मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा आज बढेको मूल्य अनुसार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, नेपाली बजारमा चाँदीको तोलामा मूल्य १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

भृकुटीमण्डपमा जेठ ४ गतेबाट चेम्बर एक्स्पो हुने 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को आयोजना गर्ने भएको छ । चेम्बरले भृकुटीमण्डपमा जेठ ४ देखि ८ गतेसम्म सो  एक्सपो गर्ने भएको हो । मुलुक आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गई रहेको परिपेक्षमा राष्ट्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिताका लागि उक्त एक्स्पोको आयोजना गर्ने भएको चेम्बरले बताएको छ । छैटौं संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको बताइएको छ । एक्स्पोमा मिनिस्ट्रिी अफ कमर्श एण्ड इएपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने बताइएको छ । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज, हाइड्रो लजेस्टिक, सामग्रीको प्रदर्शनी गरिने छ । यस्तै, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स्, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरी प्रडक्ट लगायत सामग्री पनि प्रदर्शनी हुने बताइएको छ । चेम्बरका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल हुने छन् ।

फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी राजधानीमा हुँदै

काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी “नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३’ शुक्रबारदेखि राजधानीमा आयोजना हुने भएको छ । स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा वैशाख २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म प्रदर्शनी आयोजना गर्न लागेको हो । अन्तराष्ट्रियस्तरको यस प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिने आयोजकले बताएको छ । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापक डी।एन इभेन्ट्स प्रलि रहेको छ । नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहने प्रदर्शनीले फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने उद्देश्य राखेको आयोजके जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० का अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरी बहादुर दर्लामी र नेपालका लागि भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भूटियाले संयुक्त रुपमा उद्घाटन गर्ने एक्स्पो बिहान १० बजेदेखि बेलुका छ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने बताइएको छ ।