सिजी ब्राण्डको दशौं वार्षिकोत्सव सम्पन्न, विभिन्न नयाँ प्रडक्टहरुको उद्घाटन
काठमाडौं, १६ माघ । सिजी ब्राण्डले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको सोल्टी होटलमा राष्ट्रिय स्तरको पाटनर्स मिट सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा करिब ३ सय भन्दा बढी डिलरहरु भेला भएका थिए । साथै, सम्मेलनमा विभिन्न नयाँ प्रडक्टहरुको उद्घाटन भएको थियो । करिव दश वर्ष पहिले सिमिति दुई किसिमका मोडल टिभीहरुबाट सुरु भएको सिजी आज आफ्नै ब्राण्ड स्थापना गर्न सफल भएको छ । साथै, सिजीले २३ किसिमका विभिन्न उत्पादनहरुका टि.भी र सयौं मोडलका विभिन्न घरायशी सामाग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरु उत्पादन तथा खरिद बिक्रि गर्दै आएको छ । व्यवसायको शुरुवातीसँगै सिजीले सामानको गुणस्तर तथा सेवामा सुधार गर्दै आज व्यापार संजाल तथा सेवा विस्तार गर्न सफल भएको छ ।
एचएच बजाजको नयाँ शोरुम महेन्द्रनगरमा
महेन्द्रनगर, १६ माघ । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले महेन्द्रनगरमा आफ्नो नयाँ शोरुमको शुभारम्भ गरेको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै लाने उद्देश्यले पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुरमा संचालनमा ल्याएको छ । एचएच बजाज ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तानी गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो । हाम्रो महेन्द्रनगरको कन्चनपुरमा रहेको नयाँ शोरुमको माध्यमबाट ग्राहकहरुका लागि एक कदम थप सहजता हुनुका साथै बजाज मोटरसाइकलहरुको अनुभव लिने अवसर हुने हामीले अपेक्षा गरेका छौं । हामी देशैभरी रहेका हाम्रा ग्राहकहरुलाई उच्चगुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’ नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनी जनाएको छ ।
पाइलट बन्ने योजना छ ? संसारले खोज्दैछ ३५०००० पाइलट
काठमाडौं, १६ माघ । के तपाई पाइलट बन्ने योजनामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नमान्नुस् किनकी पाइलटको अध्ययन सम्पन्न गरेपछि तपाई बेरोजगार बस्नै पर्दैन् । आगामी १० बर्षभित्रै ३ लाख ५० हजार पाइटलका लागि रोजगारीको सुनौलो अवसर जुट्दैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार सन २०२६ सम्ममा संसारभर ३ लाख ५० हजार पाइटलका लागि रोजगारीको अवसर जुट्दैछ । त्यस्तै, ४ लाख ८० हजार जहाजका टेक्निसियनले रोजगारी पाउनेछन् । तर पछिल्लो समय पाइलट अध्ययन प्रति नयाँ पुस्ताको रुचि घट्दै गएकाले माग अनुसारको पाइलट आपुर्तिमा समस्या आउन सक्ने पनि गौतमले दावी गरे ।‘सन २०२६ सम्ममा संसारभर ३ लाख ५० हजार पाइलट आवश्यक पर्ने प्रक्षेपण गरिएको छ, त्यस्तै ४ लाख ८० हजार टेक्निसियनको माग हुन्छ तर सो अनुसारको जनशक्ति उत्पादन हुने सम्भावना देखिएको छैन, नयाँ पुस्ताले पाइटल बन्ने चाहाना राख्न छोडेको छ’, गौतमले भने । पाइलट बेद उप्रेतीका अनुसार आगामी २० बर्षमा संसारभर २५ हजार एयर क्राफ्ट थपिँदैछन् । पछिल्लो समय नयाँ पुस्ताले पाइटल बन्न नचाहेको बताउँदै उप्रतीले पनि नयाँ पुस्तालाई यो पेशामा आकर्षित गराउनु अत्यावश्यक भैसकेको धारणा राखे ।‘हाम्रा पालामा बच्चाहरुलाई ठुलो भएपछि के बन्ने योजना छ भनेर सोध्दा डाक्टर, पाइलट, इञ्जिनियर भन्ने सुन्न पाइन्थ्यो तर आजकल पाइलट भन्ने शब्द आउनै छाडेको छ’, पाइलट उप्रेतीले भने । प्राधिकरणका महानिर्देशक गौतमले कक्षा ८ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पाइलट बन्न अभिप्रेरित गरिनुपर्नेमा जोड दिए । ‘नयाँ पुस्तालाई यो पेशामा आकर्षित गर्न कक्ष ८ देखि १२ सम्मका बिचमा बिशेष योजनै लिएर जानुपर्छ’, गौतमले भने । हाल २०० घण्टाको तालिम लिएपछि पाइलटको प्रमाण पत्र पाइन्छ । त्यसपछि सम्बन्धित देशको नागरिक उड्डयन प्राधिकरणको लाइसेन्स परिक्षा पास गरेपछि जहाज उडाउन पाइने व्यवस्था रहेको छ । नयाँ पुस्तालाई नागरिक उड्डयनका क्षेत्रमा आकर्षित गर्न आफुहरुले नेक्स्ट जेनेरेशन एभिएसन प्रोफेशनल्स(एनजिएपी) कार्यक्रम अघि सारेको पनि उनले जानकारी दिए । सोही कार्यक्रम अन्तर्गत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर क्राफ्ट म्युजियम सञ्चालनको प्रक्रिया अघि बढाएको पनि उनले बताए । सो म्युजियमबाट नेपालको नयाँ पुस्तालाई पाइलट बन्न अभिप्रेरित गर्ने उनको दावी थियो । बेद उप्रेतीले नेपालमा ग्राउण्डेड भएको टर्किस एयरको एयरबस ३३० मा म्युजियम सञ्चालन गर्न लागेको छ । त्यसका लागि प्राधिकरणसँग पहिलो चरणको सम्झौता समेत भैसकेको छ । सार्वजनिक खरिद प्रक्रिया पुरा नभएका भन्दै त्यसको बिरोध पनि भैरहेको छ ।
२८ औं औद्योगिक प्रर्दशनी फागुन १२ गतेदेखी शुरु, करिब ३ सय वटा स्टल रहने
काठमाडौं, १६ माघ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम हुन लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त कार्यक्रम आगामी फागुन १२ गतेदेखी १७ गतेसम्म सञ्चालन हुने छ । ‘मेड ईन नेपाल गौरव गरौ, स्वदेशी वस्तु प्रयोग गरौं‘ भन्ने नाराका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरुको सहभागीता गराइने आयोजकले बताएका छन् । स्थानिय उद्यमीले उत्पादन गरेका स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रवक्ता एंव उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले बताए । प्रदर्शनीको माध्यमवाट उद्यमीलाई आफ्ना विविध वस्तु प्रदर्शन तथा बिक्रीका माध्यमवाट अत्यधीक फाईदा पुग्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा प्राकृतिक रेशावाट उत्पादीत कपडा र विविध वस्तुहरु, सुर्खेत जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर,जडीवुटी वाँसका कपडा तथा विविध वस्तुहरु, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, अल्लोवाट निर्मित सामानहरु, ढाकावाट निर्मित सामान तथा छालाजन्य वस्तुहरु लगायतका स्थानिय कच्चा पदार्थमा आधारीत विविध सामानहरु प्रर्दशनीका मुख्य आकर्षणको रुपमा रहने २८ औं औद्योगिक प्रदर्शनीका सदस्य सचिव प्रभाकर आचार्यले जानकारी दिए । सो प्रर्दशनीमा करिब ३ सय वटा स्टलहरु रहने छन् ।
सिटिजन्स बैंकले पायो साफाको बेस्ट प्रिजेन्डेट अनुअल रिपोर्ट अवार्ड २०१५
काठमाडौं, १६ माघ । सिटिजन्स बैंक लिमिटेडले पायो साउथ एशियन फेडरेशन अफ अकाउण्ट्स(साफा)को ‘साफा बेस्ट प्रिजेन्डेट अनुअल रिपोर्ट अवार्ड २०१५’ पाएको छ । साफाद्धारा बङ्लादेशको ढाकामा सम्पन्न साफाको उक्त समारोहमा बैंकले सार्क एनिभरसरि अवार्ड फर कर्पोरेट गोभरेन्स र प्राइभेट सेक्टर बैंक क्षेत्रमा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । साफाले उक्त सम्मान साफाज कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपेरेन्सी, अकाउन्टाविलिटी र गभरनेन्स अफ द पव्लिस अनुअल रिपोर्टद्धारा द्वारा गरिएको मूल्यांकनको आधारमा वार्षिक रुपमा वितरण गर्दै आएको सम्मान हो । साफा दक्षिण एसियाली राष्ट्रहरुको चार्टड एकाउण्टेन्ट्स संस्थाहरुको संगठन हो । यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले इन्ष्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस अफ नेपालद्वारा प्रदान गरिने वेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड समेत प्राप्त गरेको थियो । बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्घता व्यक्त गरेको छ ।
५ अर्ब लगानीः एक अर्ब २५ करोडको निर्यात !
काठमाडौं, १६ माघ । नेपालको पुष्प व्यवसायमा हालसम्म करिब ५ अर्बको लगानी रहेको अनौपचारिक तथ्यांक छ । तर यसमा अर्काे पाँच अर्ब लगानी थप्ने हो भने एक अर्ब २५ करोड बराबरको फुल निर्यात हुन सक्ने देखिन्छ । हाल नेपालले बर्षेनी १० करोड भन्दा बढिको फुल आयात गर्दै आएको छ । ती अधिकांश भारतबाट आउन हुने गरेका छन् । नेपालले भने तीन करोड ५० लाख मुल्य बराबरको फुल निर्यात हुँदै आएको छ । फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने–‘थप पाँच अर्ब लगानी हुन सक्यो भने वार्षिक रुपमा सबा अर्ब मूल्य बरावरको पुष्प निर्यात गर्न नेपाल सक्षम हुनेछ ।’ ‘ग्रिन हाउस र आधुनिक प्रविधिसहितको भौतिक पूर्वाधारमा लगानी लगाउन सकियो भने नेपाल पुष्प खेतीमा आत्मनिर्भर हुन सक्छ,’ श्रेष्ठले भने,‘अहिले कूल मागको करिब २० प्रतिशतमात्रै अन्य मुलुकबाट पुष्पको आयात हुन्छ । उनका अनुसार सय हेक्टरमा ग्रिन हाउस निर्माण गर्न कम्तिमा पाँच अर्ब रुपैयाँ लाग्ने जानकारी दिए । प्रति स्क्वायर मिटर ग्रिन हाउसलाई पाँच हजार रुपैयाँ लाग्छ । एक हेक्टरमा १० हजार स्क्वायर मिटर हुन्छ । श्रेष्ठले ग्रिन हाउससँगै कोल्ड रुम, चिल्लर, रेफ्रिजरेटेड भ्यान, आधुनिक ड्रिप सिंचाई, फयुमिगेसन सेन्टरलगायतको सुविधा भयो भने अहिले आयात हुदैँ आएको भारतीय पुष्पको बजार हिस्सालाई विस्थापन गर्न सकिने दावी गरे । नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीमा पुष्प खेती भैरहेको छ । बार्षिक रुपमा आन्तरिक र बाह्य बजार गरी करिब डेड अर्ब मूल्यबराबरको कारोबार हुँदै आएको छ ।फ्यानका पूर्व अध्यक्ष लोकनाथ गैरेका अनुसार आधुनिक प्रविधिअनुसार ग्रिन हाउसमा पुष्पको खेती गर्दा आन्तरिक बजारको माग पनि धानिने र निर्यात पनि गर्न सकिन्छ । उनकाअनुसार नेपालमा एक सय ४१ हेक्टरमा पुष्पको खेती हुँदै आएको छ । त्यसमध्ये ३० हेक्टरमा हाल ग्रिन हाउस निर्माण गरी व्यवसायिक रुपमा पुष्पको खेती हुँदै आएको छ । थप सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गरी आधुनिक प्रविधिको सहयोगमा पुष्प खेती सकिए निर्यात गर्न सहज हुनेछ । आर्थिक बर्ष २०७१/७२ देखि कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको पुष्प प्रवद्र्धन नीतिपछि सरकारले पनि पुष्प क्षेत्रमा लगानी लगाउन सुरु गरेको छ । सरकारले उपलब्ध गराउने लगानीको ८० प्रतिशत रकम ग्रिन हाउस र आधुनिक भौतिक पूर्वाधारमा खर्च भइरहेको छ । चालु आर्थिक बर्ष २०७३/७४ मा कृषि विकास मन्त्रालयले फ्यानलाई चार करोड ७४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
‘हामी ठूलै मात्राको समानान्तर इकोनोमीमा छौ’ जुन राष्ट्रिय अर्थतन्त्रको लागि घातक हुन्छः युवराज खतिवडा
काठमाडौं, १६ माघ । नेपालमा ठूलै समानान्तर इकोनोमी कारोबार हुने गरेको विज्ञहरूले बताएका छन् । कानुनी प्रक्रियामार्फत दर्ता भएका तर, राष्ट्रिय लेखामा नदेखिने कारोबारलाई समानान्तर इकोनोमी भनिन्छ । त्यसले मनि सप्लाई र मूल्यको किन सम्बन्ध देखिदैन भने औपचारिक पैसाले मात्र मूल्य निर्धारण गर्ने होइन, अनौपचारिक पैसा त्यसमा रहँदैन । त्यो कारोबारको समस्या के हुने हो भने औपचारिक रुपमा त्यस्तो कारोबारको राष्ट्रिय लेखामा नदेखिने भयो भने अर्को त्यसले बजारमा जुन किसिमको माग सिर्जना गर्छ त्यो मागलाई नेपाल राष्ट्र बैंकले क्याप्चर नगर्ने नेपाल राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडाले बताए । नेपालमा भारतीय मूद्रा अनौपचारिक रुपमा चलनचल्तीमा ल्याइदिएकाले त्यसले कमाण्ड गर्ने डिमाण्ड राष्ट्र बैंकले समेट्दैन । त्यहि हुनाले हाम्रो अर्थतन्त्र हाम्रो नीतिले जुन कमाण्डमा राख्नु पर्ने हो त्यो राख्न सक्दैन । अनौपचारिक र सामान्तरमा अलि फरक छ । आर्थिक गति विधि भएको तर, रेकर्डमा नआएको हुन्छ भने औपचारिक च्यानलमा भएर पनि नियम, कानुन तथा प्रक्रिया छलेर आर्थिक गतिविधि नै सामानान्तर हो । यो बढी घातक हुन्छ । राज्यले राम्रोसँग नियन्त्रण गर्न सकेन भने यस्तो स्थिति आउँछ । अर्को चाहीँ समानान्तर जुन कानुन तथा नीति छलेर गरिन्छ । औपचारिक च्यानलभित्र पनि नियम कानुन छलेर गरिने आर्थिक प्रक्रिया चाहीँ समान्तर हो । दोस्रो प्रकारको समस्याको कारण मोदीले डिमनिटाइजेशन गरेका हुन् । साधारण तया सामान्तर इकोनोमी चल्यो भनेर हो । ‘अनौपचारिक र समानान्तर अर्थतन्तमा फरक छ,’ उनले भने ‘अनौपारिकमा सबै कारोबार हुन्छ तर, रेकडमा भने आएको हुँदैन ।’ नयाँ गतिविधि लाई यसले समेटेको हुँदैन । अनौपचारिक अर्थतन्त्र भनेको औपचारिक अर्थतन्त्र बजारको चलनचल्तीमा नआएको हो । अनौपचारिक कारोबार विश्वका सबै ठाउँमा हुन्छ । तर, दोस्रो चाहीँ शासकीय तथा नीतिगत कमजोरी तथा फालसीहरुका कारण हुने गर्दछ । हामी सबैलाई थाहा छ सहकारी औपचारिक नै क्षेत्र हो । सहकारीमा राखेको पैसाको स्रोतको विवरण खोज्न इम्फोरसमेण्ट गरेनौ भने त्यसमा अनधिकृत पूँजीलाई समेटेको रहेछ भने त्यो अनौपचारिक भएन समान्तर भयो । यस्तो धेरै क्षेत्र हुन्छ जो दर्ता भएर करमा आबद्ध पनि छ तर ऊ त्यहाँको नीति नियम मान्दैन । नेपालमा भारतबाट हुने आयातनै ४० प्रतिशत भएको देखाउँछ । भारतबाट आउने सामान १ सय रुपैयामा ६० रुपैयाँको जतिकोमात्र बिल बनाउँछ भारतीय व्यापारीले कर छल्नको लागि । त्यो सामानको पनि हाम्रो भन्सार मूल्याङ्कनमा २० देखि ३० रुपैयाँ मात्र हुन्छ । बजारमा एक सय रुपैयाँ पर्ने भन्सार सामानको भन्सार मूल्याङ्कन अधिकतम ३० रुपैयाँमात्र हो । वाँकी सबै भारु बैकिङ च्यानलभनदा वाहिरबाट लानु पर्यो त्यहाँ भारु चाहिने भयो । भारतबाट डलरमै वस्तु आयात गरी न्यून मूल्याङ्कन गरेको भए त्यहाँ पनि डलरै दिनु पर्ने भयो । तेस्रो मुलुकबाट आयात भएका सामानहरुमा पनि त्यहिनै हो । १० प्रतिशतभन्दा बढी भन्सार महसुल भएका सामानमा न्यूनमूल्य निर्धारण गर्ने गरिन्छ । त्यसको भुक्तानको लागि पनि डलर आवश्यक प¥यो । पाँच सात प्रतिशत प्रिमियममा डलर किन्यो र हुण्डीबाट भुक्तान गर्यो । यसले गर्दा नेपालम हुण्डीजस्ता अनधिकृत व्यापार फैलिदै गएको छ र यसको जरो अन्तरर्राष्ट्रियस्तरसम्म फैलिएको हुन्छ । देश अनधिकृत पुँजी वाहिर लैजानु पर्यो रेमिट्न्यास उतै पठाउने हो भने वैदेशिक रोजगारी विप्रेषणसँग जोडिएको कारोबारले पनि अनधिकृत व्यापार तथा व्यवसाय गर्न सघाइ रहेको हुन्छ । धेरै ठाउँमा व्यापार गर्ने व्यापारीहरु अवस्थाअनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने पुँजी लैजाने यो गोलचक्रले हुण्डी कारोबारीलाई सहज बनाउने तथा सहयोग पनि गरिरहेका हुन्छन् । रेमिट्यान्स कम्पनीले यो त हाम्रो विवेकमात्र हो रेमिट्यान्स जहाँ पनि पठाउन सक्ने बताउँदै आएका छन् । भारतमै प्रिमियम बढी भयो भने व्यापारीले भारतै पनि पठाउन सक्छ । हुण्डीमा प्रिमियम छैन भनेमात्र बैकिङ च्यानदमार्फत पठाउने हो । त्यसैले हामी अघि ठूलै रुपमा समानान्तर इकोनोमीमा छौं । उता हङकङ, सिंगापुर, दुबईमा पनि आफ्नै कम्पनी छ । आफ्नो नभएपनि आफन्तको छ च्यानल मिलेको छ त्यहि भुक्तान गर्यो । समग्रमा तेस्रो मुलुक र भारतको औपचारिक ब्यापार ६० प्रतिशत जति हुँदो हो ।
२० प्रतिशत पुल १० वर्षदेखि अलपत्र, २० करोडका पुल बनाउन २० लाख मात्रै !
काठमाडौं, १६, माघ । सरकारले देशैभर निर्माण गरिरहेका मध्ये करिब २० प्रतिशत पुल १० वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । हाल निर्माण थालिएका मध्ये ८० प्रतिशको काम सम्पन्न भएपनि २० प्रतिशत पुल भने १० वर्षदेखि अलपत्र रहेको सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले बताए । उनका अनुसार सरकारले सडक विभागलाई वर्षेनी नयाँ पुलको जिम्मा दिइरहेकको छ । हामीले काम पनि गरिरहेका छौ तर कतिपय पुलमा प्राविधिक समस्या आउने र त्यसलाई निर्माण गर्न निकै ठूलो चुनौति हुने गरेको छ, उनले भने । उनका अनुसार सरकारले २० करोड रुपैयाँमा निर्माण हुने पुलका लागि जम्मा वार्षिक २० लाख रुपैयाँ मात्रै दिन्छ अनि कसरी बनाउँन सकिन्छ त पुल ? उनले भने । अहिले पनि पनि एक अर्बको पुल निर्माण भइरहेकोमा डेड अर्ब भुक्तानी बाँकी भैसकेको छ । यो भुत्तानी अहले नै सबै चुक्ता भने हुने होइने । आगामी असरमसान्तसम्ममा भुक्तानी हुने हो । सरकारले सडक यातायातलाई सहज बनाउन देशैभर हाल करिब साढे आठ सय वटा नयाँ पुलहरुको निर्माण गरिरहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गको सडक विभागले यो वर्ष मात्रै करिब सवा पाँच अर्ब रुपैयाँ खर्च गरेर पुल तथा पुलेसा निर्माण गरिरहेको छ । विभागका अनुसार देशैभर निर्माणमा समस्या भएका, काम गर्दागर्दै पुल भासिएका, पुलका पिलर बांगिएकालगायतका प्राविधिक समस्या भएका पुलको संख्या नै २० प्रतिशत छ । यसमा पनि धेरैजसो पुलको समस्या समाधान गरेर अगाडि बढ्न थालिएको छ । विभागका अनुसार यस अघि प्राविधिक समस्या आएर निर्माण हुन नसकेको मेची पुल पुनः अगाडि बढेको छ । राम्रोसँग काम पनि भइरहेको उल्लेख छ । सरकारले चालु आर्थिक बर्षभित्रै ७५ वटा नयाँ पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ । हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी चार देखि पाँच वर्षमा सरकारले मुलुकभरी करिब तीन हजार पुल निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणको चरणमा रहेको पुलहरुमध्ये संख्यामा नै उल्लेख गर्नुपर्दा करिब डेडसय वटा प्राबिधिक समस्या देखिएको उल्लेख छ । तीमध्ये पनि अहिले समस्या देखिएको एक मेची पुल हो । यसबाहेक करिब एक दर्जन भन्दा बढि पुलमा नेपाली जनशक्ति र प्रबिधिले टुंगो लगाउनै नसक्ने समस्या देखिएको विभागको भनाइ छ । झापाको मेची पुलमा निर्माण भैरहेको नेपाल–भारत मितेरी पुलमा देखिएको समस्या निकै जटील खालको प्राविधिक भएको पनि उल्लेख छ ।