विकासन्युज

प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन

काठमाडौं, १६ माघ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन भएका छन् । माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । श्रेष्ठ विगत ९ वर्षदेखि बैंकमा सञ्चालकको रुपमा रहदैँ आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात उदयमोहन श्रेष्ठ चयन भएका हुन् । साथै, उक्त बैठकले बैंकको सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियुक्ति गरेको छ ।

नेपाल टेलिकम कप माघ १८ देखि शुरु

काठमाडौं, १६ माघ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप- २०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए । प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ । त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए । टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप-महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बैंक र कृषि विकास बैंक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । रासस काठमाडौं, १६ माघ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप–२०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए । प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ । त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए । टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप–महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बैंक र कृषि विकास बैंक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । रासस

जगदम्बा सिमेन्टद्धारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि जानकारी

काठमाडौं, १६ माघ । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै आएको छ । कम्पनीले माघ १४ गते शुक्रबार भक्तपुरको टुरिजम मार्केटमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔभन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । सिमेन्टले आफ्नौ स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेका ेछ ।

नेपाल धितोपत्र बोर्डद्धारा फेवा विकास बैंकलाई आस्वाको सदस्यता प्रदान

काठमाडौं, १६ माघ । नेपाल धितोपत्र बोर्डले फेवा विकास बैंक लिमिटेडलाई आस्वाको सदस्यता प्रदान गरेको छ । यस प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्कासन हुँदाका बखत खरिद गर्न चाहने बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्वन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिनेछ । धितोपत्र बाँडफाँड भए पछि निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्वन्धीत धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्वन्धीत खाताधनीले पूर्ववत रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकको केन्द्रिय कार्यालय सहित आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट खाताधनी लगानीकर्ताले सहज, सरल र झण्झटमुक्त ढंगबाट सार्वजनिक निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा पाउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

देउराली जनता फर्मास्यूटिकल्स २७ वर्षमा, निर्माण बन्द गर्न नगरपालिकाको निर्देशन

काठमाडौं, १६ माघ । नेपालको अग्रणी औषधि उद्योग देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन शुरु गरेको २६ वर्ष पुरा गरेर २७ वर्षमा प्रवेश गरेको छ । २०४७ देखि उत्पादन शुरु गरेको यो कम्पनीले हाल झोल, ट्यावलेट, क्यापसुल, ड्राईपाउडर, मल्हम गरी ३०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धि रोग, मधुमेह, चर्म रोग लगायत धेरै रोगको उपाचार गर्ने उच्च गुणस्तरको औषधि उत्पादन गर्दै आएको छ । कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माका अनुसार हालसम्म कम्पनीमा १ अर्ब २० करोड भन्दा बढी लगानी भएको छ भने ४१५ जनाले रोजगारी पाएका छन् । २६ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै कार्यकारी निर्देशक शर्माले २५ वर्ष पूरा गरेका देउराली जनता फर्मास्यूटिकल्स जस्तो उद्योग २५ वटा कम्पनी पनि नभएको उल्लेख गर्दै हरेक गाविसमा एउटा यस्तो उद्याग हुने हो भने नेपालीहरुले विदेशी भूमिमा फोहोर, गनाउने र सबैभन्दा कठिन काम गर्नु नपर्ने बताए । सरकारको नीति नेपाली उद्योगमैत्री नभएको उनले बताए । सरकारले, औषधि व्यवस्था विभागले विदेशी औषधिको गुणस्तर र बजारलाई छाडा छोडेको तर नेपाली औषधि उद्योगको घाँटी थिच्ने काम गरेको बताए । ‘नेपाली कम्पनीलाई जे नियम लाग्छ, त्यो विदेशीलाई पनि लगाईयोस्’ शर्माले भने-‘हामी विदेशी औषधिसँग प्रतिस्प्रर्धा गर्न सक्छौं ।’ ‘राज्यले स्थापना गर्न नसकेको ल्याबमा नेपाली उद्योगीलाई राख भन्नु र उक्त ल्याबमा टेष्ट गर भन्ने नेपाली उद्योगीको घाँटी थिच्नु हो’ शर्माले भने-‘विदेशी औषधिको ल्याव टेष्ट गर्नु नपर्ने, नेपाली औषधिले मात्र त्यस्तो टेष्ट गर्नुपर्ने ? अमोरिका, बेलायत र भारतमा बिक्री हुने औषधि नेपालीले बनाएकै कारण नेपालमा बिक्री गर्न नपाइने ?’ उनले यो प्रश्न गरिरहदा औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकाल मञ्चमा अथितिको रुपमा बसेर सुनिरहेका थिए । विदेशमा बनेको औषधिलाई नेपालीमा लेख्नु नपर्ने, नेपालीले औषधिले भने नेपाली भाषामा नै लेख्न वाध्य पारिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाए । ‘हामीले उद्योग विस्तार गर्दैछौं । नगरपालिकाले दुई पटक पत्र लेख्यो, निर्माण काम रोक्न भनेर’ शर्माले भने-‘मैले यो कुरा एक अमेरिकी साथीलाई सुनाए । ती विदेशीले २० हजार अमेरिकी डलरमा ८ एकड (१००० आना) जग्गा दिन्छु भने । अरु देशमा लगानीकर्तालाई स्वागत गरिन्छ, नेपालमा किन लखेटिन्छ ?’ ३ फिटको बाटोको लागि १० फुटे बाटो छोडेर राखेर उद्योग बनाउन लाग्दा नगरपालिकाले दुई पटक पत्र काटेर निर्माण रोक्न भनेको उनले बताए । २०० मोलिक्यलको औषधिहरु विदेशबाट आयातमा प्रतिबन्ध लगाउने हो भने औषधिको क्षेत्र नयाँ लगानी थपिने र औषधिमा आत्मनिर्भर निर्भरतर्फ बढ्ने उनले बताए । औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालका अनुसार नेपालमा करिव ५२ वटा उद्योगले आधुनिक औषधि बनाउँछन् र नेपालको कुल औषधि बजारको ४५ प्रतिशत हिस्सा लिन्छ । ओषधि उद्योगको लागि नेपाल ठूलो बजार भएको शर्माले बताए । ‘नेपालबाट तीन घण्टाको दुरीमा ३ करोड भन्दा बढी मासिन बस्ने १० सहरहरु छन् । नयाँ दिल्ली, संघाई, जकर्ता, बैंकक, मुम्वाई, सेङजेङ, कलकत्ता, ग्वान्जाओ जस्ता देशमा औषधि जस्ता हलुका बस्तु नेपालबाट सजिलै निर्यात गर्न सकिन्छ’ उनले भने । स्वाधिनताको नाममा आडम्बरको राजनीति नर्गन उनले राजनीतिक नेतृत्वलाई सुझाव दिए । ‘अमेरिकामा १७७६ मा हो । नेपाल १७६८ सालमा एकिकरण भएको, विश्वका शक्तिशाली सेनालाई परास्त गरेको देश हो’ शर्माले भने-‘नेपालभन्दा ८ वर्ष कान्छो देश हो अमेरिका । भारत स्वतन्त्र भएको जम्मा ६८ वर्ष मात्र भयो । भारतभन्दा नेपाल धेरै जेठो देश हो । नेपालीको स्वाधिनता कसैले खोस्न सक्दैन, कसैले खोस्न खोज्ज भने त्यो सम्भव छैन ।’ कार्यक्रमका प्रमुख अथिति पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा जातियता र क्षेत्रीयताको पर्खाल लगाउने काम भईरहेको भन्दै त्यसलाई रोक्न आफू सक्रिय भएको बताए ।

नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ता सम्मानित

काठमाडौं, १६ माघ । नेपाल पंक्षी संरक्षण सङ्घले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ । सङ्घको ३४ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ प्रजातिका चरा ‘रुफस टेल्ड रक थ्रस’ पत्ता लगाउने नरेश कुसी, ‘ग्रे साइडेड थ्रस’ पत्ता लगाउने सोम जिसी र ‘वेस्ट हिमालयन बुस वाब्लर’ पत्ता लगाउने हठन चौधरी र उनीहरुको समूहलाई सम्मान गरिएको हो । यससँगै नेपालमा पाइने चराको प्रजाति सङ्ख्या आठ सय ८४ पुगेको सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमानबाबु प्रधानले बताए । सङ्घले सम्बन्धित सरकारी निकायको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका प्रजनन् अयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको जनाएको छ । प्रजन्न केन्द्रमा प्रजनन् अयोग्ग ठहरिएका ती गिद्धलाई नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सफलतापूर्वक प्राकृतिक बासस्थानमा पुनःस्थापना गरी तिनीहरुको नियमित अनुगमन गरिने सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए । कार्यक्रममा वन तथा भू-संरक्षण मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेल, सङ्घका अध्यक्ष युवराज बस्नेत, महासचिव राजेन्द्र गुरुङलगायतले नेपालमा चराको संरक्षणमा भएका प्रयासका बारेमा उल्लेख गर्दै संरक्षणमा देखिएका चुनौतीका विविध पक्षमाथि प्रकाश पारेका छन् । सन् १९८२ मा स्थापना भएको सङ्घले नेपालमा पंक्षीहरुको वैज्ञानिक अध्ययन तथा संरक्षण र बासस्थान व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । बर्डलाइफ इन्टरनेसनलको साझेदार रहेको यस सङ्घले गिद्ध, खरमजुर जस्ता लोपोन्मुख, अति सङ्कटापन्न तथा दुर्लभ चराको वैज्ञानिक अध्ययन तथा संरक्षणका कार्यका साथै चरा र जैविक विविधताका क्षेत्रमा काम गरिरहेको जनाएको छ । रासस

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै, माटोको उर्वराशक्तिमा कमी

कञ्चनपुर, १६ माघ । कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पुर्याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ । प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको उर्वराशक्ति घटाइ कृषि उत्पादनमा असर परेकोे कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । प्लास्टिकका कारण बिरुवाको जीवनचक्रमा असर पारी जरा फैलिन नदिई उत्पादनमा कमी आएको छ भन्दै उनले भने, “तथ्याङ्कगत विवरण कार्यालयसँग नभए पनि बजार क्षेत्र र त्यसका आसपासका क्षेत्रका ९० प्रतिशत जमिनमा प्लास्टिकजन्य पदार्थका कारण उर्वराशक्तिमा ह्रास आएको पाएका छौंँ ।” प्लास्टिकजन्य पदार्थले पुर्याउने हानीबारे सर्वसाधारणमा चेतानाको कमीले जथाभावी फालिदा जमिनमुनि माटोको चिसोपनलाई समेत घटाउने भएको अधिकृत जोशीले बताए । कृषिको उत्पादन ह्रास आउनुको मुख्य कारणमध्ये प्लास्टिक चुनौतीका रुपमा रहेको उल्लेख गर्दै उनले यसबाट यहाँका किसानको उत्पादन दश प्रतिशतले घटेको छ भने । माटोमा हुने पोषकतत्वको प्रवाहलाई प्लास्टिकले रोक्नुका साथै सूर्यको किरणलाई भित्री सतहसम्म पुग्नबाट रोकी जमिनमा हुने प्राकृतिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यसमेत गर्दै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताए । बेदकोट नगरपालिका चम्फापुरका किसान जयप्रकास राना सडक छउकै खेत भएकाले प्लास्टिकका झोला व्यवस्थापन गर्न चुनौती थपिएको बताए । कृषिक्षेत्रसँगै प्लास्टिकका कारण मानवस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ । ‘प्लास्टिकजन्य पदार्थ ग्रामीण क्षेत्रका बासिन्दा दाउरा सल्काउनका लागि दैनिक प्रयोग गर्र्दै आएकाले उनीहरुको स्वास्थ्य निकै जोखिममा रहेको पाएका छौंँ जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले भने, “प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले क्यान्सरजस्तो रोगसँगै छालाका रोग निम्त्याउने खतरा छ ।” स्वास्थ्य चौकी र अस्पतालमा धेरै बिरामी छालाका हुने गरेका र तीमध्ये नसर्ने पेटभित्रको क्यान्सरका बिरामीसमेत फेला पर्ने गरेको अधिकृत जोशीले बताए। प्लास्टिका कारण गतवर्ष ढलको पानी थुुनिनेसँगै घरभित्रै वर्षाको पानी पसेर नोक्सानी पुर्याएको झलारी बजारका व्यवसायी शिवराज भट्टले बताए । जानकारका अनुसार प्लास्टिकजन्य पदार्थ पेट्रोलियम कच्चा पदार्थबाट बनाइने भएकाले यसमा पोलिमरसँगै विभिन्न किसिमका रङ्ग र रसायनिक पदार्थको प्रयोग गरिने भएकाले मानवस्वास्थ्यका लागि निकै घातक छ । जलवायु प्रदूषण, जैविक विविधतामा ह्रास ल्याउने कार्यसमेत प्लास्टिकले गर्दै आएको छ । हानिकारण प्लास्टिकको झोलाको प्रयोगको सट्टा जुट वा कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने झोलाको प्रयोग गरिनुपर्ने वन तथा वातावरणको क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीले बताए । प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८, वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा प्रदूषण गर्न नपाइने व्यवस्थासँगै फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले जथाभावी फोहर गर्न नपाइने तथा यस्तो कार्य गरेको पाइएमा सजायको व्यवस्था भए पनि ऐन नियम कार्यान्वयन नहुँदा प्लास्टिकको प्रयोग बढेको हो । रासस

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना, प्रक्रिया अगाडि बढाउन टेलिकमलाई निर्देशन

काठमाडौं, १६ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताएका छन्। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आयोजित ‘सुबिसु आइसिटी सम्मेलन- २०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताएका छन् । “बङ्गलादेशलगायत केही मुलुक धेरै पछाडि थिए तर अहिले ती मुलुक आइसिटीमा धेरै अगाडि आइसकेका छन, हामी अगाडि बढ्न सकिरहेका छैँनौँ, यसबारेमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायलाई निर्देशनसमेत दिइएको छ” – सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने । ‘हात-हातमा मोबाइल घर घरमा इन्टरनेट’को नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट सेवा के का लागि उपयोग गर्ने भन्ने महत्वपूर्ण भएको मन्त्री कार्कीको भनाइ थियो । मन्त्री कार्कीले भने – “सूचना प्रविधिको विकास भएसँगै अहिले हुलाक सेवाको काम देखिएको छैन, अब मन्त्रालयले हुलाक सेवालाई सूचना केन्द्रका रूपमा र सूचना विभागलाई सूचना भण्डारणका रूपमा काम गर्ने गरी जिम्मेवारी दिँदैछ ।” सरकारले ग्रामीण क्षेत्रका बालबालिकाको कम्प्युटरमा पहुँच पुर्याउने प्रयास गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । सञ्चार सचिव महेन्द्रमान गुरुङले आइसिटीको प्रयोग बिना मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुन नसक्ने बताए । गाउँगाउँमा इन्टरनेट पुर्याउनुभन्दा पनि पूर्वाधारको विकास पहिलो प्राथमिकता हुनुपर्ने सचिव गुरुङको भनाइ थियो । महासङ्घका अध्यक्ष विनोद ढकालले महासङ्घले सूचना, सञ्चार तथा प्रविधिबारे सरकारसँग हातेमालो गरेर अगाडि बढ्न खोजिरहेको बताए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आइसिटीबारे कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुनेछ। सम्मेलनमा दक्षिण कोरिया, भारत, जर्मनीलगायत विभिन्न देशका आइसिटी विज्ञको सहभागिता रहेको छ ।