेत्रको कम्पनीसँग समान प्रतिस्पर्धा हुन सक्दैन । ११) नेप्सेको विस्तार सेयर बजारको कारोबार काठमाडौं उपत्यकामात्र सीमित भयो भन्ने आरोप नेप्सेलाई लाग्दै आएको छ । नेप्सेले पूर्व बिर्तामोडदेखि पश्चिम धनगढीसम्म ब्रोकरको कार्यालय पु¥याएको छ । बाग्लुङ र बेशीसहरजस्ता पहाडी बजारमा ब्रोकर पुगेर सेयर किनबेच गर्नसकिने सुविधा प्रदान गरेको छ । १२) नवीनतम सूचना प्रविधिको प्रयोग नेप्सेले निरन्तर नवीनतम प्रविधिको प्रयोगलाई अंगिकार गर्दै आएको छ । वि.सं. २०६४ मा ओपन आउट क्राई सिस्टमबाट सेमिट अटोमेटिड कारोबार प्रणालीमा प्रवेश गरेको नेप्से निकट भविष्यमै पुर्ण अटोमेशन कारोबार प्रणालीमा जाँदैछ । १३) नेप्से पुँजी बजारको बाधक हो ? विषयान्तर गर्ने हेतुले नेपालको समग्र पुँजी बजारको विकासमा नेप्से बाधक रहेको भन्ने विभिन्न मञ्चहरुमा प्रस्तुती हुने गरेको छ । आफु उभिएको समाजसँग कदम मिलाएर नेप्से अगाडि बढ्ने हो । यस अर्थमा नेप्से एक कदम अगाडि नै छ । १४) नेप्से उत्कृष्ट करदाता, असल संस्था नेपाल सरकारले मझौला करदाताको समूहबाट नेप्सेलाई उत्कृष्ट करदाताको पुरस्कारबाट सम्मानित गरेको छ । हाल सञ्चालनमा रहेका ३६ सरकारी संस्थानमध्ये सञ्चालनको चुस्तता, नाफा लगायत वित्तीय अवस्था, जनशक्ति तथा अन्य स्रोत साधन व्यवस्थापनको आधार अग्रणी संस्था मान्न सकिने अवस्था छ । १५) प्रतिस्पर्धाको सैद्धान्तिक पक्ष दुई वा सोभन्दा बढी बिक्रेता वा खरिदकर्ता भए प्रतिस्पर्धा सुनिश्चित हुन्छ भन्ने बुझाई छ । प्रतिस्पर्धाको अर्को पक्ष स्वतन्त्र मूल्य निर्धारण हो । कुनै व्यक्ति, समूह वा निकायबाट मूल्य निर्धारण हुने बजारमा सहभागी संख्या जतिसुकै भए पनि प्रतिस्पर्धाले काम गर्दैन ।

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

काठमाडौं। पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्को शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा सो गाउँ वा नगरभित्रका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् । नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । निर्वाचक मण्डलले निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अर्यालले बताए । त्यसैगरी नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेन रुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् । नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको निर्वाचक मण्डलले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि सो नगर कार्यपालिकाको निर्वाचन सम्पन्न हुन्छ । उदाहरणका लागि काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, ३२ वडाका अध्यक्ष ९सदस्य०, पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा ४२ सदस्य हुन्छन् । नगरपालिका भन्नाले उपमहानगरपालिका र महानगरपालिका पनि बुझिन्छ । यसरी बन्छ गाउँ सभा र नगर सभा नेपालको संविधानअनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचन भइसकेपछि सो तहमा विधायिकाको रुपमा रहने गाउँसभा र नगरसभाको गठन हुन्छ । गाउँसभामा सो गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य र गाउँ कार्यपालिकामा रहेका दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुई जना पनि सदस्यका रुपमा रहने सहप्रवक्ता अर्यालले बताए । त्यस्तै नगरसभामा सो नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र नगरकार्यपालिकामा दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य रहन्छन् । उदाहरणका लागि, काठमाडौँ महानगरपालिकाको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ वटै वडाका जम्मा १२८ सदस्य र महानगरकार्यपालिकामा दलित र अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य गरी जम्मा १६५ जना हुन्छन् । जिल्लासभा र जिल्ला समन्वय समितिको गठन प्रक्रिया जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सो जिल्लाको जिल्लासभा र जिल्ला समन्वय समिति गठन हुने निर्वाचन आयोगले जनाएको छ । जिल्लासभामा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाका सबै अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहन्छन् । उदाहरणका लागि, एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँ जिल्लाको जिल्लासभामा महानगरपालिका प्रमुख र उपप्रमुख तथा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २२ जना रहन्छन् । जिल्लासभाले सो जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कानुनी प्रावधान छ । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक प्रमुख, तीन महिला सदस्य, दलित र अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ । रासस

सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्सलाई एक्वाएर गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिय कार्यालय रहेको सेती फाइनान्सलाई एक्वाएर(प्राप्ती) गर्ने भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धी सम्झौतामा बुधबार दुई संस्थाबीच एमओयूमा हस्ताक्षर भएको छ । सेती फाइनान्सको पूँजी १५ करोड २६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तसम्मा एक करोड ५४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ । साथै, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती पश्चात करिब १ अर्ब २० करोड रुपैयाँ पूँजी थप हुने बैंकले जनाएको छ । साथै, बैंकका अनुसार इन्नोभेटिभ तथा अरनिको डेभलपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् सेञ्चुरी बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने सम्झौता गरिसकेकोे छ । त्यसपछि बैंकको नपुग पूँजी चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

गल्छि-रसुवागढी सडकलाई एक अर्ब ४० करोड, साढे २ बर्षमा डबल लेनको पीच सडक केरुङ पुग्ने

काठमाडौं । सरकारले गल्छी हुँदै रसुवागढी जोड्ने उत्तर-दक्षिण सडकलाई एक अर्ब ४० करोड ७५ लाख ४ हजार रुपैंयाँ विनियोजन गरेको छ । सरकारले आगामी साढे २ बर्षभित्र गल्छीदेखि केरुङसम्म डबल लेनको पीच सडक सञ्जाल विस्तार गर्ने योजनासहित ठुलो रकम विनियोजन गरेको हो । अघिल्लो सरकारले चालु आर्थिक बर्षका लागि सो सडकलाई एक अर्ब २० करोेड ३० लाख ६० हजार रुपैंयाँ विनियोजन गरेको थियो । सोही बजेट अनुसार हाल ठेक्का लागेर धमाधम काम अघि बढिरहेको छ । त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडकलाई डबल लेनको पीच सडकका रुपमा आगामी साढे २ बर्षभित्र केरुङ जोड्ने गरि सडक विभागले बिभिन्न खण्डमा विभाजन गरेर धमाधम काम गरिरहेको छ । त्यसका लागि सडक विभाग, नेपाली सेना र चीन सरकारको संयुक्त प्रयासमा काम भैरहेको हो । सडक विभागले धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्मको ४६ किलोमिटर सडकलाई डबल लेनमा स्तरोन्नति गर्दै कालोपत्रे बनाउन ठेक्का लगाइसकेको छ । ३ अर्ब लागतमा गत असोजमै ३ वटा कम्पनीले ठेक्का लिएर काम अघि बढाइसकेको सडक विभागका उप महानिर्देशक गोपाल सिग्देलले बताए । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १३ किलोमिटर सडकमा नेपाली सेनाले ट्रयाक खोल्ने तथा डबल लेनमा स्तरोन्नतिको काम गरिरहेको छ । स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चिन सरकारले शतप्रतिशत अनुदानमा बनाइदिने भनेको छ । सडक विभागले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक डेढ बर्षभित्रै डबल लेनको कालोपत्रे बनाइसक्ने छ । नेपाली सेनाले मैलुङ–स्याफ्रुबेसी खण्डको १३ किलोमिटर क्षेत्रलाई आगामी ६ महिनाभित्रै ट्रयाक खोलेर डबल लेनको बनाइदिने प्रतिवद्धता व्यक्त गरेको उप महानिर्देशक सिग्देलले बताए । सेनाले काम सम्पन्न गरेको डेढ बर्षभित्रै सो खण्डलाई पनि कालोपत्रे गरिसक्ने योजनासहित काम अघि बढाईरहेको उनले जानकारी दिए । स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक भने चीन सरकारले निर्माण गरिदिनेछ । यसरी बढिमा आगामी साढे २ बर्षभित्रै काठमाडौंबाट चीनको केरुङ शहरसम्म डबल लेनको पिच सडकमा सरर गुडेर पुग्न सकिनेछ । चीनले रसुवागढी नाकादेखि केरुङसम्मको २५ किलोमिटर खण्डमा अहिले नै डबल लेनको कालोपत्रे सडक निर्माण सम्पन्न गरेर सञ्चालन गरिरहेको छ ।

सनराइज बैंकको नयाँ शाखा मकवानपुरको हेटौंडामा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरेका छन् । बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा स्थानान्तरण गरिएको हो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनुका साथै मकवानपुर क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रादन गरिने तथा उक्त शाखाबाट ग्राहकहरुलाई भारी छुटका साथ लकरसेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले हालसम्म ७० वटा शाखा र ८१ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकको वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु

काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि शुरु हुने भनिएको परिक्षा दोस्रो चरणको चुनावले गर्दा ८ दिन अगाडि सरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ ३१ गतेको दोस्रो चरणको चुनाव असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो । साथै, सोही दिन बसेको राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बैठकले कक्षा ११ को परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।