विकासन्युज

चार बर्षभित्रै काठमाडौं-निजगढ फाष्ट ट्र्याक बनाउने नेपाली सेनाको अठोट

काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौं निजगढ फाष्ट ट्र्याक आगामी चार बर्षभित्रै निर्माण सम्पन्न गर्ने अठोट नेपाली सेनाले लिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गर्न लागेको हो । द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो । सो सडक निर्माण गर्न ठेक्का दिने विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग पनि जोडेर हेर्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बाराको निजगढको सुरु विन्दुमा विधिवत् शिलान्यास गरेपछि औपचारिक निर्माण सुरु हुने उक्त राजमार्गको निर्माणलागत एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट सरु भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको ट्र्याक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई २०६६ मा दिएको थियो । सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काममा स्थानीय जनतालाई उच्च प्राथमिकताका साथ संलग्न गराइ उनीहरुलाई फाइदा पुग्ने खाले आयमूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो । सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो । यसअघि उक्त सडक निजी साझेदारी अवधारणामा निर्माण गर्न खोजिएको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ । उक्त राजमार्गमा साना ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिने छ । द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलो मिटर भन्दा बढी हुने सहायकरथी एवम् विकास निर्माण निर्देशक उद्धव विष्टले जानकारी दिए । त्यस्तै मकवानपुरको ठिङगनमा १।४ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । उनले भने–“आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइने छ” । यो राजमार्गको निर्माणपछि तराई–मधेसबाट राजधानी आउन दिनभर खर्चनुपर्ने समय घटेर डेढ घन्टामा सीमित हुने अपेक्षा गरिएको छ । द्रुतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च हुँदै आएको रकममा वार्षिक रुपमा १० अर्ब बचत हुने विश्वास गरिएको छ । नेपाली सेनाले निर्माण गरेका सडक व्यवस्थित, राजनीतिक हस्तक्षेप कम हुने तथा दीगो र कम खर्चमा छिटो निर्माण हुने निष्कर्षसहित सरकारले द्रुतमार्ग जस्तो महत्वकाक्षी आयोजना सेनालाई जिम्मा दिएको हो । दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको वृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रधानन्यायधिश सुशिला कार्की विरुद्धको महाअभियोग फिर्ता, स्थानिय तहको संख्या पनि नबढ्ने, एमालेले संसद चल्न दिने

काठमाडौं । प्रमुख तीन दलबिच सर्वाेच्च अदालतका प्रधानन्यायधिश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअिभयोग प्रस्ताव फिर्ता लिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न काँग्रेस, एमाले र माओवादी केन्द्रको शिर्ष नेतृत्वको बैठकमा महाअभियोग फिर्ता लिने, स्थानिय तहको संख्या थप्ने निर्णय फिर्ता गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् । त्यस्तै, संविधान संशोधनका विषयहरूलाई स्थानीय तहको दोश्रो चरणको निर्वाचनपछि छलफलको विषय बनाउने, पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा भएका हत्या तथा अनियमितताको छानवीन गर्न संसदीय समिति बनाउने सहमति पनि भएको छ ।

३ अर्ब अनुदानको बाजी मार्ने अन्तिम कसरतमा स्मार्ट र वल्ड लिंक, ६ र ७ प्रदेशमा अप्टिकल फाइबरको टु‌ङ्गाे अन्तिम चरणमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम खर्चेर तयार पार्न थालेको इन्टरनेटको पूर्वाधारका निम्ति पछिल्लो समय प्रदेश नम्बर ६ र ७ को टेण्डर जिम्मा दिने तयारीमा रहेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउन प्राधिकरणले माग गरेको प्रस्तावमा गत वैशाख ३१ गते शुक्रबारसम्मको समय दिइएको थियो । उक्त प्रस्तावमा स्मार्ट टेलिकम र वल्ड लिंकले मात्रै प्रस्ताव पेश गरेका छन् । प्राधिकरणले यी दुई कम्पनीको प्रस्ताव आवश्यक मूल्यांकन गरेर दुई सातामा नै टुंगो लगाउने जानकारी दिएको थियो । प्राधिकरणका सहायक प्रवक्ता अच्चुतानन्द मिश्रका अनुसार प्रस्तावको जिम्मा दिने काम अन्तिम चरणमै रहेको छ । दुई साताभित्रै टुंगो लगाउने भएपनि अझै केही दिन लाग्ने उनको भनाइ छ । उनका अनुसार दुबै प्रस्तावको सुक्ष्म रुपमले मूल्यांकन भइरहेको छ । सबै दृष्टिबाट उपयुक्त प्रस्तावलाई प्राधिकरणको बोर्ड बैंठकले स्वीकृति दिने पनि उनको भनाइ छ । प्राधिकरणले पहिलोपटक माग गरेको प्रस्तावमा स्मार्टको मात्रै आवेदन परेको र यसको पनि मापदनण्ड नपुगेको भन्दै दोहोर्याएर प्रस्ताव मागेको थियो । प्राधिकरणले दोस्रोपटक आह्वान गरेको प्रस्तावमा पहिलोपटक आवेदन दिने स्मार्ट टेलिकमले पुनः आवेदन दियो भने नयाँ कम्पनीको रुपमा वल्ड लिंकको पनि प्रवेश भएको छ । प्राधिकारणले अनुदानमा ३ अर्ब ७० करोड रुपैयाँसम्म दिने र सो रकबाट प्रदेश नम्बर ६ र ७ मा सूचनाको महामार्ग बनाउनुपर्ने हुन्छ । यो प्रस्तावलाई स्वीकार गर्दै स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँ र वल्ड लिंकले ३ अर्ब ३४ करोड रुपैयाँमा उक्त क्षेत्रमा अप्टिकल फाइबर विस्तार गर्ने प्रस्ताव पेश गरेका छन् । दुबै कम्पनी सरकारी अनुदानबाट पाउने यो रकम हात पार्न अन्तिम कसरतमा रहेको उल्लेख छ । प्राधिकरणका अनुसार बोलकबोलमा जुन कम्पनी प्राविधिक रुपमा सक्षम, अप्टिकल फाइबर विछ्याने काममा इन्छुक, न्यूनतम रकम प्रस्ताव गर्ने र प्राधिकरणको सर्त स्वीकार गर्न तयार हुन्छ उसैले यसको जिम्मेवारी पाउँछन । यस अघि पहिलो पटकको बोलपत्र माग गर्दा स्मार्टको मात्रै निवेदन परेको थियो । लागत अनुमानको हाराहारीमा प्रस्ताव पेश गरेको र ‘बिड सेक्युरिटी’को अवधि कम भएको भन्दै स्मार्ट पहिलो पटक छनोट हुन नसकेको हो । प्राधिकरणले झन्डै १५ अर्ब रुपैयाँ खर्चेर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउने र सोही पूर्वाधारलाई आधार बनाएर ७५ वटै जिल्लामा इन्टरनेटको पहुँच पुर्याउने भएको छ । यो कार्यक्रको लागि पूर्वी खण्डका १ देखि ३ प्रदेशसम्मको जिम्मा नेपाल टेलिकमलाई र मध्य खण्डको ४ र ५ नम्बर प्रदेशको जिम्मा यूटीएललाई दिइसकेको छ । हाल प्रस्ताव माग भएको पश्चिम खण्ड ६ र ७ नम्बर प्रदेशको योजनाअन्तर्गत रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याइनुपर्ने छ । त्यसका आधारमा दुवै प्रदेशका १९ जिल्लामा कुल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबर कनेक्टिभिटी पुग्नेछ । प्राधिकरणका अनुसार तीन खण्डमा भएको यो अप्टिकल फाइबरको कामसँगै सबै जिल्लामा इन्टरनेटको पूर्वाधार बनाउने गरी प्याकेज अनुसार सार्वजनिक प्रस्ताव माग पनि हुँदै छ । यस अघि भूकम्प प्रभावित ११ जिल्ला र कर्णालीको प्याकेज सार्वजनिक भइसकको छ । अब बाँकी जिल्लाको पनि एकपछि अर्को गर्दै प्याकेज सार्वजनिक गर्ने र उपयुक्त कम्पनीलाई जिम्मा लगाउने कामको लागि प्राधिकरणले तीब्रताका साथ आन्तरिक गृहकार्य गरिरहेको उल्लेख छ ।

हार्ने भएर पनि २० हजार मत पाउँदा विजेताको भन्दा बढी चर्चा बटुल्दै रन्जु

काठमाडौं । आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन् । निर्वाचनको १२ दिनपछि करिब १ लाख ७५ हजार मतगणना हुँदा उनले २० हजारभन्दा बढी मत पाएकी छन् । तैपनि उनको चर्चा विजेताको जस्तो छ । रञ्जुको उम्मेदवारीले नै सामाजिक सञ्जालदेखि मुख्य धारका मिडियासम्ममा उत्तिकै चर्चा पायो । २१ वर्षकी एक युवतीले मुलुककै ‘राजधानी–प्रमुख’ का लागि गरेको दाबी कतिका लागि ठूलै झटका थियो भने कतिले यसलाई महत्त्वाकांक्षाको सामान्य घटना माने । पछिल्ला वर्षहरूमा राजनीतिक विश्लेषकहरूका अनुमान प्रायस् मिल्ने गरेका छैनन् । पहिलो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा दलका भनिएका ‘किल्ला’ तोडिए, नयाँ किल्लाको निर्माण भयो । सधैं परिवर्तनशील मानिने काठमाडौं पनि यसबाट अछूतो रहने कुरै थिएन । विवेकशील र साझा पार्टीका उम्मेदवारले काठमाडौं, ललितपुरमा धेरैको अपेक्षाभन्दा बढी मत पाए । माओवादीजस्तो सत्ताधारी स्थापित पार्टीका उम्मेदवारले भन्दा बढी मत विवेकशील र साझा पार्टीले पाउनुको कारण के हो रु यसले देशको राजनीतिबारे के संकेत गर्छ त रु के काठमाडौंका मतदातामा जागृत पुराना दलप्रतिको वितृष्णाको यो उपज हो रु यदि हो भने फेरि तिनै दल किन पहिलो र दोस्रो भए रु के यो नयाँ सोच र युवा जोसप्रतिको आकर्षण हो रु यदि त्यसो हो भने सचिवबाट सेवानिवृत्त किशोर थापाले पनि १६ हजारभन्दा बढी मत कसरी पाए रु नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा विवेकशील र साझा पार्टीले पाएको मतलाई ७० प्रतिशत पुराना दलप्रतिको वितृष्णा र ३० प्रतिशत नयाँप्रतिको आकर्षण मान्दछन् । ‘तर, आकर्षण, प्रेम र भरोसामा फरक छ । आकर्षण प्रेम र भरोसामा रूपान्तरण भएपछि बल्ल घरजम हुन्छ । कुनै पार्टीको जीवनमा पनि यस्तै हो । अहिले रञ्जुले पाएको मत आकर्षणको हो, यसलाई भरोसासम्म पुर्‍याउन सक्यो भने बल्ल राजनीतिक दलका रूपमा भविष्य हुन्छ,’ शर्मा भन्छन् । विश्लेषक झलक सुवेदी यो मतका पछाडि मुख्य चार कारण देख्छन् । ‘पहिलो कारण, पछिल्लो संविधानसभा चुनावदेखि नै विवेकशील काठमाडौंको राजनीतिमा छ । दोस्रो, गोविन्द केसीको आन्दोलन र भूकम्पपछिको उद्धारमा यो दलले आफ्नो सक्रियता देखाएर मानवीय पक्षमा मतदाताको मन जितेको थियो । तेस्रो, काठमाडौंमा बढदै गएको स्वतन्त्र मध्यम वर्गमा पुराना दलप्रति बढेको वितृष्णा र विरक्तिले यिनलाई वैकल्पिक शक्तिको स्थान दियो । चुनावको मुखमा भएका महाअभियोग र आईजीपी काण्डका कारण जन्मिएको नकारात्मक मतको पनि फाइदा भयो । र, चौथो २१ वर्षकी युवतीको हक्की र जनतासँग साधारण भाषामा संवाद गर्ने शैलीले पनि आकर्षित गर्‍यो ।’ रञ्जु पनि आफूले पाएको मतमा ठूला दलप्रतिको निराशाले काम गरेको मान्छिन् । ‘ठूला दलप्रतिको वितृष्णा र सकारात्मक परिवर्तनको चाहना दुवै हो,’ उनले भनिन् । उनी आफूले जित्ने अपेक्षासहित चुनावमा भाग लिएको भन्दै चुनाव तयारीमा समय कम भएकाले सबै मतदातासमक्ष पुग्न नसकेको बताउँछिन् । परिवारले अपनाउँदै आएका पेसा व्यवसायबाट अलग भएर स्वतन्त्र जीवनतर्फ लम्किने युवाको संख्या पछिल्लो समय सहर–बजारमा बढिरहेको छ । आफ्नै स–सानो व्यापार वा जागिर गर्नेहरू परम्परागत सम्बन्धको डोरीबाट विस्तारै खुकुलो हुँदै जाने मानिन्छ । ‘कुनै दल विशेषप्रति प्रतिबद्ध छैन भने जहिले पनि यस्ता मतदाताले नयाँलाई मत दिने सम्भावना रहन्छ,’ सुवेदी भन्छन्, ‘युवा पनि भएकाले स्वतस् यिनको रोजाइमा रञ्जु परिन् ।’ तर, कांग्रेस नेता शर्मा भने युवा भएकाले मत आएको मान्दैनन् । ‘युवा भएकाले फ्रान्समा मत पाए तर भारतमा राहुल गान्धीको सट्टा मोदीले नै जिते नि,’ उनी भन्छन्, ‘समाजमा प्रयोगवादी भोक रहन्छ, त्यसकै प्रतिविम्ब चुनावमा झल्किएको हो ।’ मानवशास्त्री सुरेश ढकाल काठमाडौंमा ठूला दलका मतदाताले पनि विवेकशीलको इस्टकोट र साझा पार्टीको क्यामरामा मत दिएको मान्छन् । ‘भोटको प्याटर्न हेर्दा कांग्रेसको धेरै भोट यी पार्टीमा गएको देखिन्छ,’ उनले भने । काठमाडौंमा ठूला पार्टीका नेताहरूले पहिले पनि पराजय भोगेको दृष्टान्त दिँदै ढकाल भन्छन्, ‘तर, यो कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टीभित्रैबाट अन्तरघात भएजस्तो होइन, भट्टराईविरुद्ध अन्तरघात भएको थियो, यसपालिको चाहिँ नेतृत्वलाई सबक हो, होसियार गरेको हो ।’ २० वर्षपछि भएको स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्नेमा १८ देखि ३७ वर्षसम्मका युवा मतदाताको संख्या उल्लेख्य थियो । राजनीतिले आकर्षित गर्न नसकेको ठानिने यो पुस्ताका मतदाताले सामाजिक मुद्दा उठाउने युवा उम्मेदवारसँग निकटता महसुस गर्नु स्वाभाविक देखिन्छ । ‘जागिर खाएर फुर्सदमा पार्टी खोल्नेभन्दा राजनीतिमा सुधार गर्छु भनेर आफ्नो जीवन नै दाउमा लगाउनेप्रति आकर्षण हुनु स्वाभाविक हो,’ ढकाल भन्छन् । तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने यसलाई मतदाताले बेला–बेला विकल्प खोज्ने सहायक प्रवृत्तिका रूपमा व्याख्या गर्छन् । ‘रञ्जु वा किशोरले मत पाउनु भएको सहायक प्रवृत्ति हो, जित्ने मत त ठूला दलले नै पाइरहेका छन्,’ भुसाल भन्छन् । ‘समाजमा जहिले पनि एउटा आलोचक तप्का हुन्छ । त्यो असन्तुष्ट हुन्छ । त्यो तप्का आफूले भनेजस्तो नभएपछि आफ्ना इच्छा, कुन्ठा र सपनालाई कहिले विकासका नारासँग जोड्छ, कहिले समृद्धिको सपनासँग,’ भुसाल भन्छन्, ‘यसैले रञ्जुले यति मत पाउनु राजनीतिको मुख्य प्रवृत्ति होइन, सहायक प्रवृत्ति हो । विश्लेषकहरूले भनेजस्तो ठूला पार्टीको भोट काटेको भने रञ्जु मान्दिनन् । ‘मत कसैको पेवा होइन, जो अरूले काटोस् । पुराना दलहरूले यो वडा हाम्रो, त्यो वडा तिम्रो भनेजस्तो होइन भन्ने पनि यो चुनावमा देखियो,’ उनी भन्छिन्, ‘अन्तिम निर्णायक भनेको जनता हुन् । यदि भोट काटेकै हो भने पनि पुराना दलले आफूले पाएको भोटलाई सम्मान गर्न नसकेका रहेछन् नि । कान्तिपुर दैनिकबाट ।

काठमाडौंमा शाक्यको जित सुनिश्चित,१३ हजार गन्न बाँकी हुँदा १७ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या धेरै छ । काठमाडौं महानगरमा अब १३ हजार मत गन्न बाँकी छ । तर, निकटतम प्रतिद्वन्द्वी र शाक्यबीचको मतअन्तर १७ हजार २ सय ४ छ । शाक्यका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी हुन् । उनले शुक्रबार बेलुकासम्म ४० हजार ६ सय ९० मत पाएका छन् । तर, शाक्यले ५७ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरमा एक लाख ९३ हजार मत खसेको थियो । त्यसमध्ये एक लाख ७० हजार मत गनिसकिएको छ । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार अब १०, १४ र १६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ‘महानगरपालिकाको मत करिब–करिब अब अन्तिम चरणमा पुगेको छ । अब तीनवटा वडाको मात्रै मत गन्न बाँकी छ । आइतबारसम्ममा सकिने हाम्रो अनुमान छ । मतगणनाको काम तीव्र गतिमा अघि बढेको छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । यसैबीच, शुक्रबार राति १० नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । सो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

सुमार्गीको विवादित रकम फुक्का गर्न कसरत, ११ अर्बमध्ये तीन अर्ब मात्रै निकासा बाँकी

काठमाडौं । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैयाँ निकासा गर्न कसरत सुरु भएको छ । सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए । अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि पटक/पटक छलफल भयो । तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकासा गर्न भने सरकारले सकेन । सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् । रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा। युवराज खतिवडा गभर्नर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । दाहाल सरकार सत्ताबाट बाहिरिँदै गर्दा अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न जेठ ४ गते गोप्य निर्णय गरी बाटो खोलिदिएको स्रोतको दाबी छ । यो निर्णयको औपचारिक पुष्टि भने हुन सकेको छैन । अजय सुमार्गीको रोक्का रकम निकासाका सम्बन्धमा सरकारबाट नेपाल राष्ट्र बैंकमा शुक्रबारसम्म कुनै आधिकारिक पत्र नआएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डितले बताउनुभयो । सरकारले निर्णय गरेको भए अहिलेसम्म पत्र आउनुपर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी रकम निकासा गर्न निर्देशन दिन सक्छ । तर, रकम निकासाका लागि आवश्यक पर्ने विभिन्न कागजात बुझाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले अजय सुमार्गीले ल्याएको रकम निकासा गर्न नदिने भनेर रोकेको हैनु, उहाँले भन्नुभयो, यति ठूलो रकम निकासाका लागि आवश्यक कागजात ल्याऊ मात्रै भनेको हो । रकम निकासाका लागि आवश्यक कागजात जुटाउन नसक्दा रकम त्यतिकै बैंकमा रोकिएको हो । २०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रूपमा राष्ट्र बैंकले उक्त रकम निकासामा रोक लगाएको हो । अजय सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगमा लगानी गर्न उक्त रकम नेपाल भित्र्याएका हुन् । ठूलो रकम एकाएक बैंकमा आएपछि रकम ल्याउनुको आधार उल्लेख गर्न सकेका थिएनन् । अन्नपूर्ण पाेस्टबाट ।  

मेगा अस्पतालले बिरामीको आफन्तकै सर्वश्व लुट्याे

काठमाडौं । अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए। बाटोमा एम्बुलेन्स ड्राइभरले पटकपटक सोधिरहेका थिए कुन अस्पताल लाने भनेर। मैले सिभिल अस्पताल भन्दा अन्त लगे हुन्न र भन्ने गर्थै उनी। बुवालाई सिभिल पुर्‍याए तर त्यहाँका डाक्टरले ‘ट्रमा’को उपचार हुन्न अन्त लैजान सुझाव दिएपछि एम्बुलेन्सलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍यादिन भने। तर ड्राइभरले ट्रमा र टिचिङ अस्पतालमा आफ्नो मान्छे नभएसम्म भर्ना लिदैनन् र उपचार शुल्क पनि मंहगो लिन्छन् बरु यसका लागि मेघा अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भन्दै एम्बुलेन्स त्यतै लगे। उनले त्यहाँ उदारोमा पनि उपचार हुने अनि नसा र हाडजोर्नीका ठूलाठूला डाक्टर कार्यरत भएको बताए। काठमाडौंमा एक जना मामा बाहेक अरु खासै कोही चिनेजानेको कोही थिएन। त्यही भएर ड्राइभरलाई विश्वास गरे। मेघा अस्पताल पुर्याएपछि सिधै आईसीयुमा भर्ना गरियो र भनियो प्रत्येक दिनको बेड चार्ज पाँच हजार लाग्छ अनि आवश्यक औषधि उपकरण आफै किन्नु पर्छ। दुई लाख २० हजार ‘डिपोजिट’ गर्न पनि भनियो। फार्मेसीमा पनि १५ हजार डिपोजिट गर्न लगाइयो। त्यतिबेला बुवालाई बचाउनु थियो त्यसैले चुपचाप अस्पतालले जे भन्यो त्यही मानेँ। साता दिनपछि बुवालाई ‘वार्ड’मा सारे। तत्काल ‘ट्रयाक्सन’ लगाउनु पर्छ भनियो। तर एक हप्तासम्म सामान आइपुगेको छैन भन्दै ‘ट्रयाक्सन’ लगाइएन। बुवाको पीडा देखेर मलाई खपिनसक्नु हुन्थ्यो। बुवा दिनप्रतिदिन सुक्दै जानु भएको थियो। हातखुट चल्न छोडेका थिए। म आत्तिएर डाक्टरलाई सोधिरहन्थे। डिपोजिट गरेको पैसाबाट ट्रयाक्सनको मात्रै एक लाख कटाइयो। त्यसको सातादिनपछि अस्पतालले अप्रेशन गर्नु पर्छ भन्दै अर्को तीन लाख रुपैयाँ जुटाउन भन्यो। पहिले नै ऋण। त्यत्रो रकम जुटाउन मेरा लागि समय थिएन। अस्पतालले मेरो कुरा नसुनेपछि बुवालाई हेर्दै आउनु भएको डाक्टरलाई फोन गरेर आफूसँग पैसा नभएको र बुवाको अवस्था झन् कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरे। उल्टो डाक्टरले अस्पतालबाट आफूले ‘डियुटी’ गरेको पैसा नपाएकाले आउन नसक्ने बताउनुभयो। मैले पटकपटक ट्रमा सेन्टरमा रिफर गर्न गरेको अनुरोध अस्पतालले सुन्दै सुनेन। मैले पैसा दिन नसकेपछि भर्ना गरेको एक महिना दुई साता पछि अस्पतालले अप्रेशन गर्न नसकिने र अहिले सम्मको शुल्क तिरेपछि बुवालाई ट्रमा सेन्टर पठाउन सक्ने निर्णय सुनायो। अनि कुल तीन लाख ६८ हजार रुपैयाँको बिल बनाइयो। अस्पतालको प्रिन्टर बिग्रिएको छ भन्दै कापीको पानामा हातले लेखेको बिल दियो। कुनै पनि हालतमा मैले त्यो पैसा जुटाउने सक्दैन थिए म। अन्तमा मैले पैसा तिर्न सक्दिन बुवालाई यही छोडेर जान्छु र उहाँलाई केही भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै म अस्पतालबाट निस्किए। अनि काठमडौंमा रहनुको भएका मामालाई सम्पर्क गरी सबै घटना सुनाएँ। पत्रकारलाई भनेर हुन्छ की भनेर म अर्को दिनदेखि मिडियाको खोजीमा लागँ। त्यो कुरा अस्पतालका कर्मचारीले थाहा पाएछन् अनि तपाई आउनुहोस सल्लाह गरौंला भन्दै फोन गरे। म त्यहाँ पुग्नासाथ एकाएक अस्पतालका कर्मचारीले कुरा फेरे। पहिले पैसा नतिरेसम्म बुवाको रिफर वा डिस्चार्ज हुँदैन भन्नेहरु बुवालाई ट्रमा पठाउन राजी भए। मैले तिर्नु पर्ने बाँकी पैसा छुट गरेको सुनाए। अनि कसैलाई भन्नु भयो भने तपाइको राम्रो हुने छैन भन्दै धम्की पनि दिए मलाई। बुवाको उपचारमा लापरवाही गरेको र मेरो अनावश्यक उपचार खर्च लिएको अस्पतालसँग म झगडा गर्न चाहन्थेँ तर गरिन किनभने बुवालाई त्यहाँबाट निकाल्नु नै मेरो पहिलो काम थियो। अस्पतालले बुवालाई निकालेपछि मैले उहाँलाई तत्कालै ट्रमा सेन्टरको इमरजेन्सीमा पुर्याए। यहाँका डाक्टरले बुवालाई किन ढिलो ल्याएको भन्नु भयो। उहाँको जेजसरी उपचार हुनुपथ्र्ये त्यो नभएको डाक्टरको भनाइ छ। बुवाको मेरुदण्डको हड्डी फुस्केकाले समयमै अप्रेशन गर्नु पथ्र्यो रे । मैले ऋणबाट जम्मा गरेको पैसा सबै अस्पताललाई मैले ऋणबाट जम्मा गरेको पैसा सबै अस्पताललाई बुजाइसकेकाे छ । ट्रमा सेन्टरमा निःशुल्क वेड हुन्छ भन्ने सुनेको थिए तर खाली छैन रे। विपन्नको कार्ड बनायो भने निःशुल्क उपचार हुन्छ भने सुने तर त्यसको लागि बुवाको सबै रिर्पोट लिएर फेरि गाउँ जानु पर्छ रे । कार्ड बनाउन पनि निकै दिन लाग्छ रे । म बुवालाई यस्तो अवस्थामा छोडेर कतै जान सक्दिन। ट्रमामा आएपछि पनि भर्नाका र औषधिका लागि तीन हजार खर्च गरिसकेको छु। गाउँबाट पठाएको पैसा सकिएपछि मागेर काम चलाइरहेको छु। मलाई लाग्छ मेघा अस्पताल र एम्बुलेन्सको मिलोमतो हुँदा ड्राइभरले मेरो बुवालाई मेघा पुर्‍यायो। यो त छानविनले पुष्टी गर्ने कुरा हो। तर म गरिब, बुवाको हेरचाह गरौं की न्याय मागौं ? उपचारकाे काेशिसमा छाै: मेघा अस्पताल  शिव चौधरीको उपचार हामीले राम्रै गर्ने कोशिस गरेका हौँ। उहाँ धेरै गम्भीर अवस्थामा आएकाले आईसीयुमा राखेका थियौं। ट्रयाक्सनबाट हुन्छ की भनेर त्यो विधिबाट पनि उपचार थालेको हो। तर नभएपछि अप्रेशन गर्ने तयारीमा हुनुहुन्थ्यो डाक्टरहरु। तर अप्रेशनका लागि करिव तीन लाख रुपैयाँ लाग्ने भने पछि मात्रै उहाँहरुले हामी पैसा जुटाउन सक्दैनौं भन्नु भयो। त्यसबारे हामीलाई पहिला जानकारी भएन। आईसीयुमा राख्दा ट्रयाक्सन गर्दा पनि हामीले तपाईंको आर्थिक अवस्था कस्तो छ भनेर सोधेका थियौं। उहाँका आफन्तले हामी चौधरीहरु हो पैसा जुटाउन सकिहाल्छौं भन्नु भएको थियो। त्यसैले हामीले शिव चौधरीलाई आईसीयुमा राखेका हौं। उहाँले अप्रेशन र अहिलेसम्म लागेको उपचार शुल्क तिर्न सक्दैनौं भनेपछि हामीले उहाँहरुले तिर्नु पर्ने एक लाख ४८ हजार रुपैयाँ पनि मिनाह गरेर ट्रमा सेन्टरमा पठाएको हो। अन्नपूर्ण पोस्टबाट ।

रित्तिदै पहाड, शहरकेन्द्रित बसाईसराई बढ्यो

अछाम । अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन् । घरवरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन् । कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो( तीव्र बसाइँसराइ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन् । रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात(आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन् । खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दुःखान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतः सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ । बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका ) छन् । रिडिकोट एक उदाहरण मात्र हो । अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् । भूकम्पअघि वारपाक तत्कालीन बाइसे, चौबीसे राजामध्येका एक बिमकोटे राजाको अछाम, बिमकोटस्थित दरबार भत्किने अवस्थामा । सशस्त्र युद्धपछि सबै परिवार विस्थापित हुँदा दरबार खाली छ । राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहनुभएका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह । उहाँका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन् । एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतस् सबैभन्दा पहिले बसाइँसराइ सर्ने गाउँमध्ये पर्छ । यो गाउँ अहिले करिब/ करिब रित्तिइसकेको छ । अर्को, एकदमै विपन्न वर्ग जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दुस्ख, कष्ट भोग्न बाध्य भएकाले बसाइँ सरेका छन् । सम्पन्न वर्ग प्रायस् तराईका सहर र काठमाडौं उपत्यकामा गएको र विपन्न वर्ग प्रायस् तराईका गाउँमा गएको शाह बताउनुहुन्छ । बसाइँसराइ गरेर अन्यत्र जानेमा विपन्नको भन्दा सम्भ्रान्त वर्गको नै बाहुल्य देखिन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि चाहेअनुसार शिक्षा तथा औषधोपचारका लागि स्वास्थ्य सेवाको अभावजस्ता कारणले बसाइँसराइ गर्नेको दर बढेको हो । अर्कोतर्फ आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ । तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ । आर्थिक रूपमा सम्पन्न भएकै कारण थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्नकै लागि होस्, बसाइँ सर्ने दर बढ्दै जाँदा अछामका थुप्रै गाउँ खाली हुने अवस्थामा पुगेका छन् । अन्नपूर्ण पोस्टबाट ।