सर्वोत्तम सिमेन्टद्वारा सुनवल नगरपालिकाकाे अस्पताललाई मेडिकल उपकरण सहयाेग
काठमाडाैं । सर्वोत्तम सिमेन्टले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित अस्पताललाई लागि अत्यावश्यक मेडिकल उपकरणहरु सहयाेग गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायण प्रसाद पाण्डेले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमु दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन् । कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लोमिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु नगरपालिकालाई प्रदान गरेको हो । कम्पनीले अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास लिएकाे जनाएकाे छ ।
तपाईकाे सामानहरुलाई जीवाणु रहित बनाउन गाेदरेजकाे भाईरोसिल्ड
काठमाडाैं । हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु निकै आवश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड बजारमा उपलब्ध छ । २ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएकाे छ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन । आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।
शुक्रबार ९०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा किन बचेभएको थियो ।