प्रचण्ड–माधवको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल (अन्तरवार्ता)
काठमाडौं । यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र टुटफुटको अभियानमा व्यस्त छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा एमालेमा सामाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् । माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरु आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरु देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । उनकाअनुसार जेनजी पुस्ताको आन्दोलनका मागहरु पूरा गर्नुको विकल्प छैन । तर पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा रहेर गरेको कुराकानीको सम्पादित अंश यस्तो छ । टुट–फुट र विभाजनको राजनीति जेनजी आन्दोलनपछि देखिएको छ, तपाइँले निर्माण गरेको नयाँ शक्तिबाट आम जनताले के आशा गर्ने ? पहिलो कुरा, यो शक्ति बन्ने, बनाउने भन्नेकुरा बनाउनुपर्ने, बन्नुपर्नेछ कि छैन ? बन्ने हो भने त्यो नयाँ शक्ति कस्तो हो ? भन्नेकुरा हो । खासगरी राष्ट्रिय राजनीतिमा हेर्नुहुन्छ भने अहिले काँग्रेस, एमाले, माओवादी, हाम्रो पार्टी, अरु पार्टीहरु सबै भुइँमा आएको बेला हो । कुनै न सानो छ, न ठूलो छ । न कोही शक्तिशाली छ । न हामी कहाँ कोही शक्तिशाली नेता छ । हामी सबै भुइँमा छौँ अहिले । त्यसको अर्थ के हो भने अहिले सबैले प्रारम्भबाटै शुरु गर्ने हो । काँग्रेस पनि अब हिजोकै जस्तो अगाडि जान सक्दैन । कम्युनिष्टहरु पनि हिजोकै जस्तो अगाडी जान सक्दैनन् । किन यो अवस्था आयो ? भन्दा हिजो इतिहासमा हामीले गर्यौं राज्यसत्ता चलाउने मामिलामा हामीले जे गर्यौं, यो कुराले यो मुलुकलाई धेरै ठूलो संकटतर्फ धकेल्दै थियो । अस्ती त यो अभिव्यक्त मात्रै भयो । अस्तीको जेन–जी मुभमेण्टपछि २४ गते भएको विध्वंश पछाडि यो त अभिव्यक्ति मात्रै हो । यो कुरा धेरै वर्षदेखि झुन्डिँदै थियो । यो कुरा हामीले धेरै अगाडिदेखि भन्दै आएका थियौं । मैले भन्दै आएको थिए । कम्तिमा गएको १/२ वर्षदेखि म के भन्दै छु भने अब सत्ता जसरी भ्रष्टाचारमा लिप्त हुँदैछ । यसले जनतामा असन्तुष्टि पैदा गर्छ । र त्यो असन्तुष्टिलाई दबाउनका लागि सत्ताले दमनमा उत्रिन्छ । यो जति दमनकारी हुँदै जान्छ । सडक त्यति अराजक हुँदै जान्छ । र कुनै ठाउँमा गएर हामी क्र्यास हुनसक्छौँ । हामी बर्बाद हुनसक्छौं भन्ने कुरा मैले धेरै अगाडिदेखि भन्दै आएको थिए । कति वटा घर जल्छन्, कसका घर जल्छन् ? मलाई थाहा नभएको त्यति मात्रै हो । तर एउटा विध्वंश नजिकै आउँदैछ भन्नेकुरा मैले पटक पटक भन्दै आएको हुँ–एक । यसले गर्दा हामीले अहिलको राजनीतिले, अहिलेको राजनीतिक पार्टीहरुले यो समस्यालाई समाधान गर्न सकेनन् । यो कुरा पुष्टि भयो । अस्ती जेन–जी मुभमेण्ट पछाडि यो कुरा पुष्टि भएको छ । यसले गर्दा सबैको राजनीति अब नयाँ हिसावले शुरु हुने हो । नयाँ रुपमा नै शुरु हुने हो । त्यस भित्र हाम्रो ठाउँ भनेको वाम आन्दोलनलाई पुनर्गठन गर्ने हो । वृहत्तर हिसावले भन्नुहुन्छ भने हामीले बाम आन्दोलनलाई पुनर्गठन गर्न चाहेका हौ । किन पुनर्गठन गर्न चाहेका हौ ? भन्दा हिजोदेखि लामो समयसम्म जुन नेताहरुले नेतृत्व गरे । तिनका प्रयोगहरु असफल भए, तिनका विचारहरु, तिनका नीतिहरु, उनीहरुले दुनियाँलाई दिएका वाचाहरु, तिनले खाएका कसमहरु हरेक असफल भए । यसले गर्दा अब नयाँ एजेण्डाका साथ जानुपर्छ । नयाँ एजेण्डा भनेको यो समाजभन्दा बाहिरको एजेण्डा होइन । अहिले किन यस्तो भयो भन्नुहुन्छ भने हाम्रोमा समाजमा एजेण्डा स्थापित भएन । किनभने सत्ताका लागि भ्रष्टाचार एजेण्डा हो । बद्मासी एजेण्डा हो । आफना कर्तुतहरु एजेण्डा हो । अरु पार्टीहरु जो बाहिर बसिराखेका थिए, तिनीहरुको पनि सत्तामा जानुमात्रै एजेण्डा भइदियो । जसले गर्दा जनताको एजेण्डा उठाउने शक्ति भईदिएन । र त्यो जेन–जीहरुले, उनीहरुको मुखबाट, नयाँ किशोरकिशोरीहरुको मुखबाट, नयाँ युवाहरुको मुखबाट बोल्नुपर्ने अवस्था आयो । ती एजेण्डाहरु, बहुत थोरै एजेण्डा उठाए उनीहरुले । खासगरी सुशासनको एजेण्डा उठाए । मूलभुत रुपमा सुशासनको एजेण्डा उठाए । के हो एजेण्डा भन्दा सुशासनको एजेण्डा हो उनीहरुको । अर्को एजेण्डा के हो ? भन्दा देशलाई यो ठाउँमा पुर्‍याउनका लागि जसले जिम्मेवारी लिनुपर्ने हो । उनले इमिडेट्ली आजै त्यो ठाउँ छोडुन् । त्यो भनेको राजनीतिक पार्टीका नेताहरुले यो ठाउँ छोडुन् भन्ने उनीहरुको माग थियो । यसमध्ये हामी यी दुई वटै कि यो पुरानो नेतृत्व जसका एजेण्डाहरु असफल भए, जसका विचारहरु असफल भए । जसका प्रयोगहरु असफल भए । तिनीहरुले तत्काल राजीनामा गरुन् । हामीले कुरा प्रयत्न गर्‍यौँ । अहिले एकता प्रक्रिया जो हाम्रो शुरु भएको छ । यो प्रक्रियामा हामीले धेरै प्रयत्न गर्‍याै । तर लिडरहरु छोड्न तयार भएनन् । उनीहरुले आलटाल गरे, ६ महिनामा छोड्छौँ भने । पहिला त महाधिवेशनमा छोड्छौँ भने । त्यसपछि ६ महिना भन्दैछन् । यो सबै आलटाल गर्नेकुरा हो । किनभने यस्तो कुरा उनीहरुले हिजोदेखि पटक पटक भनेर दुनियाँलाई ठगेका छन्, ढाँटेका छन् । र आफ्नै पार्टीभित्र पनि ढाँटेका छन् । झुट बोलेका छन् । भोली एउटा परिस्थिति देखाउँछन् उनीहरुले । त्यहाँ अलरेडी गुटहरु छँदैछन् । गुटहरु कस्ता छन् भने जस्तासुकै अपराध गरेपनि तिनीहरुको बहुमत जुटाउने गरी उनीहरुको गुट बनेका छन् । र भोली के भन्छन् भने अहिले हाम्रो बेला भएको छैन । बहुमतले हामी फेरी निर्वाचित भएर आयौं भनेपछि लोकतन्त्रमा निर्वाचित भएपछि त सबैले मान्नुपर्‍यो भनेर तर्क गरेर आउँछन् । यसो भएको हुनाले हामीले यो पुनर्गठन शुरु गराैँ भनेर प्रयत्न गर्यौं । इमिडेट तपाईहरुले राजीनामा गुर्नस् तपाईहरुले तपाईहरुको आफ्नो जिम्मेवारी लिनुपर्छ । त्यसपछाडि हामीले हाम्रा राजनीतिक अभ्यासमा तपाईहरुसँग हामीसँगै बस्दाखेरी के कमीहरु भए । यो पार्टीहरुको तर्फबाट के के कमी भन्नेकुरा हामीले स्वेत पत्र जारी गर्छौं । दुनियाँलाई बताउँछौ । त्यस पछाडि अब हामी कसरी जानुपर्छ ? भन्ने कुरामा हामीले ध्यान दिन्छाँै । त्यस पछाडि हामीले भ्रष्टाचार कसरी निर्मुल गर्न सकिन्छ ? हामीले त २०४६/०४७ साल पछिका सबै भ्रष्टहरुलाई कारबाही गर्ने र तिनको भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति राष्ट्रियकरण समेत गर्ने काम गर्दै हामीले हाम्रो आन्दोलनलाई पुनर्गठन गरेर जान्छाँै भनेर हामीले भनेका छौँ । यस अर्थमा आजको पनि हाम्रो एजेण्डा भनेको कम्युनिष्ट आन्दोलनको पुनर्गठन हो । त्यो पुनर्गठन भनेको नाराहरुको पुनर्गठन हो । जनता र पार्टीको सम्बन्धको पुनर्गठन हो । जनताका लागि उठाइने विचारहरुको हिसावले जुन कुराहरु गरेका छौँ । त्यसमा पुनर्गठन हो । जस्तो कार्यशैलीहरु हामीले अपनाएका छौं राजनीति गर्ने । राजनीति गरेका मान्छेहरु धनी हुँदै जाने । राजनीति भनेको धन्दा बन्दै गयो । यो धन्दा बनेको राजनीतिको पुनर्गठन गर्न चाहन्छौँ । हामी यसमार्फत हामीले अगाडि बढ्न खोजेका छौँ । जेनजी आन्दोलनको जे जिष्ट थियो, त्यसलाई तपाईंहरुले सम्बोधन गर्नुहुन्छ, नयाँ पार्टी त्यसैको अभियानका लागि हो भनेर कसरी विश्वास दिलाउन चाहनुहुन्छ ? अभियानमा हामीले हिजो के गरेका थियौँ भनेर हेर्ने हो । हामीले अहिले पुनर्गठन भनेर जुन प्रयत्न गरेका छौं । हामीले दुनियाँ समक्ष भनेका छौ–आजका विचारहरु जुन हामीले एकीकृत ढंगले संघर्ष गरेर, बहस गरेर, तमाम बहस गरेर यस्ता सयौं छलफल, गोष्ठी, लेख, प्रवचन । यी विषयहरुमा भाग लिएर हामीले आज कम्युनिष्ट आन्दोलनको जुन भाष्य बनेको छ नि नेपाल कस्तो मुलुक हो ? वर्गहरु कस्ता छन् ? अब जाने हामी समाजवादतिर हो । हामीले दलाल पुँजीवादलाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतिर जान्छौँ भनेर हामीले स्थापित गर्‍यौँ । यो वैचारिक संघर्षद्वारा नै हामीले यो स्थापित गर्यौं । अहिले भन्नुहुन्छ भने नेकपा एमाले पनि यही कुरा भनेर हिँड्दैछ, अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि त्यही लेख्नुभएको छ । विप्लवजी, अरु सबै कम्युनिष्टहरुले यही विचारहरु लिएर गएका छन् । यस अर्थमा हामीले नयाँ युगको नयाँ विचार हामीले शुरु गरेका हाैँ । यस अर्थमा यसको कार्यान्वयन, यसको कार्यान्वयनका लागि संगठन, यसका नीतिहरु, सिद्धान्तहरु पनि हामीले नै बनाउँछौं । किनभने हामीले यो नयाँ कार्यदिशाको समाजवाद के हो, कसरी समाजवादी कार्यदिशाको अब समय आयो, युग आयो ? भन्नेकुरा हामीले नै भनेको हुनाले यसको कार्यान्वयनको दिशा, त्यो भनेको फेरि मुलुकलाई समृद्ध बनाउँदै, समृद्ध बनाउँदै भनेको आज हेर्नुहुन्छ भने युवा पलायन । यो युवा पलायन किन भयो ? भन्दा हाम्रो उत्पादन भएन । उत्पादन किन भएन ? हामीले कृषिमा ध्यान दिएनौं । कृषिको संरक्षण गरेनौं । राज्यले गर्नुपर्ने उद्योगको संरक्षण गरेन । उसले शिक्षा, स्वास्थ्यमा उपयुक्त नीतिहरु लिएन । र लगानी गरेन । उसले भ्रष्टाचार रोकेन । यी कारणहरुले गर्दा आज मुलुक संकटमा छ । यिनीहरुको कार्यान्वयन गर्दै हामी अगाडि जान्छौ भनेर हामीले हिजो पनि भनिराखेको, हिजो पनि पार्टीमा लडिराखेको र आज पनि यही कुरा भनिराखेको हुनाले यसका हामी अधिकारी हौं । अब वैकल्पिक बाम आन्दोलन भनेर तपाईले जे घोषणा गर्नुभएको छ, यो चाहीँ कस्तो खालको आन्दोलन हुन्छ त, धुव्रिकृत हुनुपर्ने तपाईहरु विभाजित हुनुभयो ? पहिलो कुरा त आज देशले जुन समस्या भोगिराखेको छ । त्यो भनेको जनताले भोगेको समस्या हो । जो सुकै पनि मान्छे, यदि देश बिग्रयो भने, देशको अर्थतन्त्र बिग्रियो भने, देशको राजनीति बिग्रियो भने, देशको सामाजिक सम्बन्धहरु बिग्रियो भने कुनै पनि मुलुक, त्यसको नागरिक, हरेक व्यक्ति असुरक्षित रहन्छ । यो बाम आन्दोलनमा लागेका जो सुकै पनि, तिनको आँखा अगाडि जे बिग्रँदैछ । उनीहरु आफैले जो कुरासँग ठक्कर खाँदैछन्, दिनदिनै उनीहरुले ठक्कर खाँदैछन् । त्यसबाट उनीहरुले यो कुरा बुझ्नेछन् । हामीले जे भन्दैछौ कि यो बाटो होइन । जस्तो अहिलेको बाटो के हो ? अहिले जुन नेपाली कम्युनिष्ट पार्टी बन्यो । यो एकता प्रक्रियामा हामी किन गएनौँ ? भन्ने पनि मानिसहरुले हामीलाई प्रश्न गरिरहेका छन् । तपाईजस्तो बुद्धिजीवि नेताले त्यहीँभित्र संघर्ष गर्न सक्नुहुन्थ्यो, किन फुट्नुभयो भन्ने प्रश्न छ नि ? हामीले पहिलो कुरा त के भनेका थियौँ भने अहिले पहिला माओवादीले आफ्नो पुनरावलोकन गरोस् । माओवादी किन हिजोदेखि, झन अस्तीदेखि ओरालो लाग्दै गयो ? यसको मूल्यांकन गरोस । हामी नेकपा एकीकृत समाजवादीका साथीहरु, हामी किन यो कसमबाट, यो वाचाबाट, यो कबुलबाट हामी पछि हट्यौँ ? किन हामीले रुपान्तरण र पुनर्गठन गर्नेछौँ । नेकपा एमाले भन्दा राम्रो पार्टी बनाउँछौ भनेर किन कसम खाएका थियौं ? र त्यो कसम किन पूरा गर्न सकेनौं ? भन्नेकुरा हामीले मूल्यांकन नगरीकन हामीले टेक्नीकल्ली एकता गर्यौं भने त्यो एकताले हामीलाई ठाउँमा लैजाँदैन । जस्तो कि अहिलेको एकता हेर्नुहुन्छ भने त्यो राजनीतिक एकता होइन । त्यसको डकुमेण्टले हेर्नुहुन्छ भने त्यसले आजको जुन चुनौतिहरु छन । ती चुनौतिहरुको बारेमा पनि कुरा गर्दैन । के गर्ने हो अवको कार्यभार भन्ने कुरा पनि गर्दैन । यस अर्थमा त्यो एक हिसावले भन्नुहुन्छ भने अराजनीतिक एकता हो । त्यसका कारणले अराजनीतिक रुपले ठूलो पार्टी देखाउनका लागि एकता गरेको हुनाले सांगठानिक रुपले पनि त्यसको जति माथि गयो । त्यति भारी भड्कम बन्दै छ कि त्यो आफ्नै भारीले थिचिएर बर्बाद हुनेछ । मैले त बेलाबेलामा भनेको छु–त्यो यस्तो कुम्भ मेला २ हजार, २५ सय मानिसहरुको यस्तो सेन्ट्रल कमिटी बनाइँदैछ, जो कुम्भ मेला हो । सेन्ट्रल कमिटी होइन । त्यहाँ एउटाले चिच्याउँछ–ल फलानो शंकर महाराज आएर त्यका बाउन्सरहरु १० जना अगाडि पछाडि गर्दछन् । मान्छे भागाभाग गर्दछन । किचिएर मर्दछन । यस्तो संगठनको जुन तरिकाबाट उहाँहरु जानुभएको छ । न यहाँ विचार कुरा हुन्छ, न सिद्धान्तको कुरा हुन्छ । यो आफै संकटग्रस्तहरुको एकता भएको हुनाले यसले संकटमात्रै थुपार्दछ । जति थुप्रिनेछन्, तिनीहरुले आ आफना गुनासाहरु, आ आफ्ना अलगअलग उद्देश्य लिएर आउनेछन् । कसको कमन एजेण्डा छ ? प्रचण्डजीले जसरी सोच्नुहुन्छ राजनीति रुपमा । कुन एजेण्डा हो ? माधव नेपालीजीले त्यसरी नै सोच्नुहुन्छ । माधवजीले जुन राजनीतिक एजेण्डा सोच्नुभएको छ । सोचेर आउनुभएको छ । कुन राजनीतिक एजेण्डा झलनाथ खनालले सोच्नुहुन्छ ? झलनाथ खनाल वा माधव नेपालले जसरी सोच्नुभएको छ । हाम्रा वामदेवजीलाई उभ्याईदिने भयो भने उहाँले अस्ती नै त्यहाँ फाडिसक्नु भयो । यसरी यो समस्याहरुका मान्छेहरु, समस्याग्रस्त मान्छेहरुको भीड लगाएर अनि त्यहाँ के हो बौद्धिक बहस हुन्छ ? के को विचारको बहस हुन्छ ? त्यहाँ कुनै विचारको बहस हुनेवाला छैन । अहिले जेन–जी संकटपछि जति दबाउन खोजिएको थियो नि । त्यहाँ पार्टी पार्टीभित्र जसरी कार्यकर्ताको मत दबाउन खोजिएको थियो । त्यो सडकबाट विष्फोट भएपछि अहिले फेरि तानाबाना बुनेर उहाँहरु सत्तामै रहिरहन चाहनु हुन्छ । पुनर्जीवित हुन चाहनु हुन्छ । र गुमेको हिजोको जसरी सत्ता चलाउनुभएको थियो, सत्ता दोहनमा पार्टीहरु जसरी लिप्त बनाउनु भएको थियो । त्यसैगरी उहाँहरुले सत्ता चलाउन चाहनुहुन्छ । यस अर्थमा यो कुरा गलत छ । यसले समाधान दिँदैन । त्यसो भए तपाईले पुनर्गठित वाम आन्दोलनलाई निष्कर्षमा पुर्याउनुहुन्छ भन्ने आधार के के हुन् त ? पहिलो कुरा त हामीले सही एजेण्डा उठाएका छौँ । यो मुलुक, हाम्रो विकासको अवस्था, जनताको अवस्था । यत्रा युवाहरु बेरोजगार भएर बाहिर हिँडिरहनुपरेको अवस्था । यहीँभित्र पनि सिमान्त श्रमजीविहरु, जसले श्रम गरेर बाँच्नुपर्दछ । तिनीहरुको जीवनको अवस्था । कहीँ श्रमजीवीहरुले महिनावारी तलव नपाउने ठूलो समस्या, कृषि गरेर पनि कहिल्यै खाना नपाउनेहरुको जनसंख्या, उद्योगीहरु विचारा उद्योग खोलेर लगानी गरेर जो साँच्चिकै उद्योगी छ । त्यसको टन्टा, त्यसमा कर प्रणालीले थोपरेको समस्या, भन्सारले थोपरेका समस्या, सरकार, घुस राजनीतिक पार्टीका युवाहरु, युवा बाउन्सरहरु, तिनले दिने धम्की, यो सारा गरेर पनि उद्योगबाट राम्ररी नाफा गर्न नसक्ने उद्योगीहरु, मुलुकका बुद्धिजीविहरु, जसले मुलुक राम्रो देख्न चाहन्छन्, सप्रेको देख्न चाहन्छन् । विभिन्न हिसावले उनीहरुले पढेका छन् । पढेजस्तो भईराखेको छैन । कसरी समाज बन्छ भन्ने कुरा उनीहरुले पढेका छन, जानेका छन् । त्यो लागू भएको छैन । त्यो लागू हुन नदिका लागि नेताहरुले यो सबै बद्मासी गरिरहेका छन् । यसले गर्दाखेरी आज नैतिक धरातलमा उभिएको राजनीति मुलुकको धेरै ठूलो खाँचो हो । आम रुपमा अझ यो कम्युनिष्ट आन्दोलनभित्र त अझ यो ठूलो खाँचो हो । जुन कुरा हामीले निरन्तर उठाउँदै आएका छाैँ । यो एउटा आधार हो । दोस्रो कुरा अब हामीले आगामी दिनमा राजनीतिमा यसलाई खास गरेर धन्दा बनाएर राज्य दोहनको संयन्त्र बनाएर भनेका छौँ हामीले पटक पटक । राजनीति भनेको राज्य दोहन गर्ने हो । कमाउने पनि राज्य दोहन गरेर हो भनेर जसरी बनेका छन् पार्टीहरु । यी पार्टीहरुमा हामीले व्यापक लोकतन्त्रको अहिले जस्तो अभ्यास भएको छ नि नेताको वीरता भएर जुन पार्टीहरु बनेका छन् नि । यसलाई हामी भत्काउन चाहन्छौ । र अब कार्यकर्ता पंक्तिभित्र सदस्यहरुका बीच प्रत्यक्ष लोकतन्त्रको अभ्यास हुने, हिजोको जस्तो अभ्यास होइन । अब नेताले भन्यो, त्यो लागू भयो । माथिल्ला कमिटीले भन्यो, त्यो लागू भयो भन्ने होइन । यदि माथिल्लो कमिटीले गरेको निर्णय माथिल्लो कमिटीका नेताहरुले भनेको कुरासँग कार्यकर्ताहरुको, सदस्यहरुको विचारहरु टकराउँछन् भने बहुमत तलका सदस्यले समेत त्यसमा भोट हाल्ने, निर्णयमा सहभागी हुने खालको प्रणालीको जस्तो कि उदाहरणको लागि पालिका कमिटीले आफ्ना सबै निर्णयहरु आफैले गर्नेछ । माथिबाट त्यहाँको उम्मेदवारीदेखि लिएर त्यहाँको कमिटीमा को राख्ने, को नराख्ने, कमिटीहरु विघटन गर्ने, यस्ता कुनैपनि अधिकारहरु माथिल्ला कमिटीलाई हुने छैन । उनीहरु आफ्नो कमिटी चलाउनका लागि स्वतन्त्र हुनेछन्, स्वायत्त हुनेछन् । स्वायत्त रुपले स्वतन्त्र हुनेछन् । र त्यही कमिटीले पनि पालिका स्तरको कुनै नीतिगत निर्णय गर्नुपर्यो भने त्यो पालिका कमिटीमा मानौ १५ जना छन् भने ती १५ जनाले निर्णय गर्न पाउँदैनन् । त्यो विषयमा सबैलाई यो विषयमा के गर्ने भनेर त्यो पालिका भित्रका सबै सदस्यहरुसँग सोध्ने छन् । भोटिङ हुनेछ । त्यसरी मात्रै निर्णय हुनेछ । त्यसले गर्दा पालिका स्तरको निर्णय गरेर फुली लगाएर हिँडेको ठूलो मान्छे, अझ जिल्ला कमिटीमा पुग्यो, प्रदेश कमिटीमा पुग्यो । केन्द्रिय कमिटीमा पुगेपछि त त्यो भयंकर ठूलो जर्नेल नै भयो । अब अध्यक्ष, पदाधिकारी भयो भने तिनीहरु त कमाण्डर नै भए । अब यो खालको अधिनायकवादी शैलीबाट अवको हाम्रो संगठन चल्नेछैन । हामी हाम्रो संगठनलाई लोकतान्त्रिक बनाउँछौँ । एउटा आधार यो हो । दोस्रो कुरा जुन डेलिभरी भन्ने कुरा छ नि । हो यस्तो पार्टीले मात्रै डेलिभरी दिन सक्छ । त्यो कुनैपनि कमिटीले त्यो गाउँका, त्यो पालिका भित्रको शिक्षा, स्वास्थ्य, रोजगारी, त्यहाँको प्रदुषणदेखि लिएर यी तमाम समस्याहरु त्यहाँको महिला, दलित माथिको विभेद, पीछडिएका परिवारहरु यिनीहरुका प्रति जिम्मेवार हुने । मानाैँ हाम्रो पार्टीको त्यहाँ कमिटी छ भने त्यहाँको पालिकामा जितेका छौ भने यी समस्याको उत्तर दिने जिम्मा त्यहाँको पार्टीको हुन्छ । कमिटीको हुन्छ । यसरी डेलिभरीको कुरा तल जनताको सुखदुख, समस्याको कामहरु हेर्ने, त्यस्तो कामहरु पनि गर्नसक्ने नेतृत्व गर्नसक्ने कमिटी, त्यस्तो लोकतान्त्रिक कमिटी हुनेछ । त्यस्तो डेलिभरी दिने, परिणाम दिने कमिटी बनाउनेछौँ । अहिलेसम्म त्यसरी पार्टी कमिटीहरु बनेका छैनन् । हामी त्यतातर्फ जाँदैछौँ । यो कुरा हामीले अहिले मात्रै उठाएका होइनौँ । धेरै अगाडिदेखि हामीले उठाउँदै आएका कुरा हुन् । त्यसलाई हामी अब लागू गर्न जान्छौँ । तपाईंले संगठन निर्माण गर्नै सक्नुहुन्न भन्ने आरोप पनि छ नि ? हो अहिलको एक जना शक्तिशाली, अहिले यो नेपाली कम्युनिष्ट पार्टीको शक्तिशाली कमरेडले हिजो एउटा इन्टरभ्यूमा भनेको मैले पनि सुनेँ । अरुले पनि फाटट्फुट्ट भनेका छन् । मलाई त्यस्तो प्रश्न गर्ने गरेका छन् । अहिले मुलुकमा मूलभुत रुपमा भन्ने हो भने २ खालका संगठन छन् । एउटा राजनीतिक संगठन छन । यी बहुत कम छन । ती साना छन्, ती शक्तिहिन छन् । अरु सबै पार्टीका सबै कमिटीजसो यी कारोबारी कमिटीहरु हुन् । कारोबारी संगठनहरु हुन । २ खालको संगठन छन् । म सधैभरी राजनीतिक संगठनमा लागे । आजसम्म म राजनीतिक संगठनमा । राजनीतिक संगठन भनेको के हो ? मुद्दाका वरिपरी मानिसहरुलाई गोलबन्द गर्नु, विचारका वरिपरी मान्छेहरुलाई गोलबन्ध गर्नु, जनताका समस्या वरिपरी जनतालाई गोलबन्द गर्नु । यो राजनीतिक संगठन हो । अर्को पदका लागि मान्छेहरुलाई जम्मा गर्नु, हरेकलाई पद बाँड्नु, हरेकलाई टिकट बाँड्नु, कसैलाई उपभोक्ता समिति दिनु, कसैलाई खानी खोलातिर २०, ४० जना युवाहरुलाई लगाई दिनु । अरु अलि राजनीतिक भनिएको पढेलेखेको मान्छे छ भने त्यसलाई राजनीतिक नियुक्ती दिनु । कसैलाई मन्त्री बनाइदिन्छु भनेर भन्नु, कसैलाई राजदुत बनाइदिन्छु भनेर भन्नु । यहाँको कर्मचारीतन्त्रसँग मिल्नु, अरु मन्त्रीसँग मिल्नु, न्यायपालिकालाई घुस खुवाउनु, पुलिस प्रशासनसँग घुस खुवाउनु । यो पनि एउटा संगठन हो । त्यो कारोबारी संगठन हुन् । यो कुरा स्वीकार गर्छु कि म घनश्याम भुसाल आजसम्म कारोबारी संगठनमा छैन । म त्यो जान्दिन, म त्यो गर्दिन । किन जान्दिन भने म त्यो गर्दिन । जहाँसम्म राजनीतिक संगठन हो । आजसम्म घनश्याम भुसाल राजनीतिक संगठन गरेर आएको छ । अब त्यो आगामी दिनमा तपाईले गर्ने संगठन निर्माण र त्यसको परिणामले पनि जवाफ दिनेछ, अब नेत्रविक्रम चन्द, जनार्दन शर्मा, सुदन किराँतीहरुसँग तपाईहरु मिल्न सक्नुभएन, मिल्न सक्दैनन् उनीहरु भन्छन् नि ? एउटा कुरा कसैले यिनीहरु मिलुन्, हामी मिलोस् भनेर चाहन्छन् अथवा नमिलेर राम्रो भयो भन्ने चाहन्छन् । त्यसको दुई वटा एंगल हुन्छ । जहाँसम्म हामी मिल्छौ कि मिल्दैनौ भन्नेछ । हामी सामान्यतया अस्ती एउटा स्टेटमेन्ट, एउटा संयुक्त वक्तव्य हामीले जारी गरेका छौँ । र कम्युनिष्टहरु, समाजवादीहरु, प्रगतिशील, देशभक्तहरुसँग समेत मिलेर सँगै काम गर्ने र त्यो मोर्चाबन्दीमा साथ निरन्तर हामी एकतातर्फ जानेगरी काम गर्छौं । एउटा कुरा के क्लियर छ भने हामी जुन अस्ती छलफल गरेर संयुक्त वक्तव्य जारी गरेका छौँ । त्यो वक्तव्यको भावनाअनुसार हामी अगाडि बढ्नका लागि संकल्पवद्ध छौँ । त्यसको परिणाम केही दिन भित्र देखिनेछौँ । आगामी दिनमा हामी कार्यक्रमका आधारमा हामी एकता गर्नेछौँ । एकता भनेको त्यो सहकार्य हुन्छ, त्यो मोर्चा हुन्छ । र एकीकरण हुन्छ । यो प्रक्रियाबाट हामी अगाडि बढ्नका लागि हामी तयार भईसकेका छौँ । र यसका परिणामहरु आगामी दिनमा तपाईंहरुले देख्नुहुनेछ । एमालेले घर फर्क अभियान चलाएको छ, तपाईंहरु पनि घर फर्कने आशंका अझै गरिन्छ, एमाले अध्यक्ष केपी ओलीले त वृद्धहरु नेपाली कम्युनिष्ट पार्टीमा गए, युवाहरु एमालेमा आउँछन् भनिरहनु भएको छ, यसलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ? यो नेकपा एमालेका फर्कने वा घर फर्किने भन्ने जुन कुरा छ । अब के का लागि फर्किने भन्नुहुन्छ । कमरेड ओलीले नेकपा एमालेलाई कब्जा गरेर हिजोको त्यत्रो जीवन्त पार्टीलाई आज व्यक्तिगत आफ्नो नियन्त्रण भित्रको एउटा कम्पनी जुन बनाउनुभएको छ । यसले गर्दा यो एउटा कम्पनी मात्रै बनेको छैन । त्यसले कमरेड ओलीको लिडरसिपको कारणले यत्रो विध्वंश आयो । त्यसको जिम्मा उहाँले लिनुपर्छ । यस भन्दा अगाडिदेखि नै उहाँले संसद विघटन, फेरि अर्को संसद विघटन, पार्टी विभाजनदेखि लिएर जे गर्दै हुनुहुन्छ । र निरन्तर दक्षिणपन्थी एजेण्डा उठाइराख्नुभएको छ । घोर दक्षिणपन्थी, यो कम्युनिष्ट आन्दोलनको सबै भन्दा दक्षिणपन्थी, व्यक्तिवादी, अहंकारवादी यो खालको उहाँको दिशा छ । नेकपा एमालेको दिशा भनेको त्यो दिशा हो । आज कमरेड ओलीको नेतृत्वमा यस्तो बेलामा पनि र आज पनि फेरि ओलीजीको त्यहाँ रहिकन ओलीको कब्जाको एमाले भित्र कोही पनि मान्छे राजनीतिक रुपले जान्छ भन्ने कुरा आफैँले भन्ने कुरा त भयो । तर सोसाईटीले मान्दैन । यो इन्कार गरी नै सकेको छ । त्यहाँ कुनै विचारले जान्छ भन्ने कुरा सोसाईटीले इन्कार गरिसकेको छ । म फेरी पनि क्याटोगरीकल्ली भन्दैछु–ओलीजी रहुन्जेल त्यो पार्टीमा जो जान्छ, त्यो विचारको कारणले जान्छु, विचार मिलेर जान्छु । राजनीति मिलेर जान्छु, सिद्धान्त मिलेर जान्छु भनेर भन्छ भने उसले यात बुझेकै छैन, या दुनियाँलाई ढाँटदैछ भन्ने लाग्छ मलाई । एमालेमा अवसर छ रामकुमारी झाँक्री जानुभयो, अरु पनि जान्छन् भनिन्छ नि ? मैले कुनै व्यक्तिको बारेमा केही भन्नुछैन । महिला, पुरुष, जान्ने, नजान्ने । त्यो सबैकुरा गौण हो । अहिले नेकपा एमाले भित्र ओली हो, ओली मात्रै हो । त्यसोगर्दा त्यहाँ अर्को स्वतन्त्र व्यक्तित्वको रुपमा कसैले विकास गर्छ भन्नेकुरा त्यो सम्भव नै छैन । कसैले विकास गरेको छ त्यहाँ स्वतन्त्र रुपमा ? ओलीजीकै पछाडि लागेका मान्छेहरु, ओलीजीकै पछाडि लागेका मान्छेहरु ओलीजीकै टिमका मान्छेहरु कसैले म स्वतन्त्र रुपले स्वच्छु भन्छ भनेर प्रश्तुत गर्नसक्छ ? भन्न सक्छ ? वा उसैले दावी गर्न सक्छ कि म ओलीजी भन्दा भिन्न रुपले सोच्छु भनेर कसैले भन्न पनि सक्दैन भने त्यहाँ भित्र कसैले स्वतन्त्र रुपमा नेता, नेतृत्व गर्छु भन्ने कुरा बेकारको कुरा हो । एमाले भित्रको असन्तुष्ट पक्षहरुसँग तपाईको छलफल हुन्छ ? आम रुपमा मैले भन्छु–नेकपा एमाले त्यो मेरो पनि पार्टी हो । त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु । अरु पार्टीहरु पनि मेरै पार्टी हो । वैचारिक रुपले, सैद्धान्तिक रुपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन् । तर त्यहाँभित्रको साथीहरुको कुरा गर्दाखेरी ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरुसँग कुरा नहुने भन्ने प्रश्नै भएन । सबैसँग कुरा हुन्छ । सबै मुर्छाएकाहरुसँग कुरा हुन्छ । सबै उकुसमुकुस भएकाहरुसँग कुरा हुन्छ । एमाले विभाजित हुन्छ भनेर पनि कतिपयले चर्चा गर्दछन् नि ? विभाजित हुनुहुँदैन भन्छु मैले चाहीँ । सामान्यतया आज त्यहाँको साथीहरु त्यसरी विभाजित हुने कुरा गलत हुनेछ । त्यहाँको गलत कुरालाई उहाँहरुले हटाउनु पर्छ । तर अब के देखिँदैछ भन्दा आउने महाधिवेशनमा या त कमरेड ओलीले सबैलाई लखेटीदिनु हुन्छ । अहिले पनि बाँकि बचेर यो पार्टी बचाउनु पर्यो भन्दै छन् । उनीहरुलाई उहाँले निकालि दिनुहुन्छ । या त नेकपा एमालेको इतिहासको सम्पूर्ण यसले इतिहासमा बनाएको मूल्य, यसले सृजना गरेका केही सिद्धान्त, विचार, नैतिकता केही छन् भने तिनीहरु संगठित हुनेछन् । र कमरेड ओलीलाई विदाई गर्नेछन् । यसले गर्दा नेकपा एमाले फुट्ने, नफुटने कुराको प्रसंगनै होइन । अहिले त त्यो पार्टीमा शुद्धिकरणको, पुनर्गठनको, सुधारको आवश्यक्ता छ भन्ने लाग्छ मलाई । तपाईको पार्टीले निर्वाचनमा भाग लिन्छ कि लिँदैन ? हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेण्डासहित फेस गर्छौँ । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौँ । हामी विप्लवजीहरुसहित चुनावमा जान्छाैँ । आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन ? चुनावका लागि ओलीजी मात्रै वाधक हो । अरु कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन । भवितव्य तात्कालीक प्राविधिक कारणले सर्‍यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसावले भन्नुहुन्छ, अरु राजनीतिक वातवरणको हिसावले भन्नु हुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन । ओलीजीले अहिले जुन टयाउटयाउ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरुले लतार्नेछन् ।
म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ । उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।
सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसकेको छ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे । मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे । विदेशमा रहेका नेपालीको नेपाल बनोस्, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’ सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’ मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ । दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
तनहुँका सडक निर्माणमा ढिलाइ, तीन आयोजना समस्याग्रस्त सूचीमा
तनहुँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । तिवारीका अनुसार आँबुखैरेनी छिम्केश्वरी सडक, दुलेगौडा हर्कपुर सडक र भानुमार्ग चन्द्रावती पिलिगार्ग, कुन्छा कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको जानकारी दिँदै उक्त सडक सम्पन्न हुन नसक्दा समस्या भएको उल्लेख गरे। उनले भने, 'लामो समयदेखि निर्माण सुरु भएर पनि समयमै काम सम्पन्न हुन नसकेका यी आयोजनामा काम सम्पन्न गराउन खबरदारी गर्दै आएका छौँ ।' आँबुखैरेनी छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटक–पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । उक्त सडकको अन्तिम विसं २०८२ असोजसम्म थियो । प्रमुख तिवारीका अनुसार उक्त सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत भएको छ । उक्त सडकका लागि रु ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । १६ किलोमिटर लम्बाइ उक्त सडकका लागि रु ३१ करोड ९२ लाख ९७ हजार चार सय ४२ भुक्तानी भइसकेको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको थियो । भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालिमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७८ माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर उक्त खण्डमा पनि पटक पटक म्याद थप गरिएको छ । हाल उक्त सडकको म्याद विसं २०८२ चैतसम्म थप भएको छ । १० दशमलब १२ किलोमिटर उक्त खण्डमा हालसम्म ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । रु २३ करोड दुई लाख ८० हजार छ सय ६१ को लागतमा एमएस शङ्करमालि निर्माण सेवा प्रालिसँग सम्झौता भएकामा रु दश करोड ११ लाख एक हजार सात सय ५० भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । यस्तै एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पनि पटक पटक भप भएको छ । हाल विसं २०८२ चैत प्रस्ताव गरिएको पूर्वाधारा विकास कार्यालयले जनाएको छ । उक्त सडकमा ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु १३ करोड चार लाख ११ हजार सात सय ५३ भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । १० दशमलब १८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार आठ सय ९५ मा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । रासस
शनिबारको विदेशी विनिमयदर : कुन मुद्रा बढ्यो, कुन घट्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकअनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई बोनस डेटा, कल र भिडियो सेवा
काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन् । बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ । 'एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,' एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । 'क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं,' एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ । एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँ अनलिमिटेड डेटा, २०० रुपैयाँ कम्बो, २०० रुपैयाँ कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, ५९९ रुपैयाँ होम एन्ड अवे, ५९९ रुपैयाँ होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन् । यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् । जस्तै, ९९ रुपैयाँ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, ५९९ रुपैयाँ होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ । एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)बाट सुरुभई मंसिर २७ सम्म चल्नेछ । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्ने कम्पनीको विश्वास छ ।
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कास्की । विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । 'सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,' डा अधिकारीले भने । मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उनले उल्लेख गरे। 'मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ,' अधिकारीले भने । कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताए। युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।
देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।