जीडब्ल्यूएम नेपालले गर्यो ट्यांक सिरिजको बुकिङ खुला
काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० काे बुकिङ खुला गरेकाे हाे । दुवै गाडीमा एचइभी प्रविधि समावेश गरिएकाे छ । ट्यांक ब्रान्ड चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो । ट्यांक ५०० र ट्यांक ३०० मोडललाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता देशमा सार्वजनिक गरिएकाे छ । ट्यांक ५०० र ट्यांक ३०० नेपालमा २.० एल टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन् । दुवै गाडीमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र २५८ केडब्ल्यू पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन् । ट्यांक ३०० को मूल्य एक करोड पचासी लाख र ट्यांक ५०० को मूल्य दुई करोड पच्चीस लाख रुपैयाँ रहेकाे छ । जीडब्ल्यूएम कम्पनी विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ । लगातार ६ वर्षसम्म यस कम्पनीले वार्षिक रूपमा १० लाखभन्दा बढी गाडी बिक्री गर्दै आइरहेकाे छ ।
इटहरीमा सुरु भयो बिजुली बस सेवा, अपांगता भएका व्यक्तिलाई सहज
धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरूप सेवा प्रारम्भ भएको हो । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ तोकिएको छ । गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपांगता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।
दशैं-तिहार अफर: बाइक किन्दा सतप्रतिशत क्यास ब्याकदेखि १० लाख जित्ने अवसर
काठमाडौं । चाडपर्वलाई लक्षित गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीहरूले दशैं तथा तिहार अफरहरू सार्वजनिक गरेका हुन् । कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको अफरदेखि लाखौं रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरेका छन् । कुन कम्पनीको कस्ताे अफर ? केटीएम ड्युक केटीएम नेपालले दशैं तथा तिहारको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ। कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई सूरक्षित गराउँछ । यस्तै, कम्पनीले पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने जनाएको छ । हिरो चाडपर्वको अवसरमा हिरो ब्राण्डको मोटरसाइकल तथा स्कुटर खरिदमा गर्दा ५ लाख रुपैयाँसम्म जित्न सकिने नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले जनाएको छ । स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्म पक्का नगद जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै बम्पर उपहारमा नेटा ईभी कार पनि जित्न सकिनेछ । यसका साथै हिरोको जुनसकै बाइक तथा स्कुटर खरिद गर्दा ८ हजार देखि ५ लाख रुपैयाँसम्म छुट पनि पाउन सकिने कम्पनीले उल्लेख गरेको छ । यामाहा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले बिगेस्ट १०औं नामक स्कीम ल्याएको छ । चाडपर्वलक्षित ल्याइएको उक्त स्कीमअन्तर्गत १० लाख रुपैयाँसम्मको हालखाली नजाने स्योरशट क्याशब्याक पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै यामाहाको बाइक तथा स्कुट खरिदका गर्न शून्य प्रतिशत ब्याजदरमा ग्राहकले कर्जा सुविधा पाउने पनि कम्पनीले जनाएको छ । सीएफमोटो र जिहो नेपालका लागि सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा उक्त ब्राण्डहरूको मोटरसाइकल तथा स्कुटर किन्दा छुटसहित विभिन्न सुविधा पाइने कम्पनीले जनाएको छ । सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्री एसेसरिज पाउन सकिने छ । त्यसैगरी, हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ । जिहो ब्राण्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी, एई ४ मा १५ हजार रुपैयाँ र एई ८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ । यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ । यो अफर असोज १ देखि आगामी कात्तिक २५ गतेसम्म लागू हुनेछ । होन्डा: होन्डा दुईपांग्रे सवारीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । साथै ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने छ । होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएके छ । सुजुकी नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले दशैं-तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने छ । कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । बजाज बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । योजना अन्तर्गत बजाजको हरेक बाइक खरिदमा स्योरसट रूपमा १ लाख रूपैयाँसम्म क्यास जित्न सकिने छ । यस्तै, साप्ताहिक-ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनसक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् । टीभीएस नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको छ । साथै, पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेको छ ।