राइड र डेलिभरी : सबै डिल्सका लागि एउटै एप इन्ड्राइभ

काठमाडौं । विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू रकम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोटगर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ। इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो र त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ। सेवा नपुगेका बजारहरूमा विद्यमानखाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग हो। सुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा-प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू, र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेकाे कम्पनीले जनाएकाे छ। ‘हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य-सहनशिलताको नीति लिँदै आएका छौं । एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं’, राइड-हेलिङ एपीएसी इनड्राइभका डाइरेक्टर  रोमन एर्मोसिनले भने । वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर स्वतन्त्र चालकहरू हालइन्ड्राइभ (इनर ड्राइभ)को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड-हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभलेप्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्। आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।

ट्रक उत्पादक कम्पनी आइसरको ग्राहक भेला सम्पन्न

काठमाडौं ।  ट्रक तथा बस कम्पनी आइसरको ग्राहक भेला सम्पन्न भएको छ । बाँकेको नेपालगञ्जमा आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो । भेलामा ५० जनाभन्दा बढी ग्राहक सहभागी थिए । कार्यक्रममा आइसर ३०१५ जे एचएसडी मोडेलका फिचरहरूबारे जानकारी गराइएको थियो । सहभागीहरूलाई गाडीको शक्तिशाली इन्जिन, माइलेजर सुरक्षा सुविधालगायत प्रभावकारी फिचरहरूबारे जानकारी गराइएको थियो। ‘नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट खुसी छौँ। सहभागीको उत्साहले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ,’ आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले भने । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडीबाट तुलात्मक रूपमा पाँचदेखि ८ प्रतिशत अतिरिक्त माइलेज पाइने उनले बताए। साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको उनले जानकारी दिए । उक्त गाडीले उकालोमा १०.३ टन भार बहन गर्न सक्ने उनको भनाइ छ।

बङ्गुरपालन व्यवसाय संकटमा, सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य

गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय  बङ्गुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा बङ्गुर छन् । मासिक १२ लाख मुनाफा कमाउँदै आएका उनको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ । उनले व्यावसाय सञ्चालन गरेको चार वर्ष बङ्गुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आएका थिए । उनले पछिल्लो समय बङ्गुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताए । ‘व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बङ्गुरका पाठापाठी र मासु पुर्याउनै धौ भयो’, उनले दुखेसो पोखे, ‘अहिले हामी महँगीको मारमा परेका छौँ, दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बङ्गुर निर्यातमासमेत समस्या हुँदै आएको छ ।’ ‘व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको छ’, किसान विश्वकर्माले भने, ‘यस्तै समस्या यथावत रहेमा व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न ।’ ‘व्यवसाय गरेको करिब चार वर्ष सन्तुष्ट थिएँ, अहिले दानापानीमा भएको मूल्यवृद्धिले व्यवसाय नै छोडौँ कि जस्तो हुन्छ’, उनले थपे, ‘भन्दा सजिलो जस्तो पेशा देखिए पनि बङ्गुरलाई दाना पुर्याउन गाह्रो हुने रहेछ ।’ विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बङ्गुरलाई दाना पुर्याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गरे । उनले लगानीअनुुसार अन्य पशुपक्षीको तुलनामा बङ्गुरको मासुको मूल्य उचित नभएको दाबी गरे । ‘स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य नौ सय रुपैयाँ हुँदा बङ्गुरको मासुको मूल्य धार्नीको आठ सय रुपैयाँ हुनु किसान मारमा पर्नु हो’, विश्वकर्माले भने, ‘खसीबोकामा भन्दा बङ्गुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बङ्गुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।’ उनले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राखे । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए । ‘विदेशमा छ वर्ष बिताए, आर्थिक स्थिति तब पनि सुल्झेन’, उनले भने, ‘प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बङ्गुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।’ किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन  माउँ र एउटा बङ्गुरको पाठोबाट सङ्ख्या बढाएर २६ बङ्गुर उत्पादन गरेर फार्म दर्ता गरेका थिए । उनले सुरुमा मासु उत्पादनका लागि बङ्गुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताए । यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ ।उनलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आएकी छिन् । रासस