विकासन्युज

खिमलालको प्रस्तावविरुद्ध सुरेन्द्रको काउन्टर प्रस्ताव– अब ७० वर्षे पनि ब्यूँताऔं

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउनेगरी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अघि सारेको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकमा प्रस्तुत संशोधन प्रस्तावले नेतृत्व संरचना विस्तार गर्ने विषय समेटिएपछि त्यसबारे पार्टीभित्र फरक–फरक धारणा देखिएको छ ।  पोखरेल समूहले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउँदा संगठनात्मक सन्तुलन र कार्यक्षमतामा असर पर्न सक्ने भन्दै आपत्ति जनाएको हो । विधान संशोधन प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा थप छलफल जारी छ भने विभिन्न नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।  आफ्नो धारणा राख्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी थप्ने प्रस्तावको काउन्टर प्रस्ताव अगाडि सारे । पाण्डेले दशौं महाधिवेशनको विधान कायम गर्नेगरी पदाधिकारी संख्या बढाउने हो भने ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि कायम गर्ने प्रस्ताव गरेका हुन् । 

इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए । पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।

भट्टराईले प्रस्तुत गरे केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अघि सारेका छन् ।  उनले १०औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानलाई नै आधार मानेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको स्रोतले जानकारी दिएको छ ।  दशौं महाधिवेशनको सम्भवतः अन्तिम बैठकमा भट्टराईले आवश्यक परे सोही विधानमा थप संशोधन गर्दै जान सकिने उनको सुझाव  दिएका छन् । उनको उक्त प्रस्तावलाई समर्थन गर्दै केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले बैठकमा आफ्नो धारणा राखिरहेको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ ।  शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

१२ वटा वाणिज्य बैंकसहित ६५ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । हालसम्म विभिन्न ६५ कम्पनीले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये ६५ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १२ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, ३ वटा होटल कम्पनी, १३ वटा हाइड्रोपावर कम्पनी, ४ वटा लगानी कम्पनी, ३ वटा जीवन बीमा कम्पनी, ६ वटा म्यानुफ्याक्चरिरङ एण्ड प्रोसेसिङ कम्पनी, १० वटा लघुवित्त संस्था, २ वटा निर्जीवन बीमा कम्पनी र एक अन्य कम्पनी गरी ६५ वटा कम्पनीले लाभांश वितरण गर्ने भएका हुन् ।  माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ ।  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभाले पारित गरेको थियो ।  सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा सम्पन्न २१औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कात्तिक ३० गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ३ अर्ब ४ करोड ९२ लाख ६८ हजार रुपैयाँनगद लाभांश वितरण गरेको छ । कात्तिक २६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँको करसहित १९ प्रतिशतका दरले १ अबै ९० करोड ८० लाख ४९ हजार रुपैयाँनगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।  लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँको ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ६६ लाख ७० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।  नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ ।  नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले ३ अर्ब ३८ करोड २१ लाख २४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको हो । असोज २४ गते काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गरेको छ । लाभांश पारित गर्न कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभाले डाकेको छ । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक २७ गते पोखरा, कास्कीमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर ६ गते सुनसरीमा सम्पन्न २०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले २१ करोड ४८ लाख २२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५.३७ प्रतिशतका दरले २३ करोड ७ लाख १९ हजार रुपैयाँ नगद गरी कुल १०.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २१ गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ ।  शाइन रेसिङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २६ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशतका दरले १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५.३५ प्रतिशतका दरले १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल १०.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  ग्रीन डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँको ८.०३ प्रतिशतका दरले ४ करोड ५८ लाख १ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २४ लाख १० हजार रुपैयाँ नगद गरी कुल ८.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । गत असोज ३१ गते काठमाडौंमा सम्पन्न १८औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १ अर्ब रुपैयाँ चुक्ता पुँजीको ६.४० प्रतिशतका दरले ६ करोड ४० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  सोल्टी होटल लिमिटेडले हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते सम्पन्न ५१ औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।  कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १५ गतेको ११औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।  तारागाउँ रिजेन्सी होटलले गत वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँको करबाहेक ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजी ८५ करोड रुपैयाँको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ ।  मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७४ करोड ८४ लाख रुपैयाँको १५ प्रतिशतका दरले ११ करोड २२ लाख ६० हजार रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतका दरले ५९ लाख ८ हजार रुपैयाँ नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस २१ गते बोलाइएको चौथों वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।  यूनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँको ९ प्रतिशतका दरले २० करोड ५१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १ करोड ७ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण बोलाएको थियो । तर, गणपूरक संख्या नपुगेपछि कम्पनीको साधारण सभा स्थगित भएको छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक २ गते पोखरामा सम्पन्न २५औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँको ५ प्रतिशतका दरले १४ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँको २० प्रतिशतका दरले ५२ करोड ५ लाख ४३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशतका दरले २ करोड ७३ लाख ९७ हजार रुपैयाँ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २९ गतेको १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।  साहस उर्जाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतका दरले ७९ करोड ३८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशतका दरले ४ करोड १७ लाख ७८ हजार रुपैयाँ नगद गरी कुल २२.१० प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २४ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो ।  नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३८ करोड ८१ लाख ९६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ३ करोड ४९ लाख ३७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १८ लाख ३८ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २३ गते साधारण सभा बोलाएको छ ।  ङादी ग्रुप पावरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले १७ करोड ५८ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ९२ लाख ५६ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २५ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  बरूण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २६ लाख ७९ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  सुपरमादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको १० प्रतिशतका दरले १ करोड ३४ लाख ५ हजार रुपैयाँ बोनस सेयर लाभांश प्रस्ताव गरेको छ ।  हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक २१ गते सम्पन्न साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर २३ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार रुपैयाँको ४० प्रतिशतका दरले ५१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशतका दरले २ करोड ७० लाख ३९ हजार रुपैयाँ नगद गरी ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि २ प्रतिशत नगद गरी कुल ३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनील पुस २१ गते १४औँ वार्षिक साधारण सभा बोलाएको छ ।    सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतका दरले १ अर्ब रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १६.०५ प्रतिशतका दरले नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १९ गते बोलाइएको २६औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।  आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब रुपैयाँको १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।  नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशतका दरले ७ लाख ६६ हजार रुपैयाँ नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । असोज ३१ गते ललितपुरमा सम्पन्न ३४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँको प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण वितरण गरेको छ । कात्तिक २५ गते सम्पन्न ३२औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक ३० गते सम्पन्न २५औँ वार्षिक साधारण सभा लाभांश पारित गरिसकेको छ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २५ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  सर्वाेत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २६ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । घोराही सिमेन्ट इण्डस्ट्रीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस १४ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।  आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १२औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ ।  गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ । गत कात्तिक २३ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।  साना किसान विकास लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २५ गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ ।  स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको ५.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  आशा लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस ४ गतेको ९औा वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । हिमालयन लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  जीवन विकास लघुवित्तले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । समता घरेलु लघुवित्तले चुक्ता पुँजी ६२ करोड ९० लाख ५१ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशतका दरले ७० करोड १६ लाख ३७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

एचआईडिसिएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार सेयरधनीलाई १.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । त्यसैगरी, बैठकले कम्पनीको चौधौँ वार्षिक साधारण सभा पुस २१ गते, सोमबार आयोजना गर्ने निर्णय पनि गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुक क्लोज गरिनेछ । जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जससमध्ये सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात वितरण गरिने संस्थाले जनाएको छ।

समता घरेलु लघुवित्तले ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँका आधारमा कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदनपछि वितरण गरिने संस्थाले जनाएको छ ।