वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै
काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ । दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ । उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ । जहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए । निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ । तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए । निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’
ल्याक्टोफन क्याण्डीको ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ अभियान शुरु
काठमाडौं, २० काठमाडौं । ल्याक्टोफन क्याण्डीको नयाँ स्वरुपलाई कम्पनीले देश भर ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ भन्ने विज्ञापन अभियान नारा सहित बजारीकरण गरेको छ । उक्त विज्ञापन अभियानमा बच्चाहरुको सबै भन्दा लोकप्रिय क्याण्डी अझै ठूलो र स्वादिलो भएको कारणले उनीहरुले देखाएको खुसी र उंमगलाई झल्काएको छ । सुजल फुड्स प्रा.लि.द्धारा उत्पादित ल्याक्टोफन क्याण्डी दूध र क्यारमेलको भरिपूर्ण रहेको एक स्वादिष्ट क्याण्डी हो । विगत २० वर्ष देखि ०.५० पैसामा उपलब्ध रहेको यस क्याण्डीले बच्चाहरुमा खुसी र उंमग प्रदान गरिरहेको कम्पनीले जनाएको छ । उक्त ल्याक्टोफन क्याण्डीलाई अझै ठुलो र अझै टेस्टी अनी नयाँ स्वरुपमा नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार ल्याक्टोफन क्याण्डीको रजिस्ट्रर ट्रेडमार्क हो जसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वास्थ्यकर वातावरणमा उत्पादन गरिन्छ । त्यसैले हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइन्छ । यसको प्याकेजिङ्ग चम्किलो , आकर्षक दुवै तर्फ गरिएको, रमाइलो रातो, निलो, र पहेंलो रङ्गले सजिएको छ कम्पनीले जनाएको छ । रातो तथा निलो रङ्गको समिश्रणले नयाँपन झल्काएको छ भने निलो तथा पहेलो रङ्गको समिश्रणले लोकप्रिय ल्याकटोफन क्याण्डीको आभास झल्काएको छ । सम्पूर्ण रुपमा नयाँ ल्याकटोफन क्याण्डी ठुलो, रङ्गीचङ्गी, खुसी तथा उंमगले भरिपुर्ण रहेको छ । यस क्याण्डीलाई अत्यन्तै सुन्दर, अन्तराष्ट्रिय स्तरको आकर्षक जार तथा आकर्षक प्याकेटमा उपलब्ध गराइएको छ । ल्याक्टोफन क्याण्डीको नयाँ विज्ञापन राष्ट्रिय स्तरमा “ल्याक्टो टेष्टी, धेरै मस्ती” भन्ने नारासहित प्रचार प्रसार अभियान सुरु गरेको छ । उक्त नयाँ बजार प्रवर्धन योजनामा बच्चाहरुले धेरै रुचाइएको र मन पराएको ल्याक्टो फन क्याण्डी अझै ठुलो, स्वादिष्ट र आर्कषक एबअपबनष्लन मा उपलब्ध भएकोले आफ्नो खुसी र उमंग दर्शाएका छन् । सोही सन्देश विभिन्न पत्र पत्रिका, रेडियो जिङ्गल मार्फत प्रवाह गरिएको छ । आइएसओ २२०००ः२००५ अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त, लक्ष्मी ग्रुपको भातृ संस्था सुजलले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ । जसमध्ये का उत्कृष्ट उत्पादनहरु चोकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौदेखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।
किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण
काठमाडौं, २० साउन । आइतबारदेखि ओरालो लाग्न थालेको पुँजी बजार बिहिबारसम्म निरन्तर ओरालै लागिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा बजार नेप्से परिसूचक ६४ दशमलब ८ अंकले घटिसकेको छ । र यो क्रम बिहिबार बजार खुल्दा पनि यथावत छ । अर्थतन्त्रका नाजुक परिसूचक तथा सत्ता परिवर्तनको सरगर्मीका बावजुद निरन्तर बजार बढेकोमा नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराइरहेको थियो । बजार किन बढ्यो र अहिले किन घटिरहेको छ ? नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गीरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि ठोस कारण थिएन र अहिले घट्नुमा पनि कुनै कारण देखिन्न ।’ उनले बजार बिनाकारण बढेपछि घट्नु पनि स्वभाविक नै भएको बताए । यस्ता छन बजार घट्नुका कारणहरु ब्रोकरको कारोबारमा निगरानी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालो धनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला माछा उम्किए नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ । संघाई पक्राउ प्रकरण लागु औषध कारोबारको आरोपमा संघाई ग्रुपका रतन संघाई पक्राउ परे । संघाई ग्रुपको सेयर बजारमा ठुलो लगानी छ । रतन संघार्ईको बैंक एकाउण्ट रोक्का गरिएको भएपनि सेयर कारोबार रोक्का गरिएको छैन् । रतन पक्राउ परेपछि संघाई समुहले धमाधम सेयर बेचिरहेको बताइन्छ ।
नेपाल आयल निगमले सेयर जारी गर्ने, चुक्ता पुँजी १० अर्ब पुर्याउने
काठमाडौं, २० साउन । नेपाल आयल निगमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । हाल निगमको चुक्ता पुँजी करोड ६७ लाख १५ रहेका छ । निगमले त्यसलाई बढाएर ३० करोड पुर्याउने निर्णय भर्खरै सम्पन्न निगमको बार्षिक साधारण सभाले गरेको थियो । निगमले सर्वसाधारणलाई सेयर जारी गरेर आफ्नो पुँजी १० अर्ब पुर्याउने लक्ष्य राखेको छ । आइपिओ जारी गर्ने सम्बन्धमा अध्ययन गर्न निगमले समिति नै गठन गरिसकेको छ । निगमले पुराना सेयरधनीलाई ५५ प्रतिशत, रणनीतिक साँझेदारलाई १५ प्रतिशत र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल निगममा आपुर्ति मन्त्रालयको ६१ दशमलब ४४, अर्थ मन्त्रालयको १९ दशमलब ६१, आपुर्ति व्यवस्थापन विभागको १७ दशमलब ३२, नेशनल ट्रेडिङको शुन्य दशमलब ७६, राष्ट्रिय बिमा कम्पनीको शुन्य दशमलब ४७, नेपाल बैंकको शुन्य दशमलब २३ र राष्ट्रिय बाणिज्य बैंकको शुन्य दशमलब १५ प्रतिशत सेयर हिस्सा रहेको छ । इण्डियन आयल कर्पाेरेशन, हिन्दुस्तान पेट्रोलियम तथा विश्व अन्य तेल कम्पनीहरु जस्तै नेपाल आयल निगमले पनि सेयर जारी गर्न लागेको हो । ३७ अर्ब नोक्सानीमा रहेको निगमले भर्खरै ऋण तिरिसकेको छ । यद्यपी अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको भारी गिरावटका कारण मात्रै निगमले ऋण तिर्न सकेको हो ।
कोनाजोले समाले एनएमबि माइक्रोफाइनान्सको सीईओ पदभार
पोखरा, २० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद तिर्थरत्न कोनाजोले समालेका छन् । संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जामा आयोजित एक स्वागत कार्यक्रमका बीच बुधवार उनले पदभार ग्रहण गरेका हुन् । कोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको बताउदै त्यसका लागि थप मेहनत गर्न जरुरी भएको बताए । वित्तीय संस्थाको संचालक समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आगामी दुई वर्षका लागि चयन गरेको हो । नेपाल बैंक, हिमालयन बैंक हुँदै आरएमडिसी (रुरल माइक्रोफाइनान्स वित्तीय संस्था) मात्र करिव १७ वर्ष काम गरेका कोनाजो बैकिङ र लघुवित्त क्षेत्रमा अनुभवी व्यक्ति हुन् । २५ जिल्लामा लघुवित्त सेवा प्रदान गर्न राष्ट्र बैंकबाट स्वीकृत पाएको एनएमवि माइक्रो फाइनान्सले हिमाली तथा पहाडी जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । गत असार मसान्तसम्ममा करिव ३६ हजार सदस्य मार्फत ९४ करोड कर्जा लगानी गरी १९ करोड वचत संकलन गरेको उक्त संस्थाले जानकारी दिएको छ । यस संस्थाको हाल चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँ रहेको १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी १० करोड १२ लाख पुग्ने छ ।
मिडियालाई उत्तरदायी र जवाफदेही बन्न मानवअधिकारको आग्रह
काठमाडौं, २० साउन । प्रेस काउन्सिल नेपाल र महिला मानवअधिकार रक्षकहरुको सञ्जालद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा महिला अधिकारकर्मीहरुले अझैंपनि महिलाहरु विभिन्न प्रकारका हिंशावाट प्रताडित हुनु परिरहेको र केही मिडियाले महिलाको व्यक्तिगत जीवनलाई लिएर हिंशालाई प्रोत्साहन गरिरहेको धारणा राखे । सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले महिलाको विषयमा मिडिया संवेदनशील हुनुपर्ने बताउँदै पत्रकारितामा महिलालाई स्थापित गराई जिम्मेवारी प्रदान गर्न सकेमात्र महिलामाथिको हिंशा कम भई शक्तिकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । मिडियालाई व्यवस्थित, मर्यादित, उत्तरदायी, जवाफदेही बनाउनेतर्फ काउन्सिलको भूमिकालाई थप प्रभावकारी गरिने बताए । कार्यक्रममा महिला मानवअधिकारकर्मी डा. रेणु अधिकारी, डा.मीना आचार्य, डा. बिमला राई पौड्याल, सुनिता दनुवार, विमला तामाङ्, बिना वुधाचार्य, पवित्रा सुवेदी, सिर्जना पुन, भाविशा कोईराला, जया लुईटेल, शर्मिला कार्की, शान्तालक्ष्मी श्रेष्ठ, कल्याणी शाह, सविता पोखरेल लगायतले लोकतन्त्र÷गणतन्त्र आएर महिला नै राज्यको महत्वपूर्ण निकायमा नेतृत्व गरेपनि महिलामाथि हुने हिंशामा कमी नआएको, महिलालाई बस्तुको प्रचारको साधन बनाईएको, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको, महिलाका व्यक्तिगत विषयलाई समाचार बनाई केही मिडियाले मानवअधिकारको हनन् गरेको भन्दै दण्डहीनताको अन्त्यका लागि आग्रह गरेका छन् ।
पेनड्राइभलाई सेक्रेट राख्न चाहनुहुन्छ, यि ६ स्टेपमा राख्नुस् पेनड्राइभमा पासवर्ड (तस्विरसहित)
काठमाडौं, १८ साउन। पेनड्राइभ सानो भएपनि काम भने ठूलो गर्छ । तर पेन ड्राइभबाट डाटा सार्दा त्यो लिक हुने खतरा त्यतिकै हुन्छ । तपाइँलाई थाहा नहुन सक्छ पेन ड्राइभमा पासवर्ड हालेर यसलाई सुरक्षित बनाउन सकिन्छ । Bitlocker एन्क्रिप्शनको प्रयोग गरेर आफ्नो डाटालाई सुरक्षित पार्न सकिन्छ । तर यसका लागि तपाइँको ल्यापटपमा विण्डोज 7 Ultimate OS वा यस पछि आएका अपरेटिङ सिष्टममा मात्र काम गर्छ । यसरी राख्नुस् पेनड्राइभमा पासवर्डः स्टेप १ पेनड्राइभलाई कम्प्युटरमा कनेक्ट गर्नुस् । यदि पेनड्राभमा डाटा छ भने स्क्यान गर्नुस् खाली छ भने फर्म्याट गर्नुस् । अनि राइट क्लिक गर्नुस् र “Turn on bitlocker” छनौट गर्नुस् । स्टेप २ एक विण्डो खुल्छ र आफै बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । जव विण्डो खुल्छ त्यसमा तपाइँ पेनड्राइभलाई कसरी लक गर्न चहनु हुन्छ भनेर सोध्छ । त्यहाँ Use a password to unlock the drive अप्सनमा क्लिक गर्नुस् । स्टेप ३ आफुलाई ठिक लागेको पासवर्ड छान्नुस् । next बटनमा क्लिक गर्नुस् । त्यहाँ bitlocker recovery key सेभ गर्नका लागि सोध्छ । तपाइँले पासवर्ड भुलेमा यो प्रयोगमा आउँछ । स्टेप ४ Save to file अप्सन चुनेपछि कम्प्युटरको लोकेसन सोध्छ तपाइँले recovery Key सेभ गर्नु पर्छ । लोकेसन ब्राउज गरेर रिकभरी Key लाई सेभ गर्नुस् । स्टेप ५ यसपछि तपाइँलाई अर्को विण्डो देखिन्छ । यहाँबाट next बटनमा क्लिक गर्नुस् र Start Encrypting आउने बेला सम्म Next मा क्लिक गरिराख्नुस् । स्टेप ६ एन्क्रिप्शन शुरु भएपछि प्रोसेस कम्प्लीट हुन केही समय लाग्छ । प्रोसेस पूरा भएपछि पेनड्राइभलाई डिसकनेक्ट गर्नुस् र फेरि कनेक्ट गर्नुस् । अव तपाइँको पेनड्राइभ पासवर्ड नहाले सम्म खुल्दैन ।
नयाँ ल्यापटप किन्दै हुनु हुन्छ, यि सिरिजका ल्यापटप केहि फरक छन्
काठमाडौं, १८ साउन। ल्यापटप किन्न जाँदा सबैमा आउने दुविधा हो, कुन कम्पनीको ल्यापटप किन्ने? र्याम, हार्ड डिस्क कति चाहिन्छ? प्रसोसर कस्तो हुनुपर्छ? कामको प्रकृती हेरर यी ल्यापटका यी विशेषत तय गर्न सकिन्छ। सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै एनिमेसन, प्रोग्रामिङ) बढी गरिन्छ भने प्रोसेसर पनि नयाँ जेनेरेसनका शक्तिशाली नै खोजिन्छ। यहाँ ७ ल्यापटपको बारेमा चर्चा गरिएको छ। Dell Inspiron 15 7000 Series ल्यापटपमा गेम खेल्न रुचाउने र व्यावसायिक काम गर्ने दुवै प्रयोगकर्तालाई यो ल्यापटपले निराश बनाउदैन। टच स्क्रिस विशेषता सहित किन्न पाइने यो ल्यापटपमा कोर i5 र I7 प्रोसेसर राखिएको छ। यसमा १६ जीबी र्याम अनि एनभिडिया जिफोर्स GTX 960M GPU, १२८GB SSD सहित १ टिबीको हार्ड डिक्स रहेको छ। Dell Alienware 15 हेभी ग्राफिक्स ह्यान्डल गर्न सक्ने यो ल्यापटप विन्डोज १० अपरेटिङ सिस्टम सहित बजारमा उपलब्ध छ। यसमा १६ जीबी र्याब, इन्टेल कोर स्काइलेक प्रोसेसर र १ टिबी हार्ड डिस्क रहेको छ। अन्यमा भन्दा यसमा बढी पोर्ट र राम्रो क्यामेरा जडान गरिएको छ। XPS 13 Laptop डेलको अर्को यो ल्यापटप पनि विन्डोन १० सहित उपलब्ध छ। १३.३ इन्च QHD+ रिजोलुसन डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर सहित यसमा ८ जीबी र्याम 256 GB SSD राखिएको छ। यसको इन्फाइनाइट एज डिस्प्ले प्रयोगकर्ताले नौलो अनुभव पाउँछन्। HP Spectre 13 एचपीको यो नयाँ ल्यापटप कम्पनीले विश्वकै पातलो रहेको दाबी गरेको छ। १३ इन्चको फुल एचडी डिस्प्ले, इन्टेल स्काईलेक प्रोसेसर, विन्डोज १० सहित आउने यो ल्यापटपमा ८ जीबी र्याम राखिएको छ। Acer Predator G9-792 एसरका ल्यापटपले पनि राम्रै बजार लिएको छ। १७ इन्चको डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर र ६४ जिबीसम्मको र्याम, १ टिबी हार्डडिस्क, विन्डोज १० सहित आउने ल्यापटपमा एनभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड लगाइएको छ। Asus ZenBook Pro UX501VW ताइवानी कम्पनीको यो ल्यापटपमा १५.६ इन्चको अल्ट्रा एचडी डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर, १६ जिबी र्याम, ५१२ जिबी हार्ड डिस्क र एभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड जडान गरिएको छ। Apple Macbook Pro इन्डस्ट्रीकै उत्कृष्ट ल्यापटपमा पर्ने एप्पलको म्याकबुक प्रोमा १६ जिबी र्याम, ५१२ जिबी हार्डडिस्क, १५.४ इन्च रेटिना डिस्प्ले, इन्टेल कोर i7 प्रोसेसर, एचडी रिजोलुसन क्यामेरा सहित मेटलको बडीले सुसज्जित गरिएको छ।