निसानको ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ १६ वटा चेकपोइन्टमा सुरु

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो ।  यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको छ ।  यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौंडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको पायोनियर मोटो कर्पले जनाएको छ । ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।  त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् अनि १५ प्रतिशत छुटमा ‘बडीसप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी, ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०% छुटबाट लाभान्वित हुन सक्नेछन् ।  यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् ।  पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारीसाधन आयात, तथा निसानको सम्पूर्ण मोडेलको गाडीका लागि विक्री, सर्भिसिङ र पाटपूर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ । 

‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेको

काठमाडौं ।  ओमोडा एन्ड जेकोले यही वैशाख १२ गते विश्वव्यापी डिलरहरूका लागि ‘ओ-युनिभर्स’ नामक एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ। यसले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफरोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्ने नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले जनाएको छ । फ्युचरिस्टिक प्रविधिको उत्सव-- ओमोडा ‘ओ–ल्याब’ ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिने जनाइएको छ । ‘ओ–युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडी स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् ।  सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तक्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सL-सेभेन एसएचएस’ र पहिलो पूर्णरूपमा विद्युतीय गाडी ओमोडा ‘ई-फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ ।  साथै ओमोडा एन्ड जेकोले ‘इको-सो’ पनि सुरु गर्दैछ । 

बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क मर्मत र १० वर्षको वारेन्टी पाइने

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहक–केन्द्रित विशेष अभियान ‘०–५–१०’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्तिको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । कम्पनीका अनुसार यो अफर सीमित समयका लागि लागू हुनेछ, जसअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले दुईवटा विशेष सुविधा प्राप्त गर्नेछन् । पहिलो, ५ वर्षसम्म शून्य सर्भिसिङ लागत, जसअन्तर्गत कम्पनीले निःशुल्क वार्षिक मर्मत प्याकेज उपलब्ध गराउनेछ । यसमा लेबर चार्ज, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिशन आयल, ब्रेक आयल, एलभी ब्याट्री, र कुलेन्टजस्ता उपभोग्य सामग्री समावेश हुनेछन् । यो सुविधा कम्पनीको सिफारिस गरिएको सर्भिस तालिका अनुसार पाँच वर्षसम्म उपलब्ध हुनेछ । दोस्रो, ग्राहकले १० वर्ष वा २ लाख किलोमिटर (जुन पहिले पुग्छ) सम्मको विस्तारित वारेन्टी प्राप्त गर्नेछन् । यो वारेन्टी ब्याट्री र मोटर मा लागु हुनेछ । कम्पनीका अनुसार यो सुविधा विद्युतीय सवारी उद्योगमा अहिलेसम्मकै दीर्घकालीन वारेन्टी हो, जसले बीवाईडीको गुणस्तर र ग्राहक सन्तुष्टिप्रति गहिरो प्रतिबद्धता दर्शाउँछ । यो आकर्षक योजना वैशाख ३१ गते सम्म बीवाईडी सवारी बुक गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ । अफर बीवाईडी ब्रान्डका सबै मोडलमा लागू हुनेछ र देशभर रहेका आधिकारिक शोरूमहरू तथा प्रचार कार्यक्रमहरूबाट जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अभियान घोषणा गर्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतम ले भने, 'नयाँ वर्षमा प्रवेश गर्दै गर्दा हामीले कार मात्र नभई दश वर्षसम्मको एस्योरेन्स र केयर सहितको उत्सव मनाउन चाहेका छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो नेपाललाई स्वच्छ र दिगो विद्युतीय यातायात प्रणालीतर्फ लैजाने हाम्रो दृढ संकल्पको प्रतिबिम्ब हो ।' गौतमले बीवाईडीले ग्राहकहरूको विश्वासप्रति आभार प्रकट गर्दै अझ हरित भविष्यतर्फको यात्रामा साथ दिन आग्रह गरे ।