कांग्रेसले मन्त्री बन्नेको नामावली दियो, आजै शपथ
काठमाडौं १०, भदौ । पुष्कमल दाहाल प्रधानमन्त्री बनेको तीन सातापछि सत्ता साझेदार कांग्रेसले आफ्नो पाटिको तर्फबाट मन्त्री हुनेको नामावली टुंगो लगाएको छ । कांग्रेसले मन्त्रीको नाम छनोट गरेकोले आज शुक्रबार विहानै सपथ हुने बताइएको छ । कांग्रेसभित्रकै लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको हो । योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ। जसमध्ये पार्टी सभापति देउवाको भागमा ८, वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा ५, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको भागमा एकएक मन्त्रालय परेका छन् । बिहीबार मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइएकोले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ। को को थपिए मन्त्रीको लिष्टमा अर्जुननरसिंह केसी — सहरी विकास प्रकाशशरण महत — परराष्ट्र बालकृष्ण खाँड — रक्षा सूर्यमान गुरूङ — श्रम तथा रोजगार केशवकुमार बुढाथोकी — सामान्य प्रशासन रोमी गौचन थकाली — वाणिज्य सीतादेवी यादव — शान्ति तथा पुनर्थापना जीवनबहादुर शाही — पर्यटन दीपक गिरी — सिँचाइ नवीन्द्रराज जोशी — उद्योग शंकर भण्डारी — वन गगन थापा — स्वास्थ्य हृदयराम थानी — सहकारी तथा गरिबी निवारण
गुगल र उवरलाई पछाडि पार्दै सिंगापुरमा चल्यो विश्वको पहिलो सेल्फ ड्राइभिङ ट्याक्सी
काठमाडौं ९ भदौ। सिंगापुरको नुटोनोमी डिब्ट्स अटोनोमस क्यावले विश्वका ठूलाठूला टेक कम्पनीहरुलाई उछिन्दै सडकमा आफैं चल्ने (सेल्फ ड्राइभिङ) कार/ट्याक्सी विहिवार सफलतापुर्वक लन्च गरेको छ। उसले अमेरिकाका विश्वविख्यात टेक कम्पनी उवर र गुगललाई उछिनेको हो। विश्वबजारमा कसले सवैभन्दा पहिले सेल्फ ड्राइभ ट्याक्सी दौडाउने भन्ने होड चलिरहेका बेला सिंगापुरको यो कम्पनीले सफलता हात पारेको हो। यसअघि गुगल र चीनको इन्टरनेट जाइन्ट कम्पनी ‘बैदु’ले सफलतापुर्वक सेल्फ ड्राइभिङ कारको परिक्षण गरेका थिए तर यो कम्पनीले पब्लिकका लागि नै सेवा सुरु गरेको जनाएको छ। कम्पनीले अमेरिकाको म्यासाच्युसिट्सवाट दुईजना वैज्ञानिकलाई वोलाएर सिंगापुरका सडकमा सेल्फ ड्राइभिङ कारको सम्भाव्यताका लागि अध्ययन गर्न लगाएको जनाएको छ। नढाँटी भन्दा उवरले परम्परगत तरिकाले सेल्फ ड्राइभिङ ट्याक्सीको प्रयोगमा जोड दिइरहेको छ’ नुटोनोमीका चिफ अपरेटिङ अफिसर डोङ पार्करले भने ‘प्रविधिको तिव्र प्रतिस्पर्धामा हामी जित्ने लक्ष्यका साथ अगाडी बढेका थियौं र सफल पनि भएका छौं।’ पार्करले भने, ‘हामीसंगै सिंगापुर सरकारले सेल्फ ड्राइभिङ कारका लागि एउटा कोशेढुङ्गा पार गरेको छ। सिंगापुरको उत्तरी एक जिल्लामा करिब एक माइल वरपरसम्म यसले सजिलै आवतजावत गर्न सक्छ। यसको विस्तारका लागि हामी लागिरहेका छौं।’ कम्पनीले सन् २०१८ भित्रमा सिंगापुरका सवै आइल्याण्डका अटोनोमस ट्याक्सी कम्पनीहरुलाई यो सेवा हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ। ‘हामी सेल्फ ड्राइभिङ ट्याक्सी ग्राहकका लागि संसारमा कन्जुमर सर्भिस दिने पहिलो देश भएका छौं’ पार्करले भने। कम्पनीले अब सिंगापुरका जनता र यहाँ घुम्न आउने पर्यटकले गाडीको इन्जिनको प्रदुषण र अनावश्यक झन्झटवाट मुक्ति पाउने बताएको छ।
विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना
काठमाडौं ९ भदौ। विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्। उडिरहेका बेला समस्या आएपछि इङ्ल्यान्डको क्र्याडिङटन विमानस्थलमा विमानलाई क्रसल्यान्डिङ प्रयास गरिएको थियो। ‘क्र्यासल्यान्डिङ गर्ने क्रममा एयरल्यान्डर क्षतिग्रस्त भएको छ’, विमान निर्माता हाइबर्ड एयर भेइकल्स (एचएभी) ले भनेको छ, ‘चालक दलका सबै सुरक्षित छन्। कोही घाइते भएका छैनन्।’ विमानको ककपिटमा क्षति पुगेको छ। जहाजले टेलिग्राफको खम्बामा ठोक्किर दिँदा अग्रभागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। यो जहाज सुरुमा अमेरिकाले मिटरिङ गर्ने उद्देश्यले निर्माण गरेको थियो। एचएभीले यसलाई मनिटिरिङ, सञ्चार तथा यात्रु बोक्ने विमानको रुपमा विकास गर्ने प्रयास गरिरहेको छ। २०२१ सम्ममा यसको व्यवसायिक उडान गर्ने कम्पनीको तयारी छ। ९२ मिटर लामो एयरलाइन्डर १० सो विमान हेलिकोप्टर र एयरसीप प्रविधिको मिश्रण हो।
आइफोन सेभेनमा विशेष क्यामेरा हुने
क्यालिर्फोनीया ९ भदौ। एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने भएको छ। म्याक र्युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ। उक्त सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ । सार्वजनीक गरिएको क्यामरा सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रियर क्यामरा भन्दा उत्कृष्ट र गुणस्तिरीय हुने जनाइएको छ । विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रियर क्यामरा कटआउटस रहित थियो ।आइफोनले ४.७ इन्चको सिङगल लेन्स क्यामरलाई अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तिरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्यिुल लेन्स क्यामरा र ३ जिबी र्याम जडान गरिने बताइएको छ। एप्पलले आफुहरुले ल्याउने अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ। एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७ र आइफोन सेभने प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको छ।
पर्यटन बोर्डले ५० जना कर्मचारी नियुक्ती गर्दै, रोजगारीको लागि बोर्ड उत्कृष्ट संस्था
काठमाडौँ, ९ भदौ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रको संलग्नतामा स्थापित नेपाल पर्यटन बोर्डले करिव ५० जना नयाँँ कर्मचारी नियुक्त गर्ने भएको छ । अहिले बोर्डमा ७१ नयाँ दरबन्दी रहेकोमा २१ जना कर्मचारी मात्रै कार्यरत रहेकोले बाँकी पदपूर्ति गर्न लागिएको बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । बोर्डमा एक कार्यकारी कार्यकारी प्रमुख र उपकार्यकारी प्रमुख तथा (पोखरामा एक थपिएको) सहित छ जना निर्देशक, २१ जना व्यवस्थापक र ३१ जना अधिकृत रहने छन् ।राम्रो तलब सुविधा, निरन्तर देश विदेश घुम्न पाउने भएकोले नेपाल पर्यटन बोर्ड जागिरको लागि आकर्षक गन्तव्य मानिन्छ । यहाँ जागिर खान र खुवाउन शक्ति केन्द्रबीच गतिलो चलखेल हुने गरेको छ । बोर्डले कर्मचारी विनियमावलीको १०औँ संशोधन गरी पदपूर्तिको तयारी थालेको बुझिएको छ । अधिकृत तहका कर्मचारी भर्ना गर्ने र त्यसमुनिका तहमा अस्थायी र करारमा कर्मचारी नियुक्त गर्ने बोर्ड सदस्य सापकोटाले बताए । एक निर्देशकसहित २० बढी अधिकृत लिने बोर्डको सोच छ । बोर्डमा पाँच निर्देशक रहेकामा अहिले सबैको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । बोर्डमा जनशक्तिको अभावमा प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् । विगत नौ वर्षदेखि बोर्डमा कुनै पनि कर्मचारी नियुक्ति नहुँदा प्रशासनिक तथा प्रवद्र्धनात्मक काम प्रभावित भएको हो । अघिल्लो कार्यकालका बोर्ड प्रमुखसहित केही पदाधिकारी भ्रष्टाचार मुद्दामा मुछिएपछि बोर्डको गतिविधि झनै प्रभावित बन्यो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलासहित २३ पदाधिकारी तथा कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि बोर्डका महत्वपूर्ण शाखा जनशक्तिविहीन छन् । ती अधिकारीका मुद्दा अझै टुङ्गिएका छैनन् । लामो प्रयासपछि झन्डै सात महिना अघि बोर्डले सिइओ पाए पनि अन्य विभाग र शाखामा कर्मचारी नहुँदा कामले गति लिएको छैन ।सङ्क्रमणको चपेटामा परेको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन अभियानमा बोर्डले दत्तचित्त छ । आन्तरिक पर्यटन प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा जुटेको बोर्डले चाँडै जनशक्ति पूर्ति गरी बोर्डलाई अझ सक्रिय बनाउने भएको छ । सापकोटाले बोर्डको जनशक्तिलाई चाँडै पूर्णता दिई प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । “बढीमा दुई हप्ताभित्र नयाँ कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गछौँ, निष्पक्ष ढङ्गले दश कर्मचारी छनोट गरी बोर्डलाई दसैँअघि पूर्णता दिएर चलायमान बनाउछौँ”– बोर्डको पदपूर्ति समितिका संयोजक समेत रहेका सापकोटाले बताए । ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बोर्ड यतिखेर बिबिसी, सिएनएनजस्ता ठूला मिडियामार्फत प्रचारात्मक अभियानमा जुटेको छ । बोर्डले यस वर्षका लागि रु एक अर्ब १२ करोड ५० लाख बजेट पाएको छ । । यसमध्ये पर्यटन प्रवद्र्धनका लागि रु २७ करोड ५० लाख तथा बजारीकरणका लागि करिब रु २३ करोड विनियोजन गरिएको छ । बोर्ड सञ्चालक समिति सदस्य सापकोटाका अनुसार बिबिसीका लागि रु नौ करोड, भारत र चीनका ठूला मिडियका लागि रु पाँच करोड तथा अन्तर्राष्ट्रिय संस्था, ट्रिप एडभाइजरीका लागि रु दुई करोड ५० लाख र अन्तर्राष्ट्रिय समाचार एजेन्सी ९रोयटर्स० का लागि रु ८० लाख बजेट व्यवस्थापन गरिएको छ । पहिला निर्णय भई विभिन्न कारणले रोकिएको यो कार्यका लागि अहिले टेन्डर आह्वानको प्रक्रिया अघि बढेको छ । बोर्डले यो वर्षदेखि परम्परागत प्रचार शैलीलाई अब पूरै विद्युतयीय प्रणालीमा लैजान रु एक करोड ७० लाख बजेट व्यवस्थापन गरेको छ । त्यस्तै अहिलेको बजेट तालिम, अनुसन्धान आदिका लागि करिब रु छ करोड र पूर्वाधार विकासका लागि रु १६ करोड बजेट विनियोजन गरिएको छ । सङ्क्रमणका बेला पनि ७० प्रतिशत बजेट खर्च गरिएको र यो वर्ष चाँडै बजेट आएकाले शत प्रतिशत काम गरिने बोर्डको दाबी छ । खाली दरवन्दी पूरा गरी बोर्डलाई जेट इन्जिनको रुपमा सञ्चालन गरिने दृढता बोर्ड सदस्य सापकोटाले प्रकट गरे । पर्यटन मन्त्रालयले तयार पारेको सन् २०१५ को ‘नेपाल पर्यटन तथ्याङ्क’ अनुसार सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । राससको सहयोगमा
जगदम्बा सिमेन्टको हात खाली नजाने दशैं तिहार योजना
काठमाडौं, ९ भदौ । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले दशैं तिहार उपभोक्ता योजना, जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात ल्याएको छ । जस अन्तर्गत उपभोक्ताले जगदम्बाका कुनैपनि उत्पादनहरुको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् र त्यसलाई स्क्राच गरी मोटरसाइकल,आईफोन, आईप्याड, टिभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राईस कुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कारहरु समेत प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत हरेक कुपनमा कुनै न कुनै उपहार भएकोले कसैको पनि हात खाली नहुने कम्पनीले जनाएको छ ।
उपत्यकाका तीन ग्यास डिपोमा सिलबन्दी
काठमाडौं, ९ भदौ । सञ्चालन भएको लामो समय हुँदासमेत व्यवसाय नवीकरण नगरेको भन्दै कलङ्कीमा जैसवाल जनरल स्टोर सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा भएको अनुगमनका क्रममा बुधबार २०६० सालदेखि दर्ता नगरेको भन्दै उक्त जनरल स्टोरमा सिलबन्दी गरिएको हो । यसैक्रममा कलङ्कीमा रहेको श्रीकृष्ण ग्यास उद्योग प्रालिमा कम तौल भएको सिलिन्डर फेला परेपछि तीन सिलिन्डर सिल गरिएको छ । यस्तै नारायणी ग्यास उद्योगमा पनि कम तौल भएको सिलिन्डर फेला परेपछि सिलिन्डर सिल गरी आवश्यक कारबाहीका लागि गुणस्तर तथा नापतौल विभागमा पढाइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए । ललितपुरको बालकुमारीमा सिद्धार्थ ग्यास डिपोमा तीनवटा तौल कम भएको सिलिन्डर भेटेपछि ती सिलिन्डर सिल गरिएको छ । अनुगमनकै क्रममा ललितपुरको नखिपोटस्थित मासु पसलबाट अखाद्य २० प्याकेट मासु नस्ट गरिएको छ । यसैगरी असन क्षेत्रका १५ वटा पसलमा समेत म्याद नाघेका खाद्य वस्तु भेटिएकाले उक्त सामान जफत गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । एलिसा डेरी वनस्थलीमा लेवल नभएको र मिति सकिएको घ्यू फेला परेको र सामूहिक कृषक डेरी बालाजुमा पनि अनुमति बिना दही बिक्री वितरण गरेको भेट्टिएको छ । एयरपोर्ट र पुल्चोकमा बढी भाडा असुल गरेको, मिटर राखेर ट्याक्सी नचलाएको, भाडाको दररेट नटाँसेकाले २७ वटा सार्वजनिक यातायातका साधनलाई कारबाहीका लागि ट्राफिक प्रहरीको जिम्मा लगाएको छ । रासस
सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम नदिन अन्तरिम आदेश
काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “आर्थिक वर्ष २०७३/०७४ बजेटको बुँदा नम्बर १९ हाललाई कार्यान्वयन नगर्नु/नगराउन ।” आव २०७३/०७४ को बजेट वक्तव्यको बुँदा नं १९ मा अयोग्य लडाकूलाई रु दुई/दुई लाख दिने व्यवस्था गरिएको छ । त्यसको कार्यान्वयन नगराउन आदेशमा भनिएको छ । यसबारेमा थप छलफलका लागि आगामी भदौ १५ गते बोलाइएको छ । द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका टीकाराज आरणका छोरा रामेछाप पुरानागाउँ–५ का ज्ञानेन्द्रराजसहित १३१ जनाले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई रु दुई लाख उपलब्ध गराउने निर्णय कानुनसम्मत नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई गत साउन ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । “चार हजार आठ लडाकूलाई रु दुई लाखका दरले रकम दिने सरकारी निर्णय वैधानिक छैन, द्वन्द्व पीडितलाई अपूरणीय क्षति हुने तथा सुविधा र सन्तुलनको सिद्धान्तविपरीत हुने हुँदा सो कार्य नगर्नु÷नगराउनु”–रिट निवेदनमा माग गरिएको थियो । रासस