नेपालीको टेलिफोन कुराकानीमै वार्षिक ८४ अर्ब खर्च, इन्टरनेटमा पनि वार्षिक१५ अर्ब
काठमाडौ । नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ। भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन् । एनसेलले आर्थिक वर्ष ०७२र७३ मा गरेको कुल ५५ अर्ब ४२ करोडको आम्दानीमा ४७ अर्ब ३९ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ । नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलको प्रमुख बजार छ । यी दुई कम्पनीको सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३७ करोड रुपैयाँ छ । भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवाप्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्रै छ । दूरसञ्चार सेवाप्रदायकमा एनसेल र टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एसटिएम टेलिकम र नेपाल स्याटलाइट छन् । प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति दिएका यी ६ वटा कम्पनीको टेलिफोन तथा सिमकार्ड वितरण गरेको आधारमा ग्राहक संख्या भने ३ करोड ३० लाख छ । यो संख्यामा मोबाइल सेवाका ग्राहक मात्रै ३ करोड १३ लाख छन् । पछिल्लो समय मोबाइल सेवाको प्रयोग बढेको र नेपालीको खर्च पनि मोबाइलकै कारण टेलिफोनमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा यो क्षेत्रबाट हुने वार्षिक आम्दानीको आकार करिब १ खर्ब रुपैयाँको छ । यो रकममा सबैभन्दा ठूलो हिस्सा भ्वाइसकै छ । अन्तर्राष्ट्रिय प्रचलन भने भ्वाइसभन्दा इन्टरनेट प्रयोगकर्ता बढी हुन्छन् । विकसित मुलुकमा धेरै सेवा इन्टरनेटका माध्यमबाट हुने भएकाले पनि डाटामा बढी खर्च गर्छन् । नेपालमा डाटा प्रयोगकर्ता विस्तारै बढ्न थाले पनि अझै भ्वाइसकै बजार हिस्सा प्रमुख छ । इ–गभर्नेन्सको प्रयोग बढ्ने, सबै सेवा इन्टरनेटबाटै हुने र सेवाप्रदायकले डाटाकै माध्यमबाट विश्वास जित्न सक्दैनन् तबसम्म भ्वाइसको डोमिनेट रहने प्राधिकरणको भनाइ छ । भ्वाइस सेवामा टेलिकम र एनसेलपछि युनाइटेड टेलिकम लिमिटेड ९युटिएल० मा भएको खर्च ४ करोड ८८ लाख छ भने स्मार्ट टेलिकममा भएको खर्च ८८ करोड ७५ लाख रुपैयाँ छ । स्मार्ट टेलिकमले गत वर्ष ०७२र७३ मा भ्वाइस र डेटामा गरी कुल १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ । स्मार्टका सेवाग्राहीको संख्या १४ लाख ४३ हजार छन् । स्मार्टको १ लाख १७ हजार डाटा प्रयोगकर्ता छन् । स्मार्टको डाटा सेवा भने ग्रामीण क्षेत्रलाई केन्द्रित गरी प्रयोगमा आएको छ । स्मार्ट टेलिकमले गर्त वर्ष गरेको कुल आम्दानीको २० प्रतिशत डाटामा रहेको अनुमानका आधारमा यसको भ्वाइस र डाटाको आम्दानी अनुमान गरिएको छ । इन्टरनेटमा मात्रै १५ अर्ब विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी) र दूरसञ्चार कम्पनीले दिएको डाटा सेवाको प्रयोग गरी नेपालीले इन्टरनेटमा वार्षिक १५ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो खर्चमा पनि स्मार्ट टेलिकमले ग्रामीण क्षेत्रमा दिएको डाटा सेवामा उसको कुल एक अर्ब १० करोड रुपैयाँको आम्दानीको २० प्रतिशतका दर अनुमान गरिएको छ । इन्टरनेट सेवामा नेपालीले सबैभन्दा बढी एनसेलकै लागि खर्च गरेका छन् । एनसेलमार्फत लिएको डाटामा नेपालीले गत वर्ष ८ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन् । यस्तो खर्च नेपाल टेलिकमका लागि भने जम्मा ४ अर्ब ७९ करोड मात्रै छ । टेलिकमले मोबाइल इन्टरनेट, फाइवर, वाइम्याक्स तथा इभिडोसहितबाट सेवा दिए पनि यसको डाटामा एनसेलको तुलनामा करिब आधा रकम मात्रै बजार हिस्सा छ । प्राधिकरणबाट ६५ वटा इन्टरनेट सेवाप्रदायकले अनुमति पाएका भए पनि ग्रामीण दूरसञ्चार कोषमा बुझाएको रकमका आधारमा हेर्दा ३७ वटा आइएसपी मात्रै सक्रिय छन् । यी सेवाप्रदायकका लागि नेपालीले एक वर्षमा २ अर्ब २९ करोड रुपैयाँ खर्च गरेका छन् । ३७ वटा सेवाप्रदायकले इन्टरनेट सेवा दिएबापत यो आम्दानी गरेका हुन् । डाटा सेवामा युटिएलका लागि पनि नेपालीले ४ लाख ८७ हजार रुपैयाँ खर्चिएको पाइएको छ । हाल डाटा सेवाको प्रयोगकर्ता १ करोड ४४ लाख रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको पहुँच ५४ प्रतिशतमा पुगेको छ । प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार डाटाको बजार बढ्दै गए पनि भ्वाइसको तुलनामा गति भने सुस्त नै छ । अन्नपूर्ण पास्टबाट ।
‘मस्र्याङ्दी ए’ ले किन पूँजी बृद्धि गर्यो, कम्पनीले डेढ अर्ब बढाएर कुल पूँजी १९ अर्ब ५५ करोड पुर्यायो
काठमाडौं। गत हप्ता उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक प्रवद्धन बोर्डले लमजुङ जिल्लाको भुलभुले गाविसमा निर्माणाधिन मस्र्याङ्दी ए ५० मेगावाटको जनविद्युत आयोजनाको पूँजी वृद्धि स्विकृत गरेको छ। कम्पनीले बोर्डमा प्रस्ताव गरेको पूँजी बृद्धिका लागि दिएको निवेदनमा ‘सर्ट ट्रम लोन’ तिर्न नसक्दा पूँजी बृद्धि गर्नुपरेको जनाएको छ। दुई बर्ष अगाडि गएको विनाशकारी महाभूकम्प र त्यसको केहि महिनापछि भारतले गरेको नाकावन्दिका कारण बैङ्कहरुको लोन तिर्न नसक्दा पूँजी बृद्धि अनिवार्य गर्नुपरेको जनाएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाली कम्पनी सरगमाथा पावरको १० प्रतिशत लगानी रहने गरी संयुक्त लगानीमा लमजुङमा अवस्थित मस्र्याङ्दी नदिमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजना संचालन गरी विद्युत उत्पादन गर्ने योजना थियो। सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले तोकिएको समयमा अर्को कारण पनि दिएको छ। उसले डलरको भाउ बृद्धि भई बजार मूल्य व्याज बृद्धि हन गएका कारण पनि पूँजीगत सामान तथा ज्यालामा थप भुक्तानी गर्नुपरेको उल्लेख गरेको छ। यसअघि स्थिर पूँजी १६ अर्ब १० करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको चालु पूँजी चार करोड ५० लाख रहेको थियो भने कुल पूँजी १६ अर्ब १४ करोड ९८ लाख रुपैयाँ थियो। कम्पनीले बोर्डसँग चालु पूँजी एक अर्ब ५३ करोड, चालु पूँजी एक अर्ब ८७ करोड गरी कुल तीन अर्ब ४० करोड तीनलाख रुपैयाँ थप पूँजी बृद्धि गर्न माग गरेको थियो। पूँजी थप भएपछि कम्पनीको स्थिर पूँजी थप भएर १७ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ, चालु पूँजी एक अर्ब ९१ करोड ५० लाख र कूल पूँजी १९ अर्ब ५५ करोड दुई लाख रुपैयाँ पुगेको छ। अब कम्पनीको थप भएको पूँजीपश्चात अधिकृत पूँजी १२ अर्ब ३७ करोड ८१ लाख ११ हजार र जारी पूँजी चार अर्ब ८४ लाख ४९ हजार ६७ हजार रुपैयाँ पुगेको छ। के छ कानुनी प्रावधान विदेशी लगानी भएका उद्योगहरुमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को दफा ३ को उपदफा ३ को व्यवस्थाअनुसार तथा औद्योगिक प्रवद्धन बोर्डको १८० औं बैठकवाट प्रत्यायोजित अधिकार अनुसार स्थिर पूँजी २ अर्ब रुपैयाँसम्म लगानी हुने उद्योगमा विदेशी लगानी भत्र्याउने स्वीकृति विभागले गर्न सक्ने र सो भन्दा बढी स्थिर पूँजी लगानी हुने उद्योगमो हकमा विदेशी लगानी भित्र्याउने स्वीकृति उद्योग तथा लगानी बोर्डवाट हुनुपर्ने प्रावधान रहको कारणले बोर्डले स्विकृति दिएको हो। पूँजी बृद्धि थपका लागि स्वीकृत ज्वाइन्ट भन्चर अग्रिमेन्टमा फरक पर्ने भए तदअनुरप संसोधन गरी जेभिए स्वीकृतिको लागी उद्योग विभागमा पेश गर्न निर्देशन समेत दिएको छ। त्यस्तै वातावरणीय मुल्याङ्कन प्रतिवेदन (इआईए) सम्वन्धि पनि फरक पर्नेहुँदा त्यसलाई पनि पुन हेरफेर गरी पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ।
बुद्ध धर्मको विकासमा श्रीलङ्काले सहयोग गर्ने
काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन्। किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बुधबार आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उहाँले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न्यूनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दिक्षा दिइएको बताए । राजदूत परेराले नेपालमा बुद्ध धर्मको पुनरुत्थानमा श्रीलङ्काको ठूलो सहयोग रहेको स्मरण गर्दै नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई बौद्ध धर्म, साहित्य तथा दर्शनको माध्यमबाट बलियो र सद्भावयुक्त बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । निर्वाणमूर्ति बिहारका महासचिव अमृतमान ताम्राकारले बुद्वको समयमा नारी स्वतन्त्र भई धर्म अभ्यास गर्ने अवस्था नरहेको बताउँदै तत्कालीन समाज परिवर्तनका लागि प्रजापति गौतमीलाई बुद्वले भिक्षुणी बन्ने अनुमति दिएको विचार व्यक्त गरे। आनन्दकुटी बिहारका प्रमुख भिक्षु धम्ममूर्तिले नेपाल र श्रीलङ्बीच रहेको पुरानो सम्बन्धलाई जनस्तरमा पनि प्रबद्र्धन गनुपर्नेमा जोड दिएका छन् । धम्मावती भिक्षुणी कुसुमले ‘भिक्षुणी महाप्रजापति गौतमीको ऋद्धि प्रतिहार्य’ भिक्षुणी वीर्यावतीले ‘नारी जातिको उत्थानका लागि महाप्रजापति गौतमीको योगदान’ र उर्मिला तम्राकारले ‘बुद्व, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
उद्योग बाणिज्य महासंघको निर्वाचनमा बस्तुगत तर्फबाट स्वतन्त्र प्यानलको घोषणा
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा बस्तुगत तर्फबाट उपाध्यक्षसहित १२ जनाले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार साँझ टंगालस्थित स्वार्णिम बुटिक होटलमा औपचारिक कार्यक्रम गरी उनीहरुले स्वतन्त्र प्यानलको नाममा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल कार्पेट व्यवसायी संघका अध्यक्ष अनुपबहादुर मल्लले बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको समूहबाट १२ जनाले कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । फेल्ट एसोसिएसन अफ नेपालको तर्फबाट नरेशलाल श्रेष्ठ, नेपाल फ्रेड फवार्ड एसोसिएसनको तर्फबाट प्रकाशसिंह कार्की, फिसिएरी एसोसिएसन अफ नेपालको तर्फबाट तुलसीलाल गिरि, नेपाल कपडा तथा सिलाई एसोसिएसनको तर्फबाट सुरज बज्राचार्य, नेपाल हस्तकला महासंघतर्फबाट हेमरत्न शाक्य, फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसनको तर्फबाट रबिन श्रेष्ठ, नेपाल प्रिन्टर्स एसोसिएसनको तर्फबाट नरेश बहादुर मल्ल, कुरीयर एसोसिएसनको तर्फबाट खेम पन्त, नेपाल विज्ञापन संघको तर्फबाट सन्तोष श्रेष्ठ, टेशनरी एण्ड एजुकेशन मेटिरियल्स इन्डस्ट्रीज एसोसिएसनको तर्फबाट सुनिल गोपाल श्रेष्ठ र बैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट एक जना गरि १२ जनाले उम्मेदवारी घोषणा गरेका छन् । बैदेशिक रोजगार संघको तर्फबाट विमल ढकाल वा पूर्व अध्यक्ष मध्ये एक जनाको उम्मेदवारी हुने मल्लले बताए । उम्मेदवारी घोषणा सभामा ३० वटा बस्तुगत संघको प्रतिनिधि उपस्थित रहेको उनले बताए । तर महासंघका पदाधिकारी वा पूर्वअध्यक्षहरु कोही पनि सो कार्यक्रममा सहभागी नभएको मल्लले बताए ।
ब्राजिल अझै आर्थिक मन्दीबाट गुज्रिँदै, नतिजा सुधारोन्मुख
ब्राजिल । ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मङ्गलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा केही सुधारका सङ्केत भने देखिएका छन् । ब्राजिलको सरकारी तथ्याङ्क कार्यालयले मङ्गलबार जारी गरेको रेकर्डमा मुलुकको अर्थतन्त्र सन् २०१६ को अन्तिम तीन महिना (अन्तिम त्रैमासिक) अवधिमा ०.९ प्रतिशतमा खुम्चिएको जनाइएको छ । सन् २०१६ मा औसत आर्थिक गिरावट ३.६ प्रतिशत कायम रहेको छ । सन् २०१५ मा औसत आर्थिक मन्दीदर ३.८ प्रतिशत रहेको थियो । ब्राजिलमा आर्थिक तथ्याङ्क अध्ययनलाई लिपिबद्ध गर्न थालिएपछि भएको यो सबैभन्दा ठूलो दरको गिरावट भएको उक्त कार्यालयले बताएको छ । तेलमा आएको भारी गिरावट, भटमास, धातु र अन्य दैनिक उपभोग्य वस्तुको निर्यात घाटा तथा राजनीतिक अस्थिरता र ठूल्ठूला भ्रष्टाचारका प्रकरणले गर्दा ब्राजिलको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको हो । ब्राजिलमा देखिएको आर्थिक मन्दीसँगै यहाँको बेरोजगारी समस्या १२.६ प्रतिशत पुगेको छ । मन्दीका कारण यहाँका करिब एक करोड ३० लाख मानिस बेरोजगार छन् । सन् २०१६ देखि ब्राजिलमा राजनीतिक सङ्कट चुलिएको थियो । पूर्व राष्ट्रपति दिल्मा रुसेफमाथि सरकारी ढुकुटीलाई गैरकानुनी रूपमा चलाएको भन्दै महाअभियोग लगाइएपछि ब्राजिलमा राजनीतिक अन्योल देखा परेको थियो । रुसेफसँगै उनका केही सहयोगीलाई समेत उनलाई महाभियोग लगाइएपछि उत्तराधिकारी बनेका मिसेल टिमरले सुधारका कार्यक्रम ल्याएको बताइएको छ । रासस/एएफपी
‘आधुनिक नेपाली खाना महोत्सव’हुने, नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्य
काठमाडौं । विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रको विकासमा काम गरेको हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आगामी शनिबारदेखि ‘आधुनिक नेपाली खाना महोत्सव’ गर्ने भएको छ । फाउन्डेसनले मंगलबार साँझ पत्रकारसम्मेलन गरेर नेपाली खाना तथा स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यका साथ इभेन्ट सम्राट गार्डेन रेस्टुरेन्ट सामाखुसीमा महोत्सव गर्न लागेको जानकारी दिएको हो । फाउन्डेसनका अध्यक्ष महेशराज ढकालले नेपालको पर्यटन क्षेत्रमा परामर्श, तालिमलगायत काम गर्दै आएकोमा केही वर्षदेखि नेपाली खानाको प्रवद्र्धन गर्नका लागि आधुनिक खाना महोत्सव गर्दै आएको जानकारी दिए । उनले भने, “संस्थाले होटल, रेस्टुरेन्ट, बार, रिसोर्ट, होमस्टे आदिमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै नेपालको हस्पिटालिटी उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ ।” यस्तो कार्यक्रमले नेपालको हस्पिटालिटी (अतिथि स्वागत) उद्योगलाई विदेशसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएका छन् । रासस
होटलभन्दा होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण, यस्ता छन् कारण
लमजुङ । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन् । जिल्लामा भित्रिएकामध्ये हजारौँ पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् । जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टेलाई नै गन्तव्य बनाउँदै आएका छन् । लमजुङका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् । घलेगाउँ तथा भुजुङमा मात्रै वार्षिक ४० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको बताइन्छ । यातायात सुविधा भएपछि पर्यटक सदरमुकाम बास नवसी सिधै घलेगाउँ पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट करिब तीन घन्टामा घलेगाउँ पुग्न सकिन्छ । “पहिला घलेगाउँ पुग्न कम्तीमा छ घन्टा हिँड्नु पर्थ्यो, एकरात बेसीसहरमै बास बस्नुपर्थ्यो” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले भन्नुहुन्छ “अहिले गाउँसम्म मोटर पुगेपछि पर्यटक सिधै गाउँ पुग्छन् ।” गाउँमा मोटर पुगेपछि आन्तरिक पर्यटक थप आकर्षित भएको घलेले बताए । घलेगाउँ पुगेका पर्यटक घनपोखरा, एक गाउँ एक गाविस भनेर चिनिने भुजुङसम्म पुग्ने गरेका छन् । सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको गाउँसहरको काउलेपानी पछिल्लो समय पर्यटकको विशेष रोजाइमा परेको छ । सदरमुकामबाट मोटरमा एक घन्टा र पैदल दुई घन्टामा काउलेपानी पुग्न सकिने भएकाले प्रायः पर्यटक सदरमुकामका होटल छोडेर होमस्टे पुग्दछन् । घलेले राज्य गरेको यो ठाउँमा शाहकालीन राजा कुलमण्डनका माहिला छोरा कालु शाहले राजकाज चलाएको दरबार पनि छ । नेपालको राजनीतिक इतिहासका शाहवंशीय राजाको दरबार, रानीकुवा, कालिका भगवतीको मन्दिरलगायतका ऐतिहासिक कुरा विशेषगरी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेको काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङ बताउछन्। गुरुङका अनुसार काउलेपानीभन्दा केहीमाथि पुरानकोट गढीबाट एकैपटक फिस्टेल हिमाल, अन्नपूर्ण, लमजुङ पहिलो, दोस्रो र तेस्रो हिमाल, मनास्लुलगायतका एकदर्जन हिमाल नजिकबाट अवलोकन गर्न पाइने भएकाले बाह्य पर्यटक बढी मात्रामा आकर्षित हुने गरेका छन् । सदरमुकाम बेसीसहरबाट एक घन्टामा पुग्न सकिने खासुर पनि पर्यटकको रोजाइमा पर्दछ । गुरुङ समुदायको बाहुल्यता रहेको खासुरमा प्राकृतिक सुन्दरता, स्थानीय संस्कृतिसँगै कन्याले सञ्चालन गरेको सामुदायिक खाजाघर विशेष आकर्षणको छ । खासुरमा ३७ अविवाहित नारीको सक्रियतामा सामुदायिक खाजा घर सञ्चालन गरिएको छ । गाउँमा आएका पाहुनालाई सोही सामुदायिक खाजाघरमा लगेर नाचगानसहित स्वागत गरिन्छ । अन्य कामका सिलसिलामा बेसीसहरसम्म आउने पनि होमस्टे अनुभवका लागि खासुर पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्ग नजिकै पर्ने ताघ्रिङको छापामा पनि होमस्टे अनुभवको लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक होटलको बसाई छोडेर होमस्टे अनुभवको लागि गाउँ पस्ने गर्दछन् । “पदमार्गबाट होटल छोडेर २० मिनेट हिँडेपछि होमस्टे गाउँ पुग्न सकिन्छ” छापा गाउँकी होमस्टे सञ्चालिका आशकुमारी गुरुङले भने “होमस्टेको अनुभव लिन होटल छोडेर पर्यटक गाउँ आउने गरेका छन् ।” पछिल्लो समय लमजुङका होमस्टेले देश विदेशमा चर्चा पाउन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटक दिन लम्ब्याएर होमस्टे आउने गरेको सिउरुङ होमस्टेका सचिव उमरबहादुर गुरुङ बताउछन् ।रासस
धौलागिरिमा कुखुरा आयतमा प्रतिबन्ध
पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा सुधीर थापाले बताए । “सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ ।” उनले भने, “धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ ।” धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्री फार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन् । प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा समेत कर्मचारी परिचालन गरिएको डा। थापाले जानकारी दिए । धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ । धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन् । बर्डफ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । एक साताअघि प्रतिकिलो ३६० रुपैयाँमा पाइने मासु अहिले ४४० रुपैयाँमा बिक्री हुँदै आएको छ । रासस