दराजको नयाँ वर्ष उत्सव सार्वजनिक, ७० प्रतिशतसम्म छुट

काठमाडौं । दराजले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । ‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र विक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन् | यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनले जानकारी दिइन् । कम्पनीका अनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि -पेमेन्टमा १००० रुपैयाँसम्म छुट  उपलब्ध रहेको छ । दराजका अनुसार नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (१ हजारसम्म)छुट लिन सक्नेछन् | त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम १०० सम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने छ ।

झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत उपभोक्ताहरुले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने छ । ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ । सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने छ । हाल गोरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी ९दमक० १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरुले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । त्यस क्षेत्रका कृषकहरुले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिंचाइ गर्दै आएका छन् । पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई त्यस क्षेत्रमा कुटानीपिसानी मिलका उपकरणहरु पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा सङ्लग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए । पाडाजुगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ। केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण लाइन तान्न सकिएको छ । गौरादह क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधान गर्न जरुरी भएकोले वैकल्पिक व्यवस्थाको रुपमा पाडाजुगी–गौरीगञ्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलीयतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।

एशियन पेन्ट्स नेपालले सार्वजनिक गर्यो घरलाई सधै जवान राख्ने ४ नयाँ उत्पादन

काठमाडौं । एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर समूह र रोयल प्ले समुह अन्तर्गतको २/२ नयाँ उत्पादनहरु सार्वजनिक गरको छ । कम्पनीले स्मार्टकेयर समूह अन्तर्गत सिलिकन शिल्ड, हाइड्रोलक र रोयल प्ले समुह अन्तर्गत  बारिक र स्टुको सार्वजनिक गरेको हो । कम्पनीको अनुसार स्मार्टकेयर समूह अन्तर्गतको नयाँ उत्पादनहरुले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्दछ भने रोयल प्ले समुहका उत्पादनहरुले भने घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने गर्दछ । स्मार्टकेयर समूह अन्तर्गतको सिलिकन शिल्डमा रहेको पेनीट्रेटिभ फर्मुलेसनले ईट्टा, ढुङ्गा र क्ले टायलहरुको लागि अनुकूल राख्नुको साथै  घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिने कम्पनीको दावी छ । त्यसैगरि, पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन रहेको हाइड्रोलक भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ । यस्तै, रोयल प्ले समुहको बारिक अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र स्टुकोले भित्री भित्ताहरुमा मार्बलको लुक्स दिने कम्पनीले जानकारी दिएको छ ।