दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस
अन्तराष्ट्रिय गरिबी निवारण दिवसः पेटभरी खान नपाउनेको संख्या ९० करोड बढी
काठमाडौं, १ कात्तिक । विश्व बैंकले दैनिक एक दशमलब ९० अमेरिकी डलर आम्दानी गर्न नसक्नेहरुलाई निरपेक्ष गरिबको सूचिमा राख्दै आएको छ । सो भन्दा कम आम्दानी गर्नेहरुलाई दैनिक भेटभरी खान नपाउनेहरुको रुपमा गणना गरिन्छ । बैंकले सन २०१२ मा तयार पारेको योजनामा सन २०१५ को समाप्तिसम्ममा संसारमा निरपेक्ष गरिबहरुको संख्या ७० करोड भन्दा कम गराउने लक्ष्य थियो । तर अझैपनि संसारमा ९० करोड भन्दा बढि जनसंख्या निरपेक्ष गरिबीको रेखमुनी रहेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । जबकी विश्व बैंकले सन २०१२ मै तयार पारेको प्रतिवेदनले भने संसारमा ८९ करोड ६७ लाख मानिस निरपेक्ष गरिबको संख्या थियो । जुन कुल जनसंख्याको १२ दशमलब ८ प्रतिशत हुन आउँछ । विश्व बैंकले सन २०३० सम्ममा संसारबाट गरिबहरुको संख्या ३ प्रतिशतमा झार्ने योजना बनाएको छ । जबकी हाल यस्तो संख्या ९ दशमलब ६ प्रतिशत रहेको छ । विश्व बैंकले सन २०१५ को तथ्यांकमा आधारित रहेर तयार पारेको प्रतिवेदन अनुसार हाल संसारमा कुल जनसंख्याको ९ दशमलब ६ प्रतिशत मानिस मात्रै निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । यो संख्या सन २०१२ को भन्दा २ करोडले कम हो । सबै भन्दा गरिबी अफ्रिकी महादेशमा रहेको छ । त्यहाँ कुल जनसंख्याको ४२ प्रतिशतसम्म मानिस निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । के हो गरिबी निवारण दिवस ? १९९२ डिसेम्बर २२ तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने निर्णय गरेको हो । युद्ध, गरिबी र भोखमरीका विरुद्ध यो दिवसको सुभारम्भ गरिएको हो । अमेरिकामै साढे १३ प्रतिशत जनता गरिब १४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो । सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले बढी १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ । कति नेपाली छन् गरिब ? केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार ८ सय ७५ छ । यो कुल जनसंख्याको २३ दशमलब ८ प्रतिशत हो । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ । संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा छन् । रौतहटमा दुई लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितिमा ५६ हजार आठ सय ६० र गहन समस्यामा २० हजार एक सय ८९ गरिब छन् । संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ हजार पाँच सय ३८ जनसंख्या रहेको मनाङमा दुई हजार एक सय ५० जना गरिब छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या दुई सय ४९ छ । त्यस्तै, जनसंख्याको अनुपातका आधारमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । बाजुरामा गरिबको संख्या ८५ हजार आठ सय ६७ छ । यो कुल जनसंख्याको ६४ दशमलब शुन्य ४ प्रतिशत हो । कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ छ । सो जिल्लामा २६ हजार नौ सय एक गरिब विषम परिस्थितिमा र ११ हजार ८९ गरिब गहन समस्यामा रहेको तथ्यांक छ ।
सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट, ६३ करोडको कारोबार
काठमाडौं, १ कात्तिक । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सो दिन नेप्से परिसूचक १० दशमलब ३८ अंकले घटेर १७९३ दशमलब ३६ अंकमा झरेको छ । आइतबार परिसुचक १६ अंकले घटेको थियो । सोमबार ११६ कम्पनीको ७ लाख ८३ हजार कित्ता सेयर ६३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ । सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६२ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् भने बाकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १७ र शून्य दशमलब ११ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । ३ प्रतिशत गुमाउनेमा अन्य चार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी कामना विकास बैंकले करिब ६ प्रतिशत कमाएको छ । मितेरी विकास बैंक, अपी पावर कम्पनी, ज्योति विकास बैंक लगायत अन्य दुई कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । कुमारी बैंकको सबैभन्दा बढी ७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स र बैंक अफ काठमाडौं लुम्बिनीको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको हो ।
महालक्ष्मी विकास बैंकका सिइओ ‘म्यानेजर अफ दि इयर’ बाट सम्मानित
काठमाडौं, १ कात्तिक । युरोपियन बिजिनेस एसेम्ब्लीले फ्रान्समा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ‘म्यानेजर अफ दि इयर’बाट सम्मान गरेको छ । साथै, उक्त एसेम्ब्लीद्धारा बैंकलाई बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त भएको छ । पुरस्कार फ्रान्सको केन्समा प्रदान गरिएको हो । कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।
काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ हकप्रद निष्कासन गर्ने, कात्तिक ९ गते बुक क्लोज
काठमाडौं, १ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोहि प्रयोजनको लागि कात्तिक ९ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।
ओम र मनास्लु एक आपसमा गाभिने, पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई संस्था एकआपसमा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेण्ट बैंक रहने छ । अध्यक्षमा ओमका अध्यक्ष सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओमकै विश्वमोहन अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृतमा ओमकै बुद्धि मल्ल रहने समेत सहमति भएको छ । सहायक महाप्रबन्धकमा भने मनास्लुका निमित्त महाप्रबन्धक दुर्गाराम पुरी रहनेछन् । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै मजैपछि बैंकको ३६ वटा शाखा हुनेछन् । मर्जरपछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालै ओमको सञ्चालक समितिले २९ दशमलव २० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारणसभाले दुबै संस्थाको बोनस पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।
गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्को सम्मेलन चीनमा हुने
भारत, १ कात्तिक । उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी थिए। सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ । त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त भएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ । वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नेछन् । उनले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए । आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ । सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ । यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ । यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस/सिन्ह्वा
अन्तर्राष्ट्रिय ब्राण्डमा पाँचतारेको निर्माण धमाधम, तीन वर्षभित्रमै आधा दर्जन विदेशी ब्राण्डको पाँचतारे होटल
काठमाडौं १, कात्तिक । नेपालमा पर्यटकीय संभावनालाई दृष्टिगत गर्दै धामाधम विदेशी ब्राण्डमा पाँचतारे होटल निर्माण सुरु भएका छन् । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका नाममा निर्माण सुरु भएका यस्ता पाँचतारे होटलको निर्माण आगामी तीन देखि चार वर्ष भित्रमै आधा दर्जन पुग्ने होटल संघ नेपाल हानको अनुमान छ । नेपालमा होटल निर्माणको घोषणा गरेका र निर्माण प्रक्रिया नै सुरु गरिसकेका विभिन्न तारे होटलमध्ये चारतारे र पाँचतारेको पहिलो प्राथमिकता नै विदेशी ब्राण्ड भित्र्याउने रहेको छ । संचालनमा भइरहेको होटल अन्नर्पूणमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटल ग्रुप दुषित थानी भित्रिएको छ भने अमात्य ग्रुपले भारतको क्लाक्र्स समूहलाई पोखराको फूलवारी होटलमा भित्राइसकेको छ । सोल्टी होटल सोल्टी क्राउन प्लाजाको ब्राण्डमा, ह्यात रिजेन्सिले ह्यात ब्राण्डमा र र्याडिसन होटल र्याडिसन ब्राण्डमा संचालन भइरहेको छ । निर्माणाधि पाँचतारे होटलले पनि विदेशी ब्राण्डलाई अगाडि सारिसकेका छन् । निर्माणाधिन होटलले अन्तर्राष्ट्रिय ब्राण्ड घोषणा गरेरै निर्माण थाल्नेमा शेष घलेको केशरमहलको काठमाडौं शेराटन, अजयेराज सुमार्गीको विशाल नगरको सुमाग्री होटलमा युरेपेली ब्राण्ड, पृथ्वीबहादुर पाँडेको ठमेलमा छायाँ सेन्टरमा अलफ्ट, ठमेलमै शशिकान्त अग्रवालको एमएस ग्रुप अन्तर्गतको चारतारे काठमाडौंस्तरको मेरिओट र सोही ग्रुपको नक्सालमा पाँचतारे होटल मेरिओटकै ब्राण्डमा निर्माण भइरहेको छ । नेपालमा देखिएको पर्यटकीय संभावना र लगानीको अवसरलाई दृष्टिगत गर्दै पाँचतारेमा विदेशी ब्राण्ड तथा चेन होटल भित्रिन थालेका हुन । विदेशी ब्राण्डले होटलको प्रचार गर्न र पर्यटक तान्न सहज हुने भएकोले नयाँको ध्यान नयाँ ब्राण्ड तथा चेनमा केन्द्रित भएको होटल संघ नेपाल (हान)को भनाई छ । हानका अनुसार नयाँ होटलमा विदेशी ब्राण्ड भित्रनु नेपालमा विदेशी लगानीका लागि सकारात्मक सन्देश प्रभाव हुनु पनि हो । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटलको भित्रने क्रम नेपालमा पनि बढ्न थालेकोले नेपाली व्यवस्थापनका होटले पनि विदेशीब्राण्डलाई प्राथमिकता दिएको होटल व्यवसायी बताउँछन् । नेपालमा यसअघि एभरेष्ट होटलको सुवाआतमा भित्रिएको शेराटन ब्राण्ड पाँच वर्ष मात्रै टिकेको थियो भने सोल्टीमा आएको इन्टरकन्टिनेन्टल (आईएचजी) तथा ओवराय होटलले नेपालमा बजार मार्केट बनाउँन नसकेर फिर्ता गएको थियो । नयाँ सभावना बोकेर थप होटलका ब्राण्ड भित्रनु सकारात्मक भएको हिमालयन होटलका सीईओ प्रह्लादराज कुवँरले बताए । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउनेमा पहिलो सोल्टी नै हो । यसमा हाल क्राउन प्लाजा रहेको छ भने ओवराय, र होलिडे इनको ब्राण्ड पनि केही समय लिएको थियो । विश्वमै आईएचजी अर्थात इन्टरकन्टिेन्टल ग्रुपले स्टे बीज स्वीट्स, होलेडि इन र ओवरायलाई लिन सक्ने ब्राण्ड हो । होटलको अन्तर्राष्ट्रिय ब्राण्ड हुनु भनेको आफूले बजारीकरण गर्र्नु नपर्ने र अन्तर्राष्ट्रिय मार्केट आफैं बन्ने भएकोले पनि यस्तो ब्राण्ड तथा चेन होटलप्रतिको उत्साह हुने गरेको कुवँरको बुझाई छ । अहिले नयाँ मार्केट बढाउन नसक्नु र दक्ष जनशक्तिका साथमा गुणस्तरीय सेवा पु¥याउँन नसकेको अवस्थामा भित्रने नयाँ ब्राण्डले पक्कै पनि राम्रो सन्देश प्रवाह गर्ने उनको बुझाई छ । नेपालमा आउने नयाँ चेन होटलले नयाँ मर्केट बढाउने र दक्ष जनशत्तिको प्रयोगका साथमा स्तरीय सेवालाई नै महत्व दिने गर्छ । नेपालमा भित्रिएका होटलले भएको प्राइस वारमै गएका कारण भएकाको पनि गुणस्तर खस्किएका छन् । गुणस्तरी सेवाका साथ हुने अन्तर्राष्ट्रिय चेनले रुची देखाउनुले नेपालको प्रचार अन्तर्राष्टिय बजार सम्म पु¥याउन सहज पनि हुन्छ । अहिलेको संस्कृति भनेको ब्राण्डेड कपडा लगाउने, खाना खाँदा पनि ब्राण्डेड हेर्ने तथा बस्ने काम हुन थालिसकेको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा निर्माणधिन पाँचतारे होटल होटल कोठा संख्या लगानी (रु.मा) अन्तर्राष्ट्रिय चेन/ब्राण्ड काठमाडौं शेराटन २१८ ८ अर्ब शेराटन सुमार्गी ग्रूप २२० ५ अर्ब युरेपेली छायाँ सेन्टर २२० ३ अर्ब अलफ्ट एमएस ग्रूप २३५ साढे दुई अर्ब मेरिओट फूलवारी रिसोर्ट १६५ थप लगानी ५६ करोड क्लाक्र्स एमएस ग्रूप १०८ ७५ करोड फेयरफिल्ड मेरिओट