सन्तोष रोकाया

बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने

काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)लाई नेपाल राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने भएको छ । सेयर बिक्रीका लागि अनुमति माग्न राष्ट्र बैंक पुगेको आइएफआईसीलाई राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिने भएको हो । खरिदकर्ता खोजेर समेत सेयर बिक्रीका लागि राष्ट्र बैंक पुगेको लामो समय हुँदा पनि राष्ट्र बैंकले सेयर खरिद/बिक्रीको लागि अनुमति दिने फाइल अगाडि बढाएको छैन । नेपाल राष्ट्र बैंकका एक उच्च स्रोतका अनुसार राष्ट्र बैंकले आइएफआईसीलाई सेयर बिक्रीको अनुमति नदिने भएको हो । स्रोतका अनुसार राष्ट्र बैंकले चाहेको भए अहिलेसम्म प्रक्रिया सकिसक्थ्यो ।  राष्ट्र बैंकले नचाहेरै सेयर बिक्रीको फाइल अगाडि नबढेको हो । ‘बैंकिङ चाहेको बेला आउने र नचाहिएको बेला बाहिरिने बिजनेस होइन, यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले दीर्घकालीन योजना बनाएर लगानी गर्नु पर्छ, सेयरधनीले म सेयर बेच्छु भन्ने बित्तिकै हामीले अनुमति दिनु पर्छ भन्ने पनि हुँदैन, अहिलेसम्मको छलफल अनुसार बंगाली सेयर बिक्रीको अनुमति दिनु हुँदैन भन्नेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको लामो समय भइसकेको छ । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ । स्रोतका अनुसार सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था छैन । ‘हामीलाई अझै पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, विदेशी बैंकले गरिरहेको बैंकिङको अभ्यास हामी नेपालमा पनि लागू गर्न चाहन्छौं, विदेशी बैंकको लगानी भएका बैंकको बोर्डमा विदेशीहरु पनि हुनुहुन्छ, उहाँहरुले बोर्ड र व्यवस्थापनलाई त्यहाँको अभ्यास र अनुभव पनि सेयर गर्छन्, कुनै बेला निश्चित प्रतिशत व्यवस्थापन पनि विदेशी आउनु पर्ने नियम थियो, हामी अहिले नै विदेशी लगानीलाई बाहिर जान दिनु हुन्न भन्ने पक्षमा छौं,’ स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको धारणा पनि यस्तै रहेको स्रोतको दावी छ । ‘गभर्नरले उहाँहरुलाई (विदेशी सेयरधनीहरु)लाई पनि तपाईंहरुको एक्सपर्टिज हामीलाई चाहिन्छ, तपाईंहरु बाहिरिनु हुन्न भन्ने कुरा राखिराख्नु भएको छ, उहाँहरुले बिक्री गर्न चाहे पनि नेपालीलाई बिक्री गर्न पाउनु हुन्न, त्यसका लागि विदेशी बैंकको नियामकले नै नियमन गरिरहेको संस्थाले किनोस् भन्ने चाहना गभर्नरको छ,’ स्रोतले भन्यो । गभर्नर अधिकारीले आइएफआईसीसँगको छलफलमा पनि नेपाली लगानीकर्तालाई नभई विदेशीलाई नै बिक्री गर्न तयार भए बिक्रीको अनुमति दिने विषय पनि राखिसकेको बुझिएको छ । तर, आइएफआईसीले भने नेपाली लगानीकर्ता नै खोजेको छ । त्यसैले पनि राष्ट्र बैंक यसमा सहमत नभएको हो । ‘आइएफआईसीले नेपाली लगानीकर्तालाई नै बिक्री गर्ने प्रस्तावसहित आएको छ, एउटा विदेशी लगानीकर्ताले बिक्री गरेपनि अर्को विदेशी लगानीकर्ता आओस् भन्ने अपेक्षा गभर्नरको हो, हामी विदेशी लगानीकर्तालाई फर्काउन चाहन्नौं, अहिलेकै गभर्नर राष्ट्र बैंकको नेतृत्वमा हुँदासम्म आइएफआईसीले नेपालीलाई सेयर बिक्री गर्न पाउँदैन भन्नेमा ढुक्क हुँदा हुन्छ,’ स्रोतले भन्यो । विनोद चौधरीलाई पटक-पटक असफलता नबिल बैंकका प्रमुख सेयरधनी विनोद चौधरीले आइएफआईसीको सेयर खरिद गर्ने  कसरतमा नियमित लागि परेका छन् । तत्कालीन नेपाल बंगलादेश बैंक (एनबी बैंक)लाई नबिलमा गाभ्नका लागि बुनेको एउटा रणनीतिमध्ये उनको पहिलो रणनीति थियो आइएफआईसीको सेयर खरिद गर्ने । उनले त्यतिबेला एनबी बैंकमा रहेको आइएफआईसीको सेयर खरिद गर्न ठूलो संघर्ष गर्नु पर्यो । तर, त्यो संघर्षले उनलाई सफलता मिलेन । नेपाली बैंकबाट बाहिरिने आइएफआईसीको योजना भने पहिलेदेखिको नै हो । त्यतिबेला सो सेयर खरिद गर्न तत्कालीन एनबी बैंकको संस्थापक समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले पनि प्रयास गरे । तर, राष्ट्र बैंकले मापदण्ड नपुगेको भन्दै सेयर खरिद बिक्रीको अनुमति दिएन । आइएफआईसी बैंकले संस्थापक सेयरधनीहरुबाट रितपूर्वक निवेदन नपरेको भन्दै जोकोही व्यक्ति तथा संस्थालाई बिक्री गर्न राखेको थियो । त्यसबेला नबिल बैंकका मुख्य लगानीकर्ता तथा उद्योगी विनोद चौधरी, शेखर गोल्छा, पशुपति मुरारका, मोतिलाल दुगड लगायतले उक्त सेयर खरिद गर्न चासो देखाए । तत्कालीन सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले बढी मूल्य बोलकबोल गरेको विषय बाहिरिएको थियो । स्रोतका अनुसार तत्कालिन सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका थिए । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गने सहमति पनि भइसकेको थियो । सोही बेला आईएफआईसीले चौधरी ग्रुपलाई पनि १५७ रुपैयाँमै सेयर बिक्री गर्नका लागि सम्झौता गरिसकेको विषय बाहिरिएपछि दुगड अदालत पुगेका थिए । त्यो बिचमा नबिल बैंकले एनबी बैंकलाई गाभ्यो । केही समय सेयर खरिद बिक्रीको विषय सामसुम बन्यो । तर, २०७९ को मंसिरमा फेरि सार्वजनिक सूचना नै जारी गर्दै नबिल बैंकले आईएफआईसीको संस्थापक सेयर बिक्रीका लागि आव्हान गर्यो । सेयर खरिद गर्ने इच्छा देखाए तिनै उद्योगी विनोद चौधरीले । उनले आफ्नी श्रीमती सारिका चौधरीको नाममा आईएफआईसीको सयर खदि गर्ने प्रक्रिया अगाडि बढाका थिए । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवालीका अनुसार सबै सेयर खरिदका लागि सारिका चौधरीको नाममा निवेदन परेकाे छ । आईएफआईसी र चौधरी ग्रुप सेयर खरिद बिक्रीको अनुमति माग्न राष्ट्र बैंक पुगेको लामो समय भइसक्यो । तर, राष्ट्र बैंकले सेयर बिक्रीको अनुमति नदिने अनौपचारिक रुपमा बताइसकेको बुझिएको छ । एनबी बैंक मर्ज पूर्व नबिल बैंकमा चौधरीको ५५ प्रतिशतभन्दा बढी सेयर थियो । मर्जपछि चौधरी ग्रुपको हिस्सा करिब ४५ प्रतिशत छ । आइएफआईसीको ७.७७ प्रतिशत सेयर खरिद गर्न संघर्ष गरिरहेका चौधरी आफ्नो पक्षमा बहुमत अर्थात् ५२.७७ प्रतिशत सेयर बनाउने रणनीतिमा छन् । प्रतिनिधिसभा सांसद सदस्य समेत रहेका चौधरीले आईएफआईसीको सेयर खरिद गर्नको लागि ठूलो लबिङ गरे पनि त्यो सेयर हात पार्न पटक–पटक असफल भइरहेका छन् । स्रोतका अनुसार अहिले सोही कारण चौधरी र गभर्नर अधिकारीबीच एक किसिमको ‘इगो’ नै चलेको छ ।  ढुङ्गाना गभर्नरको उम्मेदवार अहिले नबिल बैंकको व्यवस्थापकीय नेतृत्व ज्ञानेन्द्र ढुङ्गानाले गरिरहेका छन् । एनबी बैंकलाई नबिल बैंकमा गाभ्नका लागि सबैभन्दा बढी खटिने पात्र मध्येका एक हुन् सीईओ ढुङ्गाना । त्यसैले पनि उनलाई चोधरीले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ताज पहिराए । ढुङ्गाना त्यतिखेर तत्कालीन नेपाल बंगलादेश बैंकबाट बाहिरिसकेको भएपनि पछि एनबी नबिलमा गाभिसकेपछि उनैले नबिलको नेतृत्व गरे र सेलिब्रेटी सीईओ अनिलकेशरी शाह बैंकबाट बाहिरिए । चौधरीले आइएफआईसीको सेयर खरिद गर्नमा ठूलो बाधक बन्ने पात्रका रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई लिएका छन् । गभर्नर २०७६ चैतमा नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा नियुक्त भएका अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ । तर, सांसद चौधरीले भने नयाँ गभर्नरका लागि अहिले नै तयारी थालिसकेको स्रोतको भनाइ छ । उनले तिनै ढुङ्गानालाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने तयारीमा छन् । ‘आफ्नो नजिकको पात्रका रुपमा चोधरीले ढुङ्गानालाई लिएका छन्, उनले जसरी भएपनि राष्ट्र बैंकबाट आइएफआईसीको सेयर आफुले खरिद गर्न अनुमति चाहिरहेका छन्, त्यसका लागि गभर्नर अधिकारी तयार छैनन्, त्यो निर्णय गराउनका लागि पनि उनले अहिले नै नयाँ गभर्नरका लागि ढुङ्गानालाई गभर्नर बनाउनु पर्ने विषय पार्टीपंक्तिका नेताहरुसँग राख्न सुरु गरिसकेको सुनिन्छ,’ स्रोतले भन्यो । उसो त ढङ्गानाका दाजु आनन्द ढुङ्गाना पनि काँग्रेसकै नेता हुन् । उनले अहिले नेपाली काँग्रेस अन्तर्गतको सहकारी विभागको नेतृत्व गरिरहेका छन् । त्यसैले पनि सीईओ ढुङ्गानालाई पार्टीसमक्ष लविङ गर्न केही सहज हुन सक्ने आँकलन बैंकिङ उद्योगमा हुन थालिसकेको छ । गभर्नरकाे रूपमा तयार पार्न नबिलले प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई अगामी असार मसान्तमा विदा गर्ने भएको छ । कार्यकाल २ वर्षको लागि मात्र तोकिएकोले उनलाई अवकाश दिन पनि बैंकलाई सजिलो भएको स्राेतले बतायाे । साउनदेखि नबिलबाट अवकाश पाउने ढुंगानाले आगामी चैतमा नेपाल राष्ट बैंकको गभर्नर बन्ने सम्भावना प्रवल रहेको जानकारहरु बताउँछन् ।

भीआईपी व्यवसायी : जो आफू पनि डुबे, बैंकलाई पनि फसाए

काठमाडौं । ऋणीले ऋण नतिरेपछि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्छन् । खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकहरुले ७ दिने, १५ दिने र ३५ दिने सूचना जारी गर्दै धितो लिलामको प्रक्रिया अगाडि बढाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न पटक–पटक ताकेता गर्छन् । उक्त ताकेता पत्रको अवेज्ञा गरेर ऋण नतिरेपछि बैंकहरुले सूचना जारी गर्छन् । यस्तो प्रक्रियामा समेत ऋण तिर्न ऋणी नआएपछि बैंकले धितो लिलामीमा चढाउँछन् । लिलाम गरिएको धितोको मूल्यांकन गरी बैंकहरुले गोप्य शिल्बन्दी बोलपत्र आव्हानकोे ७ दिने सुचना प्रकाशित गरी धितो बिक्री गरी ऋण असुल गर्छन् । यदि धितोको मूल्य सावाँ ब्याजभन्दा बढी आएमा बढी भएको रकम सम्पत्तिवालालाई फिर्ता गर्छन् । यही नै हो बैंकले आफ्नो ऋण असुल गर्ने प्रक्रिया । तर, यो प्रक्रिया सानालाई मात्रै लागू हुन्छ भन्दा कसैलाई अन्याय नहोला । वर्तमान नेपाली बैंकिङको अभ्यास यस्तै छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाई बैंकको धितो लिलामीमा पनि लागू हुन्छ । बैंकबाट करोडौं ऋण लिएर पछि नतिर्ने परिपाटी अहिलेको मात्रै होइन, यस्तो प्रवृति र पात्रहरु नेपाली व्यवसाय र बैंकिङ क्षेत्रमा पहिलेदेखि नै छन् । मेरो सम्पत्ति यति धेरै छ भनेर धाक लगाएर ठूलो मात्रामा ऋण लिएर पछि नतिर्ने र बैंकमा राखेको धितो पनि लिलाम गर्न नदिने प्रवृति नेपाली बैंकिङमा ब्याप्त छ । उल्टै आफ्नो ऋण मिनाहा गर्नका लागि शक्तिकेन्द्र धाउने व्यक्तिहरुको संख्या पनि कम छैन । अब सुरु गरौं त्यस्ता ऋणीहरुको विषय, जसले बैंकबाट अर्ब ऋण लिएर न कर्जा तिरे नत बैंकमा राखेको धितो लिलाममा सघाए । बरु उनीहरु आफु पनि व्यवसायमा असफल भए र बैंकहरुलाई पनि ठूलो घनचक्करमा फसाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको करिब ४ अर्ब बढी ऋण नतिरेको ३० वर्षभन्दा बढी समय भइसकेको छ । ढकालले वि.स २०५० सालमा मोमेन्टो एपरल्सको नाममा साढे ३१ करोड रुपैयाँ कर्जा लिएका थिए । अहिले उक्त ऋणको सावाँ ब्याज जोड्दा ४ अर्ब रुपैयाँ बढी पुगिसकेको बैंक स्रोतको भनाइ छ । यो बिचमा ढकालले बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सको ऋण मिनाह हुनु पर्ने माग राख्दै शक्ति केन्द्र नधाएका होइनन् । तर, उनको प्रयास सफल हुन सकेन । राष्ट्रिय वाणिज्य बैंकले न उनको धितो लिलाम गर्न सक्यो नत त्यति धेरै ऋण असुल नै गर्न सक्यो । तीन दशक पुरानो ऋण उठाउन संघर्ष गरिरहेको राष्ट्रिय वाणिज्य बैंकको प्रयास सफल हुन सकेको छैन । कुनै बेला नेपालबाट सबैभन्दा बढी गार्मेन्ट निर्यात गर्ने उद्योगका रुपमा परिचित थियो मोमेन्टो एपरल्स । सो उद्योगको धितो हेर्न राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन सीईओ जनार्दन आचार्य हेलिकप्टरमा झापा पुगेका थिए । त्यतिखेरको सफल र उदाहरणिय गार्मेन्ट उद्योग थियो मोमेन्टो एपरल्स र प्रशंसा गर्न लायक थिए उद्योगी चण्डिराज ढकाल । तर, त्यो कर्जाले उनलाई माथि उठ्न दिएन । मोमेन्टो एपरल्सको अवसानसँगै ढकालको व्यवसायिक जीवन पनि ओरालो लाग्यो । त्यो ओरालो यात्राबाट उकालो लाग्ने हाँगो उनले कतै भेटाउन सकेका छैनन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त रुपमा लगानी गरेको कैलालीको बासुलिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको नाममा रहेको ऋण असुल गर्न पनि निकै सकस परेको छ । बैंकहरुले केही रकम असुल गरेपनि अझै धेरै रकम उठाउन बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकत किरण श्रेष्ठ बताउँछन् । कम्पनीले चिनी उद्योग खोल्नका लागि बैंकसँग लिएको ऋणको सावाँ ब्याज साढे ३ अर्ब बढी थियो । तर, केही रकम सेटलमेन्ट भइसकेको छ भने अझै केही बाँकी छ । कृषि विकास बैंकले कैलाली जिल्लामा रहेको उक्त कम्पनीको नाममा रहेको ५१ बिघा १३ कठ्ठा ६ धुर जग्गा लिलामी प्रक्रिया पनि अगाडि बढाएको थियो । तर, त्यो प्रयास सफल हुन सकेन । यो बिचमा कम्पनीका सञ्चालक अरुण चन्द अदालत पनि पुगे । सीईओ श्रेष्ठका अनुसार कम्पनीले बैंकको ६५ करोड रुपैयाँ तिर्न बाँकी छ । उनले यो ऋणलाई रिस्ट्रक्चरको प्रस्ताव गरेको पनि जानकारी दिए । बासुलिङ्ग चिनी उद्योग पनि पुरानो उद्योग हो । हाल बन्द अवस्थामा रहेको यो चिनी उद्योग पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका जेठा छोरा अरुण चन्दले सञ्चालन गरेका थिए । कैलालीमा मात्रै होइन सुदूरपश्चिमै चन्द परिवारको राजनीतिसँगै व्यवसायमा पृथक किसिमको छवि थियो । धेरैका लागि उत्कृष्ट उदाहरण बनेको थियो बासुलिङ्ग सुगर मिल । तर, राजनीतिसँगै व्यवसायमा पनि चन्द परिवार असफल बन्यो । चन्द परिवारको असफलताको कथा सोही उद्योगबाट सुरु भएको भन्नेहरु पनि कमि छैनन् । हाल चन्दले उक्त उद्योगलाई पुनः सञ्चालनको तयारी गरिरहेको बुझिएको छ । ‘हामीले ऋणीलाई उसको धितो हेरेर ऋण दिने हो, कसको नियत के हुन्छ थाहा हुँदैन, ऋण असुलीमा लामो नेगोसिएसन हुन्छ, अन्डरस्टाडिङ्ग भंग गर्न मिल्दैन, बिचमा केही समस्या आउँदा यस्ता धितो असुलमा समय लाग्छ, फेरि बैंकहरुले सकेसम्म ऋण नै असुल गर्न चाहन्छन्, धितो लिलाम गर्ने नियत बैंकको हुँदैन,’ सीईओ श्रेष्ठले भने । यस्तै, बैंकले चाहेर पनि अगाडि नबढेको धितो हो फूलवारी रिसोर्ट । फूलवारी रिसोर्टका सञ्चालक पीयुसकुमार अमात्य कुनैबेला विश्वका पर्यटक पोखरामा ओराल्ने ‘गफ’ दिन्थे । तर, उनको त्यो गफ अब एकादेशको कहानी बनेको छ । रिसोर्ट चलाउन लिएको ऋण तिर्न नसक्दा उनको अर्बौंको साम्राज्य डुबेको छ । यही होटल चलाउन लिएको ऋणले उनका अन्य व्यवसाय पनि संकटमा छन् । दक्षिण एसियाकै उत्कृष्ट आतिथ्यताको सेवा दिने महत्वाकांक्षी चाहना अमात्यमा थियो । महत्वाकांक्षी योजना बुनेर ठूलो प्रोजेक्टमा हात हालेका उनी अन्ततः आफ्नै सम्पत्ति जोगाउन पनि नसक्ने अवस्थामा पुगे । परिणामस्वरुप अहिले उनका दिनहरु हातमा एक थान फाइल बोक्दै कहिले बैंकरको कार्यकक्ष र त कहिले वकिलको क्याबिनमा बितिरहेका छन् । फूलबारी रिसोर्ट निर्माणका लागि लिएको ऋणको सावाँ-ब्याज गरेर झण्डै चार अर्ब रुपैयाँ अमात्यले तिर्नु पर्ने नेपाल बैंकको दाबी छ । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा लगानी गरेका थिए । सो रिसोर्टमा नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी गरेका थिए । नेपाल बैंकले गत वर्षको असारमा फूलबारी रिसोर्ट लिलामीको सूचना समेत प्रकाशित गरेको थियो । बैंकको लिलामी प्रक्रियामा तीन/चार वटा ठूला व्यवसायिक घरानाले सहभागिता समेत जनाएका थिए । तर, अमात्यको आग्रहमा बैंक लिलाम गर्नबाट पछि हट्यो । उनले गत असार मसान्तसम्म ऋण तिरिसक्ने कबुल गरेपछि बैंकले धितो लिलाम गर्नबाट पछि हटेको थियो । तर, उक्त समयसम्म ऋण नतिरेपछि अब पुनः प्रक्रिया अगाडि बढाउने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीको भनाइ छ । अमात्यले असारसम्म सावाँ-ब्याज तिरिसक्ने प्रतिवद्धता जनाए पनि हालसम्म ऋण नतिरेको जानकारी सीईओ अधिकारीले दिए । अधिकारीका अनुसार उनले प्रतिवद्धता जनाए अनुसार बैंकको किस्ता पनि तिरेका छैनन् । ‘हामीले यसअघि नै लिलामीको प्रक्रिया अगाडि बढाउँदा उहाँ बैंकमै आएर अहिले लिलाम नगर्नुस्, म असारभित्रै सावाँ–ब्याज चुक्ता गर्छु भन्नु भएको थियो । तर, उहाँ त्यसपछि सम्पर्कमा आउनु भएन, अब हामी कसरी अगाडि बढ्ने भनेर लाग्छौं,’ उनले विकासन्युजसँग भने । अध्यक्ष अमात्य बैंकको ऋण नतिर्ने भन्दै यसअघि अदालत समेत पुगेका थिए । तर, उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएको थियो । पर्यटन व्यवसायी अमात्यजस्तै महत्वांक्षी व्यवसायी थिए इच्छाराज तामाङ । जसको बास अहिले जेलमा छ । उनले पनि आफ्नो व्यवसायिक साम्राज्य विस्तार गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ठूलो परिमाणमा ऋण लिए । रातारात अर्बपति बन्ने दाउमा सहकारी खोले र सोही सहकारीको बचत घरजग्गामा लगाए । अन्ततः उनले बचतकर्ताको रकम फिर्ता गर्न सकेनन् र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि तिर्न सकेनन् । परिणामतः उनको जेलबास भयो । उनको स्वामित्वमा रहेको सीटीसी मल ऋण नतिरेको भन्दै लिलामीमा पनि चढ्यो । तर, बिक्री हुन सकेन । कर्मचारी संचय कोषले लिलामको सूचना पनि निकाल्यो । तर, उक्त प्रक्रिया अझै अगाडि बढ्न सकेन । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्सको नाममा रहेको पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको थियो । तामाङले २१ करोड रुपैयाँ नतिरेपछि कोषले लिलामीको सूचना निकालेको थियो । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङ घरजग्गाबाट उदय भएका व्यवसायी हुन् । उनको राजकीय शैली र उनको महत्वांक्षा योजनाले नै उनलाई डुबाएको बताउनेहरु धेरै छन् । विडम्वना, अहिले उनीसँगै उनकी श्रीमती सृजना शाक्य पनि जेलमै छिन् । उनका व्यवसायहरु तितरबितर छन्, साहुहरुले धितो लिलाम गर्न खोजिरहेका छन्, उनी सम्पत्ति लिलाम नगर्न जेलबाट हारगुहार गर्दैछन् । कुनै बेला नेपाली जुत्ता उद्योगमा एक छत्र राज गरेका विराट थापा पनि असफल व्यवसायीका रुपमा दर्ज भइसकेका छन् । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका भतिज विराटले पनि जुत्ता उद्योगबाट राम्रै कमाउँथे । राजनीतिक पृष्ठभूमीको परिवार, त्यसमाथि व्यवसायी भएकोले पनि उनलाई नपत्याउने कोही थिएनन् । बैंकहरुले पनि ऋण दिन तछाडमछाड गर्थे । सेनाहरुले पनि विराटकै उद्योगबाट उत्पादित जुत्ता प्रयोग गर्थे । तर, विडम्वना यो उद्योग पनि संकटमा पर्यो र बैंकको ठूलो उनको उद्योगमा फस्यो । न विराटले बैंकहरुको ऋण तिर्न सके नत बैंकले उनको धितो लिलाम गर्न सक्यो । यो विषय लामो समयदेखि अन्योलमै छ । यस्तै, कुनैबेला नेपाली व्यवसाय क्षेत्रमा एकछत्र राज गर्ने जीतबहादुर श्रेष्ठ दाजुभाईले पनि व्यवसायबाट हात धुनु पर्यो । २०५० को दशकमा श्रेष्ठ दाजुभाई (जीत बहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठ)को व्यवसाय विस्तार अहिलेका अर्बपति विनोद चौधरीलाई पनि चुनौति दिने किसिमको थियो । राजनीतिक नेतृत्वसँगको पहुँचको आधारमा सरकारले गरेको निजीकरणको लाभ लिँदै हरिसिद्धीको सम्पत्ति कब्जा गरेको श्रेष्ठ परिवारको एकताका नेपाली व्यवसाय क्षेत्रमा ठूलो प्रभाव थियो । सोही समयको चर्चित इट्टा टायल कारखाना थियो हरिसिद्धि । चीन सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो कारखाना पछि एनबी समूहले खरिद गर्यो । तत्कालीन नेपाल बंगलादेश बैंकका तत्कालीन सञ्चालक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले सो कारखाना खरिद गरेर सञ्चालनमा ल्याए । यो कारखाना एनबी समूहले खरिद गरेपछि भने बिजनेस चौपट बन्यो । कम्पनीको बिजनेस बढाउनका लागि श्रेष्ठ दाजुभाइले कारखानाको नाममा रहेको जग्गा धितो राखेर तत्कालीन एनसीसी बैंकबाट ऋण लिए । हरिसिद्धिले २०५५ सालमा २०१ रोपनी जग्गा एनसीसी बैंकमा धितो राखेर १५ करोड ऋण लियो । एनसीसीमा पनि एनबी समूहको केही अंश सेयर थियो । पछि उक्त ऋण तिर्न नसकेपछि एनसीसी बैंकले हरिसिद्धीको ११९ रोपनी जग्गा लिलाम गर्यो । एनसीसी बैंकसँगै अन्य बैंकमा पनि यस कारखनाको जग्गा धितोमा राखिएको पनि बुझिएको छ । तर, एनसीसी बैंकले आफ्नो सम्पूर्ण कर्जा उठाउन भने अहिलेसम्म सकेको छैन । अहिले एनसीसी कुमारी बैंकमा मर्ज भएको छ । सो कर्जा उठाउन कुमारी बैंकले कसरत गरिरहेको छ । तर, पूरा धितो भने लिलाम गर्न सकेको छैन । बैंक स्रोतका अनुसार हरिसिद्धीबाट बैंकले २ अर्ब बढी रकम असुल्न बाँकी छ । २०५० को दशकमा एकछत्र व्यवसाय विस्तार गर्न लागेको श्रेष्ठ परिवारको व्यवसायले ६० को दशकमा भने आरालो बाटो समात्यो । त्यो बाटो मोड्न अनेक प्रयास भए । बैंकबाट ऋण लिएर उम्किने प्रयास श्रेष्ठ परिवारले गर्यो । तर, त्यसले आरालो गतिलाई थप प्रशय दियो । जीतबहादुर र लक्ष्मी बहादुरले आफ्नै लगानी रहेको बैंकबाट लिएको कर्जा तिर्न सकेनन् । २०७०को दशकसम्म आइपुग्दा उनीहरुको व्यवसाय मात्रै होइन छविले पनि सतह छोइसकेको थियो । व्यवसाय टाट पल्टेको छनक पाएपछि अन्य बैंकले पनि उनीहरुले राखेको धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाए । केहीले लिलाम पनि गरे । केहीले सकेनन् । श्रेष्ठ परिवारले ऋण नतिरेकै कारण तत्कालीन वल्र्ड मर्चेण्ट फाइनान्स डुब्यो । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठलाई विश्वास गरेर सहकार्य गर्ने कयौं व्यवसायीले व्यवसायबाट हात धुनु पर्यो । श्रेष्ठ दाजुभाईको व्यवसायिक सहयात्रीहरु छुटे, विश्वास गर्ने बैंकहरु डगमगाए । अहिले जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठका परिवारका सबै सदस्य कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचिकृत छन् । उनीहरुले न बैंकबाट ऋण पाउने अवस्था छ नत व्यवसायिक साझेदार नै पाउने अवस्था छ । बैंकबाट ठूलो मात्रामा ऋण लिएर ऋण नतिर्ने यस्ता पात्रहरुको प्रवृतिले बैंकहरुलाई समस्या सिर्जना गरिरहेको छ । बैंकको खराब कर्जा दिनानुदिन बढिरहेको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल यस्ता ठूलो धितो बिक्री गर्न ग्राहक नपाउनाले लिलाम नहुने बताउँछन् । उनका अनुसार बैंकहरुको धितो कब्जा गर्नु पर्ने मनसाय नभएपनि लामो समयसम्म सावाँ ब्याज नतिर्दा बैंकमा समस्या सिर्जना हुन्छ । ‘लिलामी प्रक्रिया सकसपूर्ण हुन्छ, अधिकांशमा मुद्दा मामिला पनि हुन्छ, मान्छेले सजिलै आफ्नो सम्पत्ति खान दिँदैनन्, यसमा समय लामो नै लाग्छ, कुनै स्पेस नभएपछि बैंकले धितो लिलाम गर्न खोज्ने हो,’ सीईओ पोखरेलले भने ।

मीनबहादुरले ३५ बैंकको ९ अर्ब ऋण तिर्न बाँकी, यी ९ कम्पनीमा लगानी

काठमाडौं । पछिल्लो समयका उदयमान व्यवसायी मीनबहादुर गुरुङसँग विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ९ अर्ब रुपैयाँ ऋण रहेको देखिएको छ । उनले विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिएको हो । स्रोतका अनुसार उनको सबैभन्दा बढी कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा छ । उनले आफ्नो व्यवसाय विस्तारका लागि सो ऋण प्रयोग गरेका हुन् । सरकारी जग्गा ललिता निवास प्रकरणमा प्रक्राउ परेका व्यवसायी गुरुङ अहिले हिरासतमा छन् । उनी पक्राउ भएसँगै बैंकरहरु पनि ऋण असुल हुने वा नहुने भन्ने विषयमा चिन्तित बनेका छन् । उसो त व्यवसायी गुरुङले पनि हिरासतमै आफ्नो ऋणको विषयमा चिन्ता व्यक्त गरिरहेको बुझिएको छ । उनले अनुसन्धानकर्ताहरुसँग आफुसँग अर्बौं ऋण भएको र सो ऋणको किस्ता कसले तिर्छ भन्ने लगायतका प्रश्नहरु राखिरहेको बुझिएको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार व्यवसायी गुरुङले हालसम्म साढे २७ अर्ब रुपैयाँ कर्जा प्रयोग गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उनले सो कर्जा प्रयोग गरेको देखिएको हो । तर, उनले उक्त कर्जा भुक्तानी गरेर करिब ९ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको हो । उनले सो ऋण लिएर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनीका सञ्चालक गुरुङले थप अन्य व्यवसाय पनि गरिरहेका छन् । उनले उर्जा, रेष्टुरेन्ट, फर्निचर, स्टील, सुनचाँदी लगायत व्यवसाय सञ्चालन गरिरहेका छन् । उनले विभिन्न ९ वटा कम्पनीको नाममा ऋण लिएको देखिएको छ । उनले हालसम्म लिएको साढे २७ अर्ब रुपैयाँ कर्जामा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरका लागि ५ अर्ब ३२ करोड ६७ लाख १५ हजार रुपैयाँ कर्जा लिएका छन् भने माउन्टेन इनर्जी नेपाल र रोबुष्ट इनर्जीका लागि ६ अर्ब २३ करोड ६२ लाख ४६ लाख रुपैयाँ कर्जा लिएका छन् । यो रकम भने उनले करिब भुक्तानी गरिसकेका छन् भने केही बाँकी छ । यस्तै, उनले मरुन्स ट्रेडिङका लागि १७ करोड ४२ लाख ९१ हजार रुपैयाँ, काठमाण्डू स्टीलका लागि १५ अर्ब ४५ करोड ३१ लख ४३ हजार, भाटभटेनी ज्वेलर्सका लागि ४ करोड, द अंकल्स स्पाइसी फुडका लागि १ करोड, भाटभटेनी मनी ट्रान्र्फरका लागि २ करोड ७२ लाख रुपैयाँ, भाटभटेनी फर्निचरका लागि ५८ लाख रुपैयाँ र भाटभटेनी इन्टरनेशनलका लागि २८ करोड ४९ लाख ८८ हजार रुपैयाँ ऋण लिएका थिए । तर, सबै रकम भुक्तानी गरेर ८ अर्ब ९३ करोड रुपैयाँ ऋण मात्रै तिर्न बाँकी रहेको हो । एक बैंकका प्रमुख कार्यकारी अधिकृतले व्यवसायी गुरुङ पक्राउ भएसँगै बैंकरहरुमा एक किसिमको चिन्ता सिर्जना गरेको बताएका छन् । यद्यपि, गुरुङको व्यवसाय भने निर्वाध रुपमा सञ्चालन भइरहेको छ । बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । ललिता निवास क्षेत्रमा हडपीएको ११३ रोपनी जग्गा मध्ये २९ रोपनी अहिले पनि गुरुङको नाममा रहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

५ हजार बोकेर काठमाडौं छिरेका गणेशराज : चित्रकारपछि पत्रकार, शिक्षकदेखि सीईओसम्म

काठमाडौं । तपाईं कामलाई सर्वोपरी ठान्नुहुन्छ वा किस्मतलाई ? मिहेनतलाई महान मान्नुहुन्छ वा भाग्यलाई ? यो विषय आफैमा अनुत्तरित छ । कतिपय मिहेनत गर्दा गर्दै थाक्छन् र भाग्यलाई सराप्छन् । काम नगरेर भाग्यको भरमा चल्नेहरु पनि त कहाँ नभएको हो र समाजमा । अभावको जिन्दगी जिउनु धेरैलाई अत्यास लाग्छ, कतिपयलाई त्यसमै आनन्द लाग्छ त कयौं मान्छेहरुले अभावमै रमाउँछन् । अभावलाई संघर्ष ठान्दै मन थुमथुम्याउँछन् । कतिपय अभाव नहुँदा नहुँदै पनि त्यसमै जीन्दगी जिउन रुचाउँछन् । यो सब मान्छेको मन न हो । तर, संघर्ष त गर्नै पर्छ । एउटा व्यक्ति पेन्टर, पत्रकार, लेखक, राजनीतिज्ञ, शिक्षक र बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ ? अहँ, हामीले सहजै स्वीकार्दैनौं यो विषयलाई । किनकी हामीलाई दुई/चार वर्ष संघर्ष गरेर थाक्ने बानी परिसकेको छ । एउटा क्षेत्रमा असफल हुने बित्तिकै अर्थात् त्यो क्षेत्र मन नलाग्ने बित्तिकै म सकिएँ, म बर्बाद भएँ, अब अगाडि बढ्ने कुनै बाटो छैन भनेर भाग्यलाई सराप्दै बस्ने बानीले थिचोलिसकेको छ हामीलाई । सपनाभित्रको त्यो सकस लक्ष्य भेट्टाउने मान्छेले मात्रै महसुस गर्न सक्छ । हामीले एउटा पेशा अँगाल्दा पनि त्यति धेरै थाक्छौं र बरालिन्छौं भने पाँच वटा पेशा अगाँलेर सफलताको स्वाद चाखेका सिटिजन्स बैंक इन्टरनेश्नलका सीईओ गणेशराज पोखरेल कति थाके होलान् ? कति सोचे होलान् ? उनले सपना पुरा गर्न कति सकसहरु भोगे होलान् ? हो, आज हामी तिनै पोखरेलको जीवन कहानी पस्किँदैछौं । हुन त गणेशराज पोखरेलको परिवारमा कुनै अभाव थिएन । बर्दियाको जमिनदार नै थियो उनको परिवार । राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि जिल्लामा सबैले चिन्थे । बाजे काँग्रेस पार्टीको जिल्ला अध्यक्ष । राजनीतिक पृष्ठभूमीमा हुर्केका पोखरेललाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मानसिकता सानैदेखि थियो । उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि घरमा नयाँ–नयाँ मान्छेहरु आइरहनुहुन्थ्यो, त्यो माहोल देख्दै हुर्कें, बुबाले राजनीतिभन्दा पढ्नु पर्छ भनेपछि पढाइमा ध्यान दिएँ, म संघर्षमा विश्वास गर्छु ।’ ५ हजार बोकेर काठमाडौं वि.स २०२६ सालमा बदिर्याको गुलरियामा जन्मेका पोखरेलको स्कूले जीवन गाउँमै बित्यो । उनले महाकवी देवकोटा माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पुरा गरे । उनले आइकम (हालको प्लस टु) नेपालगञ्जबाटै पास गरे । थप अध्ययन गर्नु पर्छ भन्ने मानसिकताका साथ उनी काठमाडौं छिरे । बर्दियाको एउटा जमिनदार परिवार । त्यतिबेला आफ्नो परिवारको ६ बिघा जमिन भएको पोखरेल सुनाउँछन् । तर, उनी काठमाडौं आउँदा ५ हजार बोकेर आए । ‘मलाई आफ्नै पौरखमा रमाउनु पर्छ भन्ने लाग्छ, आफैले मिहेनत गरेर खर्च गर्नु पर्छ जस्तो लाग्छ, हुन त धेरै पैसा लिएर काठमाडौं आउन नसक्ने थिइनँ, तर पाँच हजार बोकेर काठमाडौं आएँ, आफैले संघर्ष गरें, अहिले खुसी लाग्छ, संघर्ष पछिको सफलतामा आत्म–सन्तुष्टि मिल्छ,’ पोखरेलले आफ्नो जीवन कहानी सुनाउँदै भने । पोखरेलले काठमाडौंको शंकरदेब कलेजमा बिकममा भर्ना गरे । औसत विद्यार्थीको रुपमा चिनिने पोखरेलको सरलता र अनुशासनको भने शिक्षकहरुले पनि खुब प्रशंसा गर्थे । ‘म विद्यालयमा औसत विद्यार्थी थिएँ, गणितमा भने तेज विद्यार्थी हो, म पढाइमा भन्दा पनि खेलकुदमा चासो राख्थें, फुटबल राम्रो खेल्थें, अहिले पनि दैनिक बिहान २ वटा गेम ब्याडमिन्टन खेल्छु,’ सीईओ पोखरेल भन्छन् । पोखरेलले शंकरदेबबाट नै एमबिए पास गरे । सीईओ पोखरेललाई चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने इच्छा थियो । तर, बाटो अन्तै मोडियो । उनी पढाइ सँगसँगै लेखनमा पनि लागे । ‘मैले घरपरिवारसँग सीए पढ्ने प्रस्ताव गरेँ, मेरो भिनाजु पुरुषोत्तम दाहालले तिम्रो भविष्य नेपाल मै राम्रो छ, सीए पढेपनि के नै हुने हो र भन्नु भयो, बुवालाई पनि उहाँले कन्भिन्स गराउनु भयो, त्यसपछि सीए पढिनँ,’ उनले विगत स्मरण गर्दै भने । उनले दुई विषयमा स्नातकोत्तर गरे । उनले काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबिए पास गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए पूरा गरेका छन् । विद्यार्थी नेतादेखि हिरासतसम्म घरपरिवार राजनीतिक पृष्ठभूमी भएकोले पनि उनलाई राजनीतिले छोइसकेको थियो । बाजे काँग्रेस पार्टीसँग आवद्ध थिए । विस्तारै उनी पनि विभिन्न सभा सम्मेलनमा भाग लिन थाले । नेपालगञ्जमा विद्यार्थी राजनीति गरे । वि.स २०४६ सालभन्दा अगाडि उनी नेपाल विद्यार्थी संघमा आवद्ध थिए । त्यतिखेर उनी विद्यार्थी संघको जिल्ला उपसभापति भए । देशमा पञ्चायत व्यवस्था थियो । उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । आन्दोलन आम हड्तालको अग्रमोर्चामा उनी देखिन्थे । ‘बुझेर वा नबुझेर संगठनमा आवद्ध भएको थिएँ, प्रतिबन्धित अवस्थामा म जिल्ला उपसभापति थिएँ, त्यतिखेर सक्रिय भएर पनि होला प्रहरीले पक्राउ गर्यो, एक साता हिरासतमा पनि बस्नु पर्यो, संस्थामा राजनीति हुनु हुँदैन भनेर मान्यता राख्छु,’ उनले विद्यार्थी राजनीति स्मरण गर्दै भने । चित्रकारपछि पत्रकार देशमा पञ्चायत विरुद्दका आन्दोलनले उग्ररुप लिइरहेको थियो । पञ्चायत विरुद्दका नाराहरु घन्किरहेका थिए । उनी सक्रिय राजनीतिबाट केही निष्कृत भइसकेका थिए । मिहेनती स्वभावका पोखरेल पेन्टिङ्गमा पनि रुची राख्थे । त्यतिबेला अहिलेको जस्तो कम्युटरले लेख्ने अवस्था थिएन । हस्त लिखित वस्तुहरु आन्दोलन र चुनावमा प्रयोग हुन्थे । सोही समय पोखरेलले पनि विभिन्न रंङहरुको तस्वीर, ब्यानर तथा चित्रहरु बनाएर राम्रै पैसा कमाएको सुनाउँछन् । पोखरेलले कोरेको पूर्व राजा स्व. बिरेन्द्र शाहको चित्र । ‘वि.स २०४८ सालको चुनावमा मैले धेरै कमाएँ, त्यो बेला पहिलो पटक चुनाव भएको थियो, चुनावमा ब्यानरमा सिल्भर कलरले लेख्नुपथ्र्याे, फलानो पार्टीको कर्मठ उम्मेदवारलाई अत्याधिक मतले विजयी गराऔं, लगायतका शब्दहरु ब्यानरमा लेख्नु पथ्र्यो, एउटा ब्यानर लेखेको ५० रुपैयाँ पाइन्थ्यो, त्यो पैसाले ६२५ रुपैयाँमा क्याल्कुलेटर किनेको अहिलेसम्म याद छ, आफ्नो पढाइ खर्च आफै जुटाउँथे,’ उनले भने । उनी राम्रो चित्र पनि बनाउँछन् । त्यतिखेर उनले बनाएका धेरै चित्रहरु चर्चित पनि बने । उनले त्यतिबेलाको राजा तथा नेताहरुको तस्वीरहरु चित्रमार्फत् जस्ताको त्यस्तै उतार्थे । उनी भन्छन्, ‘चित्रकला पनि मेरो रुचीको विषय हो ।’ काठमाडौं प्रवेश गरेपछि पोखरेल पत्रकार बने । २०४६ सालदेखि पत्रकारिता गरेका उनले तीन वर्ष बढी समय पत्रकार भएर काम गरे । राष्ट्र पुकार साप्ताहिकमा लेख लेख्थे । र, एउटा अर्को रेडियोमा पनि उनले काम गरे । स्वीडेनको गोथेनवर्ग विश्वविद्यालयमा तीन सातासम्म मास मिडिया र डेमोक्रेसी विषय पढेपछि आफु पत्रकार बनेको उनी सुनाउँछन् । मध्यपश्चिमाञ्चलबाट छनोट भएर पढ्न गएको उनी बताउँछन् । उनलाई अहिले पत्रकारिता पेशा अँगालिरहेको भए पनि हुने भन्ने महसुस हुन्छ । ‘पत्रकारिता गर्दा धेरै जनाको अन्तर्वार्ता लिएँ, विनोद चौधरी, शैलजा आचार्य लगायत सयौं जनाको मैले अन्तर्वार्ता लिएको छु, पत्रकारिता गरेर नै मेरो लेखनशैली राम्रो भएको हो, धेरै मान्छेहरुसँग चिनजान पनि भयो,’ उनी त्यतिखेरको पत्रकारिताको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिखेर धेरै गाह्रो थियो, प्रेसमा अक्षर टाइप गर्नुपथ्र्याे, पत्रिकामा एउटा लेख लेख्दा १५ सय रुपैयाँ आउँथ्यो ।’ सीईओ पोखरेलले लेखेका दुई पुस्तकका आवरण । वि.स २०५० सालमा उनले पत्रकारिता छोडे । पत्रकारिताले उनको लेखनशैली राम्रै भइसकेको थियो । अब उनलाई किताब लेख्ने हुटहुटी आयो । त्यही बिचमा तीन वटा पुस्तक लेखेको उनी बताउँछन् । ‘राप्ती पश्चिमको प्रजातान्त्रिक आन्दोलन, ‘नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन’ उनले लेखेका पुस्तक हुन् । पार्टटाइमरदेखि प्रिन्सिपलसम्म पत्रकारिता छोडेपछि पोखरेलको बाटो अध्यापनतर्फ मोडियो । उनले काठमाडौंका केही कलेजहरुमा स्ट्राटेजिक म्यानेजमेन्ट, मार्केटिङ म्यानेजमेन्ट पढाउन थाले । अध्यापनका दिनहरु बित्दै गए । उनी काठमाडौंको म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पसको प्रमुख पनि बने । उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) मा पनि १४ वर्ष काम गरे । उनले पढाएको र व्यवस्थापन सम्हालेको डेढ दशक भइसकेको थियो । ‘पत्रकारिता छोडेपछि २०५० सालमा म्यानेजमेन्ट एसोसिएसन अफ नेपालमा काम गर्न थालेँ, सुरुमा एकाउन्ट अफिसर थिएँ, ६ महिनामा नै डाइरेक्टर भएँ, काम गर्दै गर्दा पढाइ पनि अघि बढाएँ, सातै दिन काम गर्थें, क्याम्पस प्रमुख हुँदा पनि सातै दिन अफिस जान्थे, ठूलो मिहेनत गरेर म्यानलाई एउटा उचाइमा पुर्याइयो,’ उनी भन्छन्, ‘म मिहेनत गर्न रुचाउँछु, दत्तचित्तले काम गर्ने बानी अहिले पनि निरन्तर छ ।’ अध्यापन गर्दै गर्दा उनले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका संस्थाहरुमा गएर पढाउने तथा तालिम दिने काम पनि गरे । सोही समय वि.स २०५५ सालमा उनले विवाह गरे । उनले धनगढीबाट विवाह गरेका हुन् । उनका अहिले दुइटा बच्चाहरु छन् । छोरा न्यूयोर्कमा काम गर्छन् । छोरी उनीसँगै नेपालमा छिन् । त्यसपछि जुर्यो सीईओ बन्ने अवसर क्याम्पस प्रमुख हुँदा नै उनलाई सिटिजन्स बैंकमा काम गर्ने अवसर आयो । वि.स २०६४ सालमा सिटिजन्स बैंकको स्थापना भएपछि उनी क्याम्पस प्रमुख छोडेर बैंकमा सिनियर म्यानेजर भएर गए । पर्शुराम कुँवरले २०६५ सालमा बैंक छाडे । पोखरेल दोस्रो वरियतामा पुगे । रातदिन मिहेनत गर्ने बानी सानैदेखि भएको उनी सुनाउँछन् । ‘मलाई क्याम्पसमा काम गर्दा पनि एचआरमा बढी ज्ञान थियो, बैंकमा काम गर्ने आग्रहपछि बैंकमा काम गर्न सुरु गरेको हुँ, धेरैले मेरो व्यवहार देखेर राजदूत हुन्छ भन्थे, तर सीईओ बनेँ,’ उनले भने । उनको कामलाई बैंक सञ्चालकले रुचायो । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा काम गरिरहेका उनले २०७५ सालमा सीईओको जिम्मेवारी पाए । अहिले उनको सीईओको रुपमा दोस्रो कार्यकाल चल्दैछ । ‘म अहिले पनि १६/१७ घण्टा काम गर्छु, मलाई पढ्न खुब आनन्द लाग्छ, म धेरै पढ्छु, म बैंकमा नआएको भए सम्भवतः अमेरिकाबाट पिएचडी गरिसक्थें,’ उनले सुनाउँदै भने ‘तर अहिले जे गरिरहेको छु, यसमा पूर्ण सन्तुष्ट छु ।’ उनको रुची सीए पढ्ने थियो । तर, उनलाई सीए नपढेकोमा कुनै पश्चाताप नभएको उनी बताउँछन् । त्यो दिनचर्या र यो जीवनशैली ५४ वर्ष पुगेका गणेशराज पोखरेलले अभावमा जिन्दगीमात्रै जिएनन्, शुखसयलको दिन पनि अनभुव गरे । तर, उनको व्यवहारमा भने कुनै परिवर्तन आएन । उनले २३ वर्षसम्म काठमाडौंमा बिताएको कोठे जिन्दगी र करोड कमाउने बैंकको सीईओ भएर पनि साधारण जीवनशैली रोजे । उनी सुरुमा काठमाडौं आएपछि रातोपुलमा १० वर्ष भाडामा बसे । त्यसपछि मैतीदेवी र बानेश्वरमा १२/१३ वर्ष भाडामै दिन गुजारे । अहिले भैसेपाटीमा आफ्नै घर छ । तर, उनलार्ई बदिर्याको गुलरियामा बिताएको त्यो शैशवकाल र मैतीदेवी, बानेश्वर र रातोपुलमा बिताएको कोठे जिन्दगी नै आनन्दित लाग्ने गरेको सुनाउँछन् । ‘जीवनमा धेरै हण्डर खाएँ, पैसा कमाउने, घुम्न पाए हुन्थ्यो, यो/त्यो खान पाए हुन्थ्यो भन्ने अपेक्षा छैन, म साधारण जीवनशैली रुचाउँछु, आजका दिनमा पनि मलाई आलु टमाटरको बाक्लो झोल र भुजामा एक चम्चा घ्यू हालेर दियो भने जीवनमा त्यो जति मिठो अरु केही लाग्दैन, दुनियाँभरका आइटम खान पनि जान्दिनँ, पत्रकारिता गर्दा सबै पार्टीले होटलमा कार्यक्रम गर्थे, तर, मलाई कहिल्यै पनि त्यसले आकर्षित गरेन, लुगा लगाउँदा पनि साधारण कपडा नै प्रयोग गर्छु., साधारण जीवनशैली नै मेरो विशेषता हो,’ सीईओ पोखरेल भन्छन् । पोखरेल अझै पनि अध्ययन गर्न चाहन्छन् । उनलाई अमेरिकाको कुनै विश्वविद्यालयबाट एक वर्षे म्यानेजमेन्ट कोेर्ष पढ्न मन छ । ‘मैले जागिर गरेको ३४ वर्षभन्दा बढी समय भइसक्यो, अब धेरै दौडधूप गर्ने इच्छा छैन, आफुले गरेको संघर्षको फलप्रति म सन्तुष्ट छु, अब छोराछोरीले देशका लागि केही काम गर्दिए भने म खुसी हुनेछु, उनीहरुले पढेको कुरालाई देशका लागि प्रयोग गरे भने म खुसी हुन्थें, उनले भने,‘ सीईओको कार्यकाल सकिएपछि गृह जिल्लामै गएर बस्ने मन छ ।’ उनी अब नयाँ युवाहरुलाई बैंकमा अवसर दिनु पर्ने बताउँछन् । सीईओ पोखरेल युवाहरुलाई बैंकमा आउन आग्रह गर्छन् । क्षमता देखाउन सक्नेलाई बैंकिङमा राम्रो अवसर भएको उनी सुनाउँछन् । ‘म बटम अफ एप्रोचमा विश्वास राख्छु, विदेश जानु पर्दैन, स्वदेशमै राम्रो करिअर बनाउन सकिन्छ, मिहेनत गरेर अघि बढ्नेलाई बैंक भर्सटाइल छ,’ उनी भन्छन्, ‘म टीममा विश्सास गर्छु ।’ भुल्नै नसकिने ती पल कतिपय घटनाहरु मान्छेको मानसपटलमा घुमिरहन्छन् । मनबाट नमेटिने घाउ बनिदिन्छन् केही घटनाहरु । सीईओ पोखरेलको जीवनमा पनि त्यस्ता अविस्मरणीय घटना भए । सिटिजन्स बैंकको सीईओ बनेपछि उनी ठूलो दुर्घटनामा परे । भाग्यवस्, उनी बाँचे । ‘भर्खर सीईओ बनेको थिएँ, सीईआ बनेपछि शाखा कार्यालय भिजिट गर्न पथलिया पुगेको थिएँ, शाखा भिजिट सकेर खाना खान जाँदा स्पीडमा रहेको गाडी दुर्घटनामा पर्यो, सँगै रहेका साथीहरु बहोस भए तर म ढोका फोडेर बाहिर निस्केँ, पछि सबैको अप्रेसन भयो, भाग्यवस बाँच्न सफल भैयो,’ त्यो दिन स्मरण गर्दै पोखरेलले भने । उनी दुर्घटनामा परेको केही समयपछि पोखरेलकी आमाको मृत्यु भयो । तर, उनले आमालाई भेट्न सकेनन् । गत चैतमा उनको बुबाको पनि निधन भयो । यी पलहरु उनका लागि निकै पीडादायी बनेर मानसपटलमा घुमिरहेका छन् । तर, सीईओ  गणेशराज पोखरेलको जीवनमा घटित घटना र उतार चढावहरु संघर्ष गर्ने हर कोहीको लागि पनि प्रेरणादायी हुनसक्छ ।

छायाँमा पर्दै भेट्रान सीईओहरू, धेरै भए गुमनाम

काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले आकर्षक पेशाको रुपमा बैंकिङ क्षेत्रलाई रोज्छन् । बैंकको नेतृत्व तह अर्थात् प्रमुुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपना साकार पार्न अधिकांश बैंकरहरु रातदिन काम गर्छन् । बैंकले दिएको ‘टार्गेट मिट’ गर्न ठूलो दौडधूप गर्छन् । बैैंकमै काम गर्ने इच्छा बोकेर रातदिन तयारी गर्ने युवायुवतीहरुको जमात पनि कम छैन । तर, सबैको रोजाइ एउटै कहाँ हुन्छ र ? त्यो दौडधूप, त्यो सकस, त्यो अत्यास र त्यो तनाब चटक्कै छोडेर बैंकिङमा जमेका, रमेका र भिजेका भेट्रान अनुभवी बैंकरहरु सदाका लागि बैंकिङ क्षेत्रबाट गुमनाम बनेका छन् । वार्षिक करोड कमाएर समाजमा पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाएका ती भेट्रान बैंकरहरु आकर्षकको क्षेत्र छोडेर कतिपय निजी व्यवसायमा लागेका छन् भने कतिपय विदेश वा कयौं व्यक्तीहरु राजनीतिमा पनि होमिएका छन् । आज हामीले बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व गरेर बाहिरिएका बैंकका पूर्व सीईओहरुको बारेमा सामग्री तयार पारेका छौं । अजय घिमिरे तत्कालीन भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिृकत अजय घिमिरे एक फरक शैलीको बैंकिङ गर्न रुचाउँथे । घरजग्गा कारोवार बुम भएको बेला उनले सो बैंक सुरु गरेका थिए । भिवोरले बैकिङ्गसहित घरजग्गाको कारोवार गर्ने महत्वाकांक्षी योजना बनाएको थियो । रविभवनको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड विक्री प्रकरणमा घिमिरे समस्यामा परेका थिए । जग्गा बिक्री गर्दा भिवोरले मध्यस्थता गरेवापत सहदेव कक्षपतीलाई पाँच करोड रुपैयाँ ‘फि’ दिएकाे थियाे । राष्ट्र बैंकले यो रकम बैंकका सञ्चालकहरुबाट असुल गर्न निर्देशन दिएपछि घिमिरे समस्यामा परेका हुन् । पछि बैंकमा पनि समस्या सिर्जना भयो । सो समस्याले बैंक माथि उठ्न सकेन । विडम्वना, बैंक पनि विलय भयो र घिमिरे पनि बैंकिङबाट सदाका लागि विदा भए । पृथ्वी बहादुर पाँडे नेपाली बैंक स्थापनामा अग्रणी रुपमा नाम आउँछ पृथ्वी बहादुर पाँडेको । हिमालयन बैंक स्थापनामा उनको ठूलो योगदान छ । उनले नेपाली बैंकिङ क्षेत्रमा काम गरेको साढे चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका पाँडेले पछि आफैले बैंक खोले र त्यसको नेतृत्व गरे । लामो समय बैंकको व्यवस्थापनको नेतृत्व गरेका उनी अहिले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । बैंकिङमा पाँडेलाई नचिन्ने सायदै होलान् । तर, पछिल्लो समय उनी पहिलेको तुलनामा कम सक्रिय छन् । उनी अहिले निजी व्यवसायमा पनि सक्रिय भएका छन् । जनकराज शर्मा पौड्याल सनराइज बैंकका पूर्व सीईओ हुन् जनकराज शर्मा पौड्याल । शर्मा सनराइजभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए । ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर बैंकबाट निस्केका थिए । शर्मासँग नबिल, एनआइसी एसिया र लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ । अहिले उनी बैंकिङ क्षेत्र बाहिर छन् । अनिल ज्ञवाली नबिल र ग्लोबल आइएमई बैंकको सीईओ बनिसकेका ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक काम गरे । पूर्वाधार विकास बैंकमा पनि सीईओ भएर काम गरिसकेका उनी हाल सिटिजन्स बैंकको सञ्चालक समितिमा छन् । उनले विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनी कर्मचारीबाट अहिले बैंकका मालिक बनेका छन् । सशिन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका जोशीले पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समयसम्म काम गरे । उनले एनआईसी एसिया बैंकमा ११ वर्षसम्म नेतृत्व गरे । नबिल बैंकमा सीईओको कार्यकाल पूरा नहुँदै छोडे । व्यवस्थापनमा दख्खल राख्ने जोशी हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका छन् । उनलाई पनि धेरैले एक अनुुभवी बैंकरका रुपमा चिन्छन् । राधेश पन्त तत्कालीन बैंक अफ काठमाण्डूको प्रबन्ध संचालक, कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अर्का भेट्रान बैंकर हुन् राधेश पन्त । सरकारी निकाय लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रबाट बाहिरिएका उनी पनि पछि बैंकको सञ्चालक बने । तत्कालीन बैंक अफ काठमाडूको संचालक समिति सदस्य समेत रहेका उनी बिओके ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेपछि पनि सञ्चालकै रुपमा कार्यरत छन् । सुरेन्द्र भण्डारी १२ वर्ष कुमारी बैंकको सीईओ भएर काम गरेका भण्डारी पनि एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकमा दुई कार्यकाल नेतृत्व गरेपछि पुनः उनी कुमारी बैंकमै सीईओका रुपमा काम गरे । कुमारी बैंक नै उनको लागि बैंकिङ क्षेत्र बिदाईको अन्तिम संस्था बन्यो । शभ्भुनाथ गौतम सिद्धार्थ बैंकको सीईओ रहेका उनी एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकलाई एउटा लेभलसम्म पुर्याउन राम्रो नेतृत्व गरे । उनीसँग नबिल बैंकमा काम गरेको अनुभव पनि छ । उनी पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । लक्ष्मण रिसाल एनआईसी एसियामा दुई कार्यकाल सीईओ भएर काम गरेका लम्साल एक अनुशासित बैंकरको छवि बनाएका थिए । बैंकिङ छोडे पनि उनी अहिले गोल्डस्टार जुत्ताको सीईओ भएर काम गरिरहेका छन् । उनी पनि व्यवस्थापनमा दख्खलता राख्ने सीईओका रुपमा परिचित थिए । किशोर महर्जन हिमालयन बैंकको महाप्रबन्धक भएर काम गरिसकेका महर्जनसँग तत्कालीन सनराइज र तत्कालीन सिभिल बैंकमा पनि सीईओका रुपमा काम गरेको अनुभव छ । उनले सनराइज बैंकको संस्थापक सीईओ भएर काम गरे । तत्कालीन सिभिल बैंक स्थापनामा पनि उनले ठूलो भूमीका खेले र सोही बैंकको सीईओ पनि बने । एउटा भेट्रान बैंकरको छवि बनाएका उनलाई नेवार समुदायले आदर सम्मान गर्ने गरेको छ । उनकै सक्रियतामा स्टार हस्पिटल स्थापना भएको हो । अहिले उनले सोही अस्पतालको नेतृत्व गरिरहेका छन् । सुमन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट जोशी लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरे । उनी बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेर बाहिरिए । अहिले उनी आफ्नै व्यवसाय गरिरहेका छन् । सुरेन्द्र प्रधान नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका सुरेन्द्र प्रधान सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे । सनराइज बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिए । सनराइज बैंक स्थापना गर्दा उनै प्रधान राष्ट्र बैंकको नियमन विभागको प्रमुुख थिए । उनी अहिले बैंकिङ क्षेत्रमा प्रत्येक्ष रुपमा जोडिएका छैनन् । डा. विनोद आत्रेय नेपाल बैंकको सीईओ भएर काम गरेका डा. आत्रेय एक अनुभवी बैंकरका रुपमा परिचित थिए । उनले लामो समय राष्ट्र बैंकमा पनि काम गरे । त्योसँगै उनले नेपाल पूर्वाधार विकास बैंकमा पनि काम गरेका छन् भने इमर्जिङ नेपालको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी अझै पनि प्रतयक्ष अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसँग रहेर काम गरिरहेका छन् । उनी हाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेनस इन्स्टिच्युटको प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका छन् । नरेन्द्र भट्टराई चार्टर्ड एकाउन्टेन्ट भट्टराई तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बंगलादेश बैंकमा समस्यामा परेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो कब्जामा लियो । सो बेला भट्टराई नै सीईओका रुपमा काम गरिरहेका थिए । त्यसपछि उनी बैंकिङ क्षेत्रमा देखिएनन् । उनी बैंकिङ क्षेत्रबाट बाहिरिएको डेढ दशक बढी समय भइसकेको छ । उनी अहिले सीए फर्म सञ्चालन गरिरहेको बुझिएको छ । सुमन न्यौपाने तत्कालीन ग्लोबल बैंकको सीईओ भएर काम गरेका न्यौपानेले सनराइज बैंकको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । उनले साढे दुई वर्ष ग्लोबल बैंकको सीईओका रुपमा काम गरेका थिए । उनी पछि विवादमा परेपछि बैंक नै छोडे र सदाका लागि बैंकिङ क्षेत्रबाटै गुमनाम भए । न्यौपाने अहिले आफ्नै ब्यवसायमा सक्रिय छन् । भुवन दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) का रुपमा काम गरेका दाहालसँग नबिल बैंकमा दुई दशक लामो समय काम गरेको अनुभव छ । सरकारी सेवामा काम गरिसकेका उनले पछि बैंकिङ रोजे र सो क्षेत्रमा तीन दशक बढी समय काम गरे । उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । अहिले उनी फाइनान्सियल लिट्रेसी नेपाल संस्था स्थापना गरेर काम गरिरहेका छन् भने लेखनमा पनि व्यस्त छन् । अनिल केशरी शाह अनिल केशरी शाह बैंकिङ क्षेत्रका सेलिब्रेटी नै हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनी नबिल बैंकको सीईओ भएर बैंकिङ क्षेत्रबाट नै बाहिरिए उनले मेगा बैंकको सीईओ भएर पनि काम गरे । उनी बैंकिङ क्षेत्रबाट कहिल्यै नफर्किने गरी राजनीतिमा लागिसकेका छन् । उनी हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् । राजनसिंह भण्डारी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत बने । उनले सो बैंकमा दुई कार्यकाल काम गरे । बैंकिङ क्षेत्रको व्यवस्थापन टीमबाट बाहिरिए पनि उनी सञ्चालक समूहमा भने काम गरिरहेका छन् । उनी हाल सिटिजन्स बैंकको अध्यक्ष छन् । उपेन्द्र पौड्याल लामो समय बैंकिङ क्षेत्रमा व्यवस्थापन सम्हालेका पौडेल हाल नबिल बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनले १६ वर्ष एनएमबि बैंकको कार्यकारी प्रमुख भएर काम गरे । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । हाल उनी नेपाल व्यवस्थापन संघको अध्यक्षका रुपमा पनि काम गरिरहेका छन् । सुधिर खत्री तत्कालीन ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा डेढ दशक काम गरेका खत्री ग्राण्ड बैंकको अवशानपछि बैंकिङ क्षेत्रबाटै हराए । उनले बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले उनी नेपालमै व्यवसाय गरेर बसिरहेका छन् । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवाली महत्वाकांक्षी बैंकरका रुपमा परिचित थिए । हाल उनी बैंकिङ कसुर अभियोगमा जेलमा छन् । बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेका उनले एकताका बैंकिङ क्षेत्रमा राज नै गरेका थिए भन्दा फरक नपर्ला । सुरुमा नाम, त्यसपछि बदनाम कमाएका ज्ञवाली र किष्ट बैंक परिपुरक जस्तै थिए । । तर, अहिले उनलाई धेरैले बिर्सिसकेका छन् । अजय श्रेष्ठ तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले सो बैंकमा दुई कार्यकाल काम गरे । उनीसँग तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओकेअघि श्रेष्ठले २ वर्ष एनएमबि बैकमा काम गरेका थिए । उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरे । उनी बैंकिङ कसुर अभियोगमा जेलमा समेत बसे । उनले अदालतबाट सफाई पनि पाइसकेका छन् । ५५ वर्षदेखि निरन्तर बैंकिङमा   बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले पनि बैंकिङ क्षेत्रमै सक्रिय छन् । उनी अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । उनले सो बैंकमा चार पटक सीईओका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा ५५ वर्षभन्दा बढी समय बिताइसकेका मानन्धर अन्य बैंकका सीईओहरुको तुलनामा बढी अनुुभवी मानिन्छन् । कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । कृष्ण प्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंकको सीईओ भएर काम गरेका शर्मा पनि अहिले व्यवस्थापन समूहबाट सञ्चालक समूहमा प्रवेश गरिसकेका छन् । उनले ३३ वर्ष लामो समय बैंकिङमा काम गरेर अहिले ग्लोबल आइएमई बैंकको सञ्चालकका रुपमा काम गरिरहेका छन् । यसअघि उनी नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । अनिल उपाध्याय कृषि विकास बैंकको सीईओको रुपमा काम गरेका उपाध्याय केही समयअघि मात्रै बैंकबाट बाहिरिएका हुन् । नेपाल बैंकर्स संघको अध्यक्षको रुपमा समेत काम गरिसकेका उनी अहिले एउटा निजी कम्पनीको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । अनलराज भट्टराई तत्कालीन सानिमा विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका भट्टराई अहिले बैंकिङमा सक्रिय छैनन् । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । उनी अहिले नेपाल उद्योग परिसंघ (सिएनआई) मा बैंकिङ विज्ञको रुपमा काम गरिरहेका छन् । जनार्दन आचार्य राष्ट्रिय वाणिज्य बैंकमा सीईओका रुपमा काम गरिसकेका आचार्य पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । उदयकृष्ण उपाध्याय कुमारी बैंकको सीईओका रुपमा काम गरिसकेका उपाध्याय सीईओ हुँदा नै उनको एउटा काण्ड बाहिरिएको थियो । सीईओ बहाल हुँदै काण्ड बाहिरिएपछि उनले बैंक छोड्नु परेको थियो । त्यसपछि उनी युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पनि बने । सो घटनापछि उनी बैंकिङमा फर्किएनन् । विजय पन्त पन्त तत्कालीन जनता बैंकका सीईओ हुन् । उनले साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरे । अहिले उनी मर्कन्टाइलमा कार्यरत छन् । रमेश कुमार भट्टराई तत्कालीन जनता बैंकका सीईओ भट्टराई पनि बैंकिङ क्षेत्रबाट पनि हराएका छन् । उनी विजय पन्तको बर्हिगमनपछि बैंकको सीईओ बनेका थिए । उनी कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक पनि हुन् । मनोज गोयल तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा छैनन् । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ पनि बने । सो बैंक पछि एनएमबि बैंकमा गाभियो । सिद्धान्तराज पाण्डे तत्कालीन एस डेभलपमेन्ट बैंकका सीइओ सिद्धान्तराज पाण्डे पनि चचिर्त बैंकर हुन् । अहिले उनी पनि गुमनाम छन् । एस बैंक पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको थियो । उनी पनि बैंकिङ क्षेत्रबाट सदाका लागि बाहिरिएका छन् । कुमार लम्साल सानिमा, प्रभु र जनता बैंकको सीईओ भएर काम गरिसकेका लम्साल पनि बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरका रुपमा चिनिन्छन् । उनी अहिले नेपाल बैंकिङ इन्सिच्युटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । देवेन्द्रप्रताप शाह कृषि विकास बैंक र नेपाल बैंकको सीईओका रुपमा काम गरिसकेका शाह एक अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनले बीमा प्राधिकरणको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनी साहित्यकार पनि हुन् भने उनी अहिले उमेरका कारण बजारमा देखिँदैनन् । अनुपमा खुञ्जेली मेगा बैंकको सीईओ भएर काम गरिसकेकी खुञ्जेली पनि एक सफल बैंकर हुन् । नेपालको पहिलो महिला सीईओ समेत रहेकी उनी एक कार्यकाल नबित्दै मेगा बैंकबाट बिदा भइन् । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी हुन् । पर्शुराम श्रेत्री कुँवर नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने व्यक्तीमध्ये कुँवर पनि पर्छन् । कुँवरले तीनवटा बैंकमा सीईओको रुपमा काम गरे । बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय बैंकिङमा छैनन् । उनको अन्तिम संस्था नै ग्लोबल आइएमई बैंक बन्यो । तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्व गरे । नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो । जसको मर्जर गर्न कुँवरको भूमीका पनि महत्वपूर्ण रह्यो । अहिले उनी बैंकिङमा सक्रिय नभएपनि विभिन्न बैंकिङ सम्बन्धि तालिममा भने भेटिने गरेका छन् । उनी हाल इ–सेवाको अध्यक्ष बनेर काम गरिरहेका छन् । शोभनदेव पन्त शोभनदेव पन्त पनि एक सफल बैंकरका रुपमा परिचित थिए । तत्कालीन नेपाल अरब बैंक (हालको नबिल बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पन्तले नबिल बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरे । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका उनले लुम्बिनी बैंकको नेतृत्व गरे । समस्यामा रहेको लुम्बिनी बैंकलाई स्वस्थ बैंक बनाउन उनले ठूलो भूमीका खेलेका थिए । त्यसपछि तत्कालीन बैंक अफ काठमाण्डूमा अजय श्रेष्ठको कार्यकाल सकिएपछि उनी नै सो बैंकको सीईओ बने । बैंक अफ काठमाण्डूमा एक कार्यकाल सकाउँदै उनी ३६ वर्षको बैंकिङ अनुभव बिट मार्दै यो क्षेत्रबाटै बाहिरिए । गणेश कुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि श्रेष्ठले पनि तत्कालीन सेञ्चुरी बैंकको सीईओ भएर काम गरे । एक कार्यकाल सीईओ भएपछि उनी पनि बैंकिङबाट बाहिरिए । अहिले सेञ्चुरी बैंक प्रभु बैंकका विलय भइसकेको छ । लिलाप्रकाश सिटौला सिटौला पनि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी कृषि विकास बैंकको सीईओ बने । उनले सो बैंकमा आफ्नो एक कार्यकाल सकाउँदै बैंकिङ क्षेत्रबाटै बाहिरिए । अहिले उनी प्रभु बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।

हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट

काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’ तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् । तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् । इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् । सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने । सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ । बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ । यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए । उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् । प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् । झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् । अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ । सम्बन्धित सामग्री : सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो  

अध्यक्षको लहलहैमा लाग्दा सहकारीका सय बढी सञ्चालक फसे, बैंकबाट ऋण लिन पनि नपाउने

काठमाडौं । नेपालका ठूल्ठूला सहकारीहरु डुब्ने । सञ्चालकहरु फरार हुने । पक्राउ पर्ने । जेल जाने र बचतकर्ताहरु विरोधमा उत्रिने अभ्यास नौलो होइन । ठूला सहकारी ठगीका घटनामा जोडिएका गुण कोअपरेटिभ होस्, आरेन्टल सहकारी होस् वा सिभिल र अहिलेको शिवशिखर नै किन नहोस् । बचतकर्ता ठगिने र विकल्पमा माइतीघरमा विरोध गर्ने सहकारी क्षेत्रका लागि यो एउटा परम्पराका रुपमा नै स्थापित भइसकेको छ । पछिल्लो समय एउटा नयाँ अभ्यास पनि थालनी भएको छ कि सहकारीका सञ्चालकहरु नै सडकमा उत्रिने । उनीहरुले सहकारीमा मात्रै नभई अर्थतन्त्रमा नै समस्या भएको र तत्काल बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने भन्दै दबाब दिन सडकमा नै उत्रिए । जुन नेपाली सहकारी क्षेत्रका लागि नयाँ अभ्यास हो । जसले बचतकर्ताको रकम दुरुपयोग गरेको छ, उसैले सडकमा उत्रिनु कत्तिको जायज वा नाजायज हो । त्यो आफैमा अनुत्तरित विषय हो । तर, बचतकर्ताको अर्बौं रकम जम्मा गर्ने, त्यसलाई घरजग्गा र सेयरमा लगानी गरेर पछि तिर्न सक्दिन भन्नु अपराध हो । यद्यपि, त्यो अपराध भने सबै सहकारीले गरेका छैनन् । गर्नेहरु एकदिन जालमा पर्ने निश्चित छ । सहकारी विभागका पूर्व रजिष्ट्रार रुद्र पण्डितले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘व्यक्ती छिटो धनी बन्न चाहन्छ भने उसले सहकारी खोल्छ, बचतकर्ताको रकम सेयर र घरजग्गामा लगानी गर्छ र छोटो समयमै राम्रो नाफा कमाउँछ, यो प्रवृति जताततै छ, हामीले यो क्षेत्रको सुधार नै गर्न सकेनौं ।’ पण्डितले भनेजस्तै देखिएको छ सहकारीमा । रातारात अर्बपति बन्ने व्यक्तीको व्यक्तीगत महत्वकांक्षाले त्यो व्यक्तीलाई मात्रै होइन सो व्यक्तीसँगै सहकारीका अन्य सञ्चालकहरु फसेका छन् । बचतकर्ताको रकम हिनामिना गरेर त्यो असर सहकारी संस्थाका बचतकर्तालाई मात्रै परेको छैन सहकारीका सञ्चालक पनि त्यो चक्रव्युमा फसेका छन् । यस्तै उहादरण अहिले समस्यामा परेका अधिकांश सहकारीमा देखिएको छ । गत बैशाखमा काभ्रेको बनेपा नगरपालिका–७ स्थित दौपदा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार गौतमले सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर फरार भए । अध्यक्ष गौतम परार भएको भन्दै संस्थाका सञ्चालकहरु न्याय माग्दै विभिन्न निकायहरुमा पुगे । गौतमले सहकारीका बचतकर्ताको १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म पुगे । उनीहरुले आफुहरु सञ्चालकमा भएपनि अध्यक्षले नै सबै काम एकलौटी ढंगले गर्ने र रकम पनि मनोमानी किसिमले प्रयोग गर्ने गरेको आरोप लगाएका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) अहिले आधा दर्जन बढी सहकारीहरुमाथि अनुसन्धान गरिरहेको छ । सिआईबीले सिभिल, भरोसा, प्रज्ञान, शिवशिखर, तुलसी, एकता बुद्ध र देउराली सहकारीका सञ्चालकमाथि अनुसन्धान गरिरहेको छ । ती सबै सहकारीमा अध्यक्ष नै हाबी भएर समस्या आएको हो । जसको मारमा ती सहकारीका सञ्चालकहरु परेका छन् । सिभिल सहकारीका पूर्व अध्यक्ष तथा सञ्चालक समेत रहेका तामाङले सहकारीमा एकलौटी निर्णय गरेर बचतकर्ताको अर्बौं रकम हिनामिना गरेकै आरोपमा अध्यक्ष केशबलाल श्रेष्ठसहित अन्य सञ्चालकहरु पक्राउ परे । अहिले उनीहरु छुटिसकेका छन् भने तामाङ र उनकी श्रमती सृजना शाक्य कारागारमा छन् । तुलसी सहकारीका अध्यक्ष केदार शर्मा र उनकी श्रीतमी गिता शर्माँगै दुई जना सञ्चालक पनि अहिले प्रहरीको नियन्त्रणमा छन् । शर्माको पनि तुलसी र शिवशिखर सहकारीमा हालीमुहाली थियो । अध्यक्ष शर्माकै कारण अन्य दुई जना सञ्चालकहरु पक्राउ परे । धेरैले दुःख पाए । यति मात्रै होइन अध्यक्षले एकलौटी रुपमा काम गरेर अन्य दर्जनौं सहकारीका सञ्चालकहरु पनि समस्यामा परेका छन् भने उनीहरुले बैंकिङ प्रणालीमार्फत् काम नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपय सहकारीका सञ्चालकहरु अध्यक्षकै सिको गरेर रातारात धनाड्य हुने महत्वकांक्षाले फसेका छन् । सहकारीका सदस्यहरुको रकम फिर्ता गर्न सकेका छैनन् । परिणामस्वरुप उनीहरु धमाधम कालोसूचीमा पर्न थालेका छन् । बैशाखयता २७ सहकारीका अध्यक्ष र सञ्चालकहरु कालोसूचीमा परेका छन् । २७ सहकारीका २७ जना अध्यक्षको मनोमानी र आफुखुसी निर्णयले सय बढी सञ्चालकहरु समस्यामा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार बैशाख यता २७ सहकारीका सय बढी सञ्चालकहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रको कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी र कृषि सहकारी संस्था लगायत छन् । कर्जा सूचना केन्द्रले तुलसी सहकारीका अध्यक्ष समेत रहेका शिवशिखरका सञ्चालक केदार शर्मासहित अमिशराज भण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु शखरकर्मी, सुशिल बानियाँ, तेज बहादुर तामाङ, रमेश न्यौपाने, युवराज थापा, विष्णु प्रसाद भुषाल र सविना न्यौपाने कालोसूचीमा राखेको छ । यी दुइटै सहकारीमा शर्माको एकलौटी निर्णय चल्थ्यो । उनले शिवशिखर सहकारीको ‘डमी’ अध्यक्षको रुपमा पूर्व कर्मचारी सुशिल बानियाँलाई जिम्मेवारी दिएका थिए । अहिले ती सबै अध्यक्ष र सञ्चालकहरु प्रहरीको निगरानीसँगै बैंकिङ प्रणालीमार्फत् पनि कारोबार गर्न नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थामा भरत महर्जनको राज चल्थ्यो । उनको कहानी पनि केदार शर्माको भन्दा कम छैन । अहिले उनी बेलायत पलायन भएका छन् । तर, उनको सहकारीमा ठूलो संकट देखिएको छ । उनले गलत गरेपछि सो सहकारीका सञ्चालकहरु अहिले समस्यामा परेका हुन् । सहकारीमा समस्या देखिएपछि उनले हेमराज दाहाललाई अध्यक्ष बनाएका थिए । कर्जा सूचना केन्द्रले अध्यक्ष दाहाल, विकास महर्जन, विनोद आचार्य, दिलिपकुमार डंगोल, रामकृष्ण अवाले, रमेश महर्जन, सुनिल डंगोल र स्वच्छन्द मानन्धरलाई कालोसूचीमा राखेको छ । काठमाडौंको लाजिम्पाटस्थित कैलाशचौरमा रहेको उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । श्रीमान् विपिन शर्मा र श्रीमती प्रतिभा निरौला शर्मा आलोपालो गर्दै अध्यक्ष र व्यवस्थापक भएर काम गर्दै आएका छन् । अहिले सो संस्थाको अध्यक्षका रुपमा प्रतिभा निरौला छन् । विपिनले सहकारीको पैसाले उपलब्धि प्रकाशन सञ्चालन गरेका छन् । सहकारीकै नाममा उनीहरुले उपलब्धि खाद्य भण्डार पनि सञ्चालन गर्दै आएका छन् । यो सहकारीमा श्रीमान र श्रीमतीकै कारण अनिल प्रसाद खनाल, देवराज शर्मा, योगराज कँडेल र अध्यक्ष निरौला नै कालोसूचीमा परेका छन् । शान्ति सन्देश बचत तथा ऋण सहकारी पनि कालोसूचीमा छ । सो सहकारीका अध्यक्ष राजेन्द्र कुमार कार्कीसँगै मुरारी कोइराला र शिवप्रसाद घिमिरे कालोसूचीमा परेका छन् । सो सहकारीको सचिव मुरारी कोइराला छन् । पश्चिमोदय बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज न्यौपानेको एकलौटी निर्णयले अहिले सो सहकारी पनि समस्यामा छ । अध्यक्ष न्योपानेसहित सचिव सुस्मा सापकोटा, कृष्ण बहादुर रेग्मी, राजकुमार तामाङ र रमिला बस्नेत कालोसूचीमा परेका छन् । सहकारीका अध्यक्षले गरेको गल्ती अहिले अन्य सञ्चालकले पनि भोगिरहेका छन् । यस्तै, ग्लोबल बहुमुखी सहकारीका अध्यक्ष भोलाप्रसाद यादवको एकलौटी निर्णयले सो सहकारीका बचतकर्तासँगै सञ्चालकहरु पनि समस्यामा परेका छन् । अहिले कर्जा सूचना केन्द्रले लिलाकुमारी ठाकर र सविता गौतम पनि केन्द्रको कालोसूचीमा राखेको छ । जेष्ठ सहकारीका अध्यक्ष इन्दिरा अधिकारीसँगै कार्यकारी प्रमुख मधुसुदन पाठकको एकलौटी निर्णयले सो सहकारी पनि कालोसूचीमा परेको छ । सो सहकारीका सञ्चालकहरु बद्रि प्रसाद हुमागाईं र निशा रिमाल कार्की पनि कालोसूचीमा परेका छन् । कार्यकारी प्रमुख पाठक हाँस्यब्यङ्गय कालाकार पनि हुन् । चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र बहादुर रिमालको एकलौटी निर्णयले अहिले सो सहकारीका सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । त्यसको मारमा अन्य सञ्चालकहरु पनि परेका छन् । सो सहकारीका सञ्चालक ढुण्डिराज गौतम र कोषाध्यक्ष कृष्ण ज्ञवाली पनि कालोसूचीमा परेका छन् । सर्वोतम बहुउद्धेश्यिय सहकारी संस्था पनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । काठमाडौंको बागबजारमा रहेको यो सहकारीका अध्यक्ष विनोद खनाल हुन् । उनको लहलहैमा लागेर अन्य सञ्चालक पनि फसेका छन् । सो सहकारीकी देवकी सुनुवार पनि कालोसूचीमा परेकी छन् । जीवनदीप बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् छत्र बहादुर बस्नेत । उनकै कारण सो सहकारीका सञ्चालक इन्द्रवती विष्ट र मनिषा श्रेष्ठ पनि कालोसूचीमा परेका छन् । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीका सञ्चालक मनबहादुर राईले बचतकर्ताको रकम घरजग्गा र सेयरमा लगाउँदा त्यसको मारमा सदस्यहरु सँगै सञ्चालकहरु पनि परेका छन् । उनको कारणले नै खेम कुमारी राई र रामकृष्ण उप्रेती पनि अब कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने अवस्थामा पुगेका हुन् । श्री उमा गौरी कृषि सहकारी संस्थामा सम्भु प्रसाद रौनियार अध्यक्षको रुपमा काम गरिरहेका छन् । उनले पनि सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको बुझिएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सो सहकारीका सञ्चालक आलम अन्सारी मिया र दिलमाया राई पनि कालोसूचीमा परेका छन् । सिद्धिविनायक बचत तथा ऋण सहकारीको अध्यक्षको रुपमा कुल बहादुर बोहराले काम गरिरहेका छन् । उनीसँगै विनोद सुवेदी र निर्मल खत्री पनि कालोसूचीमा परेका छन् । यस्तै, नाता सहकारीका अध्यक्ष अम्बर थापा र अर्जुन थापा पनि कालोसूचीमा परेका छन् । विद्याधरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्र घिमिरेको कारण सो संस्थाका सञ्चालकहरु मारमा परेका छन् । सो सहकारीका सञ्चालकहरु विश्वराम कार्की, चन्द्रमणी कट्टेल, मनिषा ढुङ्गाना, नमिता राई, नेत्र अधिकारी, रन्धोज विश्वकर्मा र रिकेश शाक्य पनि कालोसूचीमा परेका छन् । प्रारम्भिक बचत तथा ऋण सहकारीका संस्थाका सञ्चालकहरु गणेश न्यौपाने, मिकमार तामाङ, पुजा न्यौपाने, आशिस भुषाल, चन्द्रकला मिश्र, गिता भुषाल, जितेन्द्र बासुकला र सरिता केसी पनि कालोसूचीमा परेका छन् । आस्था बचत तथा ऋण सहकारीका सञ्चालक अनिल खड्का, कुम्भराज जोशी, सुनिल खड्का र जिवन बुढाथोकी पनि कालोसूचीमा परेका छन् । समावेशी श्रमिक बचत तथा ऋण सहकारीका चन्द्रबहादुर थापा, दलबहादुर बिष्ट, फुलमाया गोले, रञ्जिव सिंह, रिनु महर्जन, सविता श्रेष्ठ र सरस्वती गोले पनि बैंक तथा वित्तीय क्षेत्रको कालोसूचीमा परेका छन् । सम्वद्र्धन सहकारी चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई पनि कालोसूचीमा परेका छन् । यस्तै, राजधानी बहुउद्धेश्यिय सहकारीका विकास बिसी र सञ्जिव पछाईले पनि अब बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउने छैनन् भने शुभकार्य सहकारीका विवश मिन्धुन, गणेशमान रञ्जित, गौरी कुवँर, राजेश लामा, सान्त्वना मलाकार, सुमन कार्की र तेजु शाहु पनि कालोसूचीमा छन् । सामुदायिक विकास कृषि सहकारीका एञ्जिला देवी, बबिता शाह, विनितादेवी शाह, कविता कुमारी देवि, किरण कुमारी महरा, रामटोलर यादव र रेणु कुमारी पनि कालोचूीमा छन् भने नागरिक कल्याण सहकारीका भक्त बहादुर बुढाथोकी, भिमसेन बहादुर तामाङ, बीमा महर्जन, हस्त रावत, केशव श्रेष्ठ, शिलप्रसाद खनाल र कुमार बहादुर बुढा पनि कालोसूचीमा परेका छन् । मोबाइल सहकारीका इश्वरी प्रसाद गौतम र राजाराम साख पनि कालोसूचीमा छन् भने सुमार्ग सहकारीका गणेश कार्की र सन्ध्या थापा पनि कालोसूचीमा परेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउने अवस्थामा पुगेका छन् । कर्जा सूचना केन्द्रका अपरेशन डिभिजन प्रमुख सुशिल जोशीले पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट सिफारिस भएकार आएका व्यक्ती तथा संस्था नै कालोसूचीमा पर्ने बताए । उनका अनुसार कालोसूचीमा पर्ने सहकारीसँगै निर्माण क्षेत्रका कम्पनीहरु बढिरहेका छन् । सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अध्यक्षको नियत खराब भएपनि अन्य सञ्चालकहरुले त्यो गल्ती गर्ने स्पेश दिन नहुने धारणा राख्छन् । उनले एउटाको गल्तीले सबैलाई समस्या सिर्जना हुने भएकोले त्यस विषयलाई बुझेर सजकताका साथ काम गर्नु पर्ने बताए । सहकारीको अध्यक्षले तथा एउटा सञ्चालकले गल्ती गरे पनि त्यसको भागेदार सबै हुनु पर्छ, गल्ती गरेपनि नगरे पनि भोली सबैले कानुनी कठघरामा उभिनु नै पर्छ, एउटाले गल्ती गरिरहेको छ भने त्यसलाई ढाकछोप गर्ने भन्दा पनि सच्याउन तर्फ लाग्नु पर्छ,’ उनले भने ।

सेयर बजारमा पनि खुकुलो नीतिको तयारी, गभर्नरलाई कन्भिन्स गराइँदै

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट मंगलबार खुला गर्यो । भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू–उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट खुल्ने भएको हो । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा समेत रोकिएको थियो । अब सहजै जग्गाको कित्ताकाट गर्न पाइनेछ । घरजग्गा व्यवसायीले लामो समयदेखि यो माग राख्दै आएका थिए । अन्तः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो । गत साता पोखराका व्यवसायीहरुसँगको भेटमा प्रचण्डले जग्गा वर्गीकरण सम्बन्धी नियम व्यवहारिक नभएको भन्दै कित्ताकाट खुलाउने विषयमा सरकारले सोचिरहेको बताएका थिए । उनले घरजग्गामा ठूलो रकम फसेको भन्दै यसलाई सहज बनाउन आवश्यक रहेको धारणा राखेका थिए । अर्थमन्त्री डा. प्रकाश शरण महतले समेत गत चैत १७ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै घरजग्गा क्षेत्रमा मन्दी आएको र यो क्षेत्रलाई सहज नीति आवश्यक रहेको बताए थिए । उनले घरजग्गामा मन्दी सिर्जना भएकोले यो क्षेत्रको सुधारका लागि आफु लागि पर्ने बताए थिए । प्रधानमन्त्री र अर्थमन्त्रीको ती धारणापछि मंगलबार घरजग्गामा गरिएको कडाइ खुकुलो बनेको छ । सरकारको यो नीतिले घरजग्गा व्यवसायी खुसी भएका छन् भने अर्थतन्त्रलाई नजिकबाट नियालेका र बुझेका अर्थविदहरु चिन्तित बनेका छन् । घरजग्गा व्यवसायीहरु सरकारको निर्णयप्रति सन्तुष्ट छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष भेषराज लोहनी सरकारको यो निर्णय सकारात्मक र व्यवहारिक भएको धारणा राख्छन् । ‘घरजग्गा कारोबारको कित्ताकाट उद्धेश्य सही भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सक्ने थिएन, अब घरजग्गा कारोबार सहज हुन्छ, अर्थतन्त्र खुकुलो बन्छ,’ उनले भने । उनका अनुसार घरजग्गा क्षेत्रलाई सबैले अनुत्पादक भनेपनि सबैलाई घरजग्गा नै चाहिएको छ । ‘घरजग्गा क्षेत्रलाई सिस्टमेटिक बनाउन आवश्यक छ, रोक्का गरेर गलत गरिएको थियो, सबैलाई घडेरी चाहिएको छ तर, गाली यह क्षेत्रलाई गरिन्छ, सिस्टमलाई व्यवस्थित गर्न सकियो भने सरकारलाई राजश्व पनि आउँछ, अर्थतन्त्र पनि सहज हुँदै जान्छ,’ उनले भने । सरकारको यो निर्णयले घरजग्गा व्यवसायी खुसी भएपनि अर्थविदहरु भने सन्तुष्ट छैनन् । यसअघि विकासन्युजसँग कुराकानी गर्दै अर्थविद् विश्वास गौचनले अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लगाउनु पर्ने धारणा राखेका थिए । उनले सरकारले घरजग्गा क्षेत्रमा खुकुलो नीति अघि सार्यो भने त्यसको प्रभाव नकारात्मक नै हुने बताएका थिए । विकासन्युजसँग कुरा गर्दै उनले भनेका थिए, ‘प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ, जुन कुरा हुन सम्भव नै छैन, त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ, घरजग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ, अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ ।’ सेयर बजारमा पनि खुकुलो नीतिको तयारी अर्थमन्त्री महतले पदभार ग्रहण गर्दै बोलेको अर्को क्षेत्र हो सेयर बजार । उनले पदभार ग्रहण गर्दा मुख्यतः घरजग्गा, बैंकको ब्याज र सेयर बजारको विषयमा बोलेका थिए । बैंकको ब्याज घटेर ९.९ प्रतिशत कायम भइसकेको छ भने जग्गामा पनि खुकुलो नीति अघि सारिएको छ । अब सेयर बजारको विषयमा वहस भइरहेको बुझिएको छ । अर्थमन्त्री डा. महतले पदभार ग्रहण गर्दै सेयर बजारमा एक किसिमको मन्दी आएको बताउँदै यस विषयमा सरकार सकारात्मक भएको बताएका थिए । उनले केही पुनरावलोकन गर्नु पर्ने नीति भए त्यसका सरकार छलफल गर्न तयार भएको समेत बताएका थिए । त्यसको तीनपछि अर्थात् चैत २० गते उनले सेयर लगानीकर्ताहरुसँग भेटवार्ता समेत गरेका थिए । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका थिए । उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्नु पर्ने, चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । अर्थमन्त्री महत उनीहरुका केही माग पुरा गर्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीसँग निरन्तर छलफलमा रहेको स्रोतको भनाइ छ । गभर्नर अकिारीले मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेका थिए । पछि उनले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँ मात्रै कायम गरेका थिए । अहिले लगानीकर्ताहरु सो सीमालाई पनि हटाउनु पर्ने माग गरिरहेका छन् । अर्थमन्त्री महत पनि सो सीमालाई हटाउन गभर्नरलाई कन्भिन्स गरिरहेको स्रोतको भनाइ छ । तर, गभर्नर अधिकारी अहिलेसम्म त्यसमा सकारात्मक नभएको स्रोतको भनाइ छ । गभर्नर अधिकारीले अर्थमन्त्री महत समक्ष आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस विषयमा सोच्न सकिने बताइरहेका छन् । तर, अर्थमन्त्रीले मिलेर अगाडि बढ्नु पर्ने भएकोले ‘कुरो’ बुझिदिन आग्रह गरिरहेको बुझिएको छ । पदबहाली गर्दा पनि उनी गभर्नरसँग छुट्टै वार्ता गरेका थिए । तयसपछि पनि उनी पटक–पटक गभर्नरसाग छलफलमा बसिसकेका छन् । अर्थमन्त्रीले प्रत्येक बैठकमा आफुलाई सहयोग गर्न गभर्नरलाई आग्रह गरिरहेका छन् । यसअघि बैंकको ब्याज घटाउन पनि गभर्नर सहमत थिएनन् तर अर्थमन्त्रीको आग्रहमै उनले ‘ग्रिन सिग्नल’ दिएपछि र बैंकहरु पनि घटाउन सहमत भएपछि बैंकको ब्याज घटेको थियो । तर, उनलाई बैंकको ब्याज घट्दा आयात बढ्न सक्ने चिन्ता छ ।