विकासन्युज

झलनाथको टिप्पणी : अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे । उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताए । देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको जानकारी दिए ।  भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए । हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गरे ।  नेता खनालले भने, ‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिष्ट पार्टीको सरकार छ । तर पुँजीवादी जनवाद स्थापना भयो । बहुदलीय जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुई वटा हात्ती जस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’ नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताए । ०६२/०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताए । 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ६८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ६८औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा सम्पन्न गरेको छ । पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रमुख अतिथि रहनुभएको मूल समारोहमा उनले श्रमिकको रोजगारी र सेवासुविधा सुनिश्चित हुन सकेमा उत्पादकत्वमा स्वतः वृद्धि हुने धारणा व्यक्त गरे । बैंकमा हाल चलिरहेको आन्दोलनमा महासंघले ऐक्यबद्धता जनाउँदै आवश्यक पहलकदमी लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले पुराना सम्झौताहरू कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब बाध्यात्मक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसँगै सेवाप्रति योगदान पुर्‍याउने कर्मचारीहरूलाई सम्मान गरिनुका साथै निबन्ध र खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यस अवसरमा संघको कर्णाली प्रदेश समितिलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको थियो । त्यस्तै, ‘उपदान प्रणालीको प्रभाव’ विषयक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम भएकी थिइन् । कार्यक्रममा केन्द्रका अलावा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरूले समेत विविध सामाजिक र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरेका थिए । संघको यो वार्षिकोत्सव रक्तदान, खाद्यान्न वितरण, वृदाश्रम र बालगृहमा सेवा, तथा विपन्न विद्यार्थीलाई सामग्री वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यमार्फत अर्थपूर्ण रूपमा सम्पन्न भएको हो ।

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताए । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।  उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ ।  कार्यालयले आव २०८१र८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । 

सन नेपाल लाइफको सेयरको ३ वटा कटअफ मूल्य निर्धारण, अधिकतम ४६१ रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य निर्धारण भएको छ ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको संस्थापक समूहतर्फको सेयरको कटअफ मूल्य १५१ रुपैयाँ कायम भएको छ ।  यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा नरहेको सेयरको कट अफ मूल्य ४६१ रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ ।  कम्पनीले गत असार २३ गतेदेखि असार गतेसम्म संस्थापक समूहको ८० हजार २२२ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) ४ हजार कित्ता र सर्वसाधारण समूहको लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता सेयर बिक्री गरेको थियो ।  कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले साउन ४ गते बाँडफाँड गरिएको जनाएको छ । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी साउन ८ गतेदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । 

छ्याङ्दी हाइड्रोले साउन १४ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको २ लाख ९८ हजार ८३२ कित्ता सेयर भदौ साउन १४ गतेदेखि साउन २१ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर, वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सक्नेछन् ।

८२६.६५ प्रतिशत बढ्यो निफ्राको निक्षेप, नाफा १ अर्ब १४ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ह्वात्तै बढाएको छ । गत वर्ष बैंकको निक्षेप संकलन ८२६.६५ प्रतिशत बढेर ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ८२ करोड ९८ लाख रुपैयाँ मात्रै निक्षेप संकलन गरेको थियो ।  साथै, बैंकले गत वर्ष कर्जा लगानी १८.९० प्रतिशत बढाएर २४ अर्ब ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । तर, समीक्षा वर्षमा बैंकको खुद नाफा १३.८५ प्रतिशत घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५० प्रतिशत घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  बैंकको कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ९ लाख रुपैयाँ र सञ्चाल नाफा ७६३ प्रतिशत बढेर १ अर्ब ६४ करोड २ लाख रुपैयाँ रहेको छ ।  बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोष ३९.४८ प्रतिशत बढेर ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।  नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ६.१६ रुपैयाँबाट घटेर ५.५६ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरुमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरु पनि विश्लेषणका अवस्थामा रहेको जनाएको छ । बैंकले निजि-सार्वजनिक साझेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औधोगिक पूर्वाधार र उर्जाका परियोजनाहरुमा एसपीभी मोडलमा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ ।

बैंकर्स संघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स संघसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ ।  घर जग्गाको मूल्य र मूल्याङ्कन घटेकै आधारमा मूल्याङ्कनकर्ता इञ्जिनियरमाथि गरिएको कालोसूचीलगायत कारबाहीको सिफारिस फिर्ता लिन एशोसिएशनले आग्रह गरेको छ । एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबीच विभिन्न मितिमा पत्राचार तथा छलफल हुँदासमेत मूल्याङ्कनकर्ताको समस्या समाधानमा गम्भीर नदेखिएको र समस्या अझै बढ्दै गएकोले पूर्ववत् सहमति कायम गर्न आग्रह गरिएको हो । अत्यधिक मात्रामा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने परिपाटी अन्त्य गर्दै चक्रीय प्रणालीका आधारमा काम दिन र सूचीकृत मूल्याङ्कनकर्ताले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न सो बैंकलाई अनुरोध गरिएको छ । एशोसिएशनद्वारा जारी मूल्याङ्कन परामर्श शुल्क तत्काल लागू गर्न निलम्बन फिर्ता लिन समेत अनुरोध गरिएको उपाध्यक्ष पाठकले जानकारी दिए । 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ ।  वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।