हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन इप्पानको माग
काठमाडौं । हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । आज (मंगलबार) वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै कुनै कम्पनीले अर्को आयोजना निर्माण गर्नका लागि २० प्रतिशत वित्तिय प्रगति हुने व्यवस्थाले थप लगानी व्यवस्थापन र आयोजना निर्माणमा अप्ठेरो परेको भन्दै हटाउन माग गरिएको छ । डेडीकेटेड आयोजनाका लागि मात्र हकप्रद सेयरमार्फत संकलित पुँजी परिचालन गर्न सक्ने व्यवस्था रहेको तथा सेयर लगानीकर्ताहरुले मात्र यसमा सहभागी हुने व्यवस्था रहेकोले कम्पनीको साधारणसभाले गरेको निर्णयका आधारमा हकप्रद सेयर जारी गर्ने व्यवस्था गर्न पनि इप्पान टोलीले माग गरेको छ । नियमन आयोगको विद्युत सम्बन्धी शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५ मा आयोजना निर्माणको लागि हकप्रद शेयरको सार्वजनिक निष्काशन सम्बन्धी व्यवस्थाको अनुसूची ३ को खण्ड (ट) मा प्रस्तावित आयोजनाको वित्तीय प्रगति कम्तीमा २०५ पुष्टि हुने कागजात हुनुपर्ने भन्ने उल्लेख छ । यो प्रावधान अनुसार, प्रस्तावित आयोजनाको स्वःपूजीँ जुटाउन हकप्रद शेयर निष्कासन गर्न ऋण सम्झौता सम्बन्धी कागजातले बाद्यात्मक गरेको र प्रस्तावित आयोजनाको वित्तीय प्रगति २० प्रतिशत पुर्याउन स्वःपूजीँ संकलन नगरेसम्म असम्भव देखिएकोले यही कारण स्वःपूजीँ तथा ऋण व्यवस्थाजन हुन नसकी आयोजनाहरु पूर्ण रूपमा प्रभावित थालेको ज्ञापनपत्रमा उल्लेख छ । आयोजना निर्माणको लागि विभिन्न अध्ययन, अनुमतिपत्र लिई गरिने कार्य तथा विस्तृत अध्ययन, विद्युत खरीद विक्री, वित्तीय व्यवस्थाका कारण प्रवद्धकको ठूलो लगानी भईसकेको उल्लेख गर्दे इप्पानले यसलाई हटाएर सरकारले अघि सारेको सन् २०३५ भित्र २८५०० मेगावाट उत्पादनको लक्ष्य हासिलका लागि उचित वातावरण निर्माण र सहजकिरणका लागि पनि आग्रह गरेको छ । वरिष्ठ उपाध्यक्ष डाँगीले हकप्रद सेयर जारी गर्ने व्यवस्थालाई सहजीकरण गरी थप आयोजनाहरुको निर्माणका लागि बाटो खोल्न आग्रह गरे । हकप्रद सेयर जारी नगरी स्वपुँजी व्यवस्थापन गर्न असम्भव रहेको तथा स्वपुँजी जारी नगरेसम्म बैक तथा वित्तिय संस्थाहरुले ऋण परिचालन समेत नगर्ने हुनाले आयोजना निर्माणको कार्यमै अवरोध हुने उल्लेख गर्दै निश्चित आयोजना निर्माणका लागि मात्र यस्तो सेयर जारी हुने भएकोले यसमा २० प्रतिशतको वित्तिय प्रगति असम्भव देखिएकोले यसलाई हटाउनुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै ऊर्जा सचिव चटौतले हकप्रद सम्बन्धी सेयर जारी गर्नका लागि देखिएको समस्या समाधानका लागि पहल गर्ने बताए । विद्युत नियमन आयोगका अध्यक्ष डा. धितालले यसको कारण आउन सक्ने अप्ठ्याराहरुबारे विस्तृत रुपमा छलफल गरी समाधानका लागि अघि बढ्ने बताए । भेटमा वरिष्ठ उपाध्यक्ष डोगीसहित कार्य समिति सदस्यहरु उत्तरकुमार श्रेष्ठ, कुबेरमणि नेपाल, शुशन कर्माचार्य, सुमन जोशी र शंकर बश्याल, प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता थियो ।
आयोगले तोकेभन्दा बढी सवारीसाधन प्रयोग गरे उम्मेदवारले २५ हजार जरिवाना तिर्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले तोकेको भन्दा बढी सवारीसाधन उम्मेदवारले प्रयोग गरे २५ हजार जरिवाना गराउने भएको छ । निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न नपाउने भएका हुन् । आयोगले जारी गरेको निर्देशन पालना नगरेमा निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना भराउने भएको छ । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही हुने जनाएको छ । निर्वाचन प्रचारप्रसारमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधनसमेत गर्न नपाइने आयोगले उल्लेख गरेको छ । यसैगरी, प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरेर र्याली गर्न नपाइने आयोगले प्रस्ट पारेको छ । सवारीसाधन प्रचारप्रसारमा प्रयोग गरेमा सवारीसाधन निर्वाचन अवधिभर कब्जामा लिएर र जरिवानासमेत गराइने आयोगले जानकारी दिएको छ । सरकारी सवारीसाधन प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारबाहीसमेत आयोगले बताएको छ ।
रामेछापमा सबैभन्दा धेरै मतदाता, कुन जिल्लामा कति छन् मतदाता ? (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन् । यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको हो । देशभर १६५ निर्वाचन क्षेत्र छन् जसमध्ये बागमती प्रदेशको रामेछाप जिल्लामा सबैभन्दा धेरै १ लाख ८७ हजार ९५२ मतदाता छन् । त्यसपछि लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ मतदाता छन् । रामेछाप र अर्घाखाँची दुबै एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । आयोगका अनुसार सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । यहाँ ७ हजार मतदाता रहेको आयोगले जनाएको छ ।
सेयर बजारमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार
काठमाडौं । सातो तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज १२.५८ अंक घटेर २ हजार ६८३.१५ अंकमा बन्द भएको छ । मंगलबार दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार पटक खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । आज होटल तथा पर्यटन समूह एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ र म्युचुअल फन्ड एक प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ६१, वित्त एक दशमलव ०९, जलविद्युत् शून्य दशमलव ९७, लगानी शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३८ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा शून्य दशमलव ३५, व्यापार शून्य दशमलव ४६ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य चार दशमलव ६३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ५९ करोड २९ लाख आठ हजार ४११ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १२ लाख ५८ हजार १७७ बराबरको कारोबार भएको छ ।
दिपल इभीको ब्याट्री र मोटरमा ११ वर्षको वारेन्टी
काठमाडौं । नेपालको लक्जरी इलेक्ट्रिक भेहिकल (इभी) ब्रान्ड दिपलले इभी स्वामित्वलाई अझै सुरक्षित र चिन्तारहित बनाउने घोषणा गरेको छ । दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल इभीको ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको हो । जुन हालसम्मकै नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी हो । यसअघि दिपलका ईभीमा निर्माता कम्पनी चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध गराउँदै आएको थियो । अब भने एमएडब्लू वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटर वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ । यसले नेपाली इभी प्रयोगकर्तालाई दीर्घकालीन सुरक्षासँगै पूर्ण ‘पिस अफ माइन्ड’ प्रदान गर्ने विश्वास लिइएको छ । दिपलका इभीहरूमा विश्वकै सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री तथा चीनको अग्रणी अटो निर्माता चांगान का अत्याधुनिक इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यी प्रविधिमा आधारित भएर कम्पनीले वारेन्टी अवधि उल्लेखनीय रूपमा विस्तार गरेको जनाएको छ । ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत दिपलका ग्राहकले हाई–भोल्टेज ब्याट्री पाट्र्स, सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट, म्यानुफ्याक्चरिङ डिफेक्ट लगायतका महत्वपूर्ण हाई–भोल्टेज इभी कम्पोनेन्टहरूमा वारेन्टी पाउनेछन् । साथै, ट्रयाक्सन मोटर एसेम्ब्ली, मोटर कन्ट्रोल युनिट सहित सम्पूर्ण इलेक्ट्रिक मोटर सिस्टमका प्रमुख भागहरू पनि वारेन्टीको दायराभित्र पर्नेछन् । एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले यो घोषणा केवल वारेन्टी विस्तार नभई विश्वासको अभिव्यक्ति भएको बताए । उनले भने, ‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको स्पष्ट संकेत पनि हो । सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो पूर्ण विश्वासका आधारमा नेपाली ग्राहकको दीर्घकालीन पिस अफ माइन्ड सुनिश्चित गर्न यो निर्णय गरेका हौं । ’ यस घोषणासँगै एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपालका इभी ग्राहकहरूप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । साथै, इभी स्वामित्वलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउँदै नेपालमा इभी प्रयोगप्रति विश्वास थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
१३० वर्षे युरोपेली इन्जिनियरिङ विरासतसहित स्कोडाको नेपालमा यात्रा
काठमाडौं । १३० वर्षभन्दा लामो समृद्ध इतिहास बोकेको युरोपेली अटोमोबाइल ब्रान्ड स्कोडा अटोले आफ्नो इन्जिनियरिङ विरासतलाई नेपालमा थप मजबुत बनाउँदै लगेको छ । सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ । उन्नत प्रविधिलाई दैनिक उपयोगितासँग सन्तुलन गर्ने भरपर्दा सवारीसाधनका लागि विश्वभर परिचित छ । उत्कृष्टताप्रतिको दीर्घकालीन प्रतिबद्धताका कारण स्कोडा वर्षौंदेखि अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित अवार्डहरूबाट सम्मानित हुँदै आएको छ । यसको क्लिन र फंक्सनल डिजाइन फिलोसोफीले रेड डट डिजाइन अवार्डजस्ता विश्वप्रसिद्ध सम्मान जित्न सफल भएको छ । साथै युरो एनक्याप क्र्यास परीक्षणमा प्राप्त उच्च सुरक्षा मूल्याङ्कनले यात्रु सुरक्षा र संरचनात्मक मजबुतीप्रतिको स्कोडाको ध्यानलाई पुष्टि गर्छ । अटो एक्सप्रेस ड्राइभर पावरजस्ता विश्वसनीय अटोमोटिभ मूल्याङ्कन तथा ग्राहक सन्तुष्टि अध्ययनहरूमा पनि स्कोडाले निर्माण गुणस्तर, विश्वसनीयता र स्वामित्व अनुभवका आधारमा उच्च स्थान हासिल गरेको छ । स्कोडाको सफलताको केन्द्रमा यसको बलियो युरोपेली इन्जिनियरिङ डीएनए रहेको छ । कडा युरोपेली मापदण्डअनुसार विकास गरिएका सवारीसाधनहरू उन्नत उत्पादन प्रक्रिया र उच्च-मजबुत सामग्री प्रयोग गरी तयार गरिन्छन्, जसले दीर्घकालीन टिकाउपन, सुरक्षा र भरोसायोग्य प्रदर्शन सुनिश्चित गर्छ । यही इन्जिनियरिङ दृष्टिकोणले स्कोडालाई विविध भू-भाग र फरक ड्राइभिङ अवस्था भएका विश्वका विभिन्न बजारमा निरन्तर सफल बनाएको छ । नेपालमा पनि स्कोडाले ग्राहकहरूको विश्वास जित्दै आएको छ । अक्टाभिया, र्यापिड, कुशाक र स्लाभिया जस्ता मोडलहरू सहरका सडकदेखि राजमार्गसम्म व्यापक रूपमा देखिन थालेका छन् । मजबुत निर्माण, स्थिर राइड क्वालिटी, रेस्पोन्सिभ स्टेयरिङ र रिफाइन्ड अटोमेटिक ट्रान्समिसनका कारण यी सवारीसाधनहरू नेपाली सडक अवस्थाका लागि उपयुक्त मानिन्छन् । स्कोडाको इन्जिनियरिङ फिलोसोफीमा चेसिस ट्युनिङ र स्टेयरिङ सटीकतामा विशेष जोड दिइन्छ। सन्तुलन, आराम र नियन्त्रण प्रदान गर्ने गरी सावधानीपूर्वक क्यालिब्रेट गरिएका सवारीसाधनहरूले उकालो बाटो, घुमाउरा सडक र लामो यात्रामा चालकलाई थप आत्मविश्वास दिन्छन्। यसले स्कोडालाई नेपालको विविधतायुक्त ड्राइभिङ परिवेशमा सहज रूपमा अनुकूल बनाएको छ । अटोमेटिक ट्रान्समिसन रिफाइनमेन्ट पनि स्कोडाको इन्जिनियरिङ परिपक्वताको महत्वपूर्ण पक्ष हो । स्मूथ गियर सिफ्ट, बुद्धिमत्तापूर्ण ट्रान्समिसन ट्युनिङ र प्रमाणित विश्वसनीयताले भीडभाड तथा उकालो सडकमा आरामदायी र तनावरहित ड्राइभिङ अनुभव प्रदान गर्नुका साथै इन्धन–कुशल प्रदर्शनमा पनि सहयोग पुर्याउँछ । यही पुरस्कार–विजेता डिजाइन, प्रमाणित सुरक्षा र विश्वसनीय इन्जिनियरिङ लेगेसीलाई निरन्तरता दिँदै स्कोडाले नेपालमा नयाँ स्कोडा कायलाक अटोमेटिक प्रस्तुत गरेको छ । आत्मविश्वासपूर्ण प्रदर्शन, सजिलो ड्राइभिङ अनुभव र स्वामित्व–मैत्री इन्जिनियरिङका लागि डिजाइन गरिएको कायलाकले वास्तविक सडक आवश्यकताहरू बुझ्ने युरोपेली ब्रान्डका रूपमा स्कोडाको पहिचानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । क्षमता, रिफाइनमेन्ट र दीर्घकालीन विश्वसनीयतामा केन्द्रित दृष्टिकोणसहित कायलाकले नेपालमा स्कोडाको यात्रालाई थप अर्थपूर्ण बनाउने विश्वास लिइएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले बेच्दै आएको छ ।
कलाकार प्रदीप खड्का र विक्रम शाहीले किने दिपल एस-०७ प्लस
काठमाडौं । नेपालका कलाकारद्वय प्रदीप खड्का र विक्रम शाहीले अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बन्दै गएको दिपल एस-०७ प्लस खरिद गरेका छन् । पछिल्ला डेलिभरीसँगै दिपल एस-०७ प्लस चर्चित व्यक्तिहरुको रोजाइमा निरन्तर परिरहेको दीपल गाडीको आधिकारिक विक्रेता एमएडब्लुले जनाएको छ । हालै बजारमा आएको साइन्स-फिक्सन चलचित्र एक्लोलगायत थुप्रै सफल फिल्ममार्फत दर्शकको मन जित्न सफल कलाकार तथा स्टाइल आइकन प्रदीप खड्काले दिपल एस-०७ प्लसको फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिले आफूलाई आकर्षित गरेको बताए । उनले आधुनिक जीवनशैलीसँग मेल खाने भएकाले आफ्नो ग्यारेजमा दिपल थपेको प्रतिक्रिया दिए । बलिउड सुपरस्टार सलमान खानसँग बहुप्रतिक्षित चलचित्र ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गर्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकार विक्रम शाहीले पनि हालै दिपल एस-०७ प्लस खरिद गरेका छन् । नवीन प्रविधि, आरामदायी ड्राइभिङ अनुभव र प्रिमियम फिचरले आफूलाई आकर्षित गरेको उनले बताए ।कलाकार द्वयलाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लू वृद्धि गौरवान्वित भएको जनाएको छ । कम्पनीका अनुसार उत्कृष्टताप्रतिको उनीहरूको प्रतिबद्धता र स्टाइल आइकनको पहिचान दिपल एस-०७ प्लसको इनोभेसन, स्टाइल र फ्युचर-रेडी पर्फर्मेन्ससँग पूर्ण रूपमा मेल खान्छ । एक दर्जनभन्दा बढी इन्डस्ट्रि-फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस-०७ प्लसले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटी प्रदान गर्दछ। जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट तथा आउटडोर स्पिकरजस्ता अत्याधुनिक फिचरले दिपललाई नेपालकै नम्बर १ लक्जरी इलेक्ट्रिक भेहिकलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंलाई प्रश्न– झापामा सुरक्षा चुनौती बढेकै हो ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल या उम्मेदवारलाई जुलुस र घरदैलो नगर्न निर्देशन दियो । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका छन् । यही सिलसिलामा झापामा निर्वाचनको माहोल बढिरहँदा जुलुसजस्ता अन्य गतिविधि गर्न नपाउने भएपछि विकासन्युजले झापाका सहायक जिल्ला प्रमुख अधिकारी तेज प्रकाश प्रसाईंसँग गरेको संक्षिप्त संवाद गरेको छ । अहिले पनि झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू बिहानदेखि मतदातासँग भेटघाट गरिरहनु भएको छ ? निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारसँग निर्वाचन आचार संहिताको विषयलाई लिएर पर्याप्त छलफल गरेको थियो । तर राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना नगरेकाले जिल्ला प्रशासन कार्यालयले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको हो । झापा जिल्लाको चुनावी माहोल हेर्दा सुरक्षाको दृष्टिकोणले अलिक संवेदनशील जस्तो देखिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशीले मतदानस्थलसमेत बढेका छन् । यसरी विज्ञप्ति निकाल्नुमा हामीले कसैलाई अवरोध गर्नु होइन । दलले गरेको वाचाहरू पुरा गर्नलाई स्मरण मात्र गराएका हौं । उम्मेदवारहरूको सुरक्षा र गर्न नसकेकाले नै जुलुस तथा घरदैलो कार्यक्रम रोक्न निर्देशन दिनु भएको हो ? निर्वाचनका लागि दलका उम्मेदवारले प्रारम्भिक घरदैलो सुरु गरिसकेका छन् । धेरै स्थानीयले विभिन्न दलका उम्मेदवारले घरदैलो अभियान चलाइसकेको भनेर खबर गर्ने गरेका छन् । यहाँ त्यस्तो छिटफुट घटना घटेमा हामी जिम्मेवार हुँदैनौं भनेर फोनमार्फत जानकारी गराउने कार्य भइरहेको छ । बाटो छेकेर सभा वा भेला गर्ने गरेको सुरक्षाको संवेदनशीलतालाई ख्याल गरेर हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएका हौं । निर्वाचन आचारसंहितालाई देखाएर उम्मेदवारको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार रोक्न मिल्छ र ? उम्मेदवारलाई हामीले स्वतन्त्र रूपमा हिँडडुल गर्न रोकेका छैनौं । विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मात्र काम गर्नलाई निर्देशन दिएका छौं । दलले जारी गरेको घोषणापत्र निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयमा बुझाएपछि मात्र उम्मेदवारले घरदैलो गर्न पाउँछन् । धेरै उम्मेदवारहरूले अहिले घरदैलो कार्यक्रम गर्न थालिसक्नु भएको छ । हामीले निर्वाचन आचारसंहिता मात्र पालना गर्न भनेका छौं । दलले आफ्नो पार्टीको कमिटी गठन गर्न विभिन्न भेटघाट गर्न पाउने छन् । दलका सामान्य भेटघाटलाई हामीले रोक्न मिल्दैन । झापामा सुरक्षा चुनौती बढेकै हो ? निर्वाचनको सुरक्षालाई लिएरमा झापामा जोखिम बढेकै छ । कता–कता दलको गतिविधिलाई लिएर हामीले अलिक शंकास्पद दृष्टिले हेरिरहेका छौं । सुरक्षालाई हामीले एकदमै ध्यान दिएका छौं । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न र भयरहित वातावरणमा होस भनेर हामीले अगाडिबाट सचेत गराएका छौं । यसपालिको निर्वाचनमा झापामा अति संवेदनशील मतदानस्थलको संख्या वृद्धि भएको छ । सम्भावित दुर्घटना हुन नसकोस भनेर हामीले विभिन्न सुरक्षाका रणनीति अपनाएका छौं । निर्वाचनमा सहभागी दललाई संयमित हुन पनि आग्रह गरिरहेका छौं । झापामा २८५ वटा मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान स्थल ४३, संवेदनशील १४७ र अति संवेदनशील ९५ मतदानस्थल रहेका छन् ।