टेस्लाको ढोका डिजाइन घातक ? ५ जनाको जलेर मृत्यु भएको एक वर्षपछि अनुसन्धान सुरु

काठमाडौं । टेस्लाविरुद्ध विस्कन्सिन राज्यमा भएको एक भीषण दुर्घटनापछि मुद्दा दर्ता गरिएको छ । उक्त दुर्घटनामा परी मोडल एस कारसँगै पाँचै यात्रुको जलेर मृत्यु भएको थियो ।  आरोप अनुसार कारको ढोका खोल्न नसक्नाले उनीहरू सवारीभित्रै फँसेका थिए । क्रान्डन, विस्कन्सिनका ५४ वर्षीय जेफ्री बाउर र ५५ वर्षीय मिशेल बाउर सवार मोडल एस नोभेम्बर १, २०२४ मा म्याडिसन नजिकको उपनगरीय क्षेत्र भेरोनामा सडकबाट बाहिर गई रूखमा ठोक्किएको थियो । उनीहरूको मृत्यु अर्को दिन भयो। शुक्रबार बाउर दम्पतीका चार सन्तानले दायर गरेको उजुरी अनुसार कारमा जडान गरिएको लिथियम–आयन ब्याट्री प्याकका कारण इलेक्ट्रोनिक ढोका प्रणाली निष्क्रिय भई उनीहरू भित्रै फँसेका थिए । सन्तानहरूले आरोप लगाएका छन् कि टेस्लालाई यस खतराको जानकारी पहिलेका आगलागी घटनाबाट नै थियो, तर कम्पनीले ‘थाहा पाइसकेका र सम्भव सुरक्षात्मक उपायहरूबाट जानाजानी विचलन’ गरेको थियो । एलन मस्क नेतृत्वको अष्टिन, टेक्सासस्थित टेस्लाले सोमबारसम्म सो मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन । उक्त कम्पनीमाथि अघिल्लो नोभेम्बरमा स्यान फ्रान्सिस्को नजिक साइबरट्रक दुर्घटनामा ज्यान गुमाएका दुई कलेज विद्यार्थीका परिवारहरूले पनि यस्तै कारणले मुद्दा दायर गरेका थिए । उनीहरू पनि ढोका ह्यान्डल डिजाइनका कारण जलिरहेको कारभित्र यात्रु फँसेका थिए भन्ने दाबी गर्छन् । अमेरिकी यातायात सुरक्षा निकायले टेस्लाको ढोका डिजाइनको छानबिन गर्दै गत सेप्टेम्बरमा राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले केही टेस्ला मोडेलका ढोकामा सम्भावित त्रुटिको छानबिन सुरु गरेको थियो, किनकि रिपोर्टहरूमा ढोका ह्यान्डलले काम नगर्ने समस्या उल्लेख गरिएको थियो । बाउर दम्पतीका सन्तानका अनुसार टेस्ला मोडल एसको पछाडिका सिटमा बसेका यात्रुहरू- जस्तै मिशेल बाउर विशेष जोखिममा पर्थे । कारमा ढोका खोल्ने प्रणाली पूर्ण रूपमा विद्युतीय भएकाले दुर्घटनापछि जब गाडीमा विद्युत् आपूर्ति बन्द हुन्थ्यो, यात्रुहरू ढोका खोल्न असमर्थ हुने गर्थे ।  त्यस्तो अवस्थामा बाहिर निस्कनका लागि कार्पेट उठाएर मुनि लुकाइएको ‘धातुको ट्याब’  वा आपतकालीन ढोका खोल्ने ह्यान्डल खोज्नुपर्थ्यो । तर यो ट्याब सानो, लुकाइएको र सामान्य यात्रुका लागि सहज रूपमा नदेखिने भएकाले आपतकालीन अवस्थामा त्यसलाई फेला पार्नु अत्यन्तै कठिन हुने उनीहरूको भनाइ छ । यही कारणले दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फँसेर मृत्यु हुन पुगेको आरोप परिवारले लगाएको छ । एक नजिकैका घरधनीले ९११ मा फोन गरी कारभित्रबाट कराउने आवाज सुनेको बयान दिएका छन् । उजुरीमा भनिएको छ, ‘टेस्लाको डिजाइन छनोटले यस्तो जोखिम सिर्जना ग‍र्यो — दुर्घटनाबाट बचेका यात्रुहरू आगलागी भएको सवारीभित्रै फँस्ने ।’ अन्य प्रतिवादीहरूमा सवारी चालकको सम्पत्ति पनि समावेश छ, जसलाई बाउर सन्तानहरूले लापरवाहीपूर्वक ड्राइभिङ गरेको आरोप लगाएका छन् । यो मुद्दा विस्कन्सिन राज्यको डेन काउन्टी अदालतमा दायर गरिएको हो। एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिदैँ ! बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने  

अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री गर्दै लीपमोटर शीर्ष स्थानमा

काठमाडौं । चिनियाँ नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअप लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ भन्दा बढी सवारी बिक्री गर्दै बिक्रीको शीर्ष स्थानमा उक्लिएको छ। कम्पनीले गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि गरेको बिक्री नतिजा सार्वजनिक गर्दै यसलाई आफ्नो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बताएको छ । यो उपलब्धिले लीपमोटरलाई लगातार आठौं महिनासम्म चीनको सबैभन्दा बढी बिक्री हुने एनईभी स्टार्टअपको रूपमा स्थापित गरेको छ । कम्पनीका अनुसार यो रेकर्डले नवप्रवर्तन, उच्च गुणस्तर र दिगो गतिशीलतामा आफ्नो अटुट प्रतिबद्धता प्रमाणित गरेको छ ।  लीपमोटरले चीनमा मात्र होइन, नेपालसहित विश्वका विभिन्न बजारहरूमा पनि आफ्ना उन्नत, दक्ष र उच्च प्रदर्शन क्षमता भएका विद्युतीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले विश्वव्यापी रूपमा दिगो यातायाततर्फको संक्रमणलाई समर्थन गर्दै विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउने आफ्नो लक्ष्य पुनः दोहोर्याएको छ ।

८ अर्ब ७० करोडका सवारी भित्रिँदा ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारी साधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व  दुवैमा वृद्धि भएको जानकारी दिए । जबकी गत आवको ३ महिनामा भने ६ अर्ब १९ करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  चालु आवको ३ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँ पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ ।  ती सवारी साधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँ पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारी साधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारी साधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।