लाज र डरलाई जित्दा विश्व कीर्तिमान
काठमाडौं । हरेकमा प्रतिभा हुन्छ, तर सबैले देख्दैनन् । जसले देख्छ, उनीहरू चम्किन्छन् जसले देख्दैन प्रतिभा लुकेरै रहन्छ । आजभन्दा करिब २०/२२ वर्ष पहिले ममा फरक कला छ भनेर पहिचान गर्न नसकेका भए कृष्ण पाण्डे अहिले वर्ल्ड रेकर्ड कायम गर्न सक्दैनथे । उनले आफूलाई समयमा चिने र अहिले उनी दोस्रो पटक आफ्नो नाम गिनिज वर्ल्ड रेकर्ड राख्ने प्रयासमा छन् । ४० वटा शब्द एक मिनेटमा उल्टोबाट सबैभन्दा छिटो उच्चारण गर्न सकेर विश्व कीर्तिमान बन्न सफल उनै पाण्डेले ५० मिनेटमा ५० वटा शब्द सबैभन्दा छिटो उच्चारण गरेर दोस्रो पटक नाम विश्व कीर्तिमानी राख्न खोजेका हुन् । बिहीबार काठमाडौंको आइएमटी कलेजमा आयोजना गरिएको एक कार्यक्रममा पाण्डेले ५१.६६ सेकेण्डमा ५० वटा शब्द उल्टोबाट सबैभन्दा छिटो उच्चारण गरे । उनले गरेको सबै प्रयास रेकर्ड गरेको सामग्री प्रमाणपत्रका लागि पठाइएको छ । पाण्डे भन्छन्, ‘अरूभन्दा फरक क्षमता छ भन्ने कुरा मलाई प्लस टु पढ्दाखेरि नै थाहा पाइसकेको थिएँ । सुरुमा आफ्नो प्रतिभा घरकै दाजुभाइ परिवारसँग देखाइयो, त्यसपछि अब यो क्षमता विश्वसामु चिनाउनुपर्छ भन्ने लाग्यो र यो यात्रा तय गरेको हुँ ।’ रुपन्देहीको देवदह शितलनगरका पाण्डे कक्षा १ देखि १० सम्म गाउँमै पढे । पाण्डेले सूचना प्रविधि र बिजनेशमा स्नातकोत्तर गरेका छन् । उनका बुवा शिक्षण पेशामा थिए । ६ जना दाजुभाइमध्ये काइलो सन्तान हुन् कृष्ण । ‘पढाइमा हामी सबै दाजुभाइ उत्तिकै क्षमतावान थियौं । सायद वुवाको प्रभाव थियो, मेरो बुवा त्यो जमानामा डबल डिग्री गरेको व्यक्ति हुनुहुन्थ्यो । गाउँमा बौद्धिक रूपमा पनि जान्नेमान्य व्यक्तिको रूपमा उहाँ चिनिनुहुन्छ,’ उनले भने । कृष्णलाई एक पटक कसैले भनेको तथा बोलेको कुरा उनलाई प्रायः दोस्रो पटक भनिराख्न पर्दैन । उनी सुल्टोभन्दा उल्टोबाट पढ्न रुचाउँथे । साथीभाइसँग बोल्दा पनि उनी प्रायः उल्टोगरी बोल्थे । आफूलाई फरक देखाउने चाहना कृष्ण सानैदेखि आफूलाई फरक रूपमा चिनाउन चाहन्थे । स्कुल होस् या बाहिर पचास–सय जना सहभागी भएको ठाउँमा उनी आफूलाई फरक रूपमा कसरी चिनाउने भन्नेमा लाग्थे । त्यो कुरालाई अहिलेको यो वल्र्ड रेकर्डले धेरै सहयोग पुर्याएको उनको भनाइ छ । उनी आफ्नो यो किसिमको क्षमता भगवानले दिएको उपहार मान्छन् । ‘जोकोहीमा यस्तो क्षमता हुँदैन, मैले घोकेर, मिहिनेत गरेर पनि यो अवसर पाएको होइन, ममा त्यो किसिमको पहिचान छ, खुबी छ । कुनै पनि प्रतिस्पर्धामा जाँदा कुनै पनि कुराको अर्थ जान्न त्यसको स्पेलिङ याद हुनुपर्छ, त्यो पढ्छु तर एक पटक पढी वा सुनिसकेपछि त्यसलाई याद गर्न सक्छु,’ उनले भने । कृष्ण अगाडिबाट भन्दा पछाडिबाट अझ छिटो र सजिलो तरिकाले बुझ्न सक्छन् । जस्तै- स्टुडेन्ट शब्द उच्चारण गर्दा एसटीयुडीइएनटी भन्दा टीएन्डीडीयुडीएस अझ चाँडो समयमा भन्न सक्छन् । ‘अहिले नै पहिलो पटक सुनेका दुई–चार शब्द पनि यसरी उच्चारण गर्नसक्छु । एक– दुई पटक सुनेर दिमागमा सेट भएका शब्द भयो भने सहज हुन्छ,’ उनले भने । कृष्णले यो प्रयास नेपाली शब्दमा पनि गरेका थिए । त्यहाँ पनि सक्छु भन्ने भान भने भएको थियो । तर वर्ल्ड रेकर्ड नेपालीमा गर्छु भन्ने चाहि सोंचेका छैनन् । किनकि त्यसका लागि थुप्रै मापदण्ड मिल्नुपर्ने हुन्छ । वर्ल्ड रेकर्डमा यही शब्दमात्र सोधिन्छ र यसको मात्र तयारी गर्नुपर्छ भन्ने हुँदैन । नसुनेका शब्दहरू पनि कहिलेकाँही आइदिन्छन् । २०१३ सालको वर्ल्ड रेकर्डमा नसुनेका शब्द आउँदा केही मिलाउन समस्या भएको अनुभव सुनाए । उनले भने, ‘त्यो बेला चारवटा शब्दमा म लरबरिएको थिएँ । ४० शब्दमा चारवटा बिगारेको थिएँ तर यो पटक तयारी पनि भएर होला मैले सहजै भन्ने सकेको छु, निकै खुसी लागेको छ ।’ कृष्णको सम्झिने तरिका दिमाग अर्थात् ब्रेन सबैको उस्तै हुन्छ । आफ्नो ब्रेनलाई कति अगाडि बढाउने अर्थात् कति प्रयोगमा ल्याउने भन्ने कुरा व्यक्तिमा भर पर्छ । पाण्डे यो कुरामा दैनिकी, दिनचर्या, व्यक्तिको संगत र खानपिनले पनि निकै फरक पार्ने बताउँछन् । कृष्ण खानपिनमा सात्विक खाना खाने गर्छन् भने योगा र ध्यान पनि नियमित गर्छन् । ध्यान र योगाले दिनको सुरुवाती नै फरक हुने उनी बताउँछन् । ‘म योगा पनि गर्छु, ध्यान पनि गर्छु, आफ्नो खानपानमा पनि ध्यान दिन्छु,’ उनी भन्छन्, ‘म केही अध्ययन गर्दैछु भने ध्यान दिएर पढ्छु, रट्टान गर्ने मेरो बानी छैन ।’ कृष्णका अनुसार कुनै पनि अध्ययन गर्दा ध्यान दिएर गर्नुपर्छ । पढेर हुन्छ कि लेखेर हुन्छ कि सुनेर हुन्छ– जसरी पढ्दा याद गर्न सकिन्छ त्यो गर्ने हो । आफूमा कस्तो प्रतिभा छ भन्ने पहिचान कसरी गर्ने भन्ने प्रश्नमा उनी भन्छन्,‘ गीत गाउनेलाई स्वर राम्रो छ भनेर सुन्दा पहिचान गर्न सकिन्छ, नाच्न सक्नेले दुई तीन पटक नाचेपछि थाहा पाउँछ । तर सबै प्रतिभा बाहिर आउन सक्दैनन्, नेपालीहरूमा आफूमा भएको क्षमता बाहिर ल्याउने प्रयास पनि त्यत्ति भएको पाइँदैन । यसका लागि आफूलाई मन लागेका कुरा प्रयास गर्नुपर्छ ।’ कतिपयलाई गितार बजाउने रहर हुन्छ तर प्रयास गर्ने बानी हुँदैन । कतिलाई कविता लेख्न आउँछ तर अल्छी गरेर बस्छन् । कृष्ण भन्छन्, ‘यस्ता कुराहरू एक-दुई पटक प्रयास गर्नुपर्छ । भएन भने अर्को चरणमा पुर्याउन सहज हुन्छ । राम्रा र नयाँ कुरा केही देखियो भने त्यसलाई एकपटक प्रयास गर्नुपर्छ, यसो गर्न सकियो भने आफूले के गर्न सक्छु र के गर्न सक्दिनँ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।’ ‘मलाई पहिले आफ्नो क्षमता थाहा थिएन, मैले आफ्नै साथी तथा परिवारमा मात्र क्षमता प्रदर्शन गर्थें । तर पछि हैन यो मेरो क्षमता हो, बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो र अहिले यो अवस्था पुगेको हुँ, ’उनले थपे । उनी यस्ता कुरामा डराउन र लाज मान्न नहुने बताउँछन् । कृष्णले उल्टो शब्द उच्चारणबाट वर्ल्ड रेकर्ड राख्दा धेरै हासोमा उडाएको प्रसंग सुनाए । उनले सामाजिक सञ्जालमा आफूले सेयर गरेको खुसीमा धेरैले उल्टोबाट शब्द उच्चारण गरेको भन्दै मजाक गरेका थिए । पहिलो पटक निकै चुनौतीपूर्ण थियो । त्यो बेला सयम धेरै र शब्द कम उच्चारण गर्नुपर्दा केही सहज लागे पनि चुनौतीपूर्ण थियो । तर दोस्रो पटक धेरै मिहिनेत गर्नुपर्यो । उनी भन्छन्, ‘पहिलो रेकर्ड राखिसकेकालाई दोस्रो पटक अझ चुनौतीपूर्ण हुँदो रहेछ । यो पटक पहिलोको भन्दा अझ निकै मिहिनेत गर्नुपर्यो तर सक्छु भन्ने आत्मविश्वास भने थियो।’ सर्टिफिेकट पाउनका लागि दुईवटा तरिका हुन्छन् । हिजो गरेको सबै क्रियाकलापको डकुमेन्टेशन गरेर भेरिफिकेशनको लागि पठाउनुपर्छ । यसका लागि कम्तीमा पनि तीन महिनाजति लाग्छ । यो प्रोसेसको लागि एक्स्ट्रा ६ सय डलर थप खर्च गर्नुपर्छ । नयाँ युवाहरूलाई क्षमता चिनाउने अबको योजना कृष्ण विश्व कीर्तिमानी व्यक्तिमात्र होइनन् । उनी आईटी उद्यमी पनि हुन् । उनका आफ्नै उद्योगहरू छन् । नेपाल र अमेरिकामा रहेका व्यवसाय पनि उनले हेर्दै आएका छन् । त्यो बाहेक वर्ल्ड रेकर्डको काम पनि जारी राखेका छन् । कृष्ण व्यवसायी र वर्ल्ड रेकर्ड राखेको व्यक्ति भन्ने थाहा पाएपछि विदेश र नेपालका कलेज विद्यालयले पनि मोटिभेसनल कक्षाका लागि बोलाइरहेका छन् । उनको रुचि पनि यही थियो । ‘नयाँ युवाहरूलाई आफ्नो मिहिनेत बाहिर ल्याउन सक्नुपर्छ भन्ने चाहना मेरो पनि हो,’ उनी भन्छन्, ‘सबैलाई भगवानले केही न केही फरक क्षमता दिएर पठाएका हुन्छ तर कतिले बाहिर ल्याउन सक्छन् त कतिले सक्दैनन् । हामीले आफूलाई रुचि लागेका विषमा प्रयास गर्दै जाने हो भने कुनै न कुनै बेला क्षमता प्रस्फुरित हुन्छ ।’ योभन्दा बाहेक नेपाललाई विश्वसामु चिनाउन, नेपालको सीपलाई बाहिर लैजान नेपालमा पनि यस्ता व्यक्ति छन् भनेर देखाउनतिर लाग्ने कृष्णको योजना छ । उनले यसका लागि अमेरिकाका विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजनासमेत बनाइसकेका छन् । उनी अमेरिकामै बस्छन् । अब नेपाल र अमेरिका दुवै ठाउँमा उत्तिकै सक्रिय रहेर काम गर्ने योजनामा छन् ।
'बदल्यौं कांग्रेस, बदल्छौं देश’-गगन थापा
काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित आफ्नो केन्द्रीय कार्यालयबाट नयाँ यात्रा सुरु गरेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालय, सानेपामा पद बहाल गरेसँगै आफ्नो संकल्पसमेत सार्वजनिक गरेका छन् । सभापति थापाले बैठकको माइन्युटमा ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित आफ्नो कार्यकाल सुरु गरेका हुन् । थापाले माइन्युटमा लेखेका छन् ‘हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ उनले आफ्नो नयाँ नेतृत्वको माध्यमबाट आगामी राजनीतिक चुनौतीहरू सामना गर्ने र देशको समृद्धिका लागि योगदान दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । थापाको उक्त प्रतिवद्धतालाई कांग्रेसले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै कार्यकर्ता र सदस्यहरूलाई एकजुट भएर पार्टीको लक्ष्य पुरा गर्न जोड दिएको छ ।
कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय र प्रदेश सभापतिसहितका नेता उपस्थित थिए । पार्टीका नेताहरूले आगामी आम निर्वाचन २०८२ मा कांग्रेसको विजय सुनिश्चित गर्न प्रधानमन्त्रीको उम्मेदवार चयन महत्त्वपूर्ण भएको बताएका छन्। कांग्रेसले आगामी निर्वाचनमा केन्द्र सरकारको नेतृत्वको दाबीलाई सुदृढ बनाउन आफ्नो रणनीति तय गरेको चालिसेले दाबी गरे । विशेष महाधिवेशनपछि पहिलोपटक बसेको बैठकमा आगामी निर्वाचनको तयारी, निर्वाचन अभियानको दिशा, पार्टीको नीति तथा कार्यसूचीका विषयमा समेत छलफल भएको थियो । बैठकले निर्वाचनमा कांग्रेसको बलियो उपस्थितिका लागि सबै प्रदेश तथा स्थानीय तहमा समन्वयात्मक योजना अघि बढाउने निर्णय गरेको छ ।
सुपरमाई हाइड्रोपावरको सेयर व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्ने
काठमाडौं । सुपरमाई हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता भएको छ । सुपरमाई हाईड्रोपावरले आफ्नो धितोपत्र कारोबारको रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटललाई सुम्पिएको हो । सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटलले सुपरमाई हाईड्रोपावरका सेयरवालाको लगत अद्यावधिक राख्ने, दाखिल, खारेज, नामसारी, टुक्र्याउने लगायत सम्पूर्ण रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र मालाकार र सुपरमाई हाइड्रोपावरका सीईओ रवि पौडेलले हस्ताक्षर गरे । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न होटल र रेष्टुरेन्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस् तथा मौलाकाली र लुम्बिनी केबल कार, साथै पोखराको द् लेक रिट्रिटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ बैंकका अनुसार यस सम्झौताले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रोत्साहन दिने विश्वास लिइएको छ । थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४र७ ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।
निर्वाचनलाई प्रभावित पार्ने ९८ कन्टेन्टलाई कारबाही गर्न पत्राचार
काठमाडौं । निर्वाचन आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिए । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ उनले भने, ‘गलत सूचना दिने संस्था र सामाजिक सञ्जालका अकाउन्टलाई कारबाही गरिने छ ।’ यसैगरी, देशभरबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरेको क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकताहरू व्यवस्थापन गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले बताएको छ । एनआईसी एशिया बैंकका अनुसार ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँग गरेको सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउनेछ।
देशभरबाट ४९ जना उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौं । देशभरबाट ४९ जना उम्मेदवारले फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले फिर्ता लिएको जानकारी दिए ।