टाटाले ल्यायो ‘शक्तिशाली’ पिक अप गाडी ‘योद्धा’, ६ महिनापछि नयाँ भेरियन्ट थपिने
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो । उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै नेपाली बाटोले खोजेअनुसारको गाडी भित्र्याएको बताए। उनले भने, ‘भारतमा लन्च गरेपछि यसलाई हामीले कहाँ लन्च गर्ने भनेर खुब सोचेका थियौं । यसो बुझ्दा ६५ प्रतिशत यसको बजार हिस्सा रहेकोले नेपालमा नै लन्च गर्ने टुंगोमा पुगियो ।’ नेपालमा कमर्शियल भेहिकल दुई तिहाई भाग ओगटेको उल्लेख गर्दै उनले नेपालमा यसको बजार विस्तार उपयुक्त रहेको बताए । ‘योद्धा’ नामपछाडिको कारण खुलाउँदै उनले भने, ‘हामीले ‘योद्धा’ नाम कुनै ‘लडाकू’ को रुपमा राखेका होइन । सच्चा मनले चाहने वाला जोकोहीलाई पनि दिल खोलेर सहयोग तथा सहकार्य गर्न तयार रहने पात्रको रुपमा योद्धालाई चरितार्थ गर्न खोजेका छौं । त्यस्तै योद्धा भेहिकलले साच्चै यो गूण अवलम्बन गरेको छ ।’ सिप्रदीले यसलाई नाडा अटो शो मार्फत नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको कम्पनीको दाबी छ । डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो । विभिन्न भेरियन्टमा उपलब्ध यो गाडीमा ८५ एचपिको शक्तिशाली तीन लिटर इञ्जिन तथा २५० एनएमको टर्क रहेको छ ।अबको ६ महिनामा योद्धा प्ल्याटफर्मका नयाँ भेरियन्टका गाडीहरु थप्ने उनले जानकारी दिए । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २६२ एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । ‘सात योद्धा सात चुनौती’ सिप्रदीले विहिबारदेखि ‘सात योद्धा सात चुनौती’ नामक मजबूति परिक्षण अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत फलफूल तथा तरकारी, फर्निचर, ग्यास, पोल्ट्री, माछा, दूध ढुवानीकर्ता क्यास भ्यान र कन्स्ट्रक्सन साइट लगायतका विभिन्न सात क्षेत्रका ग्राहकलाई ६ फरक क्षेत्रमा ५० दिनसम्मको मजबूति परिक्षणका लागि पठाइनेछ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स र मजबूतीलाई प्रमाणित गर्ने कम्पनीले जानकारी दिएको छ । दसैंमा अफर टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस, एमएचसी ट्रक तथा टिपरको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।
जेसीबीको आधिकारिक आउटलेट अब गल्छीमा पनि
काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो । नयाँ ‘एआरओ’को उद्घाटन जेसीबी इन्डिया लिमिटेडका रिजनल सर्भिस म्यानेजर विशाल बन्धु र एआरओका म्यानेजिङ डाइरेक्टर मुरारी आचार्यले संयुक्त रुपमा भएको थियो । यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै हेटौडा र डडेलधुरामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ । नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।
भृकुटीमण्डपमा बिहीबारदेखि यामाहा महामेला, टेस्ट राइड गर्नेले म्याकबुक जित्ने अवसर
काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट चारदिने यामाहा महामेला सुरु हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुने महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन ओइलमा विशेष छुट लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनाएको छ । महामेलामा ग्राहकले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् । यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै, पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था मेलामा प्रसिद्ध बाइकर्सहरुको स्टन्ट सो, सेलिब्रिटी वाक–इन, बी–बोइङ, डान्स, फ्रि लाइसेन्स ट्रायल, ट्स्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन् । परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । साथै, यामाहा बाइक वा स्कुटरको टेस्ट राइड गर्नेले ब्रान्ड न्यु म्याकबुक जित्ने अवसर पाउनेछन् । यामाहाले सबै उमेर र क्षेत्रका राइडरहरुका लागि उपयुक्त हुने बाइक र स्कुटरको रेन्ज नेपाली बजारमा विक्री गर्दै आएको छ । स्कुटरमा फेसिनो, रे जेडआर र रेजी उपलब्ध छन् भने स्टाइल सेग्मेन्टमा सलुटो र एसजी आरआर छन् । त्यसैगरी, प्रिमियम सेग्मेन्टमा एफजी एफआई र एफजी–एस एफआईलाई निकै रुचाइएको छ र रेसिङ सेग्मेन्टमा निकै लोकप्रिय आर१५ र आर३ छन् । एमएडब्लुले केही साता अघि मात्र २५० सीसीको रहेको ‘ग्याप’लाई पुर्ति गर्दै एफजी२५ स्ट्रिटफाइटर नेपाली बजारमा ल्याएको थियो । एफजी२५को उच्च मागले नेपाली युवा राइडर यसको पावर र पर्फमेन्सबाट प्रभावित भएको कम्पनीले दाबी गरेको छ ।