खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५ सयसम्म क्यासब्याक
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् । कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर सञ्चालनमा ल्याईएको जनाएको छ । सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । खल्तीका प्रवन्धक पवल खरेलले नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जनाए । उनका अनुसार खल्तीका १९ लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिनेछ ।
सामानलाई जिवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड
काठमाडौं । हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जिवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड एकदम उपयुक्त मानिएको छ । २ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन । आईसीएमआर ल्याब तथा सिएसआइआर अर्गनाईजेशन द्वारा सर्टिफाईड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ । गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएलले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले साउन १५ गतेबाट उक्त स्थानमा आफ्नो १११ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारु लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले आफ्ना १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।