टोयोटा विजय उत्सव : एक्सचेन्जदेखि बीमा सुविधा, कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा बम्पर छुट
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ १३ बाट सुरु गरेर १८ गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम सार्वजनिक गर्न लागिएको कम्पनीको भनाइ छ । विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुट पाउने छन् । कार्यक्रममा विभिन्न बैंकहरूको सहकार्यमा सहजै फाइनान्स सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेन्जरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ । यस कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रूपमा डेली लक्की ड्रसमेत रहेको छ ।
खल्तीले ल्यायो ‘कार सुरक्षा योजना’
काठमाडौं। डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कारसम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक ९९९ रुपैयाँ मात्र शुल्क लाग्ने छ। प्रयोगकर्ताहरूले २० हजार रुपैयाँभन्दा बढीको आफ्नो कारसम्बन्धी सेवाका साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सवारीसम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राइब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा, कार डिटेलिङ, कार धुने सेवा, टायरसम्बन्धी सेवादेखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध सकने कम्पनीले जनाएको छ । खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काकाले भने, ‘खल्ती ब्लुबुक नवीकरण सेवामा ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको छ । हामीले प्रयोगकर्ताहरूका लागि खल्तीको तर्फ बाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकहरूसँग सहकार्य गर्दै कार मर्मतदेखि थुप्रै कार सेवामा छुटको व्यवस्था गरेको छौँ । वार्षिक ९९९ रुपैयाँमा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताहरूले आफ्नो कारसम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेजसमेत उपलब्ध गराउँदै आइरहेको छ । सो प्याकेजमा खल्तीले ५ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बिमाका साथै १ लाख ५० हजार रुपैयाँसम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूमा छुट उपलब्ध गराइरहेको छ ।
अटो शोको हटकेक ‘स्काईवेल’, नेपालमै उच्च रेञ्ज, ४ लाख बढी छुट
काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ ‘स्काईवेल बी ११’ । नेपालमा विद्युतीय गाडीमध्ये उच्च रेञ्ज दिने यस गाडी उपभोक्ताको रोजाइमा परिरहेको छ । गाडीको बिक्री जी मोटर्सले गरिरहेको छ । यो गाडी उपभोक्ताको हटकेक बनिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काई वेल बी ११ गाडीले हालसम्मकै उच्चतम रेञ्ज दिन्छ । एक पटक फुल चार्ज गरेपछि ६२० किलोमिटरसम्मको दुरी सवार गर्न सकिने उनको भनाइ छ । कम्पनीले सो गाडीको बिक्री गत वैशाखदेखि सुरु गरेको थियो । असार मसान्तसम्म आइपुग्दा ४० वटा गाडी कम्पनीले बिक्री गरिसकेको गेलालले बताएका छन् । प्रबन्ध निर्देशक गेलालले सो गाडीलाई आफूले पनि नेपालका विभिन्न ठाउँ पुगेर १० हजार किलोमिटर कुदाएकोले अनुभवका आधारमा गाडी आकर्षक रहेको सुनाए । यसरी आफंैले सो गाडी चलाएपछि नेपाली ग्राहकलाई बेच्न सकिने आत्मबल लिएरसो गाडी बिक्री सुरु गरेको बताए । मूल्य र छुट नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकलाई कम्पनीले आकर्षक छुट पनि दिइरहेको छ । कम्पनीले ४ लाख १० हजार रुपैयाँसम्म छुट दिएको उनले जानकारी दिए । उनका अनुसार ४१० किलोमिटर रेन्ज दिने ८० लाख रुपैयाँ मूल्य पर्ने सो गाडीको मूल्य नाडामा बुकिङ गर्दा ७५ लाख ९० हजार पर्नेछ । त्यस्तै, ५२० किमी रेन्ज दिने ९० लाख रुपैयाँ पर्ने गाडीको मूल्य ८५ लाख ९० हजार रुपैयाँमा बुक गर्न सकिनेछ । नाडा अटो शो सकिकएपछि उक्त गाडीहरुमा यसरी छुट नरहने उनले स्पष्ट पारे । बुकिङ गरेपछि पनि टेस्ट ड्राईभ गरेर मात्र गाडी खरिद गर्न उनले ग्राहकलाई सुझाव दिए । गाडीको बारेमा राम्रोसँग बुझेर नै खरिद गर्नुपर्ने धारणा उनको छ । स्काई वेलका विशेषता जी मोटर्सले एउटै ब्राण्डको गाडीहरू मात्र बिक्री गर्ने भएकाले ग्राहकलाई कन्फ्युजन नहुने उनको धारण छ । यस्तै, जी मोटर्सले पार्टपुर्जा र सर्भिसको पनि सेवा दिइरहेको छ । विश्वका ६५ देशहरूमा स्काई वेलका गाडी लोकप्रिय भइरहेको उनले सुनाए । यस गाडीको कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । उनका अनुसार गाडीमा ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री क्षमता छ । केहीले सेवालाई भन्दा बिक्री र नाफालाई बढी ध्यान दिएका हुन्छन् । तर, जी मोटर्स ग्राहकको सेवामा ध्यान दिन्छ,’ उनले भने । स्काई वेल ईयू सर्टिफिकेसन लिने पहिलो चाईनीज गाडी हो । सन् २०१७ सम्म अन्य कुनै पनि चाईनिज गाडीले ईयू सर्टिफिकेसन लिन नसकेको अवस्थामा स्काई वेलले सोही समयमा सो सर्टिफिकेट लिएको उनले उल्लेख गरे । ईयू सर्टिफिकेसन लिनु एक ठूलो सफलता भएको उनले बताए । रेन्ज, लक्जरी, कम्फर्ट, ड्राईभिङ्ग इन्जोएमेन्टका कुरामा ग्राहकहरु सन्तुष्ट रहेको उनको भनाइ छ ।