बेनेली बाइक शून्य प्रतिशत ब्याजमा पाइने, १ लाखसम्म छुटको व्यवस्था

काठमाडौं । यो नयाँ बर्ष योजनामा बेनेली बाइक ० (शून्य) प्रतिशत ब्याजमा पाइने भएको छ । कम्पनीका अनुसार १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ । तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । यो योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि मिलाएको छ। कम्पनीले मोडल हेरि १५००० देखी १ एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ। बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्री-वितरण गर्दै आएको छ । यो अद्भुत अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्नेछन् ।

सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

काठमाडौं । नाडा अटो सो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको छ । अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका इभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ । सेरेसले यसअघि नै नक्साल, पानी पोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको कम्पनीले जनाएको छ । सेरेस इभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ । यसले नेपालभर परिचित र उपलब्ध इभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ ।

ओमोडाले आयोजना गर्यो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम

काठमाडौं । ओमोडा नेपालले ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार ओमोडा शोरुम, उत्तरढोकामा सफलतापूर्वक सम्पन्न सो कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीको भनाइ छ । मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । सो अवसरमा सन्दीप क्षेत्रीले हसाएका थिए भने ज्योवन भुजुको लाइभ म्युजिकले रोमान्चक बनाएको थियो । साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना गर्यो । अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको बताइएको छ । सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागि उपस्थितहरु प्रति प्रशंसा गदै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भएको थियो । अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।