विकासन्युज

संविधान संशोधन नहुँदा र चुनाव चिन्ह नपाउँदा राजपा आन्दोलनमा, चुनावै विथोल्ने घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ । गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको खबर आजको नागरिकमा छ । बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए । यस्तो छ आन्दोलनका कार्यक्रम: – शनिबार सबै उपमहानगरपालिका र नगरपालिका सदरमुकाममा मसाल जुलुश प्रदर्शन । – जेठ १४ गते लाठी जुलुश प्रदर्शन । – सबै केन्द्रमा संघर्ष समिति गठन गर्ने । – १५ गते विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया गर्ने बेलुकी सहिदको सम्भलनामा मैनबत्ती बाली श्रद्धान्जली सभा गर्ने । – १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने । – मसाल जुलुश प्रदर्शन गर्ने । – १८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल तथा उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने । नागरिक दैनिकबाट ।

हेटैडामा मेडिकल कलेज स्थापना गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेका छन् । उनले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ आयोजित शपथग्र्रहणपछि पदभार सम्हाल्दै उनले सहिद स्मारकको विकासका लागि आफूहरु लागिपरेको भन्दै अब अर्को पर्यटकीयस्थल गुम्बा डाँडाको पनि भौतिक विकासमा जोड दिने बताए । पदभार ग्रहणअघि नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनिर्वाचित जनप्रतिनिधिले विगतमा कर्मचारीबाट समस्या भोगिरहेका नगरवासीलाई छिटो छरितो ढङ्गले सेवा दिन आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता जनाए । शपथग्रहण समारोहमा नगरप्रमुख महत, उपनगर प्रमुख मीना लामा, र १९ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

सिजीको एसीमा ग्राहकको आकर्षण बढ्दै, यस्तो छ कारण

काठमाडौं । प्रस्पिधात्मक एसी बजारमा अन्य कम्पनी र ब्राण्डलाई च्यालेन्ज गर्दै सि.जी. ब्राण्डले नयाँ आकर्षक रुप र डिजाइनमा विभिन्न विशेषताका साथ नेपाली बजारमा सिजी एसी ल्याउदै आईरहेको छ । निरन्तर रुपमा सि.जी. ब्राण्डले नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनजर गर्दै विभिन्न किसिमका एयरकन्डीसनरहरु नेपाली बजारमा सर्वसुलभ मुल्यमा उपलब्ध गराउदै आइरहेको छ । सि.जी. एसीको प्रमुख उदेश्य भनेको नेपाली बजारमा सस्तो मुल्यमा गुणस्तरिय उत्पादन धेरै भन्दा धेरै स्थानमा पु¥याउने रहेको छ । सि.जी. एसी आज नेपाली बजारमा मुख्य गरी घरका साथै होटल, हस्पिटल, मन्त्रालय, बैक, पार्टी प्यालेस र सेमिनार हलहरुमा बढी नै प्रयोग गरिएको पाईन्छ । सि.जी. एउटा आफै नेपाली ब्राण्ड भएको र यसको गुणस्तर एवं सर्भिस नेपाल भरी उपलब्ध गरिरहेको साथ साथै नेपालको एकमात्र नेपाली आइएसओ ९००१ सर्टिफाइड कम्पनी भएकाले पनि जनमानसमा सि.जी. एसीले राम्रो छाप पार्न सफल भएको छ । सि.जी. एसी विभिन्न आकर्षक डिजाईन, मोडल एंव साइजहरुमा नेपाली बजारमा उपलब्ध छ । यो पूर्व को काकडभिट्टा देखि पश्चिमको महेन्द्रगनर सम्म सुलभ किसिमले खरिद गर्न सकिन्छ । कम्पनीले यस सि.जी. एसी निकै नै आकर्षक फुलको डिजाईन, डिजिटल डिस्प्ले र आकर्षक ग्लास प्यानल अनि सस्तो मुल्यमाबजारमा ल्याएको छ । त्यसैगरि नेपालभरी सर्भिस र जडानको व्यवस्था गर्दै यस एयरकन्डिसनरमा ३६ महिनाको प्रमुख कमप्रेसर वारेण्टी दिदै आइरहेको छ । सि.जी. एसी नेपाली बजारमा ०.७५ टन देखि २ टन सम्म, तातो र चिसो बनाउने क्षमता हुने वाल माउन्टेड खालको र २ देखि ४ टनसम्मको सिलीङ्क क्यासेट जुन सिलीङ्कको विचमा राख्ने खालको गरी दुई किसिमबाट उपलब्ध छ । त्यसैगरि सि.जी. एसी इन्भरटरले नचलेतापनि कम विजुली को भोल्टेजले पनि चलाउन सकिने हुँदा अन्य कम्पनीको एसी को तुलानामा तुलनात्मक रुपमा अलिकम विजुली खपत गर्दछ । यसको अझै महत्वपूर्ण विशेषता भनेको यदि एयरकन्डीसनरमा प्राविधिक समस्या आएकोे खण्डमा यसमा रहेको डिस्प्लेमा नचलेको जानकारी प्राप्त हुने हँुदा सजिलै जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी सि.जी.ले आगामी दिनहरुमा ग्राहकहरुको चाहाना र माग अनुसारका नयाँ प्रविधीका सि.जी. एयरकन्डीसनर हरु पनि बजारमा विस्तार गर्दै लैजाने कुराको जानकारी सेल्स हेड बिष्णु ज्ञवालीले गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सचिव श्रेष्ठलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो । श्रेष्ठले विज्ञान र जनप्रशासन विषयमा स्नातकोत्तर र नेदरल्याण्डबाट वातावरण व्यवस्थापनमा पोष्ट ग्राजुएट गरेका छन् । विभिन्न बैठकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने महासंघको विश्वास रहेको छ ।

बाहिर चक्रपथको फाइल राजपत्रका लागि तयार, जग्गा कारोबार रोकिँदै

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको चोभार–सतुंगल खण्डको डिपिआर स्विकृति गरिएको फाइल राजपत्रमा प्रकाशित गर्न तयार भएको छ ।‘डिपिआर स्विकृति र काम अघि बढाउन मन्त्रीज्युले गर्नु भएको निर्णयको कपिसहित परिस्कृत फाइल राजपत्रमा प्रकाशित गर्न तयार भएकोछ, हामीले सम्बन्धित कार्यालयमा बुझाईसकेका छौं, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुब प्रसाद सापकोटाले विकासन्युजसँग भने । उनका अनुसार आइतबार वा सोमबार बाहिरी चक्रपथको काम अघि बढाउने निर्णय राजपत्रमा प्रकाशित हुनेछ । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयले जमिन अधिग्रहणका लागि अर्काे सार्वजनिक सूचना प्रकाशित गर्नेछ । यतिबेला आयोजनाले प्रारम्भिक अधिकारी तोकेर काम अघि बढाउनेछ ।‘एक हप्तापछि जग्गा कारोबार तथा कित्ता काटमा रोक लगाउने तयारी भैरहेको छ’, आयोजनाका योजना अधिकृत सापकोटाले भने । कित्ता काट, कारोबार र भवन निर्माणमा रोक लगाएको निर्णय नगरपालिका, मालपोतमा पठाईनेछ । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका थिए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुँदैछ । त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ । | बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।

नेपाल बङ्गलादेश बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने, जेठ १४ देखि लागू

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले पनि निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सार्वजानिक निष्काशनहरु (आइपीओ-एफपीओ)को अवेदनमा जेठ १४ गतेबाट निःशुल्क आश्वा सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई धितोपत्रको सार्वजनिक निष्काशनमा (आईपिओ/एफपिओ) आवेदन दिँदा निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । उक्त बैंकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवा मार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने बैंकले जनाएको छ । यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकको देशभरका ५६ वटै शाखा मार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बताएको छ ।

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । स्थानीय तहको संख्या वृद्धि गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायधिश इश्वर प्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले स्थानीय तहको संख्या बढाउने अधिकार आयोगलाई मात्रै रहेको भन्दै तत्कालका लागि संख्या वृद्धिको निर्णय कार्यान्वयन नगर्न भनेको हो । सरकारले तराईका बिभिन्न जिल्लामा २२ वटा स्थानीय तहको संख्या वृद्धि तथा दुई वटा महानगरपालिका थप्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध अधिवक्ता धन बहादुर श्रेष्ठले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।