युद्धमा हरेक दिन १०१ अर्ब रुपैयाँ खर्च गर्दै इजरायल, अमेरिकाले सहयोग नगरे मिसाइल रक्षा प्रणाली ठप्प हुने
काठमाडौं । इरान र इजरायलबीच चलिरहेको युद्धमा दुवै देशले पैसा पानी झैं खर्च गरिरहेका छन् । तर सबैभन्दा धेरै खर्च इजरायलले गरिरहेको छ । यसले इजरायलको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ । एक रिपोर्टअनुसार यो युद्धमा इजरायलले हरेक दिन करिब ७२५ मिलियन डलर (करिब १०१ अर्ब रुपैयाँ) सैन्य खर्चमा मात्रै खर्च गरिरहेको छ । यो जानकारी ब्रिगेडियर जनरल (रिजर्भ) रीम अमीनाचले दिएका हुन् । उनी पहिले इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुखको वित्तीय सल्लाहकार थिए । सुरुवाती दुई दिनमै ठूलो खर्च वाईनेट न्यूजको रिपोर्टअनुसार अमीनाचले बताएका छन् कि युद्धको पहिलो दुई दिनमै इजरायलले करिब १.४५ अर्ब डलर (१९ हजार करोड रुपैयाँभन्दा बढी) खर्च गरिसकेको छ । यसमा आक्रमण र सुरक्षा दुबै खर्च सामेल छन् । यो रकममध्ये ५०० मिलियन डलरभन्दा बढी बमबारी र जेट इन्धनमा खर्च भएको छ भने बाँकी पैसा मिसाइल रोक्ने प्रणाली र सैनिक परिचालनमा खर्च भएको हो । खर्च अझै बढ्ने अनुमान इजरायलले इरानमाथि गरेको पहिलो आक्रमणमा विमान उडाउन र हतियार प्रयोग गर्न मात्रै ५९३ मिलियन डलर खर्च भयो । बाँकी पैसा मिसाइल रोक्ने सिस्टम र रिजर्भ सैनिक बोलाउन खर्च भयो । अमीनाचका अनुसार यो सीधा खर्च मात्रै हो । अप्रत्यक्ष खर्च, जस्तै जीडीपीमा पर्ने असर अझै गणना भएको छैन । वास्तविक खर्च तब मात्र पत्ता लाग्नेछ जब नागरिक सम्पत्तिमा भएको क्षति र काममा आएको कमीलाई पनि जोडिनेछ । अर्थतन्त्रमा नकारात्मक प्रभाव युद्धका कारण इजरायलको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको छ । वित्त मन्त्रालयले यस वर्षको लागि पहिले नै जीडीपी‍को ४.९ प्रतिशत घाटा हुने प्रक्षेपण गरेको थियो, जुन करिब २७.६ अर्ब डलर बराबर छ । देशको बजेटमा आपतकालीन कोषका लागि केही रकम राखिएको थियो, तर त्यो रकम गाजामा भएको युद्धमा नै सकिएको छ । अहिले इरानसँगको युद्धका लागि छुट्टै व्यवस्था छैन। यस युद्धका कारण २०२५ को लागि विकास दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशतमा झारिएको छ । यसको मतलब इजरायलको अर्थतन्त्र पहिले जति तीव्र गतिमा बढ्ने अपेक्षा थियो, त्यो अब घटेको छ । इजरायललाई सहयोग आवश्यक वाशिंगटन पोस्टको रिपोर्ट अनुसार इजरायलसँग मिसाइल रोक्ने उपकरणको आपूर्ति निकै कम हुँदै गएको छ । विश्लेषकहरूको अनुमान अनुसार यदि अमेरिकाबाट सहयोग नभएमा इजरायलको मिसाइल रक्षा प्रणालीले अब १० देखि १२ दिन मात्रै काम गर्नेछ । त्यसपछि प्रणाली नै ठप्प हुने जोखिम छ । कच्चा तेलको मूल्यमा तीव्र वृद्धि इरान-इजरायल युद्धका कारण कच्चा तेलको मूल्यमा पनि निकै वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार १३ जुनमा दुबै देशबीच तनाव बढेपछि कच्चा तेलको मूल्य ६४-६५ डलर प्रति ब्यारेलबाट बढेर ७४-७५ डलर प्रति ब्यारेल पुगेको छ । यसले तेल र ग्यास आयात गर्ने देशका लागि चिन्ता थपिदिएको छ । यदि कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल १० डलरले बढ्यो भने भारतको तेल आयात १३-१४ अर्ब डलरसम्म बढ्न सक्छ । यसले भारतको चालु खाता घाटा (सीएडी) जीडीपीको ०.३ प्रतिशतले बढाउन सक्छ ।
बुटवलका व्यवसायी कृष्ण पौडेलले २ अर्ब लगानीमा खोले ‘फ्रेन्च फ्राई उद्योग’, वार्षिक २ हजार टन उत्पादन
काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ। गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको पौडेलले बताए । अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए । उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेण्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे । पौडेलले पाँच बिघा जग्गा खरिद गरेर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार उद्योग सञ्चालनका लागि मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ । पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास सञ्चालन गर्दै आएका छन् ।
साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आइएमई पे र खल्ती
काठमाडौं । डिजिटल भुक्तानीसेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती) को एकीकृत कारोबार साउन ४ गतेदेखि गर्ने भएका छन् । आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरूप दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार आईएमई खल्ती लिमिटेडको नामबाट हुने भएको हो । दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत हुने यो कदम नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । एकीकरणपछि मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । मर्जरपश्चात् ५० लाखभन्दा बढी प्रयोगकर्ता पुग्ने छन् । मर्जरले ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास लिएको छ । भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ । हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ भने आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते पाएको हो । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीसहित अन्य ३ जनाको लगानी रहेको छ ।
दुर्लभ खनिज चुम्बक निर्यातमा चीनको कडा अंकुश : पाँच वर्षमा सबैभन्दा न्यून स्तर
काठमाडौं । चीनको दुर्लभ खनिज चुम्बकको विदेशी निर्यात मे महिनामा अप्रिलको तुलनामा आधा घटेर पाँच वर्षभन्दा बढीको न्यूनतम स्तरमा झरेको छ । जसको कारण निर्यात प्रतिबन्ध हो । बेइजिङले यस महिना आफ्नो अनुमोदन प्रक्रिया छिटो पार्ने जनाएको छ, जुन अमेरिकासँगको व्यापार तनाव कम गर्ने सहमतिको एक भागका रूपमा आएको छ । यद्यपि उद्योग स्रोतहरूका अनुसार हाल चिनियाँ भन्सार अधिकारीहरू दुर्लभ खनिज मालसामान प्रशोधन गर्नमा झनै सतर्क भएका छन् । स्रोतका अनुसार विशेष गरी दुर्लभ खनिज चुम्बकका हकमा अझ बढी समस्या देखिएको छ किनकि विभिन्न रासायनिक संरचना भएका चुम्बकहरूका लागि एउटै कोड मात्र छ । ती स्रोतहरूले मिडियामा बोल्न अधिकार नपाएकोले नाम गोप्य राखेका छन् । विश्वको सबैभन्दा ठूलो दुर्लभ खनिज चुम्बक उत्पादक चीनले विश्व आपूर्तिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीनले अप्रिलको सुरुमा सात प्रकारका मध्यमदेखि भारी दुर्लभ खनिज उत्पादन र केही चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसले विश्वभरको अटो, एरोस्पेस, सेमिकन्डक्टर र सैन्य उपकरण क्षेत्रका आपूर्ति श्रृंखलालाई प्रभावित पारेको छ । गत महिना चीनले १ हजार २३८ मेट्रिक टन दुर्लभ खनिज स्थायी चुम्बकहरू विदेश पठाएको भन्सार प्रशासनको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । यो अप्रिलको तुलनामा ५२.९ प्रतिशतले घटेको हो र फेब्रुअरी २०२० पछि एक महिनामा सबैभन्दा कम हो। अप्रिलको निर्यात पनि मार्चको तुलनामा आधा घटेको थियो । वार्षिक आधारमा हेर्दा मे महिनाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ७४ प्रतिशतले घटेको छ । स्रोतहरूले यसअघि पनि खुलासा गरेका छन् कि भन्सारले घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही कम क्षमताका दुर्लभ खनिज चुम्बकहरूको निर्यात रोकिदिएको छ किनकि बेइजिङको नयाँ प्रतिबन्ध कसरी लागू गर्ने भन्नेमा अन्योलता छ । चीनको वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ कि ‘कसै-कसैको’ दुर्लभ खनिज निर्यात अनुमति आवेदन स्वीकृत गरिएको छ तर थप विवरण सार्वजनिक गरिएको छैन । चीनका दुर्लभ खनिज चुम्बक उत्पादकहरू जेएल म्याग रेर अर्थ र इन्नुभो टेक्नोलोजीले हालै केही ग्राहकहरूका लागि केही निर्यात अनुमतिपत्र प्राप्त भएको बताएका छन् । जनवरीदेखि मेसम्म दुर्लभ खनिज चुम्बकहरूको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले घटेर १९ हजार १३२ टन पुगेको छ, जुन सन् २०२१ पछि सो अवधिमा सबैभन्दा कम हो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबिच सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
गभर्नर पौडेलको सवारी पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि जग्गा भाडामा लिँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा भाडामा लिने भएको छ । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित शनिमन्दिर नजिकै जग्गा भाडामा लिन लागेको हो । राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार २० फिटको पिच सडकले जोडिएको करिब ६ आना जग्गा भाडामा लिन लागिएको हो । इच्छुक व्यक्तिले जग्गाको लालपूर्जा र जग्गाधनीको नागरिकताको प्रतिलिपि संलग्न गरी कर सहितको मासिक भाडा दर खुलाई असार १५ गतेभित्र निवेदन दिनुपर्नेछ । राष्ट्र बैंकको प्रयोजनका लागि भनिए पनि गभर्नर डा. विश्वनाथ पौडेलको सवारी साधन पार्किङका लागि जग्गा भाडामा लिन लागिएको बताइएको छ । गभर्नरको निजी आवास वरिपरि पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि उक्त जग्गा भाडामा लिन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
शशीला मोटर्सले काँक्रेविहार यातायातलाई हस्तान्तरण गर्यो किटोनका १९ वटा माइक्रो
काठमाडौं । शशीला मोटर्स प्रालिले सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । १४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र होइन, बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे । काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण किटोन ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए । उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए। सापकोटाले सन्तोष खतिवडा प्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
नेपाल प्रहरीले माग्यो १८ सय ४२ जना प्रहरी जवान
काठमाडौं । नेपाल प्रहरीले प्रहरी १ हजार ८४२ जना प्रहरी जवान मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर १ हजार ८४२ जना प्रहरी माग गरिएको हो । गत मंसिरमा नेपाल प्रहरीमा (जनपद) प्रहरी समूहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम १ हजार १६५ जनाका लागि दरखास्त आह्वान गरेको थियो । तर, यस अवधिमा रिक्त हुन आई ६७७ जना थप माग गरिएको प्रहरी कार्यालयले जनाएको छ ।