५ प्रतिशत ब्याजमा १ खर्ब पुर्नकर्जा
काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने सुविधाको व्यवस्था गरिएको छ । घरेलु, साना तथा मझौलाा उद्योग तथा कोरोना प्रभावित पर्यटन व्यवसायक श्रमिक तथा कर्मचारीको पारिश्रमक भुक्तानी तथा व्यवसाय संचालनका लागि ५ प्रतिशतमा कर्जा ब्याजजका लागि ५० अर्बको छुट्टै कोष खडा गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
सरकारले छुट दिने भनेको घरभाडाको विषय विवादित बन्दै, स्थानीय तह भन्छन्ः द्वन्द नै हुने भयो
काठमाडौं । लकडाउन अवधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको थियो । तर, त्यही घरभाडाको विषयमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । तर, स्थानीय सरकारका प्रतिनिधिहरु भने घरभाडा कै विषयमा विवाद सुरु भएको बताउछन् । घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने बताएको थियो । सरकारले यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको थियो । तर स्थानीय सरकार भने लागू गर्न नसकिने बताउछन् । संघीय सरकारको निर्णय स्थानीय तहले सुन्नै मन्दैन्न । संघीय सरकार भाडा नलिनु भनिरहेको छ । तर घरधनीहरुले भाडामा बस्नेहरुसँग भाडा लिरहेका छन् । स्थानीय प्रतिनिधिहरु सरकारले बोलेकै आधारमा घरभाडा छुट दिन नसकिने बताउछन् । ठूला उद्योगी व्यवासायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसघं र नेपाल चेम्बर अफ कर्मशले सरकारसगँ सञ्चालित उद्योगको घरभाडा छुटको कुरा नै नउठाएको बताउछन् । तर नेपाल घरेलु तथा साना उद्योग महासंघले भने उद्योग, कृषि, श्रम, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यलयसम्म गएर सके ६ महिनाको र नसके लकडाउ अवधिभरको भाडा छुट गर्ने व्यवास्था मिलाउन सरकारसँग माग गरेको छ । घर भाडाको विषयका के भन्छन स्थानीय सरकार सरकारले भाडा छुट दिने भनेर बोल्दा स्थानीय तहमा समस्या आएको स्थानीय जनप्रतिनिधिहरु बताउछन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले संघीय सरकारले बोलेर मात्रै घरभाडा छुट गर्न नसकिने बताए । उनका अनुसार घरधनीहरु भाडा छुट गर्न तयार छन्, तर छुट गरेको भाडा वडाले दिनु पर्छ भनिरहेका छन् । वडाले त्यसरी घरधनीलाई पैसा दिनसक्ने अवस्था नरहेको डंगोलले बताए । ‘संघीय सरकारले कानुन बनाए वा परिपत्र गरेको भए पनि हामीलाई सजिलो हुन्थ्याे, केही नगरी त्यतिकै घरभाडा छुट भनिएको छ, संघीय सरकारले गरेको निर्णय स्थानीय सरकारले सहजिकरण मात्रै गर्ने हो, घरभाडाबाट आएको पैसाले नै घरधनीहरुले खाइरहेका छन, त्यस्ता घरधनीहरुले घरभाडा छुट दिन सक्दैनन्, हामीसगँ घरभाडा छुट दिने कानुन पनि छैन्, घरभाडाको विषयले नै द्धन्द हुने भइसक्यो, त्यसैले घरभाडा छुट दिन सकिदैन,’ डंगोलले भने । ललितपुर महानगपालिकाका प्रवक्ता राजु महर्जनले सरकारले श्रकिकहरुका लागि घरभाडा छुटको प्रस्ताव मात्रै गरेको बताए । ‘ललितपुर महानगरले घरधनी र भाडामा बस्ने व्यक्तिहरुको आयस्रोको अध्ययन गरेर कसलाई छुट दिनुपर्ने हो र हैन भनेर छुट्टयाउने छ, भाडामा बस्नेहरु घरभाडा छुट हो भनिरहेका छन्, घरधनीहरु हाम्रो बैंकमा भएको लोन सरकारले तिर्छ भनेर सोध्छन्’, महर्जनले भने । भाडाको विषयमा के भन्छन् उद्योगी ? नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारणले उद्योगमा धेरै समस्या आएको बताए । भाडाको विषयमा महासंघमा छलफल नभएको उनकाे भनाइ छ । तर सरकारले भाडा छुट गर्दा औद्योगीका क्षेत्रमा संञ्चालन भएको उद्योगहरुको भवन र जग्गाको बिल उद्योगीको हातमा गहिरहेको भन्दै उनले सरकार आफै छुट भनेर भन्ने अनि बिल पनि पठाउने गरिरहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि सरकारसगँ घरपभाडा भन्दा पनि अन्य समस्याको सामाधानका लागि सरकारसगँ माग गरेको बताए । निर्माणको कर, विद्युत, श्रमिकको विषयमा मात्रै परिसघंमा छलफल भएको छ । भाडाको घरमा सञ्चालित उद्योगको भाडा छुटको विषयमा छलफल समेत नभएको मोरले बताए । नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारीका प्रयोजनमा प्रयोग भएको घरभाडाको विषयमा चेम्बरमा छलफला नभएको बताए । भाडामा लिदा नै लिने र दिनेबीच सहमति भएको हुन्छ भन्दै उनले यो विषय घरधनी र घरभाडामा लिने व्यक्तिबीचको छलफल गरेर जाने विषय हो भने । ‘संकटको समय छ, घरधनीले नै पनि मनवीयता सझेर छुट पनि दिन सक्छन्, कुनै घरधनी समस्यामा पनि हुन सक्छन, त्यही घरबाट आएको पैसाले जिविकोपार्जन गरिरहेका पनि छन्, त्यसैले यो विषयका चेम्बरले बोल्नु भन्दा पनि दुई पक्ष बसेर छलफल गरेको नै राम्रो हुन्छ,’ मल्लले भने । नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारसगँ घरेलु तथा साना उद्योग समस्यामा रहेको र सके ६ महिनाको र नसके लकडाउन भरिको घरभाडी छुटको व्यवस्था मिलाउन माग गरेको बताए । कोभिड–१९ ले विश्वव्यापी रुपमा आर्थिक, सामाजिक र मनोबैज्ञानिक प्रतिकुल प्रभाव परिहेको छ उद्योग, व्यापार, पर्यटन, कृषि, उर्जा, सेवा क्षेत्र लगायत समग्र अर्थतन्त्र प्रतिकुल असर परेको छ । सबै बन्द छन् । ती नै उद्योगमा काम गर्ने श्रमिकको पनि तलब आएको छैन। सम्बन्धित सामग्री भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ
भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ
काठमाडौं । देश लकडाउनमा गएको पनि २ महिना भइसक्यो । लकडाउन सुरु भएपछि सबै व्यापार तथा उद्योग कलकारखाना बन्द छन् । सरकार लकडाउन बढाउदै गइरहेको छ । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेलका व्यापारीलाई आफूले सञ्चालन गरेको पसलको घरभाडा कसरी तिर्ने भन्ने चिन्दा बढ्दै गएको छ । घर धनीले व्यापारीहरुलाई फोन गरेर घरभाडा माग्न थालेका छन् । व्यापार व्यवसाय बन्द भएपछि घरधनीलाई कसरी घरभाडा तिर्ने भनेर व्यापारीहरुलाई रातमा निद्रा न दिनमा भोक भएकाे छ । व्यापारीहरुको लागि कोरोनाभन्दा पनि ठूलो चिन्ता घरभाडाको छ । काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुको सगंठले धेरै पटक व्यापारीको समस्या सरकारलाई सुनाउने प्रयास गरे। तर सरकारले भने व्यापारीहरुको कुरा नै सुन्न नचाहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । राजधानीको प्रमुख व्यापरिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबैद्ध हो । अरुबेला उपत्यका र उपत्यका बहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान छन् । नेपालभर नै सबै किसिमका व्यवसाय बन्द छन् । व्यापार व्यावसय बन्द हुदा अर्थतन्त्रमा असर परेको छ । काठमाडौं महानगरपलिकाले ७ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा करिब साढे ३ अर्ब मात्रै संकलन गरेको छ । काठमाडौंको मुख्य व्यापारिक केन्द्रमा १० हजार सटरहरु व्यापारिक प्रयोजनमा प्रयोग भहिरहेको छ । लकडाउनको कारणले व्यापार नहुँदा महानगरले आफ्नो लक्ष्य अनुसार राजस्व उठाउन नसकेको हो । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल, न्युरोड, महाबैद्ध सुनसान बनेको हो । यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन नगर्न भनिरहेको छ । नेपाल राष्ट्रय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योग र व्यापारीको कुरा नै नसुनेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चम्बर अर्फ कर्मसको मात्रै सरकारले समस्या सुनिरहेको उनकाे आरोप छ । व्यापारिक केन्द्रहरुको प्रतिनिधिहरुलाई पनि राखेर एउटा समिति गठन गरेर सबैबीच छलफल गर्नु पर्ने कटुवाल बताउँछन् । ‘१० हजार सटरमा भैरहेको व्यापार अब कतिले छोडेर जाने छन्, बैंकमा लोन छ, घरभाडाका लागि घरधनीको फोन आइरहेको छ, पसलमा काम गर्ने कर्मचारीको तलबको विषय पनि त्यस्तै अवस्था छ, पसल वा गोदममा भएका समान चिसो लागेर बिग्रिएको र मुसाले सामान काटेर नष्ट भएको छ, चीनबाट सामान बोकेको ७ सय कन्टेनर बाटामा नै रोकिएर बसेका छन्, विविध कारणले व्यापारी समस्यामा परेका छन्,’ कटुवाले भने । काठमाडौं सटर भाडामा लगाएका घरधनीहरुले मसिक १५ देखि २० लाख भाडा उठाउने गरेका छन् । लकडाउनको भाडा छुट दिनु पर्यो भनेर सम्बन्धित निकायमा माग गरिरहे पनि नियामक निकायले नसुनेको कटुवालले बताए । काठमाडौं महानगरपालिका राजश्व विभागका नुरनिधि न्यौपानेले काठमाडौं महानागपालिकाले राजस्वाको लक्ष्य ७ अर्बको भए पनि ५१ प्रतिशत मात्रै संकलन भएको बताए । ‘८ महिनामा ५१ प्रतिशत मात्रै राजस्व उठेको छ, अरु समय पनि असारमा धेरै राजस्व उठ्ने गरेको थियो, तर लकडाउन कति समय हो भन्ने एकिन छैन्, ठूला व्यापारीहरुले असारमा नै राजस्वा तिर्ने भएकोले पनि कम राजस्व संकलन भएको छ,’ न्यौपानेले भने । किनमेल गर्नेको सधैं भीड रहने महाबौद्ध ठमेल लगायत क्षेत्र व्यस्त रहेने गरेको थियो । यहाँका धेरै व्यापारीहरुले चीनबाट सोझै आयात गर्ने गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाका खुद्रा बिक्रेताले हारालुछ गरेर खरिद सामान लाने गरेका थिए । भीड कहिल्यै नघट्ने दबारमार्ग, न्युरोड, ठमेल, महाबौद्धका लगायतका बजार यतिबेला सुनसान छन् । भीड नभएको देख्ता जोसुकैलाई अनौठो लाग्ने अवस्था छ । लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल शुन्य नै छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स र व्यापारिक गल्लीहरु शून्य देखिएका छन् । न्यूरोडका कम्प्युटर व्यापारी प्रशान्त श्रेष्ठले अब बैंकको लोन, पसलको भाडा र कर्मचारीको तलबको नै ठूलो समस्या रहेको बताए । ‘घरधनीले घरभाडा चाहियो भनेर फोन गरिसकेका छन्, भाडा पनि महिनाको ४ लाख छ । व्यापार भएको भए केही समस्या हुने थिएन । बैंकको लोनको पनि कुन्दिन फोन आउछ भनेर चिन्ता लागिरहेकको छ’, श्रेष्ठले भने । कारोनासँगै घरभाडा कसरी तिर्ने भनेर चिन्ता भैरहेको उनले बताए । चिन्ताले दिनमा भोक न रातमा निन्द्रा भैसकेकाे श्रेष्ठकाे भनाइ छ । त्यस्तै महाबौद्धमा कपडा र जुत्ता व्यापारी राम लामाको पनि चिन्ता त्यस्तै छ । ‘ल्याएर पसलमा राखेको सामान पनि बिग्रिले समय भहिसक्यो । लकडाउन कहिले खुल्छ भन्ने थाह छैन, घरभाडा तिर्न नै सबैभन्दा ठूलो समस्या रहेको छ । सरकालाई हामीले कर तिरिरहेका छौं । घर भाडा नै महिनाको ७ लाख छ । सरकारले पनि व्यापारीहरुलाई समस्या परेको बेला सहयोग गर्छ कि भन्ने आसा लागिरहेको छ’, लामाले भने । न्यूरोडका एक भाडा पसलेले नयाँ नम्बरबाट फोन आउदा मनै झसंग हुने गेरेको बताए । उद्यारो सामान झारेर लकडाउन हुनुभन्दा अगाडी बिक्री गरेको र बिक्रीबाट आएको पैसा घर बसेर सकिएको उनी बताउछन् । घरधनीदेखि साहूँले फोन गरेर पैसा मागिरहेका तर आफूसँग पैसा नभएकाे अब पसल नै बेच्ने सुरमा रहेकाे उनले सुनाए ।