शिखर इन्स्योरेन्सले १३ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
नेप्सेको ‘क’ वर्गमा १०७ वटा कम्पनी सूचिकृत, हेर्नुहोस् कुन कुन परे?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत भएका छन् । मंगलबार नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ४५, बीमा समूहबाट १७, वित्त समूहबाट १४, जलविद्युत समूहबार ३, होटल र अन्य समूहबाट एक एक वटा कम्पनी गरि जम्मा १०६ वटा कम्पनी सूचिकृत भएका छन् । धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले ‘क’ वर्गमा सुचिकृत गर्दै आएको छ । शर्त अनुसार चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय-व्यय विवरण पेश गरेको हुनुपर्ने नेप्सेले जनाएको छ । हेर्नुहोस् सूचिकृत भएका १०७ कम्पनी
२६ वटा बाणिज्य बैंकको नाफा २० अर्ब ५९ करोड, ६ महिनामै एक अर्ब क्लबमा ६ बैंक
काठमाडौं । २६ वटा बाणिज्य बैंकहरुले पुस मसान्तसम्ममा २० अर्ब ५९ करोड नाफा कमाएका छन् । यीनै बैंकले गत आर्थिक बर्षको सोही अवधीमा जम्मा १४ अर्ब ४ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । चालु आवको पुस मसान्तसम्ममा ६ वटा बाणिज्य बैंकहरु एक अर्ब नाफा कमाउन सफल भएका छन् । गत पुससम्ममा जम्मा चार वटा बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाउन सफल भएका थिए । यसपाली प्रभु बैंक र हिमालयन बैंक ६ महिनामै एक अर्ब नाफा कमाउने बैंकको सूचिमा थपिएका हुन् । गत पुससम्ममा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाएका थिए । एक अर्ब कमाउन सफल भएका बैंकहरुमध्ये नेपाल बैंक राष्ट्रिय बाणिज्य बैंक दुबै सरकारी हुन् । सबै भन्दा धेरै नाफा नेपाल बैंकले कमाउन सफल भएको छ भने सबै भन्दा कम नाफा कमाउने बैंकको सूचिमा सिभिल बैंक परेको छ । सिभिलले १६ करोड ७३ लाख मात्रै कमाएको छ भने सेञ्चुरीले २२ करोड ३९ लाख नाफा कमाएको छ । उता, धेरै कमाउने बैंकको सूचिमा एक नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब ८९ करोड नाफा कमाएको छ । दोश्रो नम्बरमा नविल बैंक रहेको छ । नबिलले एक अर्ब ७४ करोड कमाएको छ भने तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड नाफा कमाएको छ । चौथो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकले भने एक अर्ब २१ करोड कमाएको छ । पाँचौंमा रहेको प्रभु बैंकले एक अर्ब ११ करोड कमाएको छ भने छैठौं नम्बरमा रहेको हिमालयनले एक अर्ब २ करोड नाफा कमाएको छ । धेरै नाफा कमाउने १० बैंकको सूचिमा एभरेष्ट बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक परेका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक भने ११ औं नम्बरमा रहेको छ ।
कुलप्याड स्मार्ट फोन नेपाली बजारमा, सर्वाेत्कृष्ट ५ स्मार्टफोन भित्र पर्ने लक्ष्य
काठमाडौं । सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा छाइरहेको कुलप्याड अब नेपाल भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवद्धकको रुपमा कुलप्याड स्मार्टफोन्स नेपाली बजारमा भित्र्याएको छ । सोमबार हायात रेजेन्सी होटलमा आयोजित विशेष कार्यक्रममा कुलप्याड ग्लोबलका सीइओ जेम्स डु, जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामूहिक रुपमा कुलप्याड स्मार्टफोन नेपाली बजारमा प्रवेश गरेको घोषणा गरे । सोही अवसरमा कुलप्याड स्मार्टफोनको प्रमुख र विशेष कुलवान फोन पनि सार्वजनिक गरिएको छ । कुलवान नेपाली बजारका लागि १३+१३ मेगापिक्सल ड्युल रियल क्यामेरा भएको पहिलो फोन हो । एफ/२.० अपाचर र ड्युल टोन एलडीडी फ्यालसहित १३ मेगापिस्सेल जोडी सेन्सर क्यामेरा हुनु नै यसको मुख्य र नौलो विशेषता हो । पहिलो पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रो सेन्सरले डेप्थ, डिटेइल र ब्राइटनेशको सन्तुलन मिलाउने कम्पनीले जनाएको छ । यस मोवाइलको फ्रन्ट क्यामेर ८ मेगापिक्सेल छ । नयाँ सार्वजनिक गरिएको कुलवानको मूल्य मात्र ३० हजार ९९६ रुपैयाँ तोकिएको छ । नेपालमा कुल प्याड लन्च गर्दै ग्लोबलका सीइओ जेम्स डुले बजारमा नयाँ टेक्नोलोजी ल्याउन कुलप्याड हरदम आतुर रहेको बताए । प्रयोग गर्न सरल तर उत्कृष्ट टेक्नोलोजी प्रदान गर्नु नै कुलप्याडको विशेषता भएको उनले बताए । जयमाँ इन्टर कन्टिनेन्टलसँगको हाम्रो यस साझेदारीले नेपाली बजारमा उत्कृष्ट सेवा प्रदान गर्ने उनको भनाई छ । यो कम्पनी लक्ष्मी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले कुलम्याड स्मार्टफोन मार्पmत जयमाँ इन्टरकन्टिनेन्टलले ग्राहकहरुलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने प्रचिवद्धता व्यक्त गरे । उनले भने “विश्वभरमा नै प्रख्यात कुलप्याड स्मार्टफोन प्राविधिक रुपमा उत्कृष्ट रहेको र चलाउनको लागि निकै सजिलो छ ।’’ विश्वभरनै चर्चित रहन सफल कुलप्याड सन् १९९३ मा स्थापना भएको मोबाइल ब्राण्ड हो । यस ब्राण्डले आफ्नो उल्लेखनिय आर एण्ड डी र म्यानुफ्याक्चरिङ मार्पmत बजारमा आफ्नो पहिचान बनाएको छ । कम्पनीको ड्युल मोड र ड्युल स्टाण्डबाई टेक्नोलोजिका साथैे साथै १०,००० भन्दा बढी पेटेन्ट रहेको छ । यस ब्राण्डलाई चीनमा विज्ञान तथा प्रविधिको उत्कृष्ट अवार्ड पनि प्रदान गरिएको थियो । कम्पनीले वार्षिक ३४ लाख वटा फोन उत्पादन गर्छ भने वार्षिक ३ अर्ब डलरको आम्दानी गर्छ । यो फोन विश्वका विभिन्न ६ वटा स्थानमा उत्पादन हुने र तीन हजार भन्दा बढीले यस कम्पनीको काम गर्ने जनाईएको छ ।
स्पेनमा उत्पादित हिमालय वाईन नेपाली बजारमा
काठमाडौं । अलोहा हिमालय इन्भेष्टमेन्ट प्रालिले हिमालय वाईन नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । हिमालय वाइन तीनवटा विभिन्न स्वादमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र प्रधानाङ्गले बताए । ह्वाइट वाइन, रेड वाइन र रोज गरि तीन स्वादमा हिमालय वाइन नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो वाइन यूरेपेली मुलुक स्पेनको ला रोजा क्षेत्रमा उत्पादन गरिएको उनले बताए । यी वाइनको बिक्रीबाट केही प्रतिशत रकम वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेर दुःख पाएका केही कामदारका छोराछोरीको अध्ययन–अध्यापनमा खर्च गरिने उनले बताएका छन् ।
२ वटा नयाँ जहाज ल्याउँदै गोमा एयर, सिंगल इन्जिनमा यात्रु प्रतिबन्धपछि मल्टि इन्जिनमा फोकस
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले दुईवटा नयाँ जहाज ल्याउने भएको छ । गोमाले दुर्गम क्षेत्रका विमानस्थलाई आधार बनाएर हवाई उडान गर्ने गरी चेकोस्लोभाकियामा निर्मित दुई जहाज खरिद गरिसकेको छ । जहाज आगामी एक सातामा आइपुग्ने गोमा एयरका अध्यक्ष विकास राणाले बताए । उनका अनुसार गोमाले ल्याउने जहाज सम्भवत आगामी मंगलबार उताबाट उड्ने २ दिनपछि नेपाल आइपुग्ने भएको छ । जहाज चाइनाको हवाई रुट हुँदै आउनुपर्ने र त्यहाँ लगातार दुईतीन दिन विदा परेकोले अनुमति लिन ढिलो भएको हो नत्र आइसक्यो उनले भने । गोमाले मल्टि इन्जिनका १९ सिट क्षमतायुक्त जहाल ल्याउने भएको छ । गोमाले एकैपटक दुईवटा जहाजलाई काठमाडौं अवतरण गराउने भएको छ । गोमा एयरले दिएको जानकारी अनुसार करीब सवा अर्ब रुपैयाँ खर्च गरेर दुई जहाज ल्याइने भएको छ । गोमाले चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिजबाट खरिद गर्ने लेट–४१० यूभीपीई–२० नामक दुई जहाज एक सतामा नै काठमाडौं ल्याउने बताएको छ । यस अघि ६ महिना पहिले नै नयाँ विमान खरिदका गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्की र जहाज निर्माता कम्पनीका कमर्सियल डाइरेक्टर रोबर्ट इरार्टबीच खरिदपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार गोमाले दुईवटा जहाज ल्याउने भएको छ । विमानलाई निर्माता मुलुक चेकबाट ग्रिस, साउदी अरेबिया, ओमन, चीन हुँदै जहाज नेपाल आउँनमै पाँच दिनमा लाग्ने उल्लेख छ । हाल सुर्खेत र नेपालगन्जलाई आधार बनाएर गोमाले कर्णालीको सिमीकोट, जुम्ला, रारा, डोल्पा र बाजुरामा उडान गरिरहेको छ । थप जहाज आएपनि गोमाले पोखरा विमानस्थललाई आधार बनाउने बताएको छ । २ वटा सिंगल इन्जिनका जहाज सेस्ना क्याराभानबाट सेवा सुरु गरेको वायुसेवासँग हाल दुई वटा लेटका जहाज रहेका छन् । थप दुईवटा थप हुने भएको छ । दुई वटा सिंगल इन्जिनका जहाज पनि उडानमै रहेका छन् । यो वायुसेवाले काठमाडौंबाट लुक्ला पनि उडान गरिहरको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज सिंगल इन्जिनमा यात्रु प्रतिबन्ध भएपनि मल्टि इन्जिनमा केन्द्रित सरकारले यस अघि काष्टमण्डप र मकालु एयरका सिंगल इन्जिनका जहाज दुर्घटना भएपनि यात्रु उडानमा जोखिम रहेको भन्दै सिंगल इन्जिनका जहाजलाई प्रतिवन्ध लगाएको थियो । यी वायुसेवाले यात्रु तथा कार्गो चार्टरको मात्रै अनुमति पाएका छन् । हाल गोमासँग २ र मकालुसँग एक जहाज मात्रै सिंगल इन्जिनको जहाज उडानमा प्रयोग भएको छ । एउटा सिंगल इन्जिनको जहाज काष्टमण्डप एयरसँग पनि छ । सरकारले यात्रु उडानमा प्रतिवद्ध लगाएपछि सिंगल इन्जिनको वायुसेवा गोमा एयरले छोटो समयमा नै आफूलाई मल्टि इन्जिनतर्फ डाइर्भ गरिसकेको छ । यो वायुसेवासँग दुर्गम क्षेत्रमा यात्रु उडान गर्ने र कार्गो सेवा दिने दुबै प्रकृतिको जहाज रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब २१ करोड, ६ महिनामा भएको नाफामा १३ प्रतिशतले बृद्धि
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड रुपैयाँ नाफा गगरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा साढे १३ प्रतिशतले बढेको छ । यो बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा गरेकोमा यो वर्ष १४ करोड ५७ लाख रुपैयाँलो बढाउन सफल भएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा १३८ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९३ अर्ब ९० करोड रुपैयाँ कर्जा सापटी दिएको छ। बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ४२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ७५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६७ दशमलव ९० प्रतिशत रहेको छ ।
२७ बैंकको नाफा २१ अर्ब, बाणिज्य बैंकहरुले ४६ प्रतिशतले नाफा बढाए
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ वटा वाणिज्य बैंकहरुले करिब २१ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो । २०७२ पुसमा बैंकहरुको खुँद नाफा १४ अर्ब १८ करोड रुपैयाँ थियो । सोमबारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा बैंक छन् । विवरण सार्वजनिक नगरे पनि राष्ट्यि बाणिज्य बैंक र जनता बैंक स्रोतले जनाए अनुसार २७ बैंको मुनाफा निकालिएको हो । उक्त अवधिमा बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरेकोले मुनाफा बढेको हो । नाफा कमाउने बाणिज्य बैंकहरुमा सबैभन्दा बढी नेपाल बैंकको रहेको छ । यो बैंकले ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँ खुँद मुनाफा गरेको छ । यसपछि नबील र्बैंकले १ अर्ब ७४ करोड, इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड, राष्ट्यि वाणिज्य बैंकले १ अर्ब २१ करोड कमाएको छ । कान्तिपुर दैनिकबाट ।