घर जान पाइने भन्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं । सरकार काठमाडौंमा रहेकाहरुलाई घर जान दिने भन्ने निर्णयबाट पछि हटेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । तर, त्यसको केही समयपछि पुनः सरकारले सो निर्णय नगरेको भन्दै आएका समाचार गलत भएको जनाएको छ । बिहिबार पोखरेलको नेतृत्वमा यातायात व्यवसायीहरु समेत गरेर यसको विषयमा बैठक बसेको थियो । सो बैठकले घर जान दिने भन्ने त निर्णय गर्यो । त्यो निर्णय गरेकाे केहि समयमै सामाजिक सञ्जालमा केही मतभेद आएपछि सरकार सो निर्णयबाट पछि हटेकाे हाे । रक्षामन्त्री पोखरले ट्वीट गर्दै भनेका छन्,- ”काठमाडाैं प्रवेश गर्न नपाइने तर काठमाडाैंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ’ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को गंभीर ध्यानाकर्षण भएको छ ।” यस किसिमको कुनै निर्णय नभएको, कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको छ ।’ यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । ‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।’- उनले ट्वीटमा भनेका छन् । तर, याे भन्दा अगाडि सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको बताएका थिए । तर, अहिले नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । मन्त्रीले अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए । कोभिड-१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए ।
लकडाउनपछि देशैभर ५० किसिमका कृषिजन्य उद्योग खोल्छौं: पवनकुमार गोल्यान
काठमाडौं । लकडाउनको समयमा धेरै उद्योगीहरु उद्योग सम्बन्धी केही सोच्न नसकेको बताउछन् । तर उद्योगी पवनकुमार गोल्यान भने लकडाउनको समयमा नेपालमा कसरी उद्योग विस्तार गर्न सकिन्छ भनेर याेजना बनाइरहेका छन् । ‘लकडाउनको बेल देशलाई कसरी आत्मनिभर गराउने भनेर सोचिरहेको छु, लकडाउन पछि देशभर ५० प्रकारको कृषिजन्य उद्योग स्थापना गर्ने लक्ष्यकासाथ हाम्रो ग्रुपले काम गरिरहेको छ,’ गोल्यानले विकासन्युजसगँ भने । कृषि क्षेत्रलाई अहिले महत्व दिनु पर्ने भन्दै उनले कृषकलाई उत्पादन बृद्धी गर्न गर्न सहजीकरण र कृषकले आफ्नो खेतबारीसम्म गएर खेतीपातीको काम गर्न सजिलो हुने वातावरणा बनाउनु पर्ने गोल्यान बताउछन् । कृषकलाई सरकारले विनाधित्तो दिने भनेको १५ लाख रूपैयाँ ऋणको सदुपायोग गरेर कृषकलाई कृषिजन्य उत्पादनमा प्रत्यक्ष जोडेर देशलाई कृषिमा आत्मनिभर हुने गरी याेजना बनाए कार्यान्वयनकाे पहल गोल्यान समूहले गरिरहेको छ । सरकारले किसानलाई आफ्नो काम गर्न दिने र आवश्यक परेको खण्डमा कृषको उपचार निशुल्क गर्नुलगायतका कुराहरू सहजीकरण गर्नु पर्ने उनी बताउछन् । साना उद्योगमार्फत देशको अर्थतन्त्रमा ठूलो उपलब्धि हासिल गर्न सहयोग मिल्ने भन्दै उनले पोटाटो चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायतका कृषिजन्य उत्पादन गर्ने ५० किसिमका उद्योग स्थापनाकाे गृहकार्य भइरहेकाे जानकारी दिए । एउटा उद्योगमा १० जना देखि ५ सय जनासम्मले रोजगार पाउने गोल्यान बताउछन् । ४/५ लाख रूपैयाँमा साना–साना उद्योगहरू स्थापना गर्न सकिने उनले बताए । कृषिजन्य उत्पादनका लागि घरका परिवारका सदस्यहरूले समेत चलाउन सक्ने गोल्यान बताउछन् । गोल्यानले स्थापना गर्न लागेको कृषिजन्य उद्योगमा स्थानीय कृषकदेखि आमा समूहसम्म संलग्न हुन सक्छन् । नेपालमा नै उत्पादन गर्न सकिने आलु चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायत बस्तुहरु अर्बौं रुपैयाँको आयात हुने गरेको छ । आयात हुने सामान्य बस्तुहरु नेपालमा नै उत्पादन गर्न सके देशको पैसा विदेश नजाने गोल्यानले बताए । उत्पादनका लागि सीप सिकाउन, बजारीकरणमा गोल्यान समूहले नै सहयोग गर्छ । गोल्यान समूहले मापदण्ड बनाउने र माल किनेर समूहले नैे प्याकेजिङमा सहयोग गर्नेछ । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारमाभन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागिरहेको छ गोल्यान समूह । बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी गरिसकेको छ । समूहले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिसकेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने उद्देश्यका साथ ग्रुपले काम गरिरहेको छ ।
लकडाउनमा दाल चाहियो कि ताजा तरकारी ? औषधी र रेष्टुरेन्टका खानासमेत अर्डर गर्ने यस्ता छन् विकल्प
काठमाडौं । देश लकडाउनको स्थितिमा छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन लम्बाएर बैशाख ३ गतेसम्म पुर्याएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनको आज १७औं दिन हो । लकडाउनमा सबैलाई घरबाट ननिस्कन अनुरोध गरिएको छ । स्वास्थ्य सेवा, खाद्यन्न र केही महत्वपुर्ण सेवामा संलग्न भएका बाहेक सबै मासिन अहिले घरमै छन् । खाद्यन्न किन्नलाई सरकारले बिहान र साँझको केही समय छुटाएको छ । तर, आँखाले नदेख्ने भाईरस कहाँ कहाँ छ भनेर हामी अनविज्ञ छौं । एक मानिसबाट अर्का मानिसमा थुकको छिटाहरुबाट सर्ने कोरोना भाइरसबाट जोगिन पूरै संसार लकडाउनमा छ । नेपाल कोरोना भाइरसस संक्रमणको दोस्रो चरणमा अर्थात विदेशबाट आएका संक्रमित व्यक्तिले दोस्रोलाई कोरोना सारिसकेको छ । त्यसैले सर्तकर्ता बढाउन अझ जरुरी छ । त्यसैले घरै बस्नु र अत्यावश्यक सामाग्री घरमै मगाउनु सबैभन्दा उत्तम उपाय हो । तपाईलाई थाहा न होला तर भाटभटेनी जस्ता धेरै सुपरमार्केटले लकडाउनको समयमा घरघर अत्यावश्यक सामाग्री जस्तै नुनु, तेल, औषधी, रेष्टुरेन्टको खाना, बेकरी आईटम्स अर्गानिक खाना, खाना पकाउने ग्यासलगायत डेलिभर गरिरहेका छन् । भाटभटेनीले तोकेको ५ हजारभन्दा कमको सामाग्री अर्डर गर्न नपाईने भएकोले एक्लै बस्नेहरुको लागि उपयुक्त हुनसक्छ । त्यसैले यदि तपाई ५ हजारभन्दा पनि कम मूल्यको सामान अर्डर गर्ने विकल्प सोचिरहनु भएको छ भने यो सामग्री उपयोगी हुन सक्छ । १. भाटभटेनी भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, विराटनगर, भैरहवा, नेपालगंजमा होम डेलिभरी सेवा दिईरहेको छ । तपाईले ईन्स्टाग्रामबाट वा भाईबरबाट आफुलाई आवश्यक परेको सामान घरमै मगाउन सक्नुहुनेछ । घरमै सामान मगाउनको लागि भाटभटेनीले भाईबर नं ९८०१२३४८८६१ दिएको छ । यो नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिन्छ । कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सबै सामग्री लकडाउनअघिकै मुल्यमा विक्री गरिएको बताएका छन् । भाटभटेनीमा फेन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । २. भोजडिल्स भोजडिल्स घर वा अफिसबाट रेष्टुरेन्टको खाना अर्डर गर्ने एप हो । तर हाल लकडाउनको समयमा यसले अत्यावश्यक सामग्रीहरु डेलिभर गर्दै आएको छ । तपाईले यो एप डाउनलोड गरेर सामग्रीहरु अर्डर गर्न सक्नुहुन्छ । यसमा ताज तरकारी–फलफूलदेखि लिएर दैनिक उपभोग्य बस्तु तथा बालबालिकाको डाईपर साथै औषधीहरु पनि अर्डर गर्नसक्नुहुन्छ । भोजडिल्समा १ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री अर्डर गर्नुपर्ने हुन्छ । यसले पनि निःशुल्क होमडेलिभरीको व्यवस्था मिलाएको छ । ३. दराज डट कम नेपालमा अनलाईन सपिङको बहार ल्याउनेमा दराजको मुख्यभूमिका छ । लकडाउनको समयमा दराजले बिगमार्टसँगको साँझदारीमा १५ सयभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । चामल, नुन, तेल, हात धुने सामाग्री, बालबालिकाको खानेकुरा, स्याम्पु, मन्जनलगायतका अत्यावश्यक सामाग्री तपाईले अर्डर गर्न सक्नुहुन्छ । हाल काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र यसले सेवा प्रदान गरिरहेको छ । ४. सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । तपाईले भाइबर वा फोन गरेर सामाग्री मगाउन सक्नुहुनेछ । सेल्सबेरी सातदोबाटो (९८०१२३४८९७), सेल्सबेरी सितापाईला (९८०१९०५२१९), सेल्सबेरी महाराजगंज (९८०१९७१३१२) मा सम्पर्क गरी तपाईले आवश्यक सामाग्री मगाउन सक्नुहुन्छ । यस्तै, खाद्यन्नहरुको लागि दरबारमार्ट डटकम रहेको छ जसमा तपाईले १ हजार माथिको सामाग्री मगाउन सक्नुहुन्छ । साथै मेरोकिरना डटकम (०१–४४११०००), निमबसबजार र सस्तोडिलबाट पनि अनलाईन अर्डर गरी सामान घरमै पाउन सक्नुहुन्छ । ताजा तरकारी, मासुको लागि १. फुडमाण्डु रेष्ट्रेन्टको खाना घरघर पुराउने फुडमाण्डुले लकडाउनको समयमा रेष्टुरेन्टको खानालाई केही समयको लागि बन्द गरेर ताजा तरकारी, मासु, फलफूल, बेकरी आईटमहरु घरघर पुराउन सुरु गरेको छ । तपाईले यसको वेभसाईटमा गएर १५ सय भन्दा माथिको सामाग्री दिउँसो १२ बजेपछि मगाउन सक्नुहुन्छ । २. काठमाडौं आर्गनिक्सडटकम काठमाडौं आर्गनिक्सले पनि घरघरै आर्गनिक सामाग्रीहरु लकडाउनको समयमा पुराउने गरेको छ । आर्गनिक खानेकुरामा रुची राख्नेले यहाँबाट आर्गनिक दाल, चामल, मह, मसला साथै मुलाको अचार र अन्य आवश्यक भान्सका सामग्री अर्डर गर्न सकिन्छ । १५ सय रुपैयाँभन्दा बढी मुल्यको सामाग्री तपाईले यसबाट अर्डर गर्न सक्नुहुनेछ । यसको सेवा शुल्क १ सय ५० रहेको छ । यस्तै सामाग्री तपाईले ग्रिनग्रोथडट लाईफ, लेशेर्पाडेलिभरी डटकम र खेतीफुड डटकमबाट पनि अर्डर गर्न सक्नुहुनेछ । औषधी १. जिभी एप तपाईले जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन (सिटामोल, खोकीको औषधी) मेडिकल उपकरण (थर्मोमिटर, प्रेसर जाँच्ने मेसिन, व्हील चेयर), बालबालिकाको र व्यक्तिगत हेरचाहको लागि क्रिमहरु अर्डर गर्न सक्नुहुनेछ । ५ सय रुपैयाँभन्दा कम मुल्यको सामग्रीको लागि ५० रुपैयाँ सेवा शुल्क तिनुपर्नछ भने त्योभन्दा माथिको मूल्यका औषधी तथा स्वास्थ्य उपकरण अर्डर गरेमा अतिरिक्त शुल्क तिर्नु पर्दैन । २. ईजीकेयर डटकम यस्तै डाक्टर सम्बन्धी सेवाको लागि तपाईले ईजिकेयर डट कमडट एनपीको वेभसाईट प्रयोग गर्न सक्नुहुन्छ । यसले औषधी उपकरणको साथै डाक्टरसँग सम्पर्क गराइदिन्छ । रेष्टुरेन्टको खाना र बेकरी आईटम्स १. काइरोस क्याफे, झम्सिखेल झम्सिखेलस्थित काईरोस क्याफेले यो समयमा रेष्टुरेन्टको खाना मनपराउनेहरुको लागि खाना डेलिभरी गर्ने गरेको छ । उपल्बध खानाको मेन्यु उनीहरुको ईन्स्टाग्राम र फेसबुक पेजमा पाउन सकिन्छ । क्याफेको संम्पर्क नं ९८१३४९३९०२ मा सम्पर्क गरेर पनि खाना अर्डर गर्न सकिन्छ । २. नौलो बेक्स, कुपण्डोल कुपण्डोलस्थित यस बेकरी क्याफेले केक, पिज्जा, बर्गर, डुनोट, बे्रडका साथै अन्य धेरै बेकरी आईटम डेलिभर गर्ने गरेको छ । क्याफेको संम्पर्क नं ९८६१५१६३९० मा सम्पर्क गरेर पनि अर्डर गर्न सकिन्छ । यस्तै लाजिम्पाटस्थित पियाने एण्ड एभरफ्रेस नोम्याण्डको संम्पर्क नं ९८४३४२८३५२ र भिनो बिस्ट्रो फ्रेन्च कर्नरको सम्पर्क नं ९८४९४८०४३२ बाट पनि तपाईले रेष्टुरेन्टको खाना घरमा नै मगाउन सक्नुहुन्छ । अन्य ग्यास नेपाल आयल निगमले केयर होम, अस्पताल, शोक परेका परिवार, अशक्तहरु, निशुल्क खाना बाँडिरहेको संस्थालाई घरघरमै ग्यास पुर्याउने व्यवस्था गरेको छ । यसका लागि ४२६३८४५, ९८५१२०१२६२र ९८५१०६७७२४ मध्ये कुनै नम्बरमा सम्पर्क गर्नुपर्ने निगमले भनेको भनाइ छ ।