विकासन्युज

२४ वटा नयाँ बीमा कम्पनी खोल्ने ५०० ठूला लगानीकर्ताको प्रस्ताव

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था गर्नु भन्दा पहिले नै २४ वटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भैसकेका थिए । तीमध्ये १६ वटा जीवन बीमा कम्पनी छन भने बाँकी ८ वटा निर्जीवन बीमा कम्पनी छन्, जहाँ ५०० भन्दा बढी ठूला लगानीकर्ताको नाम रहेको छ । यी कम्पनीका लगानीकर्ता को को हुन भन्ने खुल्दुली बजारमा छाएको छ । यी कम्पनीमा चन्द्र ढकालदेखि देवीप्रकाश भट्टचन, मोतिलाल दुगड, रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, आजाद श्रेष्ठ, कुशकुमार जोशी, अञ्जन श्रेष्ठ लगायत चर्चित लगानीकर्ताको नाम आएको छ । त्यस्तै, पशुपति मुराकादेखि सुरेन्द्रबीर मालाकारसम्म यी इन्स्योरेन्स कम्पनीका लगानी छन् । यी कम्पनीहरुले बीमा समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी तोक्नु भन्दा अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका हुन् । यी कम्पनीहरुले प्रारम्भमा चुक्ता पुँजी २० करोड वा सो भन्दा पनि कम राखेर कम्पनी दर्ता गरेका छन् । अब यी कम्पनीले लाइसेन्स पाउन निर्जीवनले एक अर्ब र जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनु आवश्यक छ । यी हुन लाईसेन्सका पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयर धनी १) सानिमा इस्योरेन्स कम्पनी हरेन्द्र प्रसाद जैसवाल, सुरेन्द्र महतो, वीरेन्द्र महतो, साम्बा लामा, विवेक दुगद, जीवनाथ लामिछाने, मोतिलाल दुगड, खेमराज लामिछाने, सानिमा प्रा. लि, मालचन्द्र दुगड, तेन्जींङ दोङडु नेपाली, साङ्ग दोर्जे लामा, नामखाङ्ग लामा, सोनाम ग्याछो, जुगल भुर्तेल, रंग नाथ पैडेल, कुमार कोइराला, दिलिप श्रेष्ठ, दुर्गा भण्डारी, बद्री प्रसाद ओझा, पङ्कज अधिकारी यस कम्पनीको संस्थापक रहेको उल्लेख गरिएको छ । २) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल नगेन्द्र प्रसाद ढकाल, सागर मणि ढकाल, रुपेश श्रेष्ठ, जोत्सना देबि केडिया, ध्रुव प्रसाद रैला, राकेश प्रधानाङ्ग, अन्जलि सरावगी यस सम्पनीको संस्थापक लगानीकर्ताको सूचिमा छन् । ३) काठमाडौं बीमा कम्पनी रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, भुवनेश्वर प्रसाद शाह, बलराम न्यौपाने, दिनेश राज भट्टराइ, दिप प्रकास पाण्डे, महाविर गोयल, मधुसुदन अग्रवाल, गोपी कृष्ण सिकरिया, किरण शेखर अमात्य, वोदनाथ अधिकारी, नन्द किशोर घिरैया, प्रकाश शर्मा, रत्न लाल संघइ, सतिश न्यौपाने, सत्य नारायण मानन्धर, सुरेन्द्र बहादुर सिंह यस कम्पनीको प्रवद्र्धकको सूचिमा देखिएका छन् । ४) बीन्नी इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, हिमालयन सेक्युरिटिज एण्ड फाइनान्स लि, हिमालयन एक्जीम प्रा. लि, शम्भु प्रसाद वास्कोटा, मनोज कुमार सुबेदी, विपल प्रधान, डिल्ली प्रसाद उप्रेती, डम्बर बहादुर वम, सौरभ अमात्य यस कम्पनीको प्रवद्र्धकको सूचिमा छन् । ५) कान्तिपुर बीमा कम्पनी इन्द्र कुमार मास्के, शैलेश कोइराला, राजेन्द्र सिँह थापा, दमन ब.अमात्य, गोपाल सुन्दर लाल कक्षपती, आनन्द कृष्ण गोर्खाली, दशरथ लाल श्रेष्ठ, सुरेश बहादुर मल्ल, सुरेश बहादुर मल्ल, प्रकास श्रेष्ठ यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ६) जनरल इस्योरेन्स कम्पनी नेपाल झपट बहादूर बोहरा, प्रेमनिधि ज्ञवाली, विश्वनाथ कंडेल, सि.वि. तामाङ्ग, लक्ष्मण ज्ञवाली, दिपेन्द्र कार्कि, रजनिश कूमार सिंह, भिम प्रसाद तूलाचन, कमल बहादूर के.सि, भरतराज ढकाल, चन्द्रेश्वर भट्टराई, कृष्णराज पराजूली, नरेश शंकर पालिखे, जिवन गौचन, यदूनाथ अधिकारी, मिलन कुमार वैद्य, भूवन बस्नेत, जनक बहादुर अधिकारी, रमण नेपाल, दिनेश शंखर पालिखे, ज्योती गौचन, बसन्त मल्ल, मधूवनलाल श्रेष्ठ, गोपाल घिमिरे, रिता रिमाल, मन बहादूर राई, दूर्गा प्रसाद घिमिरे, गोकर्ण राई, कविन्द्र लाल अमात्य, संजिव प्रधान, स्वरुप मरासिनी, विनोद कूमार श्रेष्ठ, विनितमणी उपाध्याय, उपेन्द्र पौडेल, खिलानाथ घिमिरे, राजेन्द्रदाश श्रेष्ठ, धन प्रसाद राई, कूमारी तामाङ्ग, लोक बहादुर श्रेष्ठ, गणेशभक्त साखस्, दिनेश बज्र, डा. सूवर्णलाल बज्राचार्य, मनमोहनकृष्ण श्रेष्ठ, मिन बहादूर गूरुङ्ग, कैलाश भक्त कारंजित, भरतलाल बज्राचार्य, राजेन्द्रलाल बज्राचार्य, नविनमूनि बज्राचार्य, नरेश गिरि, वेनूराम प्रधान, गोविन्दराज कोइराला, गोविन्द प्रसाद जोशी, पूष्पराज भण्डारी रहेका छन् । उनीहरुले विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । ७) अजोड इन्स्योरेन्स उर्बशी देबी श्रेष्ठ, किशोर सुन्दर श्रेष्ठ, उदय सुन्दर श्रेष्ठ, अनिता जोशी, विमला लामिछाने, शिला भुषाल, जेविन मान श्रेष्ठ, महेश्वर मान डंगोल, कुल बहादुर गुरुङ्ग, दामोदर प्रसाद शर्मा पाण्डे, विनोद प्रसाद विष्ट, गोविन्द देव पन्त, दिलिप कार्की, निरजंग विष्ट, काजि गुरुङ्ग, रजनी विष्ट उपाध्याय, विन्दिया प्रधानाङ्ग, मधुसुधन प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, रोडसो इन्भेष्टमेन्ट, विजय देव पन्त, योगेन्द्र रत्न बज्राचार्य, सिता पौडेल, मन्जु रायमाझी प्रसाई, सविता श्रेष्ठ, मोहनलाल सराफ, मिन मान श्रेष्ठ, रोशन श्रेष्ठ, सुभाष श्रेष्ठ, रचना गौचन, शरद कुमार नेउपाने, राजेन्द्र प्रसाद कायस्थ, सुनीता श्रेष्ठ, प्रनाथ के.सी, वुद्धि नारायण श्रेष्ठ, सज्जन राम भण्डरी, स्वरुप गुरुङ्ग कोने, दिपेन्द्र मल्ल, अनिता शिवाकोटी प्रसाई, राजेन्द्र कसजु, दिलिप कुमार प्रधान, लिलामणी न्यौपाने, भेष राज लोहनी, रमेश चन्द्र दाहाल, सुरेन्द्र कुमार कार्की, श्याम शुन्दर खेतान, निशा शर्मा, विक्रम प्रसाद श्रेष्ठ, सरित समशेर ज.व.रा, राजेन्द्र शाक्य, सविना मानन्धर, इच्छा बहादुर वाग्ले, भोला प्रसाद पाठक, वृहत इन्भेष्टमेन्ट, रामकाजी गुरुङ्ग कोने, कर्मा वांगेल गुरुङ्ग, सुदर्शन नारायण जोशी, तेनजिन सोपा लामा, आजाद श्रेष्ठ, अञ्जन श्रेष्ठ, बैकुण्ठलाल रंजितकार, भिम राज रेग्मी, चन्द्र बहादुर राजभण्डारी, गणेश बहादुर श्रेष्ठ, हरि बाबु पन्त, कृष्ण बहादुर श्रेष्ठ, नारायण प्रसाद शर्मा, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ, सुनिल कुमार गोशली, सुनिल श्रेष्ठ, टेकमान प्रधानाङ्ग, लालकाजी गुरुङ्ग, चन्द्र प्रसाद ढकाल, गणेश बहादुर गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, महेन्द्र प्रसाद श्रेष्ठ, रविन्द्र प्रसाद कसजु, मनोज पुन, दोर्जे ग्याल्छेन लामा, सुवास चन्द्र राई, राजेन्द्र कुमार वाटाजु, प्रकाश आचार्य, मनोज कुमार श्रेष्ठ, प्रकाश के.सी, किरण के.सी, रोशन के.सी, कैलाश चन्द्र गोयल, महेन्द्र कुमार गोयल, श्रवण कुमार गोयल, सुशिला गोयल, रामेश्वर खत्री, मिन बहादुर गुरुङ्ग यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ८) मनकामना इन्स्योरेन्स कम्पनी कामना गुरुङ्ग, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर, माछापुच्छ्रे व्रिक फयाक्ट्री, लक्षमण वाबु श्रेष्ठ, सुरेशप्रसाद आचार्य, राजुबाबु श्रेष्ठ, प्रकाश काजी तुलाधर, राजेन्द्र अर्याल, राजीव उपाध्याय, डा. लुना शर्मा, ध्रुव कुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, कैलाश चन्द्र गोयल, मनिष कुमार अग्रवाल, संजय कुमार अग्रवाल, श्रवण कुमार गोयल, देव राज राजभण्डारी, विरेन्द्र शाही, सुकुन्तलाल हिराचन, धन्जय आचार्य, मोहन आचार्य, कमल प्रसाद ज्ञवाली, अमर बहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, पू्र्णलाल हिराचन, चतुरानन्द बैद्य, चित्रलाल हिराचन, भिम राज रेग्मी, रमेश शर्मा, लोक हर्ष शाक्य, जीप छिरिङ्ग लामा, प्रविण कुमार ढुंगाना, ओम प्रकाश श्रेष्ठ, जयराम लामिछाने, अम्बिका श्रेष्ठ, भोला बिक्रम थापा, टाशी घले, विप्लव पौडेल, कान्छा गुरुङ्ग, रोनेश दाश श्रेष्ठ, सुनिल बहादुर मल्ल, दुर्गा प्रसाद आचार्य, राजेश बाबु श्रेष्ठ, अरुण श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, सुधिर खत्री, यादव राज पाण्डे, परशुराम कुवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा, शतीस प्रसाद प्रधान, बनबारी लाल मित्तल, कुस कुमार जोशी, ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रसाद ढकाल, किरण प्रकाश साखः, महेन्द्र बहादुर कार्की, किष्ट मेडिकल कलेज, गणेश बहादुर श्रेष्ठ, उद्धव पौडेल, राज बहादुर शाह, अर्जुन प्रसाद शर्मा, मनोजप्रसाद धिताल, कृष्ण मान रन्जितकार, शेखर राणा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । यी हुन १६ जीवन बीमा कम्पनीका लगानी कर्ता १) स्टार लाइफ इन्स्योरेन्स कम्पनी भवानी भक्त जोशी, प्रकास बहादुर श्रेष्ठ, नेपाल शेयर मार्केटस एण्ड फाइनान्स लि, स्टार सेभीङ्ग एण्ड कोअपरेटिभ, योगेन्द्र प्रसाद श्रेष्ठ, कार्य विनायक इन्भैष्टमेन्ट, बाशु भक्त जोशी, नरेश बहादुर मल्ल शेर बहादुर पाण्डे, भाइ काजी श्रेष्ठ, सुदर्शन राज पाण्डे यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । २) सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रदिप कुमार श्रेष्ठ, सुरेन्द्र बहादुर बस्नेत, चन्द्र प्रसाद ढकाल, राजिव बिक्रम शाह, आङ छिरि शर्पा, हेमराज ढकाल, कैलाश प्रशाद सोरोहिया, बिकाश जबरा, सुमित कुमार अग्रवाल, बिरेन्द्र बहादुर बस्नेत, बिनोदराज ज्ञवाली, गणेस कुमार अग्रवाल, प्रदिप जंग राणा, प्रेम बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, किरण पाण्डे, शिवरत्न शारदा, सुधिर बाबु खत्री, अजय कुमार सत्याल, बिनोद खेतान, सजन खेतान, अशोक कुमार अग्रवाल, सन्दीप अग्रवाल, दिप प्रकाश पाण्डे, अनिता निराला, प्रकाश बहादुर श्वार, ताराचन्द्र खेतान, उदित काफ्ले, खेम बराल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ३) सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी राजेन्द्र शाक्य, सत्य नारायण क्याल, राजेन्द्र शाक्य, राजेन्द्र भगत, पवन प्रसाद मारवाडी, अनुप कुमार सँघई, ओम प्रसाद बन्सल, शुशिल कुमार धुरका, विमल कुमार अग्रवाल, रमेश चन्द संघइ, उषा कुमारी अग्रवाल, सुबाश कुमार अग्रवाल, प्रमोद अग्रवाल, नवल किशोर अग्रवाल, सन्जय अटल, सुमन कुमार क्याल, अरुण भगत, पुष्कर भक्त शर्मा, बिकाश कुमार क्याल, अनुज क्याल, निरञ्जन प्रसाद क्याल, सुरेश कुमार क्याल, राजेश कुमार क्याल, कृष्ण मोहन क्याल, बबिता क्याल, महेन्द्र कुमार अग्रवाल, श्याम लाल सारवागी, ममता देबी झा, जीबन बाबु श्रेष्ठ, निलम अग्रवाल, पङकज कुमार संघइ, नीता शर्मा, पवन कुमार अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ४) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सानिमा विकास बैंक, उपेन्द्र महतो, टेकराज निरौला, अरुण कुमार ओझा, जीवनाथ लामिछाने, निरज गोविन्द श्रेष्ठ, खेमराज लामिछाने, विनय कुमार श्रेष्ठ, घनश्याम थापा, रामकृष्ण शाह, दिपक कुमार खड्का, साम्बा लामा, सोनाम ग्याछो, प्रमा गोयन्का, निरन्जन रौनियार, साइनो इन्भेष्टमेन्ट प्रा.लि. को तर्फबाट हरेन्द्र प्रसाद जैसवाल, गोवा कटुवाल, रंगनाथ पौडेल, ऋषि प्रसाद रिजाल, छविलाल कुंवर, निता पौडेल, शिव प्रसाद घिमिरे, डा. जुगल भुर्तेल, डा. केशव प्रसाद आचार्य, पंकज अधिकारी, कुमार प्रसाद कोइराला, महेश राज गौतम, हरि शंकर श्रेष्ठ, नारायण प्र उपाध्याय, दिलिप श्रेष्ठ, दिनेश मणि श्रेष्ठ, बद्री प्रसाद ओझा, कुमार लम्साल, महेश घिमिरे, तुक प्रसाद पौडेल, निरज ढकाल, उषा खतिवडा, सुवर्ण दास श्रेष्ठ, तेज बहादुर चन्द, पवन कुमार आचार्य, सन्तोष कोइराला, बद्रीविशाल घिमिरे, भोजराज पौडेल, महेश्वर महर्जन, निर्जा राजभण्डारी, निशान्त के.सी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ५) रिलायबल नेपाल लाइफ अनिता शिवाकोटी, अशोक भट्टचन, बलराम बन्जारा, बासु देव काफ्ले, भाई काजी तिवारी, भेष राज लोहनी, भिष्म राज चालिसे, भुषण खनाल शर्मा, विमल श्रेष्ठ प्रधान, चिरञ्जीवी द्धा, देवी अधिकारी शर्मा, दिनेश निधी तिवारी, दिपक बाबु तिवारी, दिपेन्द्र कडरिया, दिपेश लम्साल, दुर्गा भट्टराई, दुर्गा प्रसाद घिमिरे एव राज भट्टराई, ग्लोवल एसोसिएट्स प्रा.लि, गेह नाथ ढुङाना, गोकर्ण राज पाण्डे, गोविन्द प्रसाद लोहनी, इन्दिरा श्रेष्ठ मास्के, इन्द्र प्रसाद लोहनी, झनक वहादुर रावल, जुली प्रधान, जुनी गुरुङ्ग, काली प्रसाद शर्मा सुवेदी, कल्पना उपाध्याय, कुमुदा तिवारी पन्त, लाल काजी गुरुङ, मचा काजी महर्जन, माधव कडेंल, मीना गुरुङ्ग, मोहना उपाध्याय, एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिसेज प्रा लि, नन्दा कुमारी प्रसाई, नारायण बाबु लोहनी, नारायण राज विष्ट, निलम भण्डारी जोशी, निरज श्रेष्ठ, निर्मला कुमारी बर्तौला, ओम हरी मान राजभण्डारी, पदम कुमारी लोहनी, प्रकाश जोशी, पूर्ण लाल श्रेष्ठ, पुरुषोत्तम पौड्याल, रविन्द्र जंग थापा, रविन्द्र मान श्रेष्ठ, राधेश्याम अग्रवाल, राधिका बिमली, राजा राम पाण्डे, राजन सिंह भण्डारी, रमेश प्रसाद नेपाल, रिलायवल इन्भेष्टमेन्ट वित्तिय संस्था लि, रेखा ओली, रेखा घिमिरे, रिता कुमारी खनाल, रोड सो इन्भेष्टमेन्ट प्रा. लि, रोमा शर्मा, रुपेन्द्र पौडेल, सजना पौड्याल, संगिता प्रसाई, सन्तोष अग्रवाल, शम्भु नाथ गौतम, शेर बहादुर बुढाथोकी, शिला कुमारी पोख्रेल, शिव कुमार श्रेष्ठ, कृष्ण इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट कन्सल्टीङ्ग प्रा.लि, शुभा पाण्डे, सुभलाभ इन्भेष्टमेन्ट प्रा.लि, स्वदेश गुरुङ्ग, सुन्दर प्रसाद कडेंल, सुरज राज पन्त, सुरज श्रेष्ठ, सुरेन्द्र भण्डारी, राम कुमार शिवाकोटी, स्वस्तीक बिजनेस एण्ड डेभलपमेन्ट प्रा.लि,  टिका राम चापागाँइ, उर्मिला कुमारी पोखरेल, जयन्ती लोहनी खनाल, प्रज्ञा लोहनी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ६) रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी वर्षा अग्रवाल, सुबोध तोदी, अशोक कुमार तोदी, श्याम सुन्दर रुंगटा, पवन कुमार अग्रवाल, जय प्रकाश अग्रवाल, राहुल अग्रवाल, श्याम सुन्दर अग्रवाल, भरत कुमार अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ऋषिराम अग्रवाल, बिरेन्द्र कुमार शाह, जगदिश कुमार अग्रवाल, सिद्धा्र्थ बैंक, पवन कुमार अग्रवाल, रामजी लाल अग्रवाल, संदिप कुमार अग्रवाल, राहुल कुमार अग्रवाल, राजकुमार अग्रवाल, पबन कुमार अग्रवाल, अमित कुमार वेगानी, कमल कुमार वेगानी, मेगना कर्पोरेट सेक्युरिटिज, पुष्पा देवि केडिया, ताराचन्द्र केडिया, सबिता केडिया, मनोज कुमार केडिया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ७) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी टेम्पल क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि,  फस्ट इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल प्रालि, अरेन्ज क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि, सत्येन्द्र प्यारा श्रेष्ठ, ओम सिंह, बरुण लोहिया, प्रविण लोहीया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ८) इन्टरनेशनल लाइफ इन्स्योरेन्स कम्पनी शंकर लाल अग्रवाल, विष्णु प्रसाद न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, टिकाराम न्यौपाने, शाहिल अग्रवाल, सावर मल अग्रवाल, सुशील कुमार शर्मा, जिवन कुमार अग्रवाल, अशोक कुमार बैद्य, अशोक कुमार अग्रवाल, आत्मराम मुरारका, पशुपति मुरारका, प्रदिप मुरारका, शिरिष कुमार मुरारका, शुलभ अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ९) आइएमई लाइफ इन्स्योरेन्स कम्पनी किशोर महर्जन, सृजना जोशी, फिजो नेपाली, इन्टरनेशनल मनि एक्सप्रेस प्रालि, चन्द्र प्रसाद ढकाल, निमिषा इन्भेष्टमेन्ट प्रालि, ग्लोबल बैक लिमिटेड,हेमराज ढकाल, प्रभु फाइनान्स लि, प्रभु इन्भेष्टमेण्ट प्रालि, ईश्वर प्रकाश जोशी, नविन श्रेष्ठ, संजय अधिकारी, उत्तम प्रसाद भट्टराई, जीवन कुमार अर्याल, ऋषिराम अर्याल, सुरज कुमार श्रेष्ठ, बसन्त अधिकारी, स्मृती गुरुङ्ग, पु्ष्प मान श्रेष्ठ, हरिहर ढुंगाना, धन बहादुर शेरचन, संदिप अग्रवाल, ठाकुर प्रसाद खनाल, राजेश कुमार अग्रवाल, सुनिल कुमार सिंघी, योगेश्वर ढकाल, पवन कुमार अग्रवाल, ज्ञान बहादुर जिसी, अनिता धिताल, मन्दिरा बस्नेत, सुर्योदय उर्जा प्रालि, अश्विनी कुमार आचार्य, योजना इन्भेष्टमेन्ट प्रालि, व्यास कुमार शर्मा, मनोज अधिकारी, कृष्ण कुमार श्रेष्ठ, प्रदिप कुमार अग्रवाल, हिमांशु धनावत, राजन राज डंगोल, नित्यानन्द पाण्डेय, अमर कुमार भट्टराई, सुधिर ज्ञवाली, अनिल अर्याल, माधव प्रसाद घिमिरे, राजेश कुमार जालस, कौशिल्यादेवी तुल्सियान, बद्रीनाथ गौतम, सरोजा हाडा, जानकी प्रसाद शाह, विष्णु प्रसाद उपाध्याय यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १०) माहालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी जीवन बाबु श्रेष्ठ, राकेश अग्रवाल, अनिता मल्लीक, शशि रंजन कलवार, महालक्ष्मी फाइनान्स लिमिटेड, मोहन राज जोशी, विनिता उपाध्याय, उमेश लाल श्रेष्ठ, सरिता भट्टराई, गौरव मित्तल, बबिता कुमारी श्रेष्ठ, मोहन लाल अग्रवाल, राम चन्द्र पोखरेल, दिपक कुमार रौनियार, अनु भट्टराई, बृष बहादुर बस्नेत, मनोज कुमार, सुजन कुमार काफ्ले, सबिन देवकोटा, तारा चन्द खेतान, सुरेश सापकोटा, संगिता गिरी, अनुपमा कुमारी सिग्देल, ऋचा भट्टराई (जोशी), डेविन श्रेष्ठ, रवि कुमार टिवडेवाल, दिनेश प्रकाश बस्नेत, चन्द भट्ट, भोज राज जोशी, प्रजीत राज पराजुली, शिवजी प्रसाद शाह कलवार, गीता देवी रौनियार, मनोरंजन रमन शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ११) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स कम्पनी सिताराम प्रसाद तुल्स्यान, दिपक राज काफ्ले, पृथ्वी राजभण्डारी, शालिकराम वेल्वासे, सरिता भण्डारी, गुरु प्रसाद खतिवडा, सकला गुरुङ, सन्ध्या ढकाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १२) लक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अविन वानिया, सविन वनिया, महेद्र कृष्ण श्रेष्ठ, बबिता खेतान, चन्द्र प्रकाश खेतान, अशोक गुप्ता, म्यूच्युयल ट्रेडिङ्ग, भुवनेश्वर शाह, हिमालय सेक्यूरिटिज एण्ड फाइनान्स, हिमालय एक्जीम, निरंजन पन्त, प्रकाश शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १३) लाइफ इन्स्योरेन्स कम्पनी कान्तिपुर शैलेन्द्र कुमार श्रेष्ठ, दिनेश राज भट्टराइ, सिद्धी मान बस्नेत, रुप ब.खड्का, डा. मदन कुमार दहाल, विश्वकरण जैन, प्रकाश नारायण मानन्धर, सुरेन्द्र ब.सिंह, जुगल किशोर टीवडेवाला यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १४) ग्लोबल लाइफ इन्स्योरेन्स कम्पनी बलराम न्यौपाने, उतर मान लामा, प्रा. डा. जयकृष्ण पाठक, गोबिन्द दाश श्रेष्ठ, प्रकाश मान तुलाधर, दुर्गा ब.श्रेष्ठ, राजेश काजि श्रेष्ठ, सुरेन्द्र बिर मालाकार यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १५) जीवनधारा लाइफ इन्स्योरेन्स विधामान राजभण्डारी, पसन्न राजभण्डारी, कृष्ण कपाली, जतन दुगडा, विकाश दुगडा, कुमद कुमार, दुगडा, विभुत गल छाजेड यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड ?

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहि कतै रासायनिक हतियार प्रयोग हुने छैन । इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका, उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग सङ्गठन(नेटो) गठबन्धनले हमला गर्यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहासकै महंगो सावित भयो अमेरिकालाई । किनकी आजसम्म पनि त्यही विषय उसको टाउँको दुखाइको विषय बनिरहेको छ । अन्य प्रकारका हतियारको प्रयोगले मान्छे सहजै मारिन्छ वा घाइते हुन्छ । रासायनिक हतियार त्यस्तो हतियार हो, जसले बाँचेकालाई पल पल मारिदिन्छ । तडपदै मर्नुपर्ने, त्यो पनि अर्धचेत वा अपांंगता भएका नागरिकभन्दा तल्लोस्तरमा रहनुपर्ने हुन्छ । अमेरिकाले हिरोसीमा र नागासाकीमा प्रयोग गरेको बमको प्रभाव हालसम्म देखिएको जापानी स्वयम् बताउँछन् । इराक र कुवेतबीचको लडाई होस वा इराक र इरानबीचको युद्धमा समेत रासायनिक हतियारको प्रयोग भएको थियो र त्यसले पारेको प्रभाव अझै पनि देखिने गरेको छ । उत्तरी यमन, भियतनाम र थाइल्याण्डको सीमा क्षेत्र, पर्सियन गल्फ युद्ध, फोकल्याण्ड र पछिल्लो पटक सिरियामा समेत रासायनिक हतियारको प्रयोग भएको देखिन्छ । जापान र चीनबीचको युद्धको समयमा समेत समान्य प्रकारका रासायनिक हतियार प्रयोग भएका बताइन्छ । त्यसवखत मस्टर्ड ग्यासको प्रयोग हुने गरेका थिए । नाजीहरुले कार्बन मोनोअक्साइड र हाइड्रोजन साइनाइडको प्रयोग गरेका थिए । हिटलरको ग्यास च्याम्बरमा विरोधीलाई राखेर मारेको विषय त आम मान्छेले थाहा पाएकै छन् । जेनेभा अधिसन्धीले सन् १९२५ देखि नै रासायनिक हतियारको प्रयोगमा रोक लगाएको छ, तर संसारभर नै यसको प्रयोग हुन भने छाडेको छैन । पछिल्लो पटक सिरियामा रासायनिक हतियारका कारण परेको प्रभाव यस शताब्दिकै हालसम्मको ठूलो मानिएको छ । पछिल्लो पटक सिरियामा सुरु भएको शान्ति वार्ता निष्कर्षमा पुग्न सकेन । परिणाम स्वरुप अहिले सिरिया रासायनिक हतियारको होडबाजीमा परेको छ । रासायनिक हतियारको कारण एकै पटक हजाराँै नागरिक प्रभावित भएका छन् । घाइते भएका नागरिक मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । पछिल्लो पटक गत चैत २३ गते सिरियाको खान सेइखुन शहरमा लडाकुले रासायनिक हतियारको भण्डारण गरेको र सिरियाली सरकारी फौजले त्यसमाथि आक्रमण गरेको परस्पर विरोधी खबर सार्वजनिक भएका छन् । सो शहर यतिखेर भूतको सहरमा परिणत भएको छ । सडकमा मुर्दा शान्ति छाएको छ । रासायनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण सयौ नागरिकले ज्यान गुमाए । सिरियामा सङ्घर्ष सुरु भएयता त्यो नै सबैभन्दा ठूलो रसायनिक आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो आक्रमणपछि मानिसहरु बस्ने घर खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्रा अझै छरपष्ट छन् । सन् २०१३ मा दमासकस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रसायनिक आक्रमण गरेपछि एक हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रसायनिक हतियार प्रयोग गर्न छाडेको भनिएको थियो । राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइएको छ । तर, रसायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो । स्थानीयका अनुसार उक्त टावर पनि छ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन । विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने सरकारको दावीलाई स्थानीयले पत्याएका छैनन् । ‘तपाइंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेष बाहेक केही छैन’, एक स्थानीयले भने । रसायनिक ग्यासले त्यत्रो मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवन क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहरु बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् । शहर भूत बंगलामा परिणत भएका छन् । मान्छेका लाशहरु छरपस्ट थिए । कसैका हात मात्रै भेटिएका छन्, कोहीका खुट्टा मात्रै देखिएका छन् । कपडाको चाङ पनि देखिन्छ । सडकमा ठूला ठूला खाल्डा रहेका छन् । सवारी साधनको आवत जावत छैन । नागरिकहरु सुरक्षित स्थान खोज्दै यत्रतत्र दौडिइरहेका छन् । यो भन्दा कहालीलाग्दाृ दृश्य अरु हुनै नसक्ने स्थानीयहरु बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण चैत २३ गते मंगलबार बिहान साढे ६ बजेदेखि सुरु भएको थियो । त्यो चार घण्टासम्म चलेको थियो । सुरुमा उनीहरुले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिएका थिए । मानिसहरु भुइँमै लड्न थालेपछि उनीहरुले बल्ल रसायनिक आक्रमण भएको बुझे । स्वास फेर्न गाह्रो भयो, हिड्दा हिड्दै नागरिक ढले । ‘स्थानीयले उद्धारकर्तालाई बचाउन आग्रह गर्दै फोन गरे । उनीहरु हिड्न पनि नसक्ने भन्दै भूईमा जोतिएका थिए । उद्दार टोली त पुगेको थियो तर सामान्य मास्कको भरमा । वरिपरी ग्यासको गन्ध आइरहेको थियो । घाइतेहरु मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरुको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए । पानी पानी भन्दै कराइरहेका सयौ नागरिक कोही घरको आँगनमा लडेका थिए भने कोही सडकको किनारमा जीवन र मृत्युको दोसाँधमा थिए । साना नानीहरु रोइरहेका थिए, हिक्क हिक्क गर्दे वृद्ध वृद्धा अल्लाह बचाउ भनीरहेका थिए । यस्तो ह्ृदयविदारक दृश्य पहिलो पटक देखिएको हो । युद्ध सुरु भएपछिकै यो सबैभन्दा भयंकर र डरलाग्दो क्षण हो, हामी पनि सामान्य मास्क मात्र लगाएर गएका थियौ । राम्रो सवारी साधन पनि थिएन, केही नागरिकको उद्धार ग¥यौ तर सबैलाई धेरै दिनसम्म पनि उद्धार गर्न सकिएन एक उद्धारकर्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका थिए । अस्थायी क्लिनिक राखिएको स्थान पुग्दा यो भग्नावशेषले भरिएको थियो । भित्रपट्टी अस्पतालका उपकरण, बेड, शल्यक्रियाका लागि प्रयोग हुने सामग्री र औषधीका साना बट्टाहरु धुलाम्ये भएर छरिएका थिए । कयौ औषधी काम नलाग्ने भएका थिए भने कयौ बमको धमाका सँगै उडेका थिए । नजिकैको चिहानमा अघिल्लो दिन मृतकहरुको अन्त्येष्टी गरिएको थियो । एउटा कुनामा १८ वटा नयाँ चिहान बनाइएको थिया र मृतक मध्ये २० जनाको नाम एउटा ढुंगामा कुँदिएको थियो । यो चिहानमा एकै परिवारका २० जनाको शव गाडिएको थियो । तर सबैभन्दा बढी पीडादायी घटनाको रुपमा दुई बच्चाहरुलाई आफ्नै आमासँगै पुरिएको थियो । आफ्नी पत्नी र नौं महिने जुम्ल्याहा सन्तान अहमद र आयालाई गाडेका एक सिरियन नजिकै बसेर रोइरहेका थिए । द सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही ब्यक्तिहरु जलेका थिए । राहत तथा उद्धारकमीकाअनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिक अस्पतालमा भर्ना भएका छन् । उक्त ‘रासायनिक’ हमलामा २७ बाल बालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दावी गरेको छ । उक्त समूहकाअनुसार ५ सय ४६ जना घाइते छन् । रासायनिक हतियारले तवाही पारेको सोही क्षेत्रमा अमेरिकाले पुन बमबाड गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको थियो कि, जसका कारण नागरिकले श्वास फेर्न समेत एकदमै मुश्किल परेको थियो । सिरियाली सरकारले भने सासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सेनाले आफ्नो बयानमा भनेको छ– उक्त हमलामा कुनै पनि रासायनिक हमला प्रयोग भएको छैन । आफूहरुले कुनै पनि रासायनिक हतियारको ब्यवस्था नगरेको उनीहरुको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ । सेनाका एक अधिकारीले सरकारी टेलिभिजनमा भने ‘‘हामी रासायनिक हतियारमा विश्वास राख्दैनौ । हामीलाई हाम्रो नागरिकको चिन्ता छ । हामी बहुलट्ठी भाडाका सिपाही होइनौ । विदेशी हतियारको बलमा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गराउन चाहने अमेरिका र उसको गठबन्धको इशारामा हाम्रा नागरिक माथि रासायनिक हतियारको प्रयोग भयो । यो कुनै पनि मूल्यमा क्षम्य हुन सक्दैन ।’’ सो घटनापछि शक्ति राष्ट्रहरु विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले आफूहरुले कुनै पनि खराब आक्रमण नगरेको जनाएको छ । सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । रासायनिक हतियारको प्रयोगमा अमेरिकाले रुसलगायतका मुलुकलाई दोष लगाएको छ भने रुसले गलत प्रचार गरिएको भन्दै प्रतिवाद गरिरहेको छ । हात हतियारको होडबाजीमा सिरिया माथि थप आक्रमण गर्ने हो भने त्यसले क्षेत्रिय शान्ति र अमनचयन थप खलबल्याउने देखिन्छ । यसअघि आतङ्कवादी समूह इस्लामिक स्टेटले उत्तरी इराकको एक गाउँमा पनि क्लोरिन र मास्टर्ड ग्यासको प्रयोग गरेका थिए । सो आक्रमणमा परि तीन जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए । इराकी सरकारका अनुसार यस्तो आक्रमण पहिलो हो । घटनामा मारिनेमा तीन वर्षकी बालिका फातिमा र १० वर्षका मासूमेह पनि थिए । फातिमाकी आमा जेनबले आफूहरु माथि खसेको रकेटमा रसायन रहेको र त्यसमा धेरै धुवाँ रहेको बताइन् । मैले उसलाई तान्ने कोशिश गरेँ तर, उनको आसपास निकै धुवाँ भएका कारण मैले तान्न सकिन । प्रभावित मानिसले बताएअनुसार क्लोरिनका कारण आँखा र नाक पोलेको थियो । पछिल्लो पटक सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ । रसियाली रक्षा मन्त्रालयले त्यो क्षेत्रमा कुनै हवाई आक्रमण नगरेको जनाएको छ । यदि सो आक्रमण रासायनिक नै थियो भन्ने पुष्टि भएमा सिरियाको गृहयुद्ध सुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमणको रुपमा चित्रित हुने छ । आक्रमणका प्रयोग भएको रसायनका कारण स्वास्थ्यकर्मीसमेत प्रभावित भएका थिए । बेहोश भएका, उल्टी गरेका र मुखबाट फिंज निस्केका मानिसलाई उपचार गर्न गाह्रो परेको थियो । सारिन नामक स्नायु विष प्रयोग गरिएको आशंका गरिएको छ । जनु विष साइनाईड भन्दा २० गुणा बढी खतरनाक मानिन्छ । सरिनको मात्रा बढी भएमा मान्छे निसासिएर मर्न सक्छ । उक्त ग्यासको रङ, स्वाद र गन्ध नहुने हुनाले त्यो पत्ता लगाउन समेत गाह्रो हुन्छ । पश्चिमा शक्तिहरुले सन् २०१३ मा पनि सिरियामाथि विद्रोही नियन्त्रित क्षेत्रमा सारिन प्रयोग गरेर सयौंको ज्यान लिएको आरोप लगाएका थिए । राष्ट्रपति बशर अल असदले सो आरोप अस्वीकार गर्दै रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमति जनाएका थिए । राष्ट्रसङ्घको एक निकायले गरेको अनुसन्धानमा सरकारी फौजले सन् २०१४ देखि २०१५ को बीचमा क्लोरिनलाई हतियारका रुपमा प्रयोग गरेको पाइएको प्रतिवेदन तयार पारेको थियो । इस्लामिक स्टेटका लडाकुले पनि पोल्ने रसायन प्रयोग गर्ने गरेको सो अनुसन्धानले देखाएको थियो । पछिल्लो पटक बढेको रासायनिक हतियारको होडलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घ र ठूला राष्ट्रको सकारात्म्क पहल एवम् प्रयत्नको जरुरी देखिन्छ । अन्यथा त्यसले संसारमा पार्ने प्रभाव सबैभन्दा बढी खतरनाक हुनेछ । जुन मानव सभ्यताका लागि कलङ्क सावित हुनेछ ।

चुनावले हवाई टिकट अभाव, निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकतामा राख्न आयोगले दियो निर्देशन

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकदै जाँदा हवाई टिकट पाउन मुस्किल भएको छ । निर्वाचनमा खटिन कर्मचारीले टिकट नपाएपछि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए । यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पु¥याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ । निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस

वाइडवडि किन्न ४० दिन भित्र ८ अर्ब पठाइँदै, दुई किस्तामै पूरै रकम चुक्ता गरेर जहाज आउने

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० सिरिजका वाइडवडी एयरबस खरिद गत चैत्र २५ गते सम्झौता गरेपछि अबको ४० दिन भित्रै पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाउने भएको छ । सम्झौताको ४५ दिन भित्र ८ करोड अमेरिकी डलर अर्थाता ८ अर्ब दिने सहमति भएको निगका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउने भएका छौ । बाँकी रकम अर्को चरणामा पठाउने गरी निगमले तय गरेको छ । यसका लागि निगमले कर्मचारी संचयकोषबाट वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने तयारी भइरहेको छ । सरकारी जमानि आवश्यक भएकोले ऋणको प्रक्रिया अगाडि बढिहरेको छ निर्धारित समयमा नै हामी जहाज दिने कम्पनी एएआरलाई पैसा पठाँउछौ श्रेष्ठले विकास न्युजसँग भने । निगमका महाप्रवन्धक सुगतरत्त कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका प्रतिनिधि दिपक शर्माले हस्ताक्षर गरिसकेका छन् । निगमले जहाज खरिद गर्ने र एएआरले विक्री गर्ने सम्झौता भैसकेको छ । अबको काम भने पैसा पठाउने मात्रै हो, उनले भने । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुनछ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति गरिसकेको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ । निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । नयाा जहाज आगामी एक वर्षभित्रै आउने छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गर्ने छ । निगमले जहाज खरिदका लागि बैना रकम १० करोड रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । वाइडडिका पाइलट विदेशीमात्रै निगमले यो वाइडवडि जहाज ल्याएपछि यसलाई उडाउन २ सेटका विदेशी पाइलट हुने भएका छन् । एक सेटमा १४ देखि १५ जना हुने छन् । यसर्थ निगमले ३० जना विदेशी पाइलटबाट जहाज उडाउने भएको छ । निगमका अनुसार नेपाली पाइलट दक्ष नभएसम्म विदेशी नै लिनुपर्छ । अहिले उडानमा रहेको एयरवसको न्यारोवडि जहाजमा पनि विदेशी पाइलटबाटै उडान सुरु गरेको हो । यो जहाज उडानउन अहिले ८ जना नेपाली पाइलट तयार भैसकेको छन् भने विदेशी पाइलट आवश्यक नरहेको पनि निगमले जानकारी दिएको छ । जहाज आएपछि प्रशिक्षक पाइलटका रुपमा पनि विदेशी आवश्यक पर्ने निगमको भनाइ छ । नेपाली दक्ष भएपछि विदेशी कम हुँदै जाने पनि निगमको भनाइ छ ।

सुपथ दरको आवास कर्जा निस्प्रभावी, भूकम्प पीडितको घरको बासमा आशा मात्रै

काठमाडौं । भूकम्प पीतितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्र्तगत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो । सरकारी तथ्यांक  अनुसार भूकम्पबाट करिब सवा ८ लाख घरमा क्षति पुगेको थियो । तीमध्ये पहिचान भएका घरघुरीो संख्या ६ लाख ३६ हजार रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांक छ । जसमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्रै निजी आवास पुनर्निमाणका लागि अनुदान सम्झौता भएको छ । कान्तिपुर दैनिकबाट ।

अप्टिकल फाइवर विछ्याउँन स्मार्ट टेलिकम अयोग्य, ६ र ७ प्रदेशका लागि पुनः टेण्डर

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ । देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो । यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताउनुभयो । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ । टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् । ६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमााभि रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ । अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।

कर फर्छ्योटका नाममा २१ अर्ब लुट, मिलेमतोमा साढे ३० अर्बमा ९० प्रतिशत छुट

काठमाडौं । सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योटका नाममा गम्भीर अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर फर्छ्योट आयोगका बारेमा छुट्टै छानबिन गरिरहेको छ । ‘प्रारम्भिक रूपमा उजुरीमाथि छानबिन हुँदा कर फर्छ्योटमा प्रशस्त अनियमितता देखियो,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘आयोगका एक महाशाखा प्रमुखको सुपरभिजनमा कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ ।’ अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्छ्योट आयोग गठन गरेका हुन् । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । आन्तरिक राजस्व विभागका महानिर्देशकले तोकेको सहसचिव सदस्य सचिव हुने कानुनी व्यवस्था रहेकामा महानिर्देशक चूडामणि शर्माले आफै सदस्य सचिवका रूपमा काम गरेका थिए । आयोगले आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्ने अधिकार पाएको थियो । सरकारले उठाउनुपर्ने तर असुलउपर नभएको राजस्वलाई बक्यौता भएको मानिन्छ । सिद्धान्ततस् अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाममात्रैको बक्यौता उठाएका हुन् । करदाताले समयमै कर नबुझाउँदा लामो समयदेखि बक्यौता रहन्छ । करदाता स्वयंले नबुझाउँदा, सरकारले तोकेको करमा चित्त नबुझाई प्रशासनिक पुनरावलोकन, न्यायाधिकरण र अदालतमा विवादमा पुगेका कारण लामो समयदेखि उठ्नुपर्ने राजस्व बक्यौताको रूपमा रहन्छ । वर्षोदेखिको बक्यौता रहनुभन्दा राज्यले निर्धारण गरेको कर उठोस् भन्ने उद्देश्यले कर फर्छ्योट आयोग गठन गरिन्छ । ‘केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो,’ महालेखा परीक्षक कार्यालय स्रोतले भन्यो, ‘राज्यकोषमाथि यो ठूलो लुट हो ।’ आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको स्रोतले जनायो । त्यो रकम बिना कुनै कारण बक्यौता भएको थियो । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनु स्वाभाविक मानिए पनि बिना कुनै कारण करदाताकै अटेरीले कर नउठ्नु लापरबाही हो । त्यस्तो प्रकृतिको राजस्व उठाउन कठोर रूपमा प्रस्तुत हुनुपर्ने आयोगका पदाधिकारीहरू आफैंले मिनाहा गरिदिएका हुन् । कान्तिपुर दैनिकबाट ।

विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा

काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।