हंगेरी-चीन व्यापारिक सम्बन्ध नयाँ उचाइमा, बीवाईडीको युरोप केन्द्र घोषणा

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बीवाईडीले हंगेरीमा युरोपेली केन्द्र स्थापना गर्ने योजना बनाएको छ । कम्पनीका सीईओ तथा अध्यक्ष वाङ छुआनफुले बिहीबार बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएका हुन् । वाङका अनुसार उक्त नयाँ केन्द्रले २ हजार रोजगारी सिर्जना गर्नेछ र यसले तीनवटा प्रमुख कार्य गर्नेछ( बिक्री तथा बिक्रीपछिको सेवा, परीक्षण र कम्पनीका मोडेलहरूको स्थानीयकरणका लागि विकास । बीवाईडीले युरोपमा पहिलो कारखाना २०१६ को अप्रिलमा हंगेरीको उत्तरपश्चिमी शहर कोमारोममा स्थापना गरेको थियो, जहाँ विद्युतीय बसहरू निर्माण गरिन्छ । कम्पनीको दोस्रो कारखाना, जहाँ विद्युतीय गाडी उत्पादन गरिनेछ, अहिले निर्माणाधीन अवस्थामा छ । दक्षिणपन्थी नेता ओर्बानको नेतृत्वमा हंगेरी चीनका लागि एउटा महत्त्वपूर्ण व्यापारिक तथा लगानी साझेदार बनेको छ, जुन केही अन्य युरोपेली मुलुकहरूको चीनमाथिको निर्भरता घटाउने सोचसँग विपरीत देखिन्छ । ओर्बान सन् २०१० मा सत्तामा आएपछि आफ्नो देशलाई बेइजिङ नजिक ल्याउन थालेका थिए । झण्डै एक दशकपछि दुई देशबीचको मैत्रीपूर्ण राजनीतिक सम्बन्ध व्यावसायिक लगानीमा परिणत भएको हो ।  निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड  

बुटवल-भैरहवामा हुन्डाईको क्रेटा इभी कार्यक्रम सम्पन्न, १० गाडी हस्तान्तरण

बुटवल । हुन्डाई नेपालले बुटवल–भैरहवामा आयोजना गरेको नयाँ क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उल्लेख्य सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी युनिटको बुकिङ भएको र १० युनिट ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिताका साथै हुन्डाई ब्रान्डप्रतिको विश्वास झल्किएको थियो । कम्पनीले हालै क्रेटा इभि ल्याएर विद्युतीय सवारीबारे रहेको द्विविधालाई स्पष्ट पार्ने प्रयास गरेको बताएको छ । क्रेटा इभीर पेट्रोल संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि समस्या नहुने कम्पनीको दाबी छ । हुन्डाईले विद्युतीय सवारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सोही सन्देशलाई फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा प्रत्यक्ष अन्तरक्रियामा जुटेको छ । कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शनमा राखिएका थिए । बुटवलको सिद्धिविनायक मोटोकर्प र भैरहवाको जगत मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी

काठमाडौं । निसानका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) इभान एस्पिनोसा जापानी अटो निर्माता कम्पनीलाई सुधार्ने कठिन कामको सामना गर्दैछन् । एस्पिनोसाले लागत घटाउने योजना अघि सारेका छन् । किनभने घट्दो विक्री अवस्था फर्किने कुनै ग्यारेन्टी छैन ।  नयाँ मोडलहरूको कमी, सबैभन्दा ठूलो बजारमा नयाँ ट्यारिफ र चिनियाँ तथा स्थानीय प्रतिस्पर्धीहरूको तीव्र प्रतिस्पर्धाले गर्दा निसानलाई बिक्री टिकाइराख्न निकै कठिन हुनेछ । कम्पनीको बिक्री सन् २०१७ को व्यापार वर्षदेखि अहिलेसम्म ४२ प्रतिशतले घटिसकेको छ । एस्पिनोसाले मंगलबार ११ हजार थप कर्मचारी कटौती गर्ने, सातवटा कारखाना बन्द गर्ने योजना सार्वजनिक गरे । साथै उनले चालू आर्थिक वर्षमा बिक्री ३ प्रतिशतले घट्ने अपेक्षा गरिएको जानकारी दिए, किनकि प्रमुख बजारहरूमा प्रदर्शन दबाबमा रहेको छ । कम्पनीले चीनमा बिक्री १८ प्रतिशतले घट्ने आशा राखेको छ भने उत्तर अमेरिका र जापानमा बिक्री झन्डै स्थिर रहने अनुमान छ । 'तिनीहरूसँग हाइब्रिड कारहरूको लाइनअप छैन । तिनीहरूको ब्याट्री(चालित विद्युतीय सवारी ९बीईभी० सफल छैनन्,' अनुसन्धान संस्था पेलहम स्मिथर्स एसोसिएट्सकी विश्लेषक जुली बुटेले भनिन् । 'तिनीहरूले नयाँ मोडल ल्याउनमा काम गर्नुपर्नेछ, तर त्यसमा समय लाग्छ र ती पहिलेभन्दा सफल हुने ग्यारेन्टी पनि छैन,' उनले थपिन् । एस्पिनोसाले सवारी विकास समयलाई उल्लेखनीय रूपमा छोट्याउने र कम्पनीको रणनीतिलाई सबैभन्दा महत्त्वपूर्ण अमेरिकी बजारमा क्रसओभर र स्पोर्ट युटिलिटी सवारीहरू (एसयूभी) मा केन्द्रित गर्ने वाचा गरेका छन् । 'हामी बुझ्दछौं कि दीर्घकालीन सुधार केवल लागत कटौतीमा भर पर्न सक्दैन । यसलाई सशक्त उत्पादन प्रस्तावले पनि साथ दिनुपर्छ,' उनले भने । रणनीतिअनुसार निसानले यो आर्थिक वर्षदेखि आफ्ना अमेरिका बिक्रीमा सर्वाधिक बिक्री हुने ‘रग’ एसयूभीको प्लग-इन हाइब्रिड संस्करण संयुक्त रूपमा आफ्नो साझेदार मित्सुबिशी मोटर्ससँग विकास गरेर ल्याउनेछ । अर्को हाइब्रिड संस्करण अर्को आर्थिक वर्षमा ल्याइनेछ, जसमा निसानको ई-पावर हाइब्रिड प्रविधि प्रयोग गरिनेछ । बुटेका अनुसार यो रणनीति सफल हुनेमा निसान विश्वस्त छैन, किनभने प्लग-इन हाइब्रिडहरूको माग शुद्ध हाइब्रिड जति छैन । 'उनीहरूले आकर्षक उत्पादन ल्याउनुपर्नेछ यो लक्ष्य हासिल गर्न,' बर्नस्टीनका वरिष्ठ विश्लेषक मासाहिरो अकिताले भने । ट्यारिफ र नाफा समस्या अमेरिकाले लागू गरेका नयाँ ट्यारिफहरूले निसानको चालू आर्थिक वर्षमा बिक्री घटाउने योजनालाई थप जटिल बनाएको छ । कम्पनीले ३ प्रतिशत घटाएर ३० लाख २५ हजार सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । ट्यारिफले गर्दा कम्पनीले अमेरिका बजारमा मूल्य बढाउनुपर्ने सम्भावना छ भने उत्पादन लागत पनि बढ्नेछ । अघिल्लो आर्थिक वर्षमा अमेरिका बिक्री ९ लाख ३८ हजार सवारीमा पुगेको थियो, तर यो वृद्धि कम मूल्यका साना सवारीहरू- जस्तै मेक्सिकोबाट आयात गरिएका सेन्ट्रा र भर्साका कारण थियो । तर, उत्तर अमेरिकी बजारमा निसानको सञ्चालन नाफा माइनस ०.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.६ प्रतिशत थियो, यद्यपि कार बिक्री बढेको थियो । निसानले आफ्ना अमेरिकी बजारका कुल बिक्रीमध्ये मेक्सिको र जापानबाट ४५ प्रतिशतभन्दा कम मात्रै आयात गर्छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले चालु आर्थिक वर्षमा कम्पनीलाई ४५० अर्ब येन (३.१ अर्ब डलर) खर्च गराउनेछ भन्ने अनुमान छ । नाफा अझै दबाबमा रहन्छ, किनभने कम्पनीले पुराना मोडलहरूको स्टक घटाउन भारी छुटहरू प्रदान गरिरहेको छ । एकै समयमा निसान चिनियाँ ईभी निर्माता जस्तै बीवाईडी र घरेलु प्रतिस्पर्धीहरूबाट पनि चुनौतीको सामना गरिरहेको छ । सस्तो मूल्यका सवारी बनाउने निसानको सानो प्रतिस्पर्धी सुजुकीले सन् २०२५ को पहिलो तीन महिनामा निसानको बिक्रीलाई पार गर्दै टोयोटा र होन्डा पछाडि जापानको तेस्रो ठूलो अटो निर्माता बन्ने बाटोमा छ । खस्किँदै कम्पनी निसान जापानका ठूला अटो निर्माता कम्पनीहरूमा यस वर्ष अहिलेसम्म २९ प्रतिशत गिरावटसहित सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनेको छ, जुन व्यापक बजारको ५.५ प्रतिशत गिरावटभन्दा निकै खराब हो । यस वर्ष सुरुमा ठूला प्रतिस्पर्धी होन्डासँगको एकीकरण प्रयास असफल भएपछि एस्पिनोसाले कम्पनीको नेतृत्व सम्हालेका हुन् । उनी अघि मकोटो उचिडा पदमा थिए । उक्त एकीकरण भएमा विश्वकै चौथो ठूलो अटो कम्पनी बन्ने थियो । विश्लेषकहरूका अनुसार निसानले विगतमा पूर्वअध्यक्ष कार्लोस गोसनको नेतृत्वमा बिक्री बढाउने लक्ष्यमा अत्यधिक ध्यान केन्द्रित गरेको र भारी छुटमार्फत बिक्री बढाउने रणनीतिले अहिले कम्पनीलाई घाटा भएको हो । यसले कम्पनीको ब्रान्ड छविमा क्षति पुर्‍याएको छ र कम्पनी अहिले पुराना मोडलहरूलाई अद्यावधिक गर्न संघर्ष गरिरहेको छ । बुटेले चिन्ता व्यक्त गर्दै भनिन्, 'यदि ट्रम्पको ट्यारिफ लामो समयसम्म रह्यो भने निसानले थाम्न सक्ला कि सक्दैन भन्ने प्रश्न उठ्छ ।' टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड