गाडीमा फेस्टिभ अफर : नि:शुल्क इन्स्योरेन्सदेखि १५ लाख डिस्काउन्टसम्म
काठमाडौं । नेपालीहरूकाे महान पर्व दशैं आँगनमै आइसकेकाे छ । दशैंतिहार र छठ जस्ता पर्वकाे अवसरमा विभिन्न कम्पनी, बैंक, वित्तीय संघसंस्थाहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेका छन् । यसैक्रममा गाडी कम्पनीहरूले पनि नि:शुल्क इन्साेरेन्सदेखि १५ लाख रुपैयाँ क्यास डिस्काउन्टसम्मका योजना ल्याएका छन् । हेरौं कुन ब्राण्डको गाडीमा के छ अफर ? हुण्डाई हुण्डाईका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेस्टिभ डिलाइट अफर ल्याएको छ । उक्त अफरमा नि:शुल्क बीमा सेवादेखि हुण्डाईको भेन्यू कार जित्ने मौका रहेको छ । कम्पनीका अनुसार हुण्डाईको कुनै पनि गाडी खरिद गर्दा गोलाप्रथाको माध्यमबाट बम्पर उपहारमा हुण्डाईको भेन्यू कार जित्न सकिने छ । १० लाख क्यास डिस्काउन्टसँगै एक लाख रुपैयाँ थप डिस्काउण्टको सुविधा रहेको छ । यसैगरी, एक वर्षको बीमा र कर कम्पनीले नै तिरिदिने जनाएको छ । टाटा नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदीले टाटासँग दशैं धुमधाम, यूरोप घुमघाम अफर ल्याएको छ । अफरअन्तर्गत टाटको नेक्सन गाडी खरिद गर्दा एक जोडीले सित्तैमा यूरोप घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ । बीवाईडी चाडपर्वको अवसरमा बीवाईडीको गाडी किन्दा तीनवटा अफर पाइने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर सार्वजनिक गरेको हो । एक वर्षसम्मको बीमा सेवा, भेहिकल टु लोन र २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराउने अफर कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार बीवाईडी अट्टो ३ र बीवाईडी डल्फीन गाडी खरिद गर्दा उक्त अफर पाइने छ । सुजुकी दशैंतिहारको अवसरमा सुजुकीको गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुटदेखि नि:शुल्क बीमाको सुविधा पाइने छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले चाडपर्वलक्षित सार्वजनिक गरेको अफरमा उक्त सुविधा रहेको छ । यसका साथै उक्त अफरमा एक्चेन्ज बोनस २ लाख रुपैयाँसम्म, लोयल्टी बोनस २० हजार रुपैयाँसम्म र विभिन्न एसेसोरिजहरू नि:शुल्क पाइने छ । आयोन नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटोर्सले फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत आयोन वाई गाडी ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने छ । जीकर नेपालका लागि जीकर गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ अफर ल्याएको छ । जसअन्तर्गत जीकर एक्स गाडी खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै एक्सचेन्ज बोनस ५ लाख रुपैयाँ दिने कम्पनीले जनाएको छ । आइचर आइचरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेको छ । गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा, शून्य सेवा लागत तथा टुर प्याकेज, ल्यापटप, प्रोजेक्टर योजनामा समावेश गरिएका छन् । यो योजना यही असोज १ गतेदेखि नेपाल अधिराज्यभर लागू भइसकेकाे नेपालमा आइचरको आधिकारीक बिक्रेता कम्पनी एमएडब्लुले जनाएको छ । विलिङ नेपालका लागि विलिङ गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले विलिङको बिङ्गो गाडीमा छुट अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत बिङ्गो ईभी गाडी छुटसहित २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको छ । नेटा चाडपर्वको अवसरमा नेटा गाडी खरिद गर्दा सित्तैमा इन्डाेनेशियाकाे बाली घुम्न पाइने भएको छ । सीजी मोटर्सले नेटा भी गाडी खरिद गर्नेले बाली घुम्ने अवसर पाउने जनाएको छ । यसका साथै कम्पनीले स्योर सर्ट क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस पनि दिने घोषणा गरेको छ । निसान निसानको कुनै पनि गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स, कर, ती वर्षको सर्भिसिङ र ३ वर्षको वारेन्टी सुविधा पाइने छ । यसका साथै १५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था पनि रहेको छ । नेपालका लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले चाडपर्वमा निसानको गाडी गरिद गर्नेका लागि यस्तो अफर ल्याएको हो । किया चाडपर्वको अवसरमा कियाको गाडी खरिद गर्दा ४ लाख रुपैयाँ छुटदेखि नि:शुल्क बीमाको सुविधासम्म पाइने छ । नेपालको लागि कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल एसोशिएट्सले एक वर्षको कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ । यसका साथै २ लाख रुपैयाँसम्म एक्सचेन्स अफरको सुविधा पनि रहेको छ ।
पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि
काठमाडौं । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीको दाबी छ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीले जानकारी दिएको छ । यी अफरहरूबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने कम्पनलिे बताएको छ ।
दशैंमा ग्यारो इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
काठमाडौं । ग्यारो इलेक्ट्रिक स्कुटरले दशैंलक्षित विशेष योजना सार्वजनिक गरेको छ । ग्यारोले दशैं अवसरमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँकाे छुट दिएकाे छ । ३ लाख ८९ हजार पर्ने स्कुटी अब ३ लाख ६५ हजार रुपैयाँ पाइने छ । ग्यारोले एक्सचेन्ज अफर पनि ल्याएकाे छ । आफ्नो पुरानो स्कुटर वा मोटरसाइकलसँग गरोका ब्रान्ड नयाँ इलेक्ट्रिक स्कुटी साट्न पाइनेछ । साथै स्कुटर खरिद गर्दा हेलमेट नि:शुल्क पाइनेछ । ग्राहकहरूले ५० प्रतिशत डाउन पेमेन्ट गरी स्कुटी खरिद गर्न पाउनेछन् । यो अफर नेपालभरका सबै अधिकृत ग्यारो डिलरमा उपलब्ध छ । अफरबारे विस्तृत जानकारी वेबसाइटमा उपलब्ध छ । ग्यारो स्कुटरले एक पटक चार्ज गरेपछि ३५० किमी रेन्ज दिने बताइएकाे छ । क्लासिक व्हील्स एक्सपोर्ट एण्ड इम्पोर्टले नेपालमा ग्यारो स्कुटर भित्राएकाे हाे ।