विकासन्युज

एनआईसी एसिया बैंकले पायो १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति

काठमाडौं । एनआईसी एसिया बैंकले सेयरधनीलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले ८७ लाख २९ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ८७ करोड २९ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३१ रुपैयाँ रहेको छ ।

लक्ष्मी लघुवित्त र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम लक्ष्मी लघुवित्त वित्तीय संस्था लिका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न पाउने छन् । उक्त सम्झौतापत्रमा लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि एजेन्टहरु छन् । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको बुमका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको पन्तले जनाए ।

नेपालको जलविद्युत् क्षमता ८५ हजार मेगावाट, ५० वर्षअघिको रिपोर्टमा १९०० मेगावाट थपियो

काठमाडौं । नेपालको जलविद्युत् उत्पादन क्षमता ८४ हजार ९ सय मेगावाट रहेको देखाएको छ ।  जल तथा ऊर्जा आयोग सचिवालयले गरेको पछिल्लो अध्ययनले सो देखाएको हो । सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरी गरिएको अध्ययनले नेपालको उत्पादन क्षमता ८५ हजार मेगावाट रहेको देखाएको हो । ५० वर्षअघि गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट उत्पादन क्षमता रहेको उल्लेख ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी बताए ।  यसैलाई आधिकारिक मानिंदै आएको छ । त्यसयता यस बारेमा विस्तृत अध्ययन हालसम्म भएको थिएन । परामर्शदाताले उपलब्ध गराएको अन्तरिम प्रतिवेदनमा ‘क्यू ४०’ प्रणालीका आधारमा ८४ हजार ९ सय मेगावाट देखिएको आयोगले जानकारी दिएको छ । यसअघि प्राज्ञिक आधारमा विश्लेषण गर्दै नेपालको जलविद्युत् क्षमता १ लाख ५० हजार मेगावाटभन्दा बढी हुनसक्ने प्रारम्भिक प्रतिवेदन यही परामर्शदाताले दिएको थियो । परामर्शदाताले अन्तरिम प्रतिवेदन दिएको छ । उत्पादन क्षमता नदी वेसिन                    क्षमता (मेगावाट) कोशी                          २८८१० गण्डकी                       २४१३५ कर्णाली                       २५४६६ महाकाली                    ३०२१ वागमती                       १०४३ राप्ती                           ९९९ बबई                            ४४६ कन्काई                        ४११ कमला                          २५५ तिनाउ                          १५८ बर्कैया                          ९४ मेची                             ६२ स्रोतः जल तथा ऊर्जा आयोग सचिवालयल कुल पानीको क्षमताको आधारमा यो तथ्यांक दिए पनि त्यसलाई वास्तविक उत्पादन क्षमताको आधारमा विश्लेषण गर्दा फरक पनि पर्न सक्ने आयोगले बताएको छ ।  दश नदी वेसिनलाई आधार मानेर तयार पारिएको प्रतिवेदनमा सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशीमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ६२ मेगावाट रहेको छ । यस्तै, गण्डकीमा २४ हजार १ सय ३५, कर्णालीमा २५ हजार ४ सय ६६, महाकालीमा ३ हजार २१, वागमतीमा १ हजार ४३, राप्तीमा ९ सय ९९, बबईमा ४ सय ४६, कन्काईमा ४ सय ११, कमलामा २ सय ५५, तिनाउमा १ सय ५८ र बर्कैयामा ९४ मेगावाट उत्पादन क्षमता देखिएको छ । नेपाल र भारत दुवै देशका साझा आयोजनाको रुपमा अघि बढेका कर्णाली चिसापानी, पञ्चेश्वर लगायतका आयोजनाको भने आधा क्षमतालाई मात्र प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल जलविद्युत् उत्पादन क्षमता अघिल्लो मिल्दोजुल्दो देखिए पनि व्यावसायिक रुपमा उत्पादन क्षमता भने ५० हजार मेगावाट नाघ्ने प्रारम्भिक अध्ययनले देखाएको छ । २०७४ असारसम्ममा नेपालको कुल र व्यावसायिक क्षमताबारे स्पष्ट प्रतिवेदन आउने आयोगले जनाएको छ ।

एनएमबि माइक्रोफाइनान्स र युके एडबीच सहकार्य, सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सहकार्य भएको छ । दुई संस्थाले दुर्गम जिल्लाका सदस्यहरुलाई वित्तीय पहुँच पुर्याउने उद्धेश्यले उक्त सहकार्य गरेका हुन् । उक्त सहमतीपत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र सक्षम एक्सेस टु फाइनान्सको तर्फबाट टोली प्रमुख वलजित वोहोराले हस्ताक्षर गरेका छन् । कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोनाजोले सक्षम सँगको सहकार्यले दुर्गम भेगका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न सहज हुने कुरा बताए । उनले साना वयवसायलाई लक्षित गरी सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने बताए । त्यस्तै युके एड सक्षमका टोली प्रमुख वोहोराले एनएमबिमाइक्रो फाइनान्स वित्तीय संस्थालाई देशका पाँच वटा दुर्गम जिल्लाहरु मनाङ्ग , मुस्ताङ्ग , रुकुम, म्याग्दी र इलाम जिल्लामा कार्यक्रम विस्तारकालागि आवश्यक सहयोग गर्ने बताए । समझदारी बमोजिम एनएमबिमाइक्रोफाइनान्सले आगामीदुई वर्षभित्र ५ वटा जिल्लामा शाखा/उपशाखाहरु खोली७ हजार ५ सय २९ घरपरिवारलाई आयआर्जन गर्नका लागि ऋण प्रदान गर्ने र सो ऋणबाट महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा जोड दिनेछ ।

सानिमा बैंकको ४५ औं शाखा टिमुरेमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा ४५ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले यूकेआइडीद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेसि टु फाइनान्स)को सहकार्यमा सो सेवाको विस्तार गरेको हो । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पुर्याइरहेको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गरेका छन् । उद्घाटन  समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने विचार व्यक्त गरेका छन् । साथै आगामी दिनहरुमा पनि यस बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेतसम्म ४५ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेका छन ।

साढे १३ अर्ब खर्चेर काठमाडौंमा सहरी केवलकार बनाइने, अनुमति पाएको २ वर्षभित्र संचालनको तयारी

काठमाडौं । काठमाडौंमा सहरी केवलकार बनाउन पञ्चकन्या इन्डस्ट्रियल ग्रुप, कालिका कन्ट्रक्सन ग्रुप, फ्रान्सेली कम्पनी पोमा सास र काठमाडौं एयर ट्राम एण्ड केवलकारले संयुक्त रुपमा प्रक्रिया अगाडि बढाएका छन् । यी चारवटा कम्पनीले गरेको संयुक्त प्रयासबाट काठमाडौं उपत्यकाको विभिन्न चार वटा स्टेशनबाट केवलबार संचालन गर्न सकिने उल्लेख छ । केवलकार संचालनका लागि करिब साढे १३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको काठमाडौं एयर ट्राम एण्ड केवलकारका अध्यक्ष श्याम श्रेष्ठले बताए । उनका अनुसार प्रक्रिया अगाडि बढाइएको छ । ‘अहिले सरकारसँग केवलकार निर्माण गर्न अनुमति माग्ने र लगानी जुटाउने काम भइरहेको छ,’ श्रेष्ठले विकास न्युजसँग भने । सरकारी अनुमति पाउनसाथ निर्माण चरणमा जाने गरी तयारी भइरहेको छ । सरकारले निर्माण अनुमति दिएको २ वर्ष भित्रमा काठमाडाै‌मा केवलकार संचालन गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार जम्मा काठमाडौं भित्र संचालन हुने यस्तो केवलकार २५ देखि ४० किलोमिटरमा हुने उल्लेख छ । २५० वटासम्म गोन्डोला अर्थात केवलकारकाे डिब्बा रहेने छन् । यो केवलकारमा प्रति गोन्डोलाको यात्रु क्षमता १२ जनासम्म हुने छ । काठमाडौंमा संचालन हुने यस्तो केवलकारमा भएको योे लगानी ८ वर्षमा नै फिर्ता हुन सक्ने अनुमान गरिएको छ । हरेक स्टेशनबाट दैनिक एकतर्फि नै २० हजार यात्रुलाई सेवा दिन सक्ने क्षमताको यो केवलरमा दुइतर्फि भने ४० हजार जना रहने उल्लेख छ ।  प्रति यात्रु जार्च ६० रुपैयाँ हुने यस्तो केवलकारमा पर्यटकका लागि भने १ सय देखि १२० रुपैयाँसम्मको प्रस्ताव गरिएको छ । के छ विस्तृत संम्भाव्यता अध्ययन प्रतिवेदनमा ? काठमाडौंकाे सहरि केवलकारको नाममा भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन यस अघि नै फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले तयार पारिसकेकाे उल्लेख छ । प्रतिवेदनमा काठमाडौंमा केवलकार सञ्चालनका लागि चारवटा लाइनहरुको पहिचान गरिएको छ । लगनखेल—जमल, टंकेश्वर—गोंगबु, कलंकी—रत्नपार्क र बौद्धनाथ—बिष्णुमति गरी चारवटा लाइनमा केवलकार सञ्चालन गर्न सकिने उल्लेख छ । प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरीमा ७ किलोमिटर हुनेछ । यसमा एक एक किलोमिटर दुरीमा ७ वटा स्टेशन हुनेछन् । बौद्धनाथ, चावहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, दरबार क्षेत्र र विष्णुमतिमा स्टेशन हुने उल्लेख छ । यी बाहेक अन्य लाइनमा पनि एक एक किमिकाे स्टेशन हुने छन् । काठमाडौं अर्बन केवलकार परियोजनाको डीपीआरका लागि फ्रान्सेली कन्सल्ट्यान्ट कम्पनीसँग भौतिक मन्त्रालयले सन् २०१५ फेबुअरीमा सम्झौता गरेको थियो । एक वर्षभन्दा बढी समय लगाएर कन्सल्ट्यान्ट कम्पनीले सन् २०१६ मा नै प्रतिवेदन बुझाएको थियो । यो प्रतिवेदनमा अहिले निर्माण कम्पनीले सरकारबाट गो अ हेड भन्ने अनुमाति मात्रै पर्खिरहेको पनि श्रेष्ठले बताए । प्रक्रिया अगाडि बढाउने र लगानी जुटाउनेसँगसँगै यो केवलकार परियोजना लागि लागनी जुटाउने र निर्माणका निम्ति आवश्यक प्रक्रिया सँगसँगै अगाडि बढाउने काम भइरहेको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठूलो लगानी भएको र एउटैले जुटाउन नसक्ने भएकोले विदेशी लगानीकर्ता र दातृ निकायसमक्ष पनि आग्रह गर्ने काम भइरहेको उनले बताए । नेपाली लगानीकर्ता, फ्रान्सेली लगानीकर्ता, एसियाली विकास बैंक (एडीबी) विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायतलाई सहभागी बनाएर पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा केवलकार निर्माण गर्ने योजनासमेत रहेको उल्लेख छ । केवलकारले यात्रुको ५० देखि ६० प्रतिशत समय बचत गरिदिने हुने, निजी सवारी सञ्चालनको खर्च घट्ने, सवारीको जाम ५० प्रतिशतसम्मले नै घट्ने, प्रदूषण कम गर्ने र वातवरणमैत्री हुने दाबी कम्पनीको छ । सहरीकरणको तीब्र विकाससँगै केवलकार आवश्यकता भएको पनि श्रेष्ठले जानकारी दिए ।

६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्दै जनता बैंक

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्ने सम्भावना बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धि निर्णयसँगै जनता बैंकका प्रवद्र्धकहरु हकप्रद सेयर निश्काशन सम्बन्धी निर्णय फिर्ता लिने कसरतमा लागेका छन् । जनता बैंकले फागुन १ गते साधारणसभा गरी ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो । उक्त साधारणसभा लगत्तै जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशनमा जाने सहमति भएको छ । उक्त सहमतिलाई दुबै बैंकले खुलस्त रुपमा सार्वजनिक गर्न चाहेका छैनन् । एउटा मर्जर तथा एक्विजिशनको प्रक्रिया पूरा नगरी अर्को मर्जर वा एक्विजिशन प्रक्रियामा जान नपाइने राष्ट्र बैंकको नीतिका कारण जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशन सहमति सार्वजनिक नगरिएको हो । जनता र त्रिबेणी विकास बैंकबीच एक्विजिशन प्रक्रिया टुंगिन बाँकी रहेकोले सिद्धार्थसँगको सहमतिलाई ‘गोप्य जस्तो’ राखिएको छ । यद्यपि दुई बैंकबीचको सहमति सम्बन्धित नियामक निकायहरुमा पत्राचार गरेर  जानकारी गराएको छ । सोही अनुसार नेपाल स्टक एक्स्चेञ्जमा फागुन १९ गतेदेखि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार बन्द भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि जनता बैंकको लागि चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने थप हकप्रद सेयर निष्काशन गर्नु पर्ने छैन । ‘जनताले त्रिवेणी विकास बैंक प्राप्ति गरेपछि ४ अर्ब ७२ करोड चुक्ता पुँजी हुन्छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि चुक्ता पुँजी ७ अर्ब ८ करोड हुन्छ । तीन वटा संस्थाले चालु आर्थिक वर्षमा गरेको नाफा एक अर्ब पुग्छ । त्यसलाई अर्को वर्ष बोनस सेयर कन्भर्ट गर्दा चुक्ता पुँजी ८ अर्ब पुग्छ’ जनता बैंक सम्बद्ध स्रोतले भन्यो–‘चुक्ता पुँजी ८ अर्ब बनाउने उदेश्यले हकप्रद सेयर निश्काशन गर्ने भनिएको हो । पुँजी पुग्छ भने हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय अर्को साधारणसभाबाट फिर्ता गर्न सकिन्छ ।’ पुँजी मात्र बढाएर नहुने, व्यापार र नाफा पनि बढ्नु पर्छ भन्ने लाईनमा प्रवद्र्धकहरुबीच छलफल चलिरहेको उनले बताए । जनता बैंकले ६० प्रतिशत हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय फिर्ता लिएमा ‘वेल रेगुलेटेड र ट्रान्सपरेन्ट’ भनिने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति  विश्वास गुम्ने छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले भने यसअघि गरिएको निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि मात्र जनता बैंकमा गाभिने बताएको छ । ‘हामी ६० प्रतिशत हकप्रद सेयर पनि निश्काशन गर्छौ र स्वाप रेसियो १०० भन्दा कम हुने छैन’ सिद्धार्थ बैंक स्रोतले भन्यो ।

हिमालयन बैंकको १ लाख ४५ हजार कित्ता साधारण सेयर लिलामीमा

काठमाडौं । हिमालयन बैंकको १ लाख ४५ हजार ५८० कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । चैत १६ गतेसम्ममा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमा आवदेन गर्न सकिनेछ । बोलकबोलको सेयर चैत्र १७ गते खुला गरिने छ ।