इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

काठमाडौं ।  नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले कोशी प्रदेशको महत्त्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ ।  इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु भएको छ ।  भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइ रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ ।  भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रूपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ ।  यो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ ।  यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने जनाइएको छ । शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।   

परिवारमैत्री र बजेटअनुकूल एमजी साइबर एक्स इलेक्ट्रिक एसयुभी आउँदै

काठमाडौं । एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्स लई आगामी दुई वर्षभित्र बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार यो मोडल परिवारमैत्री इलेक्ट्रिक एसयुभीको रूपमा प्रस्तुत हुनेछ । यो मोडल पहिलो पटक शाङ्घाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।  एमजीको यूके प्रडक्टका डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ को संज्ञा दिएका छन् । साइबर एक्सले कन्सेप्टमा देखाइएको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ । पप(अप हेडलाइटको सट्टा परम्परागत हेडलाइट प्रयोग हुनेछ भने प्यानोरामिक रूफ हटाएर आधुनिक इन्टिरियर राखिनेछ । ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पर्याप्त हेडरूम र लेगरूमले यसलाई परिवारमैत्री बनाउनेछ । साइबर एक्समा एमजीको नयाँ सेमी(सोलिड(स्टेट ब्याट्री प्रविधि प्रयोग हुने अपेक्षा गरिएको छ । यसले करिब ४८२ किमीसम्मको रेन्ज दिने अनुमान गरिएको छ । अधिकांश मोडलमा सिंगल-मोटर फ्रन्ट-ह्वील-ड्राइभ रहनेछ भने उच्च भर्सनमा अल-ह्वील-ड्राइभ पनि उपलब्ध हुने सम्भावना छ । विश्व बजारमा यसको प्रारम्भिक मूल्य ३० हजार यूरोभन्दा कम हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, पहुँचयोग्य मूल्य र व्यवहारिक डिजाइनका कारण यो सानो इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा निकै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। एमजी मोटर एसएआईसी मोटर कर्पोरेसनको स्वामित्वमा रहेको ब्रिटिश ब्रान्ड हो । पेट्रोल, हाइब्रिडदेखि फुल्ली इलेक्ट्रिक मोडलसम्मका सवारी साधन उत्पादन गर्दै आएको एमजीले विश्वव्यापी रूपमा स्टाइलिश, प्रविधिमैत्री र बजेटअनुकूल गाडीमार्फत आफ्नो उपस्थिति मजबुत पारेको छ ।

टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ।  यो कार्यक्रम भदौ २० र २१ मा सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ । यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक र आईसीई मोडलका गाडीहरू एकैसाथ अवलोकन गर्ने, टेस्ट ड्राइभ गर्ने र आकर्षक अफरसहित बुकिङ गर्ने सुविधा पाउनेछन् । प्रदर्शनीमा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी, कर्भ ईभी लगायत लोकप्रिय ईभी मोडलहरू प्रस्तुत गरिएका छन् ।  त्यस्तै, टियागो, पञ्च, नेक्सन र टाटा सफारी जस्ता आईसिई मोडलहरू पनि राखिएको छ । ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्सले विशेष सुविधाहरूसमेत घोषणा गरेको छ।  तीमध्ये लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री कम्प्रहेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर तथा फ्रि होम चार्जिङ इन्स्टलेसन प्रमुख रहेका छन् । कम्पनीले यो कार्यक्रमलाई केवल अफर र आर्थिक सुविधा उपलब्ध गराउने माध्यम मात्र नभई, ग्राहकलाई चाडपर्वको उत्साहसँग जोड्ने प्रयासको रूपमा लिएको छ । कार्यक्रम टाटाको नेपालभरिका शो–रुममार्फत सञ्चालन भइरहेको हो ।