यी हुन् विदेश जाँदा र फर्किँदा छुट पाइने वस्तु
काठमाडौं । सरकारले नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु तोकेको छ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरेको छ । यस्तै, तोकिएको परिमाणसम्म सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना, आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक एक थान पनि महसुस नतिरेरै ल्याउन सक्नेछन् । तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने उल्लेख छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई लगातार कम्तीमा बाह्र महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको पैंसट्टी इञ्चसम्मको टेलिभिजन एक थान ल्याउन सकिने छ । तर, उल्लेखित सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ । यस्तै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेशासँग सम्बन्धित वस्तुहरू एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता वस्तु), सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको एक बोतलमा महसुल लाग्ने छैन । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले उल्लिखित वस्तु आफैं उपस्थित भई भन्सार जाँचपास गराउने गरी आफू आउनु भन्दा अघि वा पछि हुलाक पुलिन्दा, कार्गो वा अन्य माध्यमबाट पठाउन सक्नेछ । यस्तै, नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो, घडी, अभििगभिच मोबाइल फोन एक एक थान, लुगाफाटा, जुत्ता, कष्मेटिक्स जस्ता वस्तु बढीमा पाँच पाँच थान, घरायसी प्रयोगका विद्युतीय उपकरण (जस्तै– मिक्सर, जुसर, सिलाई मेशिन, इस्त्री, राइस कुकर जस्ता वस्तु) बढीमा दुई दुई थान, दश किलोग्रामसम्म खाद्य परिकार र डाक्टर, इञ्जिनियर, खेलाडी जस्ता पेशागत यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने वस्तु बढीमा दुई दुई थान महसुल तिरेर ल्याउन सक्नेछन् । यस्तै, छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चिस हजार रुपैयाँसम्मका वस्तु आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा देहाय बमोजिमको मूल्यसम्ममा लाग्ने महसुल पूर्ण रूपमा छुट दिई त्यस्तो वस्तुको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । तर छुट सीमाभन्दा बढी मूल्यको वस्तु भएमा बढी मूल्यमा प्रचलित कानून बमोजिम महसुल लाग्ने उल्लेख छ । सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछन् । विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उल्लेखित वस्तुमध्ये अमेरिकी डलर पाँच सयसम्मको वस्तु पठाएमा प्रमाण हेरी लाग्ने महसुल लिई जाँचपास गर्न सकिनेछ । अमेरिकी डलर पाँचसय भन्दा बढी मूल्यको वस्तुलाई न्यून मूल्य देखाई पठाएको पाईएमा त्यस्तो वस्तु जफत गर्न वा उल्लिखित सीमा भन्दा बढी भएको मूल्य बराबरको रकम जरिबाना र लाग्ने महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था छ । चुरोट दुई सय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म प्रचलित कानून बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने, भारतीय सेना वा प्रहरीबाट निवृत्तभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्केको व्यक्तिले आफ्नो निवृत्तभरणको कागजात पेश गरेमा अभिलेख रहने गरी एक पटकको लागि पचास हजार रुपैंयाँसम्मको निजी प्रयोगका घरायसी वस्तुहरुमा (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरु बाहेक) सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ । कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तुहरु (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरू बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ । विदेश जाने नेपाली यात्रुका लागि विदेश जाँदा आफ्नो प्रयोगका लागि लैजाने सौगातको रुपमा प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका पचास हजार रुपैयाँ मूल्यसम्मका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरिएको छ । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख छ । सम्बन्धित वायुसेवाले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तुहरु लैजान चाहेमा आवश्यक कागजातहरु पेश गरी कानून बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछन् भने यसरी वस्तु लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक नपर्ने उल्लेख छ । नेपाली यात्रुले पाउने सुविधा गैरआवासीय नेपाली यात्रुले आफू गैरआवासीय नेपाली भएको प्रमाण पेश गरेमा उडानमा गएका वायु सेवाका चालक दलका सदस्य (क्रु मेम्बर) ले आफ्नो प्रयोगमा रहेका निजी वस्तु बाहेक अन्य कुनै वस्तु ल्याउन नपाउने व्यवस्था गरिएको छ । स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ । यसअघि १०० रुपैयाँसम्मको व्यवस्था थियो । यस्तै, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल नलाग्ने व्यवस्था गरिएको छ । विदेशी यात्रुले पाउने छुट अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले आफ्नो साथमा ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) बाइनाकुलर (दूरविन) एक वटा, ट्याबलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा एक एक वटा, पोर्टेवल म्युजिक सिष्टम एक सेट, लुगाफाटा, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना वस्तुहरू, पेराम्बुलेटर र ट्राइसाइकल एक एक वटा, साइकल एक वटा, घडी एक वटा र सेलुलर मोबाइल फोन एक वटा ल्याउन पाउनेछन् । यस्तै, पेशाकर्मीले आफूले गरिआएको काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा एक सेट, डाक्टर वा वैद्यले आफ्नो पेशा अनुसारको काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजार र औषधि तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय वस्तु, गायक वा सङ्गीतकारले ल्याएको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक वस्तु, खेलाडीले आफूले खेल्ने खेलसँग सम्बन्धित वस्तु, माछा मार्ने रड, पावर बैङ्क एक वटा ल्याउन पाउने छन् । उल्लिखित वस्तुका अतिरिक्त प्रचलित कानून बमोजिम निकासी वा पैठारी गर्न निषेध वा नियन्त्रण गरिएका र व्यापारिक प्रयोजनका वस्तु बाहेक विदेशी यात्रुले निकासी वा पैठारी गर्ने अन्य वस्तुहरु भन्सार प्रमुखले औचित्य हेरी बिना महसुल वा कानून बमोजिम लाग्ने महसुल लिई ल्याउन र लैजान दिन सक्ने व्यवस्था छ । राहदानी लिई आउने जाने विदेशी यात्रुले मदिरा एक लिटरसम्मको बोतल एक वा बियर बाह्र क्यानसम्म, चुरोट दुई सय खिल्ली, सिगार पचास खिल्ली, टोबाको दुई सय पचास ग्रामसम्म, दश हजार रुपैयाँ मूल्यसम्मका औषधि (प्रचलित कानून बमोजिम पैठारी गर्न निषेध गरिएका बाहेक), पाँच हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा (टिन प्याक समेत) र दुई हजार रुपैयाँ मूल्यसम्मका ताजा फलफूल ल्याउन पाउनेछन् । विदेशी यात्रुले नेपालबाट लैजान सक्ने सौगातको हकमा निजले नेपालमा विदेशी मुद्रा सटही सम्बन्धी कारोबार गर्ने बैंक वा त्यस्तो विदेशी मुद्रा सटही गर्न तोकिएको अधिकृत डिलरसँग विदेशी मुद्रा सटही गरेको प्रमाणित हदसम्म नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तु बिना इजाजतपत्र लैजान वा पठाउन सक्नेछन्। विदेशी यात्रुले उल्लिखित वस्तुका अतिरिक्त नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध गरिएका बाहेकका पाँच लाख रुपैयाँसम्मका वस्तु आफूसाथ लैजान वा पठाउन सक्नेछन् । तर मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख गरिएको छ । हवाईमार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले पाँच हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउनेछ। सो भन्दा बढी ल्याउनु परेमा भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्था गरिएको छ । कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै वस्तु लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा यस सूचनाको प्रतिकूल हुने गरी कुनै वस्तु ल्याउन र लैजान खोजेमा त्यस्तो वस्तु जफत गरी प्रचलित कानून बमोजिम कारबाही गरिने उल्लेख छ ।
काठमाडौंमा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सीको विस्तार, यात्रुमा बढ्दो आकर्षण
काठमाडौं । काठमाडौंका विभिन्न सडक र चोकहरूमा एक्सप्रेस-टी इलेक्ट्रिक ट्याक्सी सहज रूपमा देखिन थालेका छन् । वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको यो सेवा राजधानीको बदलिँदो यातायात संस्कृतिसँगै विस्तार हुँदै गएको छ । आरामदायी सिटिङ व्यवस्था, फराकिलो केबिन तथा पर्याप्त सामान राख्न मिल्ने बुट स्पेसका कारण एक्सप्रेस-टी यात्रुहरूको रोजाइमा पर्न थालेको छ । विशेषगरी एयरपोर्ट सेवा, पारिवारिक भ्रमण तथा लामो दूरीको शहरी यात्राका लागि यो ट्याक्सी उपयोगी साबित भइरहेको छ । शहरी यातायात क्षेत्रका जानकारहरूका अनुसार इलेक्ट्रिक ट्याक्सीको बढ्दो प्रयोगले काठमाडौंको यातायात व्यवस्थापनलाई थप आधुनिक र आकर्षक बनाउन मद्दत पुर्याएको छ । परम्परागत इन्धनमा चल्ने सवारीको तुलनामा प्रदूषणरहित र कम आवाजमा सञ्चालन हुने यस्ता ट्याक्सीले वातावरण संरक्षणमा समेत सकारात्मक योगदान दिएका छन् । सेवा प्रयोगकर्ताहरूले एक्सप्रेस–टीमार्फत सहज, सुरक्षित र शान्त यात्राको अनुभव प्राप्त भइरहेको बताएका छन् । यसले इलेक्ट्रिक सवारीप्रतिको जनविश्वास बढाउनुका साथै दिगो शहरी यातायात प्रणाली निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ । राजधानीमा विस्तार भइरहेको एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी सेवा आधुनिक र जिम्मेवार यातायात विकल्पको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
नेपाल एसबिआईको सामाजिक कार्यक्रम : इटहरीका ११० भन्दा बढी विद्यार्थी लाभान्वित
काठमाडौं । नेपाल एसबिआई बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जनाएको छ । उक्त सामग्रीहरू बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउन मद्दत पुग्नुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने लक्ष्य राखिएको छ । कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आइरहेको छ । बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
५ अर्ब ७३ करोडको सेयर कारोबार, नेप्से २७८० मा चड्यो
काठमाडौं । बुधबार नेप्से एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको छ । आज ३४७ स्टकको ६२ हजार १४८ पटक कारोबारमा १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ । आज कालिञ्चोक हाइड्रोपावरको सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ । आज ६ उपसूचक घटेका छन् भने बाँकी बढेको छ । बैंकिङ ०.१३, वित्त १.१६, जलविद्युत ०.११ र लगानी ०.२० प्रतिशतले घटेको छ । विकास बैंक ०.६६, होटल तथा पर्यटन ०.१८, जीवन बीमा १.७३, उत्पादन ०.४२, माइक्रोफाइनान्स ०.४२, म्युचल फण्ड ०.०१, निर्जीवन बीमा ३.३७ प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा बुधबार आँखु खोला जलविद्युतको सबैभन्दा धेरै ४४ करोड २३ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ८५ लाख रुपैयाँ कारोबार भएको छ । तेस्रोमा रिदी पावर कम्पनीको २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
महानगर यातायातका १६ नयाँ विद्युतीय बस चक्रपथमा सञ्चालन
काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ । सशीला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । साथै अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए । उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे। त्यसैगरी, महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए। उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ । सशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए । महानगर यातायात प्रालिले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ ।
सदस्यता विस्तारदेखि देशभक्त आन्दोलनको रक्षासम्म
काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई तल्लो तहदेखि मजबुत बनाउने दाबी गरेका छन् । उनले सदस्यता विस्तारलाई तीव्र पार्ने र एमालेलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा अझ सुदृढ बनाउने उद्देश्यसहित विस्तृत राजनीतिक बनाउने बताएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जनतासँग अझ नजिक लैजान संगठनात्मक सुधार, अनुशासन र सक्रियता अपरिहार्य रहेको उल्लेख गरे । उनले सदस्यता नवीकरणलाई केवल औपचारिक प्रक्रिया नभई पार्टीको जीवन्तता मापन गर्ने आधार भएको स्पष्ट गरे । कार्यक्रममा देशभरबाट आएका संगठन विभागका प्रतिनिधिहरू, जिल्ला र प्रदेशस्तरीय नेता कार्यकर्ता सहभागी रहेका छन् । ओलीको सम्बोधनले पार्टीको आगामी संगठनात्मक रणनीति, राजनीतिक दृष्टिकोण र आन्तरिक व्यवस्थापनबारे स्पष्ट सन्देश दिएको देखिएको छ । संगठनलाई तल्लो तहदेखि मजबुत बनाउन निर्देशन अध्यक्ष ओलीले आफ्नो सम्बोधनको सुरुवातमै एमालेको संगठनात्मक संरचनालाई अझ सुदृढ र सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले पार्टी संगठन केन्द्रमा मात्र नभई वडा र गाउँस्तरसम्म प्रभावकारी रूपमा विस्तार हुनुपर्ने बताए । उनका अनुसार संगठन कमजोर भए राजनीतिक शक्ति स्वतः कमजोर हुन्छ । त्यसैले हरेक तहका कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । उनले संगठनलाई आधुनिक, व्यवस्थित र जनमुखी बनाउन डिजिटल प्रणाली र तथ्याङ्कमा आधारित सदस्यता व्यवस्थापनको महत्व पनि औंल्याए । ओलीले भने, ‘सदस्यता नवीकरण केवल फारम भर्ने काम होइन, यो पार्टीप्रति प्रतिबद्धता पुनः पुष्टि गर्ने प्रक्रिया हो।’ आत्मसमीक्षासहित अगाडि बढ्ने एमालेको नीति कार्यशालामा ओलीले एमालेले विगतका अनुभवहरूबाट पाठ सिक्दै आत्मसमीक्षा गरेर अघि बढ्ने दाबी गरे । उनले पार्टीभित्र भएका कमजोरी, संगठनात्मक चुनौती र राजनीतिक उतारचढावलाई गहिरो रूपमा विश्लेषण गर्दै सुधारको बाटो रोज्नुपर्ने बताए । ओलीले पार्टीलाई पुरानो ढाँचामा सीमित नराखी समयअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता समेत औंल्याए । बदलिँदो राजनीतिक प्रतिस्पर्धा, युवापुस्ताको अपेक्षा र सामाजिक परिवर्तनलाई ध्यानमा राख्दै एमालेले आफूलाई नयाँ ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । ओलीले संगठनात्मक सुधारलाई केवल प्रशासनिक विषय नभई राजनीतिक अस्तित्वसँग जोडिएको विषयको रूपमा प्रस्तुत गरे । देशभक्त आन्दोलनको रक्षा गर्ने दाबी ओलीले आफ्नो सम्बोधनमा एमालेलाई देशभक्त शक्तिको रूपमा चित्रण गर्दै यस्तो शक्तिलाई कमजोर बनाउन विभिन्न प्रयास भइरहेको आरोपसमेत लगाए । उनले पार्टीलाई राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय हितको पक्षमा दृढ राख्नुपर्ने बताए । उनका अनुसार देशको हितमा काम गर्ने राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयासहरू भइरहेका छन् र यस्ता प्रयासहरूलाई संगठनात्मक रूपमा परास्त गर्नुपर्ने आवश्यकता छ । ओलीले कार्यकर्तालाई राष्ट्रिय मुद्दामा स्पष्ट, दृढ र संगठित रहन निर्देशन दिए । उनले एमालेलाई केवल सत्ता केन्द्रित नभई राष्ट्रिय हितको संरक्षक शक्तिको रूपमा स्थापित गर्नुपर्ने धारणा राखे । कार्यक्रममा ओलीले समकालीन राजनीतिक शक्तिहरूको पनि आलोचनात्मक टिप्पणी गरे । उनले गलत प्रचार, भ्रम सिर्जना गर्ने प्रयास र असत्य राजनीतिको अभ्यास भइरहेको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका अनुसार केही शक्तिहरूले जनतामा भ्रम फैलाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । जसले देशको स्थायित्वमा असर पार्न सक्छ । उनले कार्यकर्तालाई यस्ता गतिविधिप्रति सचेत रहन आग्रह समेत गरे । ओलीले भने, ‘सत्यलाई कमजोर पारेर राजनीति टिक्दैन, जनताको विश्वास नै राजनीतिको आधार हो ।’ निर्वाचन र राजनीतिक प्रक्रियाबारे टिप्पणी ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन प्रक्रियाबारे पनि धारणा राखेका छन् । उनले केही शक्तिहरूले निर्वाचनलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई अस्वीकार गर्ने वा गलत रूपमा प्रस्तुत गर्ने प्रवृत्ति लोकतन्त्रका लागि राम्रो हुँदैन ।’ ओलीले एमालेले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्दै अघि बढिरहेको र जनमतलाई सम्मान गर्ने पार्टी भएको दाबी गरे । सदस्यता विस्तारमा विशेष अभियान कार्यशालाको मुख्य एजेन्डामध्ये एक रहेको सदस्यता नवीकरण र विस्तारबारे ओलीले विशेष जोड दिए । उनले देशव्यापी रूपमा नयाँ सदस्यता विस्तार अभियानलाई तीव्र बनाउन निर्देशन दिए । युवासंघका सस्थापक अध्यक्षसमेत रहेका ओलीले युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने रणनीति अपनाउनुपर्ने उल्लेख गर्दै संगठनलाई जनताको वास्तविक समस्या बुझ्ने र समाधानमा केन्द्रित बनाउने आवश्यकता औंल्याए । ओलीले कार्यकर्तालाई घरघरमा पुगेर संगठन विस्तार गर्न र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन समेत आग्रह गरे । नयाँ पुस्ता र डिजिटल संगठनको आवश्यकता ओलीले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई डिजिटल बनाउनु पर्ने आवश्यकता पनि उल््लेख गर्दै सदस्यता व्यवस्थापन, सूचना संकलन र संगठनात्मक गतिविधिलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । ओलीका अनुसार आजको युगमा परम्परागत शैलीले मात्र संगठन चल्दैन, त्यसका लागि नयाँ पुस्ता, प्रविधि र व्यवस्थापन सबैलाई जोड्न आवश्यक छ । एमाले संगठन विभागका पूर्वसचिव माधव ढुंगेलले कार्यशालामा दिएको ओलीको सम्बोधन एमालेको आगामी संगठनात्मक रणनीति, राजनीतिक दृष्टिकोण र आन्तरिक सुदृढीकरणमा केन्द्रित रहेको बताए । ढुंगेलले ओलीले दिएको सन्देशले पार्टीलाई जनतासँग नजिक लैजान, संगठन विस्तारलाई तीव्र बनाउन र राजनीतिक रूपमा मजबुत शक्ति बनाउन स्पष्ट रोडम्यापको काम गर्ने वताए । सदस्यता नवीकरणदेखि लिएर देशभक्त आन्दोलनको रक्षा, आत्मसमीक्षा, राजनीतिक आलोचना र डिजिटल संगठनसम्मका विषयमा ओलीको धारणा स्पष्ट रूपमा पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि तयार गर्ने दिशामा केन्द्रित रहेको उनी बताउँछन् । ढुंगेलका अनुसार एमालेले आगामी दिनमा संगठन विस्तार र पुनर्सरचनालाई प्राथमिकता दिँदै देशव्यापी अभियान सञ्चालन गर्ने संकेत यस कार्यशालाबाट प्राप्त भएको छ ।
५२० किमी रेन्जसहितको जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी नेपालमा आउँदै
काठमाडौं । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा र अत्याधुनिक प्रविधिसहित प्रवेश गर्ने तयारी गरेको छ । विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल कम्पनीले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेकाे छ । यद्यपि, कम्पनीले उक्त मोडलको औपचारिक घोषणा गरिसकेको छैन, प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढेको छ । कम्पनीअनुसार, उक्त नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, उन्नत कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र विशिष्ट लाइटिङ सिग्नेचरले यसलाई सडकमा फरक पहिचान दिने विश्वास गरिएको छ । विशेषगरी, गाडीको बाहिरी सतहमा बहु–तह सुरक्षात्मक प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वतः पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा छ, जसले गाडीको सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ र यही अनुभव तथा प्रविधिको संयोजन नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधार विस्तार र वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच कम्पनीको नयाँ मोडललाई बजारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।
रविलाई मोदीले भने- नेपालसँगको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन भारत उत्सुक छ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरे । प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण सहमति रहेको उल्लेख गरेका छन् । पोस्टमा प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको मुख्य र प्राथमिकताको साझेदार रहेको प्रस्ट पारेका छन् । दुई देशबीचको ऐतिहासिक, विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको सन्देश उनले दिएका छन् । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘हाम्रा दुई देशबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन हामी नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक छौं ।’ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सभापति लामिछाने भारत पुगेका हुन् । उनले हिजो भारतीय विदेशमन्त्री एस जयशङ्कर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । मंगलबार बिहान सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए । सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।